Thursday, February 18, 2010

गरीबलाई मात्र लोडसेडिङ

सुख्खा मौसमको सुरुवात संगै लोडसेडिङ तन्कीने क्रम प्रारम्भ भएको छ । उही पुराना तथ्याङ्क, अनि पुरानै तर्क दिएर पन्छदैछन् सम्बधित निकायहरु । नेपाल बिद्युत प्राधिकरण कहिले, कहा, कती समय बिद्युत काट्ने, हिसाब मिलानमै मात्र ब्यस्त छ । केही समय अघिबाट सुरु साताको ५१ घण्टे लोडसेडिङ माघको सुरुवाती दिनहरुमै दैनिक १२ घण्टा पुग्ने भएको छ । केही दिन अघि नागरिक दैनिकमा प्रकाशीत समाचार अनुसार यो बर्ष पनि दैनिक १५ घण्टासम्म बिद्युत कटौती हुने छ । लोडसेडिङ क(कसलाई हुदैछ त ? गरीबलाईमात्र वा धनीलाई पनि । कि ठृलाबडा ( राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री ) लाई छुट छ ? यि केही गम्भीर सवाल हुन् ।


लोडसेडिङ हाम्रा लागी कुनै नैलो कुरा त रहेन । पछिल्ला बर्षहरुमा केही लामा लोडसेडिङका अनुभवहरुले हामी खारीएका छौ । यही अनुभवहरु प्रष्ट बोल्छन् , गरीबको लोडसेडिङ । हुनेखानेकहाँ इनभर्टरको ब्यवस्ता हुन्छ । कत्तीका घरमा त घरनै उज्यालो बनाउने ब्याट्री छ । चार्ज स्टोरीङ्ग डीभाइस वा जेनरेटरको प्रयोगले बिद्युत कटौतीको पत्तै नपाउने परीवार पनि प्रशस्तै छन् । केही दिन अघिको एउटा समाचार , नेमकीपा अध्यक्षको टोलनै झिलिमिली लोडसेडिङको अवधीमा पनि । कारण थिए हाम्रा राष्ट्रपति । उनी बिजुक्छे निवास के पुगेका थिए टोलनै झिलीमिली हुने मौका पायो । पोहर साल राष्ट्रपति निवास रहेकै कारण धापासीवासी लोडसेडिङको मारबाट टाढा रहन पाए ।


यि यथार्थहरुकै बिच अर्को एउटा अनुभव संगाल्ने अवसर जुट्यो । नवलपरासी जिल्लाको एउटा बिपन्न परीवारमा बास लिदै थिए , पाहुना बनेर । बिद्युत कटौतीको समय । राती दश नबजी बत्ती नबोल्ने । त्यस घरमा १५ बर्षे छोरी थिईन्, एसएलसीको तयारीमा । कुरा अघिल्लो बर्षको हो । १७ दिन पछि सुरु हुदै थियो उनको परीक्षा । राजधानीमा होस्टल, टिउसनले पनि नपुगेर घरमै शिक्षक राखी एसएलसीको तयारी गरेका थुप्रै देखेको थिए । त्यसैले पनि दिउँसो घास काट्न गएकी नानी पनि एसएलसीकै तयारीमा छिन् भन्ने बिश्वाश लागेन । तर रातीमा सधैको लोडसेडिङ । लाग्दथ्यो उनको जीवनको तगारो नै त्यही लोडसेडिङ हो । क्यान्डीलको अभावमा राती पनि पढ्न समस्या रहेछ उनलाई । राष्ट्रपति सवार टोलनै उज्यालो भएको समाचार बजीरहेका बखत ती नानीको झल्झल्ती याद आइरहेको थियो । लोडसेडिङका बेला पनि कम्युटरमा भिडियो गेम खेल्नेहरुकै कारण मैनबत्ती बाल्न पनि नसक्नेहरुको अन्धकार रात लम्बिदै छन् । हुनेखाने र ठृलाबडाकहाँ बत्ती जादाँ खासै असर नपर्ने हुदा पनि सरकारलाई आवश्यक दबाव नपरेको होला । बिद्युत आपुर्ती बढाउने उपायबारे सरकारको चाहीने जति ध्यान पुुगेको छैन । लोडसेडिङ अझै लम्बिएपछि सरकारको देखावटी संबेदनशिलता यस पटक पनि झल्किएला जसको कुनै अर्थ र तुक हुने छैन ।


मानवअधिकार, स्वास्थ्य अवस्था, शैक्षिक स्तर संगै कुनै पनि राष्ट्र, क्षेत्र वा परिवारको बिकासको अवस्था मापनको पछिल्लो सुचक मानिन्छ बिद्युतको खपत । बढी बिद्युत खपतको अर्थ बढी बिकसीत भन्ने बुझ्न थालिएको छ । कम्युटर, टिभी, मोबाईल लगाएतका बिद्युतीय बस्तुको बढी प्रयोगकै कारण बिजुलीको बिल बढ्छ । यस्ता सामाग्रीका प्रयोगले मानिसलाई सुचनादेखी नजिक राख्दछ । पुरै विश्वसंग उसको दुरी केही सेकेण्डमात्रको रहन्छ ।


फेरी यि सबै सामाग्रीमा पहुच हुनेहरु सामान्यतया शैक्षिक रुपमा पनि सबल नै हुन्छन् । आर्थिक आम्दानीका फराकीला स्रोतहरुमा पनि यिनीहरुकै दरीला नजर गड्छन् । सबै महत्वपूर्ण सुचना र ज्ञानहरु देखी साक्षर हुनेहरु नै ठूल्ठूला उपलब्धिका भागीदार बन्न पुग्छन् । तर बिद्युत खपतमा नियन्त्रण गर्दा यि सबै सुविधाहरुबाट बन्चित हुन पुगीन्छ । जसको परिणामको सहज रुपमै अनुमान लगाउन सकिन्छ ।त्यसैले पनि बिकास मापनको सूचक बिद्युत खपतलाई मान्न लागीएको हो ।


विश्वमा सर्वाधिक बिद्युुत खपत गर्ने सुचीमा धनी र बिकसीत भनिएका राष्ट्रहरु नै छन् । २००६ कै तथ्याङ्कलाई आधार मान्ने हो भने पनि आइसल्याण्ड, नर्बे, फिनल्याण्ड, क्यानडा र कतारका नागरिकहरु सर्वाधिक बिद्युुत खपत गर्ने अघिल्लो पाच देशको सुचीमा पर्दछन् । अमेरीका, अस्टे«लिया, सिगांंपुर, जापान लगायतका राष्ट्रका जनताहरु पनि धेरै बिद्युुत खपत गर्ने सुचीको अघिल्लो २५ भित्रै छन् । नेपालको अबस्था भने निकै लाजमर्दो भेटिन्छ । २१८ देशहरु मध्य नेपाल १९६ औ स्थानमा छ । नेपालसंगै चाड, रुवाण्डा, सोमालिया, बुरुण्डी, इथियोपिया लगाएतका गरीब राष्ट्रहरु पुछारमा छन् । आइसल्याण्डका प्रत्यक नागरिकले २००६ मा सरदर ३१,१४७ किलोवाट बिद्युत खपत गरेका थिए भने नर्वेमा २४,०११ किलोवाट । तर नेपालमा भने ७० किलोवाट मात्र । अझ त्यसपछि त झन् २००६ यता बढ्दो लोडसेडिङ, बढ्दोनै रहेको जनसख्याका कारण यो झन् तल झर्ने
निश्चित छ । नेपाल बिकासील देशहरु मध्य पनि तलै छ । पाकिस्तान र भारतको हकमा ४०० किलोवाट भन्दा माथि छ भने माल्दिभ्सको ६०० बढी । नेपालझै जलबिद्युुत उत्पानमा तिब्र क्षमता राख्ने ब्राजिलमा पनि २१०० किलोवाट भन्दा बढी खपत छ । यी तथ्याङ्कहरु प्रष्ट शब्दमा आफै बोल्दछन्, गरिबमात्रको लोडसेडिङ ।


सानै उमेर देखी नै पढ्दै आइयो, जलस्रोतबाट बिद्युुत उत्पादनमा नेपाल तीब्र क्षमता राख्दछ । तर पनि लोडसेडिङबाट मुक्त हुने दिन कहिल्यौ आएन । तर पनि आश मरीसकेको भने छैन । लघु जलविद्युत परियोजना जस्ता साना र सस्ता परियोजना निमार्ण गर्न स्थानीय लगानीकर्तालाई प्रोत्साहन गर्न सके लोडसेडिङको मार बाट छुटकारा मिल्थ्यो कि ?

via nagarik daily dated 23 paush, 2066

No comments: