Thursday, February 25, 2010

पढाई एउटा काम अर्कै

orginally published on HELLO SUKRABAAR  suppliment of  KANTIPUR DAILY  dated on 14th falgun,2066
सपना डाक्टर बन्ने रहेपनि एसएलसीको नतिजाले कमर्श क्याम्पस तर्फको बाटो देखायो उनलाई । मार्कसीटमा साइन्सको नंमर सोचे जस्तो नभएपछि डाक्टर बन्ने उनको सपना सधैको लागी सपनानै रह्यो । पढाईमा अब्बल छोरो ब्यवस्थापन पढ्न थालेपछि पक्कै कुनै बैकंको हाकिम बन्ला भन्ने आशा गरेका थिए बुवाआमाले । तर बिबिएस् पनि उनको रोजाईमा परेन । बिदेश जान पाएको सल्लाह लत्याउदै सफल समाजशात्री बन्ने निर्णयमा पुगे र राजधानीको त्रिचन्द« कलेजमा समाजशास्त्र पढ्न भर्ना भए उनी । सानै देखी तृण्ण दिमाग भएको छोरोबाट त्यतीखेर अचम्मीत भए उनका बुवाआमा जतीबेला उनी रेडियोको जागीरको सिलसिलामा बुटवल यात्राको तयारी गर्दै थिए । ‘म जागीरको लागी बुटवल पँुगीसक्दा पनि कसैले पत्याएनन्’ उनी भन्छन्, ‘सबैले मजँकमात्र गरेको ठाने ।’ उनै किरण मरहठ्ठा, ३०, अहिले एबिसी टेलिभिजनमा कार्यरत छन्, प्रमुख कार्यक्रम उत्पादकका रुपमा । रेडियो पत्रकारीतामा लामो अनुभव पछि अहिले राजनीतिक दलका नेता देखी खेलाडी, अर्थशास्त्री सबैलाई तिखो प्रश्न प्रहार गर्न व्यस्त छन् ।

आईकम अनी बिएमा समाजशात्र पढेको मान्छे किन मिडिया तिर लागेको त ? किरण हासे ‘जिवनमा नसोचेको कुरा धरै हुदो रहेछ’ । ‘डाक्टर बन्न नपाएदेखी नै मनमा चैन थिएन,’ जिटपानी चितवनका मरहठ्ठाले बिगत सम्झीए, ‘ठिक त्यसै बेला आएको एउटा दरीलो प्रस्थाव अस्वीकार गर्ने भन्ने कुरै भएन ।’ कुरा आठ बर्ष अघिको हो । मोफसलको राजधानी मानीने बुटवलमा पहिलो पटक एउटा रेडियो स्टेशन खुल्दै थियो । जीवनको मोडनै बदल्ने गरी त्यता लागे उनी । बुटवलको रेडियो इतिहासमै उनको जस्तो उच्च छबि आजसम्म कसैले पनि बनाउन सकेका छैनन् । ‘आखिर सकिदो रहेछ त सफल हुन, बिषय परिवर्तन गरेपनि’ लजालु पारामा किरण मुस्कुराए, ‘सबैभन्दा ठुलो कुरा काम प्रतिको लगान हो ।’ त्यसो त सफल हुनमा आफ्नो ‘इन्ट्रेस्ट’ अनुशारको कामले पनि ठुलो भुमीका खेल्ने किरणको अनुभव छ ।

चौधरी ग्रुपमा मार्केट एक्जुकेटिभको काम गर्ने ध्रुब पुजाँली,२४, पनि अध्ययन अनुसारको काम नगर्नेकै सुचीमा पर्छन् । राजनीति शास्त्रमा स्नातकका यी विद्यार्थी भन्छन्, ‘काम खोज्दै थिए, जे पाईयो त्यही गरे । बेरोजगारीले सताएको बेला विषय अनुकुलको भए नभएको हेर्ने फुर्सद थिएन ।’ मध्य वानेश्वर काठमाण्डौ बस्ने ध्रुबले पढाई अनुसारको काम नगर्दा केही समस्या पर्ने अनुभव संगालेका रहेछन् । ‘सैद्धान्तिक ज्ञान फिटिक्कै नहुदा केही दिन त धेरै अफ्ठेरो भयो । केही नजानेको असाक्षर झै पो भैइदो रहेछ,’ उनले निसंकोच खुलाए, ‘म त हार खाएर जागीरनै छोडौ झै भएको थिए । तर पछि गर्दै जादा सिकीयो र अहिले चाँही खासै समस्या छैन ।’ त्यसो त प्राइभेट सेक्टरको जब भएकाले पनि हुन सक्छ त्यति विध्न समस्या परेको उनलाई । तर पनि जान्दै नजानेको नितान्त नयँ“ क्षेत्रमा काम गर्दाका दौरान केही अफ्ठेरा आईलाग्नु भने खासै अस्वभाविक होईन ।

यह“ा पढाई अनुसारको काम पाउन निकै मुस्किल छ । शौक्षिक बेरोजगारहरु घर घरमै भेटिन्छन् । कामनै नपाएर भैतारिएकाहरुले जँ“गीरका लागी कामको प्रकृती हेर्ने कुरै भएन । फेरी रोजगार प्रदाएक संघसंस्था पनि ‘हाम्रा मान्छे’ र ‘सस्ता मान्छे’ कै खोजीमा मात्र हुन्छन् । संबन्धित विषयका दक्ष वा ज्ञान भएकाहरुको खोजी खासै हुदैन ।

यसरी बिधानै परीवर्तन गर्दा सधै समस्या र घाटा मात्र च“ँही पक्कै पर्दैन । किरण सबै पढाई र ज्ञानलाई किनारा लगाई मिडीयँ“मा हाम फालेको कुरामा कत्ती पछुतो मानेका छैनन् । बरु जीवनकै महँत्वपूर्ण र सार्वधिक ठिक निर्णय मान्छन् यसलाई । ‘कुनै बेला कसैको दबाब वा कमजोर निर्णय क्षमताले गर्दा आफ्नो रुची बेगरको बिषयमा पनि सम्झैता गर्न पुगीन्छ जसले जीवनलाईनै अन्यौल ग्रस्त बनाईदिन पनि सक्छ ।’ उनले थपे, ‘त्यस्तो बेला बाटो परीवर्तन गरी आफ्नो रुची तिर लाग्दा धेरै लाभदायक पनि हुनसक्छ ।’ उनले आफ्नो जीवनमा पनि त्यस्तो अनुभव संगालेका छन् । हास्दै भने ‘म पनि त बाटो बदलेर नै त सफल भए ।’ ध्रुब पनि किरणभैm समान विचार राख्छन् । आफुु पनि पढाई अनुसारको काम खोज्दै बसेको भए आज सँम बेरोजगारनै रहिन्थ्यो कि भन्ने लाग्छ रे, घरिघरी उनलाई । बरु ध्रुब अब च“ँही आफ्नो काममा सहयोगी हुने तालीम गर्ने सोचमा छन् । ‘यहा“ पढाई अनुसारको काम होईन, काम अनुसारको पढ्नुु उचित हुन्छ ।’ ध्रुब योजना बनाउ“छन्, ‘काम पाईसके पछि त्यस काममा पूर्ण हुन लिईने तालीमहरु धेरै फलदायक हुन्छन् ।’

No comments: