Saturday, March 27, 2010

विश्वदीपको विश्व

i
न्ोपाली  राजनीतिमा पछिल्लो पटक संम्भवत सर्वाधिक उच्चारण गरिएको हुनुपर्छ ुबाह्र बँुदे सहमतीु । त्यही सहमतीको साँचोले देशमा शान्ति र परिवर्तनको अग्रगामी ढोका खोलेको थियो । विपरीत ध्रुबका दुई शक्तिहरु तत्कालीन विद्रोही माओवादी र संसदवादी मुलधारका राजनीतिक दलहरु बीच भएको त्यो सहमतीलेनै नेपालमा गणतन्त्रको जग वसाल्यो । माओवादीलाई शान्तिवार्तामा ल्याउने त्यो सहमतीको पछाडी धेरै नेताहरुको नाम जोडियो होला तर सहमती सँगै जोडिएको तर ओझेलमा परेको एउटा महत्वपूर्ण पात्र हन् विश्वदीप पाण्डे २५ । दिल्लीस्थीत एक नेपालीको घरमा भएको त्यो सहमतीपत्रको ड्राफ्ट उनै पाण्डेले टाईप गरेका थिए । नेपाली राजनीतिको केन्द्रको वरिपरि रहेर उनले यस्ता ऐतिहासिक कालखण्डहरुमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

आठ वर्ष अघि संगै एसएलसी सकेका साथीहरु उच्च शिक्षाको लागी काठमाडौं हान्निसकेका थिए । कतिले त बुटवलमै पनि पढे । तर उनलाई त्यो अवसर जुरेन । युद्धकालीन समय थियो । बुवा तत्कालिन विद्रोही माओवादीका केन्द्रीय सदस्य भएकाले पनि होला सेनाको उच्च निगरानीमा पर्थे उनी । त्यसो त उनी आफै पनि अखिल क्रान्तिकारीका जिल्ला सदस्य थिए त्यसबेला । आफु माथीको सधैको खानलासी र अनावश्यक निगरानीले १७ वर्षे केटौले उमेरमा निकै हैरान भएका थिए । त्यसै बेला भुमिगत भएका बुवाको फोन आयो २०५९ साल असार ताका । युद्धविरामको समय भएतापनि सचेतना पुर्वक भेट्ने कार्यक्रम तय भयो बुवासंग रुपन्देहीको इटाभटीमा शहिद गणेश ढकालको घरमा ।

वुवासँगको त्यो गोप्य भेटले जीवनको लक्ष्य र बाटो वद्लिदिए जस्तो लाग्छ उनलाई । त्यो भेट यस्तो महत्वपुर्ण भेट सावित भयो जसको कारण नेपाली राजनितीको केन्द्र वरिपरि रहेर आजपर्यन्त काम गरिरहेका छन् पाण्डे । भ्ोट्नासाथ बुवाले भाग्यमानी रहेछस् महत्वपुर्ण ठाँउमा जाँदैछस् भन्दै अङ्गालेको आजै जस्तो लाग्छ रे उनलाई । महत्वपुर्ण ठाँउ जान गोरखपुर हुँदै लखनउसम्मको यात्रा तय गरे उनले कहिले रेलमा कहिले वसमा । लखनउमा माओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्राईसंग जम्काभेट भयो उनको । सुरुमा नपत्याए पनि पछि थाहा भयो उनी डा। बाबुरामको सहयोगीको रुपमा काम गर्दैछन् अब । त्यसबेला डा। बाबुरामल्ो भनेको शब्द सम्झदा अझै पनि भावबिभााेर हुन्छन् उनी । ु अहिले हिसिलासंग जानु बाँचेर आए भनेफेरि भेटौलाु डा। बाबुरामले तात्कालिन समयमा जारी शान्तीवार्ताको अन्तिम चरणमा सहभागी हुन निस्कदै गर्दा भनेका थिए । अनि डा। वावुराम काठमाडौं आए उनी दिल्ली लागे हिसिलासँगै ।
दिल्ली पुगेपछि तीन तले घरको एउटा फ्याटमा बस्न थाले हिसिलासंग । कम्युटर चलाउन सिके अंगे्रजी पनि निकै सुधि्रयो उनैको संगतमा रहँदा वस्दा । केही हप्ता पछि डा। बाबुरामको फोनसँगै उनी इलाहावाद तिर लाग्नु पर्ने भयो । त्यति काँचै उमेरमा एक्लै भारतमा हिड्न सकेकोमा कता कता गर्व पनि लाग्यो रे उनलाई । त्यहा उनले एउटा प्रेस विज्ञप्ती टाईप गर्नु पर् यो युद्धविराम भंग भएको । उनी भन्छन् ुत्यसबेला बल्ल आफु परीपक्क भएको अनुभव भयो ।ु तरपनि मनमा सन्तोष भने थिएन । थप्छन् ुमेरो त्यही टाईपसँगै देशमा फेरी युद्ध सुरु हुदै थियो ।ु उनी त्यसपछि फर्किए दिल्ली डा।बाबुरामसंगै ।

दिल्ली वसाईको क्रममा एकदिन एउटा रमाईलो घटना घट्यो । ुएकजना मान्छे दिल्लीको डेरैमा आएका थिए झलास्स सम्झीन्छन् उनी । मैले ढोका खोल्नासाथ भक्तिजीको छोरा हो तपाई भनेर प्रश्न गर्दा अक्क मक्क परे ती अपरिचितले आफुलाई चिनेको देख्दा ।ु मनमा कौतुहलता भइरह्यो तर कसैलाई सोधेनन् । पछि हिसिला यमीले त्यो मान्छे क। प्रचण्ड भएको सुनाउँदा त एक छिन् त अल्लमल्ल पो परेछन् । त्यतिवेला सर्वाधिक खोजी गरिएका व्यक्ति प्रचण्डलाई यति सहज र सरल ढंगले आफ्नै डेरामा भेट्न र देख्न पाइने उनले अनुमानसम्म पनि गरेका थिएनन् ।

कहिले कांही यस्ता रोमान्चक घटना भएपनि ुदिल्लीको बसाई निकै सकसकोु उनले विगत कोट्याए ुसाईबर जादा फोन गर्दा पनि निकै होसियारी अपनाउदै टाढा जानु पर्ने ।ु ुमनभित्र एक किसिमको मनोवैज्ञानिक डर भइरहन्थ्योु ती दिनहरु सम्झदा उनी अझैपनि मलिन हुन्छन् । त्यसमाथी पनि बाबुरामको कम वोल्ने वानी अध्ययनशिल व्यक्तित्व र अन्र्तमुखी स्वभाव । विहान उठ्दा होस् चाहे राती सुत्दा कितावसँग टासिरहेका बाबुराम बाहेक केही पनि देख्न पाउथेनन् हप्तै सम्म विश्वदिपले । टिनएजर भनिने चुलवुले वयमा कोठाभित्र न बोल्ने साथी न मिल्ने साथी शुरुमा त कम्ता सकस भएन । तर विउ गुनाको फल संगत गुनाको बुदि भएजस्तो अध्ययनको मोहले उनलाई पनि विस्तारै छुन थाल्यो । भ्याएसम्म अध्ययन गर्ने कुरामा निकै जोड दिन थाल्ने भए विश्वदिप ।

२०६१ साल ताकाको कुरा दिल्लीबाट रोल्पाको यात्रा दश दिन पैदल हासो मजाक गर्दै । त्यो यात्रामा अध्यक्ष क।प्रचण्ड क। बाबुराम सिता दाहाल हिसिला यमी लगायतका नेता÷नेतृ सँगै हुनुहुन्थ्यो । त्यतिवेला नै हो झण्डै अढाई वर्षपछि उनको एउटा सपना बल्ल पुरा भयो डा।बाबुरामसंग वसेर फोटो खिचाउने । त्यसअघि जती नै कर गरेपनि उनले त्यस्तो मौका कहिल्यै पाएका थिएनन् । उनलाई ठुलै काम गरे जस्तो लाग्यो त्यतिखेर । त्यसपछि रोल्पाको वसाई त्यति सुखद भएन । पार्टी भित्रको अन्तरसंघर्षले पार्टीलाई फुटको नजिक लगेको थियो । वावुराम हिसिला दिनानाथ लगायतकाहरु कार्वाहीमा परेका थिए । त्यसबेला बाबुरामहरु माथी भएको अन्याय देखेर राजनीतिबाट नै निकै विरक्तिएका रहेछन् उनी । भन्छन् ुउहुले धेरै सम्झाएपछि मात्र म थामिएको थिए ।ु केहिसमयपछि पार्टीले वावुरामहरु माथि भएको कार्वाहि फिर्ता लियो । विस्तारै परिस्थिती सजह हुँदै गयो ।

अनी सुरु भयो बाह्र बँुदे सहमतीको राजनीति । त्यसमा सबै पार्टीहरु बीच सहमति जुटाउन बाबुराम कृष्ण सिटौला र शेखर कोईरालाको मुख्य भुमिका रहेको उनी बताउँछन् । पछि त्यहीं बाह्र बँुदे सहमतीको ड्राफ्ट एक नेपालीको दिल्ली स्थित घरमा वसेर टाईप गर्दै गर्दा निकै हौसिएका रहेछन् उनी देशमा शान्ती परिवर्तन र विकास आउने आशमा । त्यसै बखत नै हो उनले पहिलो पटक बाबुरामको गाली खाएका आफ्नो गल्तीले होइन के।पी ओलीको कारणले गर्दा । १२ बुंदेको कमा र फुलिस्टप पनि अब परिवर्तन नगर्ने भनेर सहमति भइसकेको अन्तिम ड्राफ्ट उनवाट लिएर ओलीले भएको शव्द मेटेर अर्कै शव्द लेखिदिएछन् । तर त्यो उनलाई थाहा भएन र जस्तो थियो उस्तै टाईप गरे । पछि बाबुराम त्यो हेरिसकेर उल्टो अर्थ लाग्ने शब्दहरु टाईप भएकोमा निकै रिसाएछन् । तर पछि उनले आफ्नो औंला ओली तिर तेर् साइदिएछन् । र पछि त्यो सच्चाइएछ ।

त्यस यता शान्तीकालमा उनी झनै व्यस्त हुन थाले । वावुरामको सहयोगीको रुपमा मात्रै होइन माओवादीको केन्द्रीय कार्यालय अन्तर्गत राज्य समिति सदस्य समेत रहेका उनी नियमीत पत्रिकामा छाउन थालेका छन् विभिन्न लेख र राजनीतिक विश्लेशणका माध्यमबाट । जुनसुकै पार्टी र क्षेत्रका अग्रगामी विचार बोक्ने युवाहरुको एउटा साझा फोरमको निर्माणमा जुटेका छन् उनी अहिले । भन्छन् - देशले परिवर्तन चाहेको छ विकास चाहेको छ वेरोजगारीको अन्त्य चाहेको छ गणतन्त्र संस्थागत होस् भन्ने चाहेको छ शिक्षामा आमूल परिवर्तन चाहेको छ । पुरानो नेतृत्व व्यक्ति र गुट केन्द्रीत राजनीतिमा मात्र केन्द्रित रहेकाले अब उनीहरुले मुलक हाँक्ने हैसियत र क्षमता गुमाइसकेको उनको निष्कर्ष छ । परिवर्तन विकाश शान्ति र गणतन्त्र संस्थागत गर्न अब सबैलाई समेटेर युवाहरुको नेतृत्वमा मुलुक हाँक्नुको विकल्प उनी देख्दैनन् ।

मैले उनलाई सोधे के तपाई पनि भविष्यमा प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ विश्वदीप भन्छन्- ुराजनीतिमा लागेपछि सम्भावनाहरु अनेक हुन्छन् । सपना त्यसैको पुरा हुन्छ जसले देख्छ । अहिले ममा त्यो हैसियत र क्षमता त छैन तर आफुलाई प्रधानमन्त्री हुन योग्य पात्रको रुपमा उभ्याउने प्रयासचािहं अवश्य नै गर्नेछु । र त्यो विश्वास म आफुमा छ । संसार त्यसैले जित्छ जसलाई आफुमा विश्वास हुन्छु
IT WAS ORGINALLY PUBLISHED ON KOSELI SUPPLIMENT OF KANTIPUR NATIONAL DAILY OF DATED 27TH MARCH 2010

आधुनिक तर आध्यात्मिक

it was orginally published on the HELLO SUKRABAAR suppliment of KANTIPUR DAILY of march 26, 2010
भक्तपुर ल्ााेकन्थलीका आभाष गौतम २२ सेन्ट जेभियस्र कलेज माईतीघरमा बिएस्सी तेस्रो वर्ष भिैतिकशात्र का विद्यार्थी हुन् । दैनिक कलेजका अलवा उनको दिनचर्या अन्य साथीहरुको भन्दा निकै फरक छ । भैतिकशात्रका विद्यार्थी भएपनि उनी धार्मिक स्वभावका छन् । माछा मासुको त कुरै छाडौ लसुन प्याजसम्म पनि खादैनन् । विहान सबेरै उठेर नुहाईधुवाई सकेपछि झण्डै दुई घण्टा पुजा कोठामा हराउछन् पुजापाठ जप र ध्यानमा । कलेजमा ब्रेकका समय साथीहरु क्यान्टीनमा मम र चाउमीन खान हुम्मेका बेला उनी घरबाटै तयार पारी लगेको शुद्ध साकाहारी खाजामा रमाइरहेका हुन्छन् । ुजीवनको यथार्थलाई नबुज्दासम्म सबै यस्तै त हो नीु उनले भने ुब्रमाण्डको रहस्यलाई बुझी परमचेतना प्राप्त भएपछि मात्र मानिस सुमार्गमा आउछ ।ु मण्डिकाटार कपन स्थीत सिद्धश्रम साधक परिवारका सदस्य आभाषले फिजीक्स र अध्यात्म एउटै भएको निश्कर्ष निकालेका छन् । भन्छन् ुफिजीक्सले सारा दुनियाको अध्ययन गर्छ भने अध्यात्मले पनि गर्ने त्यही हो मात्र शैलीमा केही फरक हुन्छ ।ु जीवनमा वास्तवीक आनन्द पाउन साधना मात्र विकल्प भएको उनको ठम्याई छ ।

डिभाइन मिस्ट्रीयस स्कुल सतुङ्गलका साधक साईमन दाहाल २१ पनि भौतिकशास्त्रकै विद्यार्थी हुन् । ुबेचैन मन अशान्त थियो । त्यसैले म आफुलाई सुमार्गमा डोर् याउन गुरुको खोजीमा थिए’ दाहाल पछाडी फर्किए ुआश्रममा बसेर गुरुको सत्संग पाउदा बल्ल आफै भित्रको मनलाई चिन्दै छु ।ु उनी आफै पनि साधना ज्ञान बाड्न धेरै ठाउ पुगेका रहेछन् । नेपालको अधिकासं ठाउको अलवा भारत बेलायत अष्ट्रेलिया आदी देशमा पुगिसकेका छन् । आफ्ना समकक्षी साथीहरु विदेश भन्दैमा मरीहत्या गर्दा पनि उनको त्यता तिर मन फिरेन । भन्छन् ुजीवनको यथार्थतता नबुझ्नेहरु संसारीक मोहमा फस्नु पैसाको पछि मात्र लाग्नु कुनै आश्चर्य कुरा होईन ।ु उनको दिनचर्या पनि धेरै जसो आभाषकै जस्तो छ । तर आश्रममा बस्ने हुदा उनले त्यहाको काम पनि गर्नु पर्छ । हरेक विहान ध्यान सके पछि गाईगोठमा पुग्छन् दुध दुहुन । गाईको हेरचाहा आश्रममा लगाईने सिजने वालिको काममा पनि खटिन्छन् उनी । आफ्नो काम आफैले गर्न सके संसारको आधा समस्या स्वतह हल हुने निश्कर्ष छ उनको ।



आम युवती झै मोर्डन ड्रेसमा भेटिएकी हाल हाडीगाउमा परिवारसंगै बस्ने काभ्रेकी रीना लामा १९ लाई झट्ट हेर्दा आध्यात्मीक होलीन् भनेर पत्याउन निकै मुश्किल पर्छ । एनआईसी कलेजमा स्नातकतह प्रथम वर्षकी यी छात्रा ुसाचो जीवन निर्माण अभियानु मा संलग्न छिन् । ुसर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनु को मुख्य नारामा रही उनले थुप्रै ठाउमा आफुभन्दा धेरै पाकाहरुलाई पनि ुज्ञानु बाडेकी छिन् । ुसंसारको सत्यलाई बोध गर्दै नकरात्मक भाव मनबाट सबैले पखाल्न सके दुनियामा अशान्ती र पीडा भन्ने नै हुने थिएन ु उनले थपिन् ुईश्वरले चाहेको समाज निर्माणको लागी सबैलाई नैतिक र आध्यात्मीक ज्ञान चाहिएको छ ।ु उनी धर्मको नाममा हुने कुनै जात धर्म वा समुदायप्रतीको हेला वा सम्मानको विपक्षमा छिन् । भन्छिन् ुसबैको मन भित्रनै ईश्वर छ त्यसलाई चिन्न नसक्दा मान्छे भगवान भन्दै भौतारीएको छ ।ु उनले पनि आफुले आफैलाई सम्मान गर्न सके सबै समस्या हल हुने विचार सुनाइन् ।
ुमै खाउ मै लाऊ उमेरमा पनि किन यस्तो लाईनमा लागेको त सबै जनाको प्राय उस्तै धारणा छ । ुएक दिन त्यसै टेन्सन भएको बेला किर्तनमा जादा निकै आनन्द अनुभुती भयो । अनी त्यसपछि म नियमीत किर्तन र प्रवचन सुन्न जान थालेु आभाष खुले ुगुरुहरुको सझावले गर्दा मन आनन्दीत हुदै गयो । ध्यानले ज्यान हलुका भएको अनुभुती हुनुका साथै संसार चिन्ने मौका पाए त्यस यता म नियमीत आश्रम आउन थालेको हु ।ु दुनिया आर्थिक उन्नती तर्फ लम्केको बेला त्यसको प्रभाव उनीहरुमा पनि परेको भेटियो । रिना भन्छिन् ुभोको पेटलाई जती नैतिक पाठ घोकाए पनि त्यसको कुनै अर्थ रहदैन । त्यसैले अध्यात्मलाई आर्थिक रुपले जेडेर लान सके त्यो फलदाही हुन्छ । उनले आफ्नो संस्था मार्फत त्यही गर्ने गरेकी छिन् । पढेलेखेका तन्नेरी आध्यात्म र साधनामा लाग्दा त्यो वैज्ञानिक हुने धारणा साईमनको पनि छ । ुआखिर पढ्नु किन ु उनी आफैले जवाफ दिए ुहरेक कुरालाई वैज्ञानिक र व्यवहारीक रुपले गर्न लाई हो शिक्षाको आवश्यकता ।ु सायद त्यसैको फल हुन पर्छ अध्यात्मलाई अर्थतन्त्रसंग जोड्नु । उनको बुझाइको सच्चा शान्ति त्यतीबेला आउछ जसबेला हरेक मान्छे अरुको सम्मानमा रमाउछन् । त्यसको लागी साधनामा लाग्न सबैलाई उनको आग्रह छ ।

Friday, March 19, 2010

होस्टल

रमेश न्यौपाने

सर्लाहीका राहुल शाह, १०, एन.के.सिंह मेमोरीएल ईपिएस स्कुल मिनभवनको कक्षा चारमा पढ्छन् । परिवारका अन्य सबै सर्लाहीनै बस्छन् । तर पनि राहुल काठमाडौंमा एक्ला भने छैनन् । उनी स्कुलको होस्टलमा साथीहरु संगै बस्छन् । ‘होस्टलमा बस्दा घरको जस्तै मायालु वातवरण पाईने भएको हुदाँ यहाँको बसाई रमाईलो हुदै छ,’ राहुलले भने ,‘गाउँमा राम्रो पढाइ हुने स्कुलनै छैनन्, त्यसैले काठमाडौं पढ्न आएको हु । सुरुमा कहाँ बस्ने भन्ने समस्या थियो तर अहिले होस्टलले त्यो समस्या दुर गर्देको छ ।’ उनी जस्तै त्यहाँ बस्ने झण्डै चालीस जना छन् । निकै व्यवस्थित दिन चर्या छ उनीहरुको । विहान सबेरै उठेर हात मुख धोइ पढ्न बस्छन् । बिहानको साना संगै स्कुल, अनि स्कुल पछि पनि पढाई, खाना, मनोरन्जन सबै नियमित कार्यसुची अनुसारनै हुन्छ ।  उदयपुर स्थीत आफ्नो घरमा रहदा पढाइ राम्रो नभएपछि कक्षा आठकी प्रतिक्षा बस्नेत, १४, पनि त्यही होस्टलमै बसेर पढ्न आएकी छिन् । होस्टलमा रहदा ‘कम्फर्ट’ महसुस गरेकी छिन् रे उनले पनि । भन्छिन् ‘कम्बाईन् स्टडी र टिचर्सको चौबिसै घण्टा नियन्त्रणमा हुदा पढाइ राम्रो हुदै गएको छ ।’ कडा अनुशासन घेरा भित्र बस्दा पनि सबै खुशीनै । होस्टलको ड्रेस भन्दा अरु कपडा लगाउन नपाईने । त्यसैले सबै एउटै किसीमको पोषाकमा भेटिएका । 

अनुराधा पौडेल, १५, भने एसएलसीको तयारीमा छिन् । स्काईराईडर ई. बो. स्कुल रत्ननगर–१२, चितवनमा पढ्दै गरेकी उनलाई बिहानै ६ बजे स्कुल पुग्नु पर्ने अनि छुट्टी साझ ६ बजे पछि मात्र । के गर्नु त ? सबैले एसएलसीलाई फलामे ढोका भन्छन् । राम्रो अंक आएन भने जीन्दगीनै बेकारको  हुन्छ भन्ने उनलाई राम्रैसंग थाहाँ छ । त्यसैले जाडो न गर्मी कस्सीनै प¥यो । स्कुल भन्दा निकै टाढा रहेको घरबाट आउ जाउ गर्न कम्ती शास्ती भएको थियो र ? तर पाच महिना जति भयो, अनुराधा यो समस्याबाट मुक्त छिन् ।  उनी आफ्नै स्कुलमा रहेको होस्टलमा बस्न लागेकी छिन् । ‘पहीला त घर देखी स्कुल अनि स्कुल देखी घर आउदा जादा नै थाकीन्थ्यो,’ उनी भन्छिन्, ‘अनि घरमा गएर गफ र अलिअलि काममा सघाउदै मात्रमा दिन सकिन्थ्यो, पढाई त गोलमाल ।’ तर होस्टलमा बस्न थालेदेखीको दैैनिकी भने निकै व्यवस्थीत छ । खाजा र खाना सबै समयमा नै हुन्छ । टिउसनको व्यवस्था पनि होस्टलले नै गरेको छ । अनि बाँकी समय सेल्फ स्टडी । कोर्सको पाठ वा हिसाब बुझाईमा केही समस्या भए तुरुन्तै शिक्षकलाई सोध्न सकीने व्यवस्था पनि । क्या मज्जा, ग्रुप डिस्कसनको लागी साथीहरु पनि उपलब्ध हुने ।

स्काईराईडरको होस्टलमा अनुराधासंगै चालीस जना जति बस्छन् । झन्डै तीस जना त केटाहरुमात्र । सबै एसएलसीको तयारीमा रहेकामात्र होइन, साना कक्षाका पनि टन्नै छन् । कक्षा सातका सागर भट्ट, कक्षा तीनकी रक्षा कोइराला पनि त्यही होस्टलमै बस्छन् । के ती तीन वर्षकी रक्षालाई घरको याद आउदैन ? ‘बुवाआमाको याद त आइहाल्छ नी,’ अाँखा रसीलो बनाउदै उनले भनिन्, ‘घर नजिक राम्रा स्कुलनै छैनन्, त्यसैले होस्टलनै बसेर भएपनि राम्रोसंग त पढ्न पर्यो नि ।’

नवलपरासीको क्यानल सेन्टर ई. बो. स्कुल महलवारीका एसएलसी दिनेहरुको पनि अवस्था अनुराधाकै समान छ । १५ वर्षकी पुनम पाण्डे पनि स्कूल होस्टलमै बस्न थालेको सात आठ महिना भैसकेको छ । ‘घरमा धेरै कुराले डिस्टर्व हुन्छ, पढ्नै पाईदैन’ उनी भन्छिन्, ‘त्यसैले होस्टल बस्न थालेकी हु ।’ त्यसो त साना कक्षाका विद्यार्थीहरु क्यानल सेन्टरको होस्टलमा पनि बस्छन् । चारमा पढ्ने नौ वर्षका शिव मुखीया बुवा आमा विदेश भएकाले होस्टल बसेको बताउँछन् । सुरुमा खुब टेन्सन भएपनि अहिले त्यहाको वातावरणमा अभ्यस्त भैसकेका छन् उनी ।

स्काईराईडरका होस्टल वाडेन केशवराज पाठक निकै मायालु छन् । त्यहा बस्ने सबैले खाए नखाएको, स्वास्थ्य अवस्था आदी कुराको सुक्ष्म निरीक्षण राख्छन् उनी । हरेक विद्यार्थीको रिजल्ट पनि केलाउछन् । ‘यहाँ बस्ने सबै बच्चाहरुको अभिभावक म नै त हु नी,’ उनी थप्छन्, ‘कसैलाई पनि बुवाआमाको कमी महसुस नहोस् भन्नेमा पुर्ण सचेत छु ।’ आफ्नो सहजताको लागी पनि होला, होस्टलमा उनले क्याप्टन र भाईस क्याप्टन बनाएका छन् । त्यसरी क्याप्टन हुने अवसर पएका रहेछन् गोरखा बेनीघाटका सुरज श्रेण्ठले । तीन वर्ष देखी त्यही बस्दै आएका सुरजले होस्टलको वातावरण निकै सहज र रमाइलो भएको बताए । कोठा भाडामा लिएर बस्दा थुप्रै समस्या हुन्छन् । खाना पकाउने, भाडा माज्ने, कपडा धुने इत्यादी ।  ‘सबै काम गर्दामै मात्र थाकीन्छ,’ सुरजले थपे, ‘अनि पढ्ने टाईमनै हुदैन ।’अन्त विद्युत कटौती हुदा पनि होस्टलमा भने बत्ती बोलीनै रहने रहेछ । होस्टलमा घर जान नपाएर रुने पनि थुप्रै छन् । स्काईराइडरकी सिर्जना न्यौपाने घर जान भन्दै रुने मध्य पर्छिन् । ‘होस्टलमा सबै राम्रो नै भएपनि घर भनेको घर नै हो’ उनले खुलाइन्, ‘त्यसैले घरको खुब याद आउछ ।’ होस्टलको खाना निकै स्वादिलो । माछामासु, अण्डा, फलफुल सबै नियमीत पाईने । तर पनि घरमा परीवारलाई पकाएको झै समुहमा पकाएको भने नहुने कुरामा सबै सहमत नै छन् । तर पनि खाना खाने समयमा पिकनीककै झल्को आउँछ । सबैजना एकै ठाउँ बसेर खादाको मन्जा नै बेग्लै हुन्छ ।

सुत्दाखेरीको त झने के कुरा । तला–तला गरी लगाइएको बिस्तारा । तर पनि बिस्तारा भने सबैको अलग–अलग । तीन वटै होस्टलमा केटीहरुको लागी भने त्यस्तो तला–तला छैन, केटीहरुको संख्या कम भएकोले । होस्टल शिक्षक प्रदीप पोखरेल सबैको साथी झै रहेछन् । विहानै  उठाउदा खुब माया लाग्छ रे उनलाई । तर पनि जिम्मेवारी हो पुरा गर्नै प¥यो । उनी आफै होस्टलमा विद्यार्थीलाई पढाउछन् पनि । विहानै चार बजे उठे देखी राती दश बजे सुत्ने बेला नहुदासम्म विद्यार्थीको सबै कृयाकलापको लेखाजोखा राख्छन् उनी । 
सधै होस्टलमा पढाई मात्र कहाँ हुन्छ र । कहीले काँही त रमाइलो पनि । फिल्म हेर्ने, घुम्न निस्कने होस्टलबाटै । इपिएसका होस्टल इन्चार्ज दर्शन सुब्बा भन्छन्, ‘होस्टललाई एउटा कम्पलिट हाउसमा हुने सबै ब्यवस्था गरेका छौ ।’ साथीहरु मिलेर एक जनालाई उढायो, जोक्स भन्दै हास्दै ग¥यो अनि कहीले गीत गायो । त्यसमा शिक्षकहरुको पनि साथ रहन्छ । शिक्षक प्रदीप पोखरेल भन्छन् ‘राम्रो पढाईको लागी मनोरन्जनको पनि उत्तीकै खाँचो हुन्छ, त्यसैले हामीले त्यस्तो रमाईलोको लागी पनि समय मिलाएका हौं ।’सन्तानलाई बोडस गरेपछि बुवाआमालाई पनि सन्तोस । नवलपरासीका उज्वल थापाले घरमा बस्दा किलाबै नछुने छोरो होस्टलमा सुध्रीएको अनुभव सुनाए । 

catch its original piece at JUNKIRI child suppliment on Nagarik dated 7th of chaitra.