Thursday, February 18, 2010

अध्ययनमा अब्बल ब्रजेश


स्काईराईडर ई. बो. स्कुल रत्ननगर–१२, चितवन कक्षा दशका ब्रजेश अर्याल, १५, अध्ययनमा निकै अब्बल छन् । सुब्बाचोक, टाढी स्थीत घरमा

बुवा बसन्त र आमा ईन्दीरा संगै बस्दै आएका उनी पढाईका अलवा अन्य अतिरिक्त कृयाकलापमा पनि शसक्त छन् । घरमा सजाईएका शिल्ड, पदक, प्रमाणपत्र आदी उनका सफलताका साक्षी रुपमा रहेका छन् । ‘अबको युगमा किताबी ज्ञानमात्र पर्याप्त छैन,’ उमेरले खारीएको पाका मान्छेकै शैलीमा ब्रजेश भन्छन्, ‘अबको दुनीयाँमा आफ्नो अलग पहिचान बनाउन सबै क्षेत्रका सवाललाई ख्याल गर्नु पर्दछ ।’


हाजिरीजवाफ प्रतियोगीताका लागी ब्रजेश पुरै चितवनमा कहलीएको नाम हो । कक्षा सातमै पढ्दाका दौरान २०६३ सालमा एकता निकेतन स्कुल बक्कुलरमा आयोजीत क्षेत्रीय मा.वि हाजिरीजवाफ प्रतियोगीतामा प्रथम स्थान हासील गरेर सफलताको इतिहास रच्न सुरु गरेका हुन् उनले । कृषि विकास बैकंले पोहर साल आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा पनि प्रथम स्थान उनैका नाममा लेखीयो । चितवनमा उनले जितेका यस्ता थुप्रै हाजिरीजवाफ प्रतियोगीता छन् जसको नाम लिईरहेर साध्य नै छैन । संभवत जिल्लामा यस्तो कुनै प्रतीष्ठीत प्रतियोगीता बाँकी रहेन जसमा उनले सफलताको स्वाद चाखेका छैनन् । त्यसैले त भर्खर सम्पन्न हरलिक्स जिनियस नेपालमा चितवनको प्रतिनिधित्व गर्ने मौका उनकै हातमा गयो । त्यहा उनले सेमिफाईनलसम्मको यात्रा पनि तय गरे ।

via Junkiri (Nagarik)dated magh 2, 2066

घरमा सजाइएका ब्रजेशका शिल्ड देखाउदै गर्दा बुवा अमित निकै हर्सीत थिए ।‘अब त म यसका पुरस्कारहरु सम्हाल्नै नसक्ने भएको छु,’

कृषि विकास बैकंमा ट्रेनिङ अफिसर रहेका बुवा अमितले भने, ‘यसको आवश्यकतामा कुनै पनि कमी गरेको छैन र गर्ने पनि छैन ।’ उनको चाहना छोरालाई राष्ट्रिय स्तरकै एक कुशल अर्थ व्यवस्थापक बनाउने रहेछ । ब्रजेशले त्यसमा सहमती जनाएका छन् । ‘देशलाई साच्चै माया गर्ने कुशल अर्थ व्यवस्थापक चाहीएको छ,’ उनी थप्छन्, ‘अर्थशास्त्र मेरो रुचीको विषय समेत भएकाले राष्ट्रलाई यस क्षेत्रमा केही गर्न सकिन्छ भन्ने विश्वास छ ।’

स्थानीय स्तरमा स्थापीत महीला समाजिक कार्यकर्ता, उनकी आमा इन्दीरा दुबैको कुरा सुनेर खुशी भएको देखीन्थ्यो । विद्यालयका लागी थुप्रै पुरस्कार जितेका ब्रजेशसंग शिक्षकहरु निकै सन्तुष्ट छन् । ‘ब्रजेश हाम्रो समेत प्ररणाको स्रोत हो,’ शिक्षक प्रदीप पोखरेलले निसंकोच खुलाए, ‘मैले त उसलाई क्युज मास्टरकै उपमा दिएको छु ।’ साथीहरु माझ पनि ब्रजेश लोकप्रिय छन् । उनी संगै पढ्ने सागर भण्डारीलाई सबैबाट उसले पाएको सम्मान देख्दा पक्कै केही गर्ला भन्ने लागेको छ रे ।

No comments: