Sunday, February 21, 2010

साईडमा जव पनि

बिहान सवा एघार बजे कलेज सकिएपछि ललितपुरका अमित खड्की निकै हतारमा हुन्छन , किन ? गर्लफे्रन्डलाई भेट्न , फिल्म हेर्न जान वा साथीहरुको जमातमा सामेल हुन । यस्तै अनुमान लगाउनु भएको छ भने तपाई गलत साबित हुनु हुने छ । उनलाई दिउसो १२ बजे सम्म पुतलीसडक स्थित आफ्नो अफिस पुग्नु छ । क्यासपियन भ्याली कलेज कुमारीपार्टीका यि बिस बर्षे खड्गीको दैनिकी यस्तै ब्यस्त छ र्। कलेज सकिनासाथ घर पुग्छु , मम्मीले तयार पारेको खाना खाएपछि अफिस जान्छु ।’ खड्गी भन्छन र्, अफिसमा साँझ छ बजे सम्म काम गरेर घर फर्कन्छु । ’ उनले पुतलीसडकमा रहेको माईल स्टोन कन्सल्ट सर्भिसेजमा परामर्शदाता ( काउन्सलर) को रुपमा काम गर्दै आएका छन । जब गर्दै गर्दा कतै पढाईमा ह्याम्पर भएको त छैन ? खड्गी यो मान्न तयार छैनन र्। सरसर्ती हेर्दा त कुरा ठिकै हो जस्तो पनि लाग्छ । तर जब नगरेपनि दिउसोको समयमा पढिन्थेन क्यारे । साथिभाईसँग रमाईलो गर्दै हिडिन्थ्यो मात्र । ’ उनले भने ।

त्यसो त भक्तपुर दधिकोटकी एलिना बिष्ट पनि अमितको कुरामा सहमति जनाउछिन । त्रिचन्द« कलेज वि .एस् .सी. दोस्रो बर्षकी बिद्यार्थी एलिना भन्छिन र्, सेल्फ डिपेन्डेन्ट हुँदा आफैले आफुलाई जिम्मेवार महशुस हुन्छ र अध्ययनमा पनि बिशेष लगान जान्छ । ’ एलिना थिमि स्थित मोर्डन कलेज अफ म्यानेजमेन्टमा रिसेप्सनिष्टको रुपमा कार्यरत छिन । दिउसोको कलेज अनि बिहानको जब , एलिना पनि ब्यस्त नै छिन । जब गर्दा र नर्गदाको आफ्नो पढाईको मुल्यांकन गर्दै एलिना थप्छिर्न रिजल्टमा खासै अन्तर आएको छैन । ’


रमाईलो गर्दै घुम्ने मनोरञ्जन गर्ने उमेरमा किन काम गर्न लागेको त ? एलिना र अमित दुबैले समान धारणा राखे र्। लठ्ठिएर बरालिनु भन्दा लाईफलाई चिन्न सक्नु नै राम्रो हो ’ अमित भन्छन र्, अहिलेबाटै काममा एडजस्ट हुन सिकियो भने पछि एक्सपेरियन्सले गर्दा राम्रो ठाँउमा पुग्न सहज हुन्छ । ’


नवलपरासी त्रिवेणी घर भएका शिव अर्याल पनि यस्तै बिचार राख्छन । वि.वि.एस.तेस्रो बर्षका शिव सुन्धारा स्थित मानसरोबर ट्राभल्स एण्ड टुरमा जागिरे छन । बिहान कलेज सकेर हतारिदै अफिस पुग्छन उनि पनि । आफ्ना तरेलीका साथीहरु मुग्लान पसेपनि शिवलाई भने नेपालमै केहि ग्यौ भन्ने हिम्मत जागेको रे र्। पहिला केहि नजानेको जस्तो लाग्थ्यो ? के गरेर खाईएला र भन्ने चिन्ताले पनि सताउन थालेको थियो । ’ बिगत र वर्तमानलाई तुलना गर्दै शिवले भने र्, अहिले आफुलाई निकै सबल भएको जस्तो लाग्छ । ’ जागिरले ठुलो आत्मबल थपेको अनुभव शिवले साटे ।
तन्नेरी उमेर हो । परिवारले तोकेको खर्चले कँहा पुग्छ र र्? घरबाट पैसा मागिरहदा आफैलाई असजिलो महशुस हुन्थ्यो । तर अहिले चाहिएजति खर्च पु्याएकी छु । ’ बिस बर्षे एलिनाले सुनाईन । अमितले भने हल्का फुल्का घर खर्च पनि धानेका रहेछन र्। कहिलेकाही तरकारी फलफुल ल्याँउछु । ’ अमितले भने र्। महिनामा हजार पन्ध्र सय जति मम्मिलाई पनि दिन्छु । ’ तर शिव भने बचत अभियानमा पनि छन र्। कमाएको बेला जोगाउनु पनि प्यो नि । ’ ठट्याउरो पारामा फाईनान्सको चेकबुक देखाउदै भने र्, हरेक साता फाईनान्समा सकेको जति जम्मा गर्छु । ’

सन्तान आत्मनिर्भर बन्न लागेको देख्दा अभिभावक सन्तुष्ट नहुने कुरै भएन र्। सुरुमा मम्मिले पढाईमा डिस्र्टव होला भनेर चिन्ता मान्नु भएको थियो । ’ एलिनाले भनिन र्। तर फस्ट एयरको रिजल्टले त्यो पनि दुर गरिदिएको छ । ’ शिवको परिवार पनि पढ्न गएको छोराले पढाईको अलवा आफ्नो खर्च पनि धानेकोमा खुसी नै छ र्। दशैमा घर जाँदा सबैलाई कपडा लगेको थिए । ’ उनले भने र्, दशैको घर खर्चपनि आफैले टारे । ’ सँगैका साथीहरु पुल खेल्न , केटीसँग घुम्न निस्किने भएपनि अमित जिम्मेवारीपुर्वक काममा जाने गरेकोमा उनको परिवार निकै हौसिएको छ । यस्तै अनुभव सुनाए अमितले । परिवारबाट पैसा माग्नु पर्ने तनावबाट मुक्त हुदा तिनै जनाले आनन्द मानेका रहेछन । परिवारलाई सन्तुष्ट राख्न सकेकोमा आफुलाई निकै मज्जा आएको अनुभव शिव र एलिनाले पनि गरेका रहेछन । तिनै जनाको बिच अर्को एउटा कुरा पनि मिल्यो । मुख्य ध्यान पढाईमा अनि मात्र जबमा । तिनै जनाले कलेज पनि मिस गर्दैनन । राती अबेरसम्म पढ्छन । त्यसैले त रिजल्ट फरक नआएको ।

orginally published on HELLO  SUKRABAAR, the youth suppliment of KANTIPUR  DAILY  on kartik 27, 2066

No comments: