Sunday, February 21, 2010

खुत्रुकेमा खुत्रुक्क

तिमीहरुलाई कसैले पैसा दिए के गर्छौ नि । चाउचाउ, चक्लेट किन्छौ होला । कोही कोही त खेलैना पनि किन्छौ होला ।
तर सबैले कहाँ मास्छन र१ कतिले बुवा आमालाई राख्न दिन्छन् । थाहा छ कतिले त बचत गरेर आफै पनि राख्दछन् नि । खुत्रुकेमा ।

जस मध्येका एक हुन सविन पन्थ । भर्खर कक्षा ८ मा पढ्ने सविन वानेश्वरमा बस्छन् । उमेरले भर्खर १२ पुग्दै छन् उनी । तर पनि उनको व्यक्तीगत बचत १५ हजार पुगे छ ।कसरी थाहा छ ?

कसैले सविनलाई पैसा दियो भने उनी सिधै आएर त्यो पैसा खुत्रुकेमा राख्छन् । त्यस पछि खुत्रुके भरिदा टन्न पैसा हुन्छ । अनि त्यो पैसा बैँकमा राख्छन । उनका वुवाले उनकै नामवाट बँैकमा खाता खोली दिनु भएको छ । अनि सवै पैसा त्यही जम्मा हुन्छ । हरेक पल्ट उनले खुत्रुके फुटाल्दा थोरैमा पनि हजार नाग्छ । अनि हुदैन त जम्मा १
आखिर कसले दिन्छ सविनलाई त्यत्तीका पैसा ? मनमनै खुल्दुलि लाग्यो होला होइन् ? सधै स्कुल जाँदा बुवाले खाजा संगै दश रुपैया पनि दिनुहुन्छ सविनलाई । तर उनले त्यो पैसा खर्च गर्दैनन् । सिधै आएर खुत्रुकेमा राख्दछन । ु आखिर खाजा घर बाटै लगेपछि पैसा किन खर्च गर्नेु सविनले भने । मामाले पनि समय–समयमा सविनलाई पैसा पठाइदिनु हुन्छ रे । कहिले काहीँ फुपुले दिनुहून्छ । ु सवै खुत्रुकेमा राख्छु ु सविनले भने ।

हुनपनि सविन सुत्ने पलङको सिरान पट्टी सधै खुत्रुके हुन्छ । उनी सधै सुत्ने बेलामा त्यो खुत्रुके उचाल्छन् फोडने दिनको प्रतिक्षमा । ुअव फोडने वेला हुन लाग्योु खुत्रुकलाई उठाएर उनले भने । त्यो फोडेपछि पैसा कहा राख्छौ त ? मेरो प्रश्न वढ्दै थियो । ुहा ः हा दाई पनि, नयाँ किनी हाल्छु नीु हाँस्दै सहज जवाफ फर्काए उनले ।
त्यसो त सविनका बुवा पनि उनको यो वानीवाट प्रसन्नै हुनुहुन्छ । ुयसलाई जति पैसा दिए पनि फरक पर्दैन सवै यही राख्छु खुत्रुकेलाई संकेत गर्दै उहाले भन्नुभयो । पुस्तक पसल संचालन गर्दै आउनु भएको छ उनको बुवाले । कहिले काही पैसा पसलवाट निकाल्लान्नी ? मैले बुवालाई सोधें । ुअहं, त्यो मामिलामा उ एकदम इमान्दार छु बुवाले भन्नुभयो ।
मलाई रमाइलो लाग्दै थियो । ु खुत्रुके फुटालौ न त ?ु मैले प्रस्ताव राखें । तर सविनले मानेन् । ुअहिले बेला भएको छैनु उनले जवाफ फर्काए । तर मैले कर गर्न छोडिन । बल्ल बल्ल उनी राजी भए । खुत्रुके फुटाल्दा एक हजार अठाइस रुपैया रहेछ ।

बुवाले सविनको विमा गर्ने योजना बनाउनु भएको छ । ुआखिर पैसा मैले दिन पर्दैन क्यारेु बुवाले भन्नुभयो । ुजम्मा भएको पैसाको पनि राम्रो ठाउँमा लगानी हुन्छु आमाले पनि सहमती जनाउनु भयो । त्यसो त सविनको पैसा छर छिमेकमा व्याज पनि लगाउने गरिएको छ । ुहिसाव किताब बुवा आमाले गरिदिनु हुन्छ निु सविनले भने ।

यसरी बचत गर्ने सविन एक्लै छैनन् । सविनको घरदेखि ५०० मिटर जतीको दुरीमा बस्ने स्मृतिले पनि खुत्रुकेमा पैसा राख्छीन् । उनी भर्खर सात वर्षकी भइन् । बल्ल कक्षा ३ मा पढ्दै छिन् इ.पी.एस स्कुलमा । उनको त बल्ल ७ हजार मात्र भएको रहेछ । उनी पनि पैसा पाएपछि सविन झै खुत्रुकेमा राख्छिन रे । ुचाहीएको कुरा वुवा आमाले किन्दीहाल्नु हुन्छु । उनले भनिन् ुमलाई किन चाहियो तु । हुनपनि हो, त्यसो भएपछि उनलाई पैसा किन चाहीयो त । उनको पनि जम्मा गरेको पैसाले विमा गर्ने बुवा आमाको योजना रहेछ । त्यसमा उनि पनि सहमत भइन् ।

सायद बालबालिकाको बचत प्रतिको यही मोह बुझेर होला । धेरै फाइनान्सहरुले पनि आजकल बालबचत योजना ल्याएका छन ्। तिनकुनेमा रहेको स्वर्णिम तारा फाइनान्सले पनि यस्तै योजना ल्याएको छ । घरघरमा एउटा चिटीक्कको खुत्रुकेमा े दिन्छ फाइनान्सले । यसको बनोट माटाको खुत्रुके भन्दा अलि फरक हुन्छ । अहिले यो निकै लोकप्रिय भएको छ । स्वर्णिम ताराको संचालक समिती सदस्य गोपी पाण्डेका अनुसार हरेक महिना महिनामा जम्मा भएको पैसा लिन कर्मचारी घर घरमै पुग्छन ।
फाइनान्सले दिएको खुत्रुकेमा पैसा राख्दै गर्दा एक पटक त दाजु म्याक र भाई विकलको पैसा एकै महीनामा ६ हजार पो पुगेछ । कसरी थाहा छ ? वुवा विदेशवाट अध्यन सकेर काठमाडौ फर्कदा छोराहरुलाई खर्च गर्न भन्दै पैसा दिनु भएको रहेछ । त्यस्तै मामा विदुरले पनि पठाइदिनु भएको रे ड्याडी संग । उनीहरुले सवै पैसा खुत्रुकेमा जम्मा गरे । अनि हुदैन त धेरै जम्मा ।
अहीले फाइनान्समा सवै भन्दा वढ्दो मागनै बाल खुत्रुके बचतको छु संचालक पाण्डो भन्नुहन्छ । उहाँका अनुसार यो योजना अन्र्तगत जम्मा भएको पैसामा व्याज पनि धेरै नै दिइन्छ ।
सानै देखि बचत गर्ने बानी बसेमा पछिलाई सजीलो हुन्छ । पाण्डेको थप जोड थियो । ुयसले देशको अर्थतन्त्रमा पनि सहयोग हुन्छु उहाले भन्नभयो ।
त्यसो त भर्खर ६ महिना पुग्दै गरेकी जानकी गैरेको पनि पाँच हजार जम्मा भइसके छ । उनकी आमा मुनाले खुत्रुकेमा राख्देकी छन् । ुभातख्याई गर्दा पाएको सबै जम्मा गरीदिएु मुनाले भनिन् । मुनाले पनि एउटा फाइनान्सवाट खुत्रुके ल्याएकी रहीछन् । बुवा विजय गैरैले पनि डलर, खुजुरा हुने विक्तिकै खुत्रुकेमा राख्दीन्छन् । अनि त भएन मज्जा ।
यस्तो बचतले के फाइदा पुग्छ त ? संचालक पाण्डेका विचारमा बालबच्चाहरुले यो पैसा पछि ठुलो भएपछि खर्च गर्न सक्छन् । आफुले रोजेको विषय पढाउन बुवा आमाले खर्च गर्न नसक्ने अवस्ता आउन पनि सक्छ । त्यस्तो वेला यो वचतले सहयोग पु¥याउछ । विजय गैरेले पनि यस कुरामा सहमती जनाए । उनले भने ुयसकारण मैले आजैबाट जम्मा गर्न थालेको छुु । ुआखिर जम्मा नगरे पनि त्यो पैसा कहाँ जान्छ थाहा हुदैन क्यारेु उनले थपे ।







orginally published on JUNKIRI suppliment of  NAGARIK  DAILY  dated on Bhadra 13, 2066

No comments: