Sunday, February 21, 2010

सम्झनामा बुटवलयात्रा र मिस्ड ट्रेन

आफ्नो अध्ययनको दौरानलामो समय विताएको भएर होला, बुटवल मलाई सधै समान्य मात्रै रह्यो । पटकौं पटकका आवात–जावत र लामो बसाईले जीवनको एउटा अभिन्न पाटो नै बनेकोले पनि यो सहर मेरा लागि कहिल्यै अनौठो रहेन ।


तर काठमाण्डौं छिरेपछी भने बर्षेनी मुस्किलले एक दुई पटक मात्र त्यता लागीन्थ्यो । त्यस्तै एकपटक गएको असोजमा वुटवल जाने तरखर चल्दै थियो । टाटासुमोको पर्खाइमा कलंकी चोकमा उभिदाँ मन त्यसै फुरुङ्ग थियो । धेरै पटक पुगियो वुटवल तर मन यती विध्न फुरुङ्ग यसअघि कहिल्यै भएन । त्यहाँ एउटा राष्ट्रियस्तरको विचार गोष्टीमा युवा अतिथि वक्ताको रुपमा म निम्त्याइएको थिएँ ।

कल्पनाको सरोवरमा रुमलिदै जाँदा अचानक मेरो मानसपटलमा छाएको शुन्यता माईक्रोको हर्न सँगै भंग भयो । सुरुमा बाल दिइन र अघी सरे । माईक्रो मेरै पिछामा लागेजस्तै बढ्यो । मैले कसैको के नै बिगारेको छु र ? डराउने । तै पनि एकपटक फर्कर पछि हेर्छु । माईक्रो खाली लाग्यो । जसले एकछिन अघिसम्म तातेको मेरो पारो अलि हलुका बन्यो । १०–१२ जना अटाउने गाडीमा जम्मा ४ जना प्यासेन्जर र्। सायद यो वुटवल जान्छ की ?’ डा्रईभरलाई सोध्छु । तर अघिल्तीरै बसेका प्यासेन्जर बाट जवाफ आँउछ र्,जान्छ सर’ । संयोग नै भन्नुपर्छ गाडीमा मेरो पुरानो साथी । बिमल ३ बर्ष अघि अष्टे«लिया गएको थियो अध्ययनको सिलसिलामा, अहिले फर्किएछ । उसैले रिर्जभ गरेर ल्याएको रहेछ गाडी, घर जान । माईक्रो चढ्दा जहिल्यै पनि मेरो रोजाईमा २ वटा मात्र सिट परे । पहिलो अघिल्तीर डा्रईभर भएको सिटनेर , अनि दोस्रो अन्तिममा डा्रईभरको लाइनतिरको सीसा भएकोमा । पहिलो सिट प्याक थियो बिमल र उसको वुवा । छोरालाइ एयरपोर्टमा रिसिभ गर्न पुग्नु भएको थियो वहाँ । एकछिन त उनीहरु पछिको दोस्रो सिटमा पुगेर गफ गरे । बिगतका तितामिठा कुराहरुको सम्झनामा रमायौं । तर नौबिसे कटि नसक्दै अघिल्तीर बस्ने निदाँउन थाले छन । त्यस पछि मेरो पालो । म पनि पछिल्तीरको सिसा छेउमा पुगे । त्यहा एउटा गोरी राम्री युवती पनि थिईन । टिमिक्कको कालो जिन्स अनि टिमिक्ककै टिसर्ट । टिसटको बाउला थिएन । पछि कुराकानीमै थाहा भयो उनी पनि अष्टे«लियाबाट आएकी रे । बिमलसँगै नजिकै बस्ने रैछन त्यहाँ उनी । तर उनलाई एयरपोर्टमा रिसिभ गर्न कोही पनि नआएका । चितवन उनको गन्तब्य । “कति नजिक त ? ” मनमनै भनेँ ।

नचिनेको मान्छे । सुरुमै म के जान्ने बनु ? के बोल्ने । कसरी बोल्ने ? फेरी उनलाई कस्तो कुरामा चाख रहने हो ? त्यसमाथि अझ मेरो लजालु स्वभाव । भै गो म बोल्दिन । मन थाम्न खोजे । तर कहाँ सक्नु । यस्ती सुन्दरीसँग पनि नबोल्ने ? हिम्मत गर्न आटे । तर सकिन । अन्तत हारे । मलेखुमा माछा खाने भन्दै गाडी रोकियो । सबै ओलियौँ । खाँदाकै बखत बिमलले परिचय गराईदियो । र्म सुष्मा’ उनको नाम सुन्ने सौभाग्य मिल्यो । अनि मैले नि आफूलाई चिनाउन बेर गरिर्न म रमेश’ । अध्ययनको सिलसिलामा काठमाँडौमा छु । वाक्य पनि प्लस भयो । परिचय विस्तृत रुपमै भयो । म वुटवल जान लागेको कुरा सबै बताए । म हाँस्न र हसाउन निकै रुचाउने मान्छे, त्यसैले यात्रा हास्दै गरीयो । अघिल्तीरको सिटमा बस्नेहरु फेरी निदाए । तीन दिनको अनिदो रहेछ बिमल । हुन त सुष्मा पनि त्यही त हो नी तर पनि ननिदाएकी । उन कति राम्री राम्री । एकछिन गफ गर्न पाउनुपनि राम्रै हो । गफकै तालका उनले भनिन्र्, यु आर भेरी रोमान्टिक ’। उनको अंग्रेजी नबुझे झै गरे र्। यु हयाभ भेरी गुड सेन्स अफ हयूमर ’ अर्को बिश्लेषण सुनाइन । यसपटक थ्याङक्यू सम्म भने । अन्तिममा भने ठाँउ आयो उनको । फोन नम्बर मागिन र्। आई विल कल यु सुन ।र्’ ओके ’ मैले भनेँ । संवादकै क्रममा हामी एकदिन संगै घुम्न निस्कने सहमति भएको थियो ।

वुटवल पुगियो । साथीको घरमा । रात उसकोमै बित्यो । पहिला त सानै थियो तर अहिले दुईतले भैसके छ उसको घर र्। पैसा खुबै कमाएछ सालेले’ मनमनै डाढिए । फेरी दुःख पनि त छ नी बिचराको । मलाई यहाँ सबैले चिन्छन, यत्रो कार्यक्रममा अतिथि बनाउँछन , त्यसलाई गरुन न ? चित्त बुझाउन खोजे ।

भोली विहानै आयोजकको सम्पर्कमा पुगे । दुई दिने कार्यक्रममा कार्यक्रम पनि सकियो । म झण्डै ४० कि. मि. को दरीमा रहेको बर्दघाट स्थित आफ्नो घर जाने सोचमा थिए । त्यो दिन अतिथिलाई रात्री भोज रहेछ हामी बसेकै होटलमा । त्यसैले त्यो दिन त्यतिकै भयो । रातको दश बज्यो । टेलिकमको छुट सुबिधा सुरु। मेरो मोबाईलमा फोन बर्षन थाले । चितवनतिरकै नंम्बर जस्तो लाग्यो । उठार्ए हेलो’ । हेई डिउड ’ सुष्माकै स्वर । मैलै पहिलो शब्दमै चिने । रात्री भोजमा रमेको मुड अन्यत्रै मोडियो । गफिदा गफिदै आधा घण्टा बितेछ । दुई दिन थप म वुटवलमै रोकिने भए । उनि आइपुग्छिन भोलि साँझ सम्म । अनि पर्सी उनीलाई वुटवल घुमाउने । उनि समयमै आइन पनि । बसपार्क सम्म लिन गए । आफै बसेको होटलमा ल्याए । अर्को एउटा कोठा थपियो । राती दुई घण्टाको गफ –गाफ पछि आ–आफ्नै कक्ष तिर लागियो ।

हरेक पटक वुटवल जाँदा मलाई साह्रै पुग्औ पुग्औ लाग्ने ठाँउ हो सिद्धबाबा । वुटवलको ऐतिहासिक मन्दिर । यसपटक पनि बिहानै मन्दिर पुगियो , उनीसँग । त्यहाँको ऐतिहासिकताको उनले राम्रै अध्ययन गरिन । भिरालो जंगलमा छ मन्दिर । वुटवलबासीको आस्थाको केन्द« हो यो । सिद्धार्थ राजमार्गमा चल्ले गाडीका चालकदल र यात्रीले सिद्धबाबाकै आर्शिवाद नलिई यात्रा तय गर्दैनन् ।

वुटवलबाट केहि दुरिमा रहेको यो मन्दिरको दर्शन पछि होटल तर्फ फर्कियो । ट्याक्सीले ५०० माग्यो । मैले ३ वटा सयका नोट निकाले पछि चार सयमा सहमति भयो ।

सुष्माले पैसा निकाल्न खोजेकी थिइन , तर मैले मानिन । केटी मान्छेको खर्चमा हिड्न मलाई साह्रै अपठ्यारो । खर्च बचाउन सक्नु राम्रो त हो ? तर पनि । सिद्धबाबाको त्यो शितल स्पन्दनपछि फेरी होटलकै गुमराहमा पुगियो । खाना खाएपछि एकछिन आराम अनि लागियो फुलबारी । मणिमुकुन्दसेन पार्क । तर त्यहाँ फूलबारी नै प्रख्यात छ । पछि व्यवसायीक तवरले पार्क बनाइएको छ । फुलबारी पुगियो । आहा कस्तो कलात्मकता सुरुमै सुष्माले आश्र्चय मानिन । म हाँसे । मलाई त्यो सब सामान्य लागिरहेको थियो । नजिकको तिर्थ हेला भन्छन , सायद यस्तै होला । दुई दुई घण्टा फूलबारीमै रमियो । माथि टुप्पाबाट सेता हिमाल । नाम मलाई थाहा छैन । उनी रमाइन हिमाल देखेर । म उनलाई हेरेर रमाइरहेको थिए । हिमालयन किङ्गडम नेपाल भनेर धेरै थाहा चर्चा गरेपनि पहिलो पटक हिमाल देखेकी रहिछन सुष्माले । तराइमा हुर्केकी ठिटो । तै पनि बेलाबखत काठमाण्डौंबाट त देख्नुपर्ने हो । फूलबारीभित्रै रहेको राजा मणिमुकुन्द सेनको पुरानो दरबार छ । इस्ट इण्डिया कम्पनीसँग पृथ्वीनारायण शाह लड्दा बनाइएको किल्ला पनि छ । तर निकै दयनिय अवस्थामा । मज्जैको रहेछ फुलबारी । उनको प्रतिकृया यस्तै थियो । नामै फूलबारी भएपछि थरी थरीका फूलहरु हुने नै भए । फूलसँगै आकर्षक बोटबिरुवा । कृतिम पानीको फोकाले पनि पार्कको शान बढाएको छ । पर्यटकको रुपमा वुटवलको घुमाई मलाई पनि आनन्दमय नै लाग्दै गयो ।

सुष्माको मनमा एक्कासी प्रश्न खडा भयो । कसरी रहन गयो त यो सहरको नाम वुटवल । मलाई पनि के थाहा, कहिल्यै ख्याल नै गरिएको भए पो । यसअघि फिजिक्स र म्याथबाहेक अरुले ध्यान कहिल्यै खिच्न सकेन । जाबो मार्कसिटमा टन्न नम्बर भएर के गर्नु ? म कताकता आफूलाई लज्जामा पाएँ । पार्कमै बस्ने एक अर्ध बैँशे पुरुषलाई प्रश्न पास भयो । सटिक जवाफ दिए । तर चित्त बुझेन । सुष्माले भने पत्याइन् क्यारे ।

पहिलो अंग्रेजहरु नेपालसँगको युद्दमा लडदै वुटवलसम्म आएका थिए रे । तर वुटवलबाट माथि पाल्पाको उकालो चढ्न सकेछन । डाँढाकाँढामा दौडने बानी परेका नेपालीहरुलाई समतलमा दरीलो प्रतिकार गरेपनि पहाड चढ्न नसकेर फर्केका रहेछन अंग्रेज सेनाहरु । त्यसैले आफ्नो कमाण्डरलाई उनिहरुले युद्द त जितिर्यो वट वाल’ भनेका रहेछन । वुटवलका पहाडलाई वट वाल भनेका उनीहरुले त्यही वट वाल पछि वुटवल भएको हो । उनको कथा यस्तो थियो । त्यसो भए त त्यस अघि वुटवललाई के भनिन्थ्यो त ? खस्यौली उनैले भने । अब त मलाई पनि पत्यार लाग्न थाल्यो । उहिले जवानामा नुन लिन खस्यौली पुग्थ्यौ भनेका पुराना बुढापाका धेरेले भनेको मेरो कानले पनि कताकता सुनेको थियो । त्यसो भए के खस्यौली, वट–वाल हुदै भएको हो त वुटवल, पत्याउनै प्यो । मसँग अर्को तर्क गर्ने कुरा पनि थिएन ।

हामी लाग्यौ सेन राजाको भग्नावशेष दरवारतर्फ । उहिले नेपाल एकीकरण हुनुपूर्व यहाँ सेन राजाहरुको राज्य थियो । त्यसको पूरै प्रमाण भेटिन्छ पार्कमा । त्यसैले पनि यो पार्क ऐतिहासिक छ । पार्कको अर्को एउटा बिशेषता यहाँबाट वुटवलको पूर्वी भाग र दक्षिणी भाग देखिने छ । अष्टे«लियामा ठुलो बिल्डीङ्ग देखेकी सुष्मालाई त्यो नौलौ नलागेनी मैले मज्जैले हेरे ।

थाक्दा आरामका लागि थरीथरीका रेष्टुरेन्ट छेवैमा छन् । उनले लाइन मागिन । केटिहरुले रक्सी खाएको धेरै सुने पनि आँखाले पहिलो पटक देख्दै छु । तर मैले रेड बुल मागे । त्यसमै सन्तोष गरे । अनि उनले पनि डिमाण्ड चेन्ज गरिन र रेड बुलमै पुगिन । मःम र सेकुवा पनि । एकछिन आराम भयो । अनि लागियो हिल पार्कतिर । डाँडालाई पार्क बनाईएको हो हिलपार्क । पहिले त फ्रि नै थियो तर अहिले टिकट सिस्टम भएछ । म त्यहाँ नगएको ४ बर्ष भएछ । यसबिच धेरै पटक वुटवल पुगेपनि टाइम कहिल्यै मिलेन हिलपार्क जाने ।

डाडोमा उकालो चढ्नुपर्ने, चढियो काईदाले नै उनी थाकिछन क्यारे मेरो दाहिने पकड्दै थिइन । मैलै बोक्याँै ठट्टा पनि गरे । आराम गर्दै चढ्दै गर्दा टुप्पो सम्म पुग्दा झण्डै डेढ घण्टा लाग्यो । त्यहाँबाट पनि पुरै वुटवल देखिने रहेछ । यो पार्क विशुद्घ जंगल । त्यसैले त नाम पनि छ हिलपार्क र्। हरियो वन नेपालको धन’ सुष्मालाई अचानक याद आउँछ । अली छेउतिर झाडिमा एउटा युगल जोडी चुम्बनमा माया साटासाट गर्दै थियो । म भने भाईको किसिङ क्रेजबारे लेख लेख्न एकपटक मसँग सल्लाह लिएको कुरालाई सम्झन्छु । सायद उनी यहाँ भएको भए त्यसलाई र मेटेरियल्छ पुग्थ्यो होला । मैले मनमनै सोचेँ । सुष्मा लजाइन । हामि हिडयौ । अचानक सुष्माको पनि त्यस्तै प्रस्तार्व त्यहाँ छेउतिर गएर बसौ न’ । म अतालिए । उनको आग्रह नर्कान सकिन र उही हिउमर पारामा प्रस्तुत भए । उनि पनि हासिन मज्जैले । भोलि पाल्पा जाँउ अनि पर्सी लुम्बिनी । नजिकका घुम्ने ठाँउहरुको प्रस्ताव राखिन । तर मलाई समय थिएन । मैले मानिन । पछि जाने सहमतिमा होटलतिरै पुग्यौ । साँझको खानाअघि उनलाई वाईन खान मैले रोकिन । म रमिते मात्र भए । टेवलमा फेस टु फेस भएर बसेका थियौ । वाईनले केहि प्रभाव जमाउन थाल्दा नथाल्दै उनि मेरो कुर्सि निरआईन । हात पकड्दै मेरो कपाल सुमसुमाईन । आज केहि गलत हुन सक्छ । म तर्किन खाजे । सायद नारायणगोपालले त्यसै गाएनन् होला “गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला, मेरो नजिक नआउ तिमी म मात्तिएको बेला ।” अन्तत उनलाई सम्हालेर उनकै कोठामा पु्याए । म पनि लागे बिस्तारामा ।

वुटवल साच्चैको मज्जाको रहेछ । त्यसअघि जसको अनुभव मैले लिएको रहेनछु । भोलिपल्ट काठमाँडौ फर्कदै गर्दा उनी पनि चितवन सम्मसँगै थिइन् । राजमार्ग चौराहमा रहेको सहिद लखन थापाको अर्धकदको मुर्तिले उनलाई आर्कषित गरेछ ।

यो कस्को मुर्ति हो ? मैले पनि उनलाई बताए । जनआन्दोलन अघी यहाँ राजा बिरेन्द्रको शालिक थियो । अहिले लखन थापाको । उनलाई लखन थापा बारे थाहा रहेनछ । नेपालको पहिला सहिद । मैले यतिमात्र भने । अरु मलाई पनि थाह थिएन ।

लुम्बिनी अञ्चलको मुटु, रुपन्देही जिल्लाको ढुकढुकी मात्र हैन वुटवल । नेपालको महत्वपूर्ण औद्योगिक क्षेत्र पनि । लुम्बिनी, तानसेन नजिकको व्यस्त बजार । त्यसैले पनि त्यहाँ जाने पर्यटकको बिश्राम स्थल पनि हो वुटवल । ऐतिहासिक वुटवलमा पुगेर तिनाउ खोलामा रमाउनेहरुलाई सानो नेपालको झझल्को दिन पछि पर्दैन वुटवल । सुष्मा पनि यसमै सहमत भईन । तराई, पहाड मिलेर बनेको त छदै छ वुटवल । हिमालको आनन्द पनि लिन पाइने हुँदा उनको मन आनन्दित थियो । यात्राकै क्रममा धेरै फोटोहरु खिँचियो । चाहे त्यो सिद्धबाबाको मन्दिर होस या फुलबारी अथवा हिलपार्कमा किन नहोस । तर मलाई एउटा अफसोस भने रहिरहयो, मेरो क्यामरामा सुष्मा कतै थिईनन । नेपाल भित्रको सानो नेपाल वुटवल घुम्न पाए एकपटक फेरी उनीसँग नै भने फोटो अबश्य खिच्ने छु । फेरी प्रदीपलाई सम्झन्छु । मेरो रासी कन्या बताउँदा उसले एकपटक भनेको थियो “कन्या रासी हुनेले प्रेममा सधै आफ्नो बिपरीत लिंगीबाटै प्रस्ताव आओस् भन्ने सोच्छन् । त्यसैले उसको जीवनमा हजारौँ ट्रेनहरु त्यसैगरी मिस हुन्छन् ।” सायद मलाई त्यसै भएको हो ।

No comments: