Monday, February 22, 2010

बाध्यताको बालश्रम

आफ्नै उमेरकी साथीहरु चिटिक्क परेर स्कुल गएको उनी दिनहु देख्छिन । काठमाडौंको एक होटलमा काम गर्ने सानी नानी बिमला रसाइलीको दिन भने होटलमा जुठा भाँडा माझ्दै बित्छ । त्यसबापत न त उनलाई होटलका साहुले पैसा नै दिन्छन्, न त न्यानो माया नै । कमल जायसवालको दैनिकी पनि बिमलाको भन्दा कम्ती कष्टपर्ूण्ा छैन । फरक यत्ती मात्र हो बिमला होटलमा भाँडा माझ्ने काम गर्छिन, कमल राजधानीका गाडीमा खलासी बनेर हिँड्छन् । के गर्नु त्यसो नगरे त उनको छाकै र्टर्दैन ।

यस्तो दैनिकी बिमला र कमलको मात्र होइन । तथ्यन्क अनुसार १८ लाख बालबालिका अहीले देशका बिभिन्न ठाउँमा मजदुरी गरी रहेका छन । ति मध्य १ लाख २७ हजार बालबालिका निकृष्ट प्रकारको स्रममा छन । युएनडीपि, शेभ द चिल्ड्रेन ,अैएलवोले प्रकाशन गरेका प्रतिबेदनहरुले यही भन्छ।

निकृष्ट प्रकारका बालस्रम हुने क्षेत्रमा बालभरिया, सडक बालक , बालबधुवा बालश्रम , घरेलु बाल मजधुर , इटा कारखानामा काम गर्ने बालबालिका कोइला तथा अन्य खानीमा काम गर्ने बालबालिका पर्छन। यसलाई नेपाल सरकारले पनि स्विकार गरिसकेको छ । स्रममा लागेका बालबालिकाले अत्यन्त न्यन ज्यला पाउछन । ज्यलानै नपाउने बालबालिकाको सख्या पनि ठुलै छ ,यस्तै कामा लागेकी एक बालिका आफ्नो नाम भन्न डराइन । नाम खुलाय साहुले गाजिर बाट निकल्ने डर छ उनीलाई । उनी राजाधनी कि होटेल मजदुर हुन । दिन भर थाकेर काम गर्दा पनि साहुले राम्रो ब्यवहाँर नगर्ने उनी बताउछिन । "त्यसै खाएर बसिस् भन्दै गालीमात्र गरिरहन्छ ।"-उनी भन्छिन ।

गौउमा खानलाउनकै समस्या भएपछी उनले जन्मथलो जुम्ला छोड्नु पर्‍यो । राजनीतिक पार्टीका एक कार्यकर्ताले काम लगाइदिने र पढाउने भन्दै उनलाई काठमाण्डौँ ल्याएका थिए रे। पढ्ने कुरा त अहिले एकादेशको कथा बनिसक्यो । उनी भन्छिन "खान पनि राम्ररीकमललको त घर भनेपनी, आगन भनेपनी काम गर्ने गाडी नै हो रे। दिनभर् उनि त्त्यही गाडी हिडछन , राती त्यही गाडीमा सुत्छन । एकाबिहानै देखि रातीसम्म खलासी काम गर्छन् । त्यसक्रममा उनले धरै सास्ती खेप्नु पर्छ । "साँझपख खाना ख्वाएर २० रुपयामात्र साहुले दिन्छन् " उनी दुखेसो पोख्छन् । अझ जाडोमा त एक सरो कपडा पनि नपाउने उनको गुनासो छ ।

आखिर किन उनीहरु घर छाडेर काम गर्न शहर पस्सन् त - उत्तर एउटामात्र भए पो भन्नु । कोही खान लाउनकै समस्याले बालश्रम गर्न बिवश छन् । कोही त घरबार चलाउनुपर्ने जिम्मेवारीले बालश्रम गर्न बिवश छन् । रुकुमबाट काठमाण्डौँ छिरेका जीवन डाँगीका बाबु शसस्त्र द्वन्द्वताका मारिएपछी उनीमात्र घरको जिम्मेवारी लिने मान्छे परे । र पढ्दै गरको कक्षा ७ छाडेर उनी काठमाण्डौँ आएका छन् । पैसा बचे पो घर पठाउनु, त्यै पनि एक दर्ुइ महिलनामा १ हजार घर पठाउँछु । उनी अहिले सफा ट्याम्फ्ूमा भाडा उठाउने काम गर्छन् ।


कती त बाटोमा आमाबुवाको उपचार गर्नुपर्‍यो भन्दै पैसा उठाउने गरेको भन्दै हिँड्ने गरेको एक अध्ययनले जनायो । अझ आजकल त बालश्रमिकको सङख्या पनि ह्वात्तै बढ्नाले बालश्रमिकहरु मध्ये नै कसले सबभन्दा कममा काम गर्ने भन्ने प्रतिसपर्धा हुन्छ । दिनभर खलासी बनेको १५ रुपायाँ आश गर्दा पनि मलाई सहुले मानेन । अर्कोले दिनभरकै १० रुपायाँमा काम गर्छर्ुुनेको रहेछ । अझ कतिले त खानबस्न पाउनु नै सबथोक सम्भिmन्छन् । बालश्रमिकहरु ग्ुानासो पोख्छन् । लामो यात्रा गर्दा हामी प्रायः देखिरहेकै हुन्छौँ केटाकेटीहरु प्ाानी, मकै, बिस्कुट बेच्दै हिँड्छन् । करिस्मा मगर पनि बुटवल बसपार्कमा मकै बेच्न थालेको बर्षदन नागिसक्यो । अझ सडकमै सुत्ने केटीहरुलाई त बिभिन्न रोगले सताउने गरेकोे पाइन्छ । केटीहरु त सुरक्षाका दृष्टिले पनि जोखिममा छन् । काठमाण्डौँका फोहोरका थुप्रोमा फलाम र प्लास्टीक बटुल्दै दिँड्ने हरिश ढकाल साथीहरुको लहलहीमै लागेर रामेछापबाट काठमाण्डौँ आए । अहिले गाँजा चुरोट खाने कुलतका शिकार बनेका छन् उनी । अझ सबैभन्दा नराम्रो त प्लाटीकमा गम सुग्ने गरेका छन् । थाह छ - त्यस्तो गर्नाले त सानैमा क्यान्सर रोगका शिकार हुने गरेका छन् उनीहरु । बालश्रमिकलाई त शनिवारजस्स्तो बिदा पनि मिल्दैन । बालश्रमिकहरुलाई हर्ेन भनेर धेरै संघसँस्था पनि नखुलेका होइनन् । तर उनीहरु एकपटक सडकमा आइसकेपछी अन्त जानै खोज्दैनन् । त्यसैले उनीहरुलाई सडकबाट उद्दार गर्नुभन्दा उनीहरुलाई आफ्नै परिवेशमा रमाउन बालमैत्री अवस्था सिर्जना गर्नुपर्नेमा बालअधिकारकर्मीहरु जोड दिन्छन् ।

बालस्रमबारे नेपाल

बालअधिकारबारे बनेको हालसम्मकै सबैभन्दा ठूलो कानुन भनेको बालअधिकार सम्बन्धी महासन्धी नै हो । हालसम्म अमेरिका र सोमालियाले बाहेक बिश्वका सबै देशले यसमा र्समथन जनाइसकेका छन् । यसका सदस्यका हैसियतले नेपालले पनि धेरै प्रयासहरु गरेको छ । अझ बालअधिकार सम्बन्धी दशबर्षो राष्ट्रिय कार्ययोजन ाबनेपनी त्यसको कार्यान्योन पक्ष निकै फितलो देखिन्छ । हरेक जिल्लामा बनेका जिल्ला बालकल्याण समितिले उल्लेखनिय काम गर्न सकेका छैनन् । बालअधिकार सम्बन्धी ऐन र नीयमावली पनि बनिसक्यो । सबैका लागि शिक्षा कार्यक्रमका लागि बालश्रम एउटा ठूलो समस्या बनेको छ । अझ त्यसमाथी पनि बालश्रम उन्मूलन गर्न बिश्व श्रम संगठनले तयार पारेको बालश्रम बिरुद्धको दस्तावेजमा नेपालले समेत हस्ताक्षर जनाइसक्यो । तर पनि नेपालमा २६ लाख बालश्रमिक रहेको एक तथ्याङकले जनाउँछ कुलमध्ये आधा भन्दा बढी त केटीहरु नै छन् । ९ लाखले बिनापैसा काम गर्छन् ।

it was orginally published on  JUNKIRI  suppliment of  NAGARIK  DAILY  of   27th  ashar, 2066

No comments: