Sunday, February 21, 2010

अभिभाबकको नाममा

गानगुन सुन्न थालेको केही हप्तासम्म पनि मलाई उनको इमान्दारीता र स्वच्छतामा शंका लागेको थिएन । प्रसंग एक बाल्यकालकी मित्रको हो । अध्ययनमा अब्बल भएपनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाका लागि उनको काठमाडौ यात्रा अनिश्चत भएको थियो । तर पनि हिम्मत गरिन , जागिर गर्दैै पढ्ने । अनि तय भयो राजधानीयात्रा । साधारण परिबेशकी परी˘्रामी केटीमा छोटो समयमै ठुलो परिवर्तन आउला भन्ने सामान्य अनुमान पनि थिएन । त्यसैले पनि ति सब गानगुनमा वास्ता गरिन ।
सिलसिलावश केही दिनमै उनको डेरामा पुगे । उनी त्यहा“ थिइनन् । अलि बेरनै कुर्दा पनि भेट्न सकिएन । घरबेटीलाइ सोध्दा हिजो नै रातो नम्बर प्लेट को गाडी चडेर गएकी हुन रे । आखीर म नै गलत ठहरीए । त्यसपछी जसोतसो भेटे पनि । उनको कोठाको सजावट र त्यहा“ रहेका सामाग्री देख्दा लाग्थ्यो, कुनै धनाढ्य ब्यापारीकी छोरी हुन । लगाइएका पोषाक निकै मुल्यवान देखिन्थे । श्यामश्वेत मोबाईल टच स्क्रीनमा परिवर्तन भएको थियो ।

उनी एउटी प्रतिनिधि मात्र हुन् ,यही समाजकी । मेरो पुस्ताका थुप्रै तन्नेरीहरु उनकै जमाथमा रमाउन बाध्य छन् । काठमाडौंको मह‘गी । निकै माथिको बजार भाउ । त्यस्मा पनि बढदो् कोठा भाडा । सामान्य नेपालीलाई यो धान्न अती नै अप्ठेरो छ । काठमाडौंमा बस्ने अधिकॉस बाहीरी जिल्ला बाट आएका छन्। त्यस्मा पनि कति त निम्न आर्थिक स्तरका । खर्चैको अभावले उनलाई गलत बाटो तर्फ लग्यो होला । तर उचित सामधानी जवाफ पक्कै होईन यो ।

मह‘गी उपत्यका बाहीर पनि त्यस्तै छ। निम्न अर्थिक अवस्था भएका नेपलीहरुको कमाई बढेको छैन । झन् आर्थिक संकटले उत्तिकै गाजेको छ । बैदेशिक भुमिमा कमाएर ल्याउला भनेर गएका पनि रित्तै हात फर्केका छन् । अवस्था यस्तो छ कि उनीहरुले चाहेर पनि आफ्नो आफन्तीको पढाईमा कन्जुसी गर्नु परेको छ । केही हुनेखाने बाहेकका धेरै राजधानीबासी विधार्थीहरु आवश्यक खर्चकै अभावमा छन् ।

राजधानीको सडकमा निस्कदा भने त्यस्को कुनै पनि झल्को पाउन सकिदैन। अधिकॉस युवतीहरु बजारमा आएका पछील्लो फेसनवल ड्रेसमै हुन्छन् । महगा रेस्टुरेन्ट पनि युवायुवतीकै भिडले भरिन्छ । मोबाईल, साईबर खर्च पनि उल्लेख्य छ । आखिर कसरी चलेको छ त उनीहरुको गुजारा ? अली संबेदनशिल छ प्रश्न। अनैतीक कमाइले हामीलाई कता तिर लैजादै छ। हाम्रो समाज कता तिर लाग्दै छ? पढ्न पठाएका छोराछोरी के बनेर निस्कदैछन ? के यो बारे परिवारले चासो लिनु पर्दैन त? यस्को लागि सम्बन्धित निकायले के गरेको छ । सबैले ख्याल गर्नै पर्ने सवाल हुुन् यी ।

छोराछोरीलाई पढन पठाएपछि नतमस्तक हुने नेपाली परम्परा छ । गाउमा सन्तानले जगिर गर्दै पढेका छन भन्दै नाक फुलाउछन अभिवावकहरु । छोटो समयमै धरै कमाउनेहरुले वाहीवाही पाउछन यहा । परिश्रम गरेर जिवन आर्जेकाहरुलाई मुख देखाउन मात्र पनि अप्ठेरो छ । फलानाको यति कमाई र उती कमाई , यस्तै उदाहरण दिईन्छ हाम्रो समाजमा । तर ति कमाइका स्रोत के थिए , कसरी आर्जन भयो यत्तिका सम्पति कसैको चासोमा पर्दैनन यि प्रश्नहरु । घरमा बुझाइने पैसाका मुठाले च्यापेका छन यि सवालहरुलाई ।
हुनत यी समस्या नेपालमा मात्र होइन, अन्त पनि त्यस्तै छ । केही दिन अघि मात्र बिबिसीले एउटा खोजमुलक रीपोर्ट प्रसारण गरेको थियो । अक्सफोर्ड, क्यामब्रिज लगायत विश्वका ठूला विश्वविधालयमा पढ्ने गरीबमुलका युवतीहरुबारे । साथीहरु भन्दा कम हुन मनले मान्दैन, ठूलो हुन पुुग्दैन । अनी भारतीय र अफ्रिकी मुलका युवतीहरु त्यस्तै अनैतिक धन्दा मा सामेल हुन्छन् ।

समाजमा बिकृति ब्याप्त छ । शैक्षिक बेरोजगारहरु सर्टिफिकेट बोकेर जागिरलाई धाउछन । कति इमान्दारहरु भोलेन्टर वा कम तलबमा काम गर्छन । तर रातारात मालामाल हुनेहरुको छायामा पर्छन सधै उनीहरु ।

हुनसक्छ अनैतिक पेशामा लाग्नु ति युवतीहरुको बाध्यता हो । तर यसैको नाममा आफ्नो पहिचान गुमाउनुलाई किमार्थ ठिक मान्न सकिन्न । ब्वाईफ्रेन्डको बाईकको पछाडी चढ्नै पर्ने मानसिकताबाट टाढा हुनसक्नु पर्छ अबका युवतीहरु । परिश्रमको फल कुनै पनि बेला भेट्टाइन्छ भन्ने यर्थाथसंग चित्त बुझाउन सक्नु पर्छ । टिमिक्क ठाटिएरै नहिनेर भएपनि परिश्रमी हातहरुलाई फैलिन दिनबाट रोक्नु हुदैन । क्षणिक कमाइ र आनन्दको नाममा आफ्नो परिचयमाथी खेल्न खोज्दा आफ्नो अस्तित्व खोज्नुपर्ने दिन आउनसक्ने तर्फ पनि सचेत हुनसक्नु पर्छ ।

जेसुकै गरेर होस , सन्तानको कमाइमा सन्तोष मान्ने अभिभावक पनि अब सचेत हुनु पर्दछ । कलेज भर्ना भई पढेका छन कि नाई आफ्ना सन्तान भन्ने तर्फ सर्तक हुनु जरुरी छ । यदी परिवारले यत्तिको मात्र सोचे पनि देशको ठुलो समाजिक विकृती स्वतह हल भएर जाने थियो । पढ्न पठाएकी छोरी ठमेलमा नाङ्गै नाच्दा पक्राउ परेपछि रुदै ब्यथा सुनाएका एक व्यक्ती भन्दै थिएर्, छोराछोरीलाई काठमाडौ पठाउनु ठुलो भुल भएछ । ’ तर भुल उनको छोरीलाई काठमाडौ पठाउदा होईन , उनीहरुको दैनिकी बारे ख्याल नगर्दा भएको हो । शहरमा स्कट र छोटा हाफपाइन्ट लगाउने छोरी गाउमा कुर्ता सुरुवाल लगायने गरेको यर्थाथताबाट उहाहरु गुमराहमा परेको हुनसक्छ तर सचेत अभिभावकलाई यो सुहाउने जवाफ होइन ।

गाउमै रामा्र कलेज खुलिसक्दा पनि काठमाडौंमै हानिने प्रवृती बारेपनी सचेत हुनुपर्छ जस्तो लाग्छ । आवश्यक ठुलै रकम खर्च गर्न नसक्ने अभिभावकले आफ्ना सन्तानलाई काठमाडौं पढाउने सपना सगाल्नु खासै उपयुक्त नहुन पनि सक्छ। काठमाडौ पठाउन नसकिने भए पठाउने कोसिस नर्गनु नै उचित हुदैन र ?

No comments: