Thursday, February 18, 2010

जेभियर्समा सेट प्रदर्शनी

सधै राजनीतिक कार्यकर्ता र पत्रकारका राजनीतिक प्रश्नले मात्र घेरिने वरिष्ठ माओवादी नेता डा बाबुराम भट्टराई गत शनिवार सेन्ट जेभियर्स कलेजमा बिद्यार्थीमाझ रहे । कलेजले बर्षेनी आयोजना गर्ने सामाज, वातावरण र प्रविधिका बिद्यार्थीका समूहद्वारा (सेट काउन्सिल) आयोजित ‘सेट’ प्रदर्शनीको १५ औं संस्करण गत शनिवार सम्पन्न भयो ।


सामाजिक बिकास, वातावरण र प्रविधिका भिन्नभिन्नै स्टल राखिएको उक्त प्रदर्शनीमा बिज्ञान प्रविधिका नमूनादेखि समाजमा ब्याप्त बन्द, आङ खस्नेजस्ता सामाजिक समस्यासम्म छलफल भए । ‘अन्यभन्दा सेट एक्जिविसन भिन्न लाग्यो’, त्यही“ भेटिएका बिनायक हेल्थ साइन्स कलेज, काठमाण्डौंका अमिर सुवेदी भन्छन्, ‘बिज्ञान प्रविधिदेखि समाज र चित्रकलासम्मका स्टल एकै ठाउ“मा भेटिनु यसको बिशेषता हो ।’ उनले त्यसो भन्दैगर्दा उनकै पछाडि पयर्टन बर्ष २०११ को प्रबद्र्धन गर्ने उद्देश्यले राखिएको एउटा स्टल थियो । नेपालमा हेर्न र घुम्न लायक स्थानहरुको जानकारी दिइएको उक्त स्टलमा बिद्यार्थीहरु तराई, पहाड र हिमालको झल्को दिनेगरी स्थानीय पोशाकमा सजिएका थिए । नेपाली दौरासुरवाल र ढाका टोपीमा भेटिएका त्यही स्टलका प्रकाश पाण्डे भन्छन्, ‘हाम्रो मुख्य सम्पत्तिको रुपमा रहेका सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षणको बोध बिद्यार्थी जीवनबाटै गराउनु जरुरी छ ।’


त्यसो त १० हजार बढिले अवलोकन गरिएको बताइएको उक्त प्रदर्शनीमा बन्द बिरोधी एउटा स्टलमा धेरैको ध्यान खिचिएको थियो । नेपालमा दिनहू“ हुने बन्द, हडतालका बिरुद्ध ऐक्यबद्धता जनाउने उद्देश्यले चेल्सी इन्टरनेशनल एकेडेमी, नया“बानेश्वरका बिद्यार्थीहरुले उक्त स्टलमा हस्ताक्षर अभियान चलाएका थिए । त्यही“ उनीहरुले एक दिनको बन्दले देशलाई पार्ने असरको पर्चा बा“ड्नुका साथै बिरोध प्रदर्शनका अन्य बैकल्पिक उपाय सुझाएका थिए । चर्को लोडसेडिङको मार खेपिरहेका नेपालीहरुलाई बैकल्पिक उर्जा प्रद्र्धदन गर्ने खालका स्टलहरु उत्तिकै थिए । ‘हामीकहा“ उर्जा संचय ठूलो समस्या होइन, हाम्रो समस्या भनेको उर्जाको अर्थहिन अधिकतम खपत हो ।’, सोही स्टल अवलोकनका समय भेटिएका जेभियर्सका भौतिकशास्त्र बिभाग प्रमुख दयानिधि छत्कुलीले भने । उनका अनुसार हामीले सीएफएल चिमजस्ता कम उर्जा खपत गर्ने बस्तुहरु प्रयोग गरेमा लोडसेडिङ आधा नै कम हुन सक्थ्यो । काठमाण्डौंमा बितरण हुने मिनिरल वाटरको गुणस्तर अध्ययन पश्चात निश्किएको निश्कर्ष पनि राखिएको थियो ।


‘कलेजका बिद्यार्थीहरुको स्वयं अग्रशरतामा यसप्रकारको प्रदर्शनी आयोजना हुनु नै ठूलो कुरा हो’, आयोजकमध्येका एक खिमानन्द भट्टराई भन्छन्, ‘यसबाट बिद्यार्थीमा नेतृत्व लिने क्षमतादेखि आफू सम्बन्धित क्षेत्रमा अझ दक्ष बनाउन मद्दत गर्नेछ ।’ अझ सोही प्रदर्शनीको अवसर पारेर देशका कुनै बिद्यत ब्यक्तिलाई निम्त्याएर मन्त्ब्य दिन लगाइनु पनि कार्यक्रमको बिशेषता हो । जहा“ राजनीतिक स्वार्थभन्दा पर उठेर ब्यावसायिक तहमा बहस र छलफल हुन सकोस् । डा भट्टराइले पनि त्यसै गरे । त्यसबखत न त उनले राजनीतिक भाषणबाजी गरे न त कसैको गालीगलौच नै । बरु नया“ नेपाल निर्माणमा कसरी शिक्षित र दक्ष युवाहरु लाग्नुपर्छ भन्नेमा आफ्नो समय खर्चिए ।


प्रदर्शनी आजकल सबैतिर चर्चा हुने जलवायु परिवर्तको कुराबाट अछुतो रहने कुरै भएन । जहा“ हिमालयको हिउ“ पग्लंदा र समुद्री सतह बढ्दा कसरी जनजीवन समस्यामा पर्छ भन्ने डेमो देखाइएको थियो । त्यसो त यसपटकको सेटको नारा नै ‘बेड्स अन फायरः अ कल फर क्लाइमेट जस्टिस्’ रहेको थियो । ‘हामी सेट प्रदर्शनीलाई निरन्तरताको रुपमा मात्र लिएका छैनौं, बरु सामाजिक चेतना र बिज्ञानका दक्षता बोकेका दुई धारका बिद्यार्थीलाई एकै थलोमा समेटेर नया“ नेपाल निर्माणमा सहयोगी बनाउन लागिपरेका छौं ।’, सेटका बिष्णु भण्डारीले भने । रक्तदान, खेलकुद, खानाका स्टल, नाचगान आदी सेटका थप आकर्षण थिए ।

it was orginally published on kantipur daily dated on 4th falgun 2066

No comments: