Friday, March 19, 2010

होस्टल

रमेश न्यौपाने

सर्लाहीका राहुल शाह, १०, एन.के.सिंह मेमोरीएल ईपिएस स्कुल मिनभवनको कक्षा चारमा पढ्छन् । परिवारका अन्य सबै सर्लाहीनै बस्छन् । तर पनि राहुल काठमाडौंमा एक्ला भने छैनन् । उनी स्कुलको होस्टलमा साथीहरु संगै बस्छन् । ‘होस्टलमा बस्दा घरको जस्तै मायालु वातवरण पाईने भएको हुदाँ यहाँको बसाई रमाईलो हुदै छ,’ राहुलले भने ,‘गाउँमा राम्रो पढाइ हुने स्कुलनै छैनन्, त्यसैले काठमाडौं पढ्न आएको हु । सुरुमा कहाँ बस्ने भन्ने समस्या थियो तर अहिले होस्टलले त्यो समस्या दुर गर्देको छ ।’ उनी जस्तै त्यहाँ बस्ने झण्डै चालीस जना छन् । निकै व्यवस्थित दिन चर्या छ उनीहरुको । विहान सबेरै उठेर हात मुख धोइ पढ्न बस्छन् । बिहानको साना संगै स्कुल, अनि स्कुल पछि पनि पढाई, खाना, मनोरन्जन सबै नियमित कार्यसुची अनुसारनै हुन्छ ।  उदयपुर स्थीत आफ्नो घरमा रहदा पढाइ राम्रो नभएपछि कक्षा आठकी प्रतिक्षा बस्नेत, १४, पनि त्यही होस्टलमै बसेर पढ्न आएकी छिन् । होस्टलमा रहदा ‘कम्फर्ट’ महसुस गरेकी छिन् रे उनले पनि । भन्छिन् ‘कम्बाईन् स्टडी र टिचर्सको चौबिसै घण्टा नियन्त्रणमा हुदा पढाइ राम्रो हुदै गएको छ ।’ कडा अनुशासन घेरा भित्र बस्दा पनि सबै खुशीनै । होस्टलको ड्रेस भन्दा अरु कपडा लगाउन नपाईने । त्यसैले सबै एउटै किसीमको पोषाकमा भेटिएका । 

अनुराधा पौडेल, १५, भने एसएलसीको तयारीमा छिन् । स्काईराईडर ई. बो. स्कुल रत्ननगर–१२, चितवनमा पढ्दै गरेकी उनलाई बिहानै ६ बजे स्कुल पुग्नु पर्ने अनि छुट्टी साझ ६ बजे पछि मात्र । के गर्नु त ? सबैले एसएलसीलाई फलामे ढोका भन्छन् । राम्रो अंक आएन भने जीन्दगीनै बेकारको  हुन्छ भन्ने उनलाई राम्रैसंग थाहाँ छ । त्यसैले जाडो न गर्मी कस्सीनै प¥यो । स्कुल भन्दा निकै टाढा रहेको घरबाट आउ जाउ गर्न कम्ती शास्ती भएको थियो र ? तर पाच महिना जति भयो, अनुराधा यो समस्याबाट मुक्त छिन् ।  उनी आफ्नै स्कुलमा रहेको होस्टलमा बस्न लागेकी छिन् । ‘पहीला त घर देखी स्कुल अनि स्कुल देखी घर आउदा जादा नै थाकीन्थ्यो,’ उनी भन्छिन्, ‘अनि घरमा गएर गफ र अलिअलि काममा सघाउदै मात्रमा दिन सकिन्थ्यो, पढाई त गोलमाल ।’ तर होस्टलमा बस्न थालेदेखीको दैैनिकी भने निकै व्यवस्थीत छ । खाजा र खाना सबै समयमा नै हुन्छ । टिउसनको व्यवस्था पनि होस्टलले नै गरेको छ । अनि बाँकी समय सेल्फ स्टडी । कोर्सको पाठ वा हिसाब बुझाईमा केही समस्या भए तुरुन्तै शिक्षकलाई सोध्न सकीने व्यवस्था पनि । क्या मज्जा, ग्रुप डिस्कसनको लागी साथीहरु पनि उपलब्ध हुने ।

स्काईराईडरको होस्टलमा अनुराधासंगै चालीस जना जति बस्छन् । झन्डै तीस जना त केटाहरुमात्र । सबै एसएलसीको तयारीमा रहेकामात्र होइन, साना कक्षाका पनि टन्नै छन् । कक्षा सातका सागर भट्ट, कक्षा तीनकी रक्षा कोइराला पनि त्यही होस्टलमै बस्छन् । के ती तीन वर्षकी रक्षालाई घरको याद आउदैन ? ‘बुवाआमाको याद त आइहाल्छ नी,’ अाँखा रसीलो बनाउदै उनले भनिन्, ‘घर नजिक राम्रा स्कुलनै छैनन्, त्यसैले होस्टलनै बसेर भएपनि राम्रोसंग त पढ्न पर्यो नि ।’

नवलपरासीको क्यानल सेन्टर ई. बो. स्कुल महलवारीका एसएलसी दिनेहरुको पनि अवस्था अनुराधाकै समान छ । १५ वर्षकी पुनम पाण्डे पनि स्कूल होस्टलमै बस्न थालेको सात आठ महिना भैसकेको छ । ‘घरमा धेरै कुराले डिस्टर्व हुन्छ, पढ्नै पाईदैन’ उनी भन्छिन्, ‘त्यसैले होस्टल बस्न थालेकी हु ।’ त्यसो त साना कक्षाका विद्यार्थीहरु क्यानल सेन्टरको होस्टलमा पनि बस्छन् । चारमा पढ्ने नौ वर्षका शिव मुखीया बुवा आमा विदेश भएकाले होस्टल बसेको बताउँछन् । सुरुमा खुब टेन्सन भएपनि अहिले त्यहाको वातावरणमा अभ्यस्त भैसकेका छन् उनी ।

स्काईराईडरका होस्टल वाडेन केशवराज पाठक निकै मायालु छन् । त्यहा बस्ने सबैले खाए नखाएको, स्वास्थ्य अवस्था आदी कुराको सुक्ष्म निरीक्षण राख्छन् उनी । हरेक विद्यार्थीको रिजल्ट पनि केलाउछन् । ‘यहाँ बस्ने सबै बच्चाहरुको अभिभावक म नै त हु नी,’ उनी थप्छन्, ‘कसैलाई पनि बुवाआमाको कमी महसुस नहोस् भन्नेमा पुर्ण सचेत छु ।’ आफ्नो सहजताको लागी पनि होला, होस्टलमा उनले क्याप्टन र भाईस क्याप्टन बनाएका छन् । त्यसरी क्याप्टन हुने अवसर पएका रहेछन् गोरखा बेनीघाटका सुरज श्रेण्ठले । तीन वर्ष देखी त्यही बस्दै आएका सुरजले होस्टलको वातावरण निकै सहज र रमाइलो भएको बताए । कोठा भाडामा लिएर बस्दा थुप्रै समस्या हुन्छन् । खाना पकाउने, भाडा माज्ने, कपडा धुने इत्यादी ।  ‘सबै काम गर्दामै मात्र थाकीन्छ,’ सुरजले थपे, ‘अनि पढ्ने टाईमनै हुदैन ।’अन्त विद्युत कटौती हुदा पनि होस्टलमा भने बत्ती बोलीनै रहने रहेछ । होस्टलमा घर जान नपाएर रुने पनि थुप्रै छन् । स्काईराइडरकी सिर्जना न्यौपाने घर जान भन्दै रुने मध्य पर्छिन् । ‘होस्टलमा सबै राम्रो नै भएपनि घर भनेको घर नै हो’ उनले खुलाइन्, ‘त्यसैले घरको खुब याद आउछ ।’ होस्टलको खाना निकै स्वादिलो । माछामासु, अण्डा, फलफुल सबै नियमीत पाईने । तर पनि घरमा परीवारलाई पकाएको झै समुहमा पकाएको भने नहुने कुरामा सबै सहमत नै छन् । तर पनि खाना खाने समयमा पिकनीककै झल्को आउँछ । सबैजना एकै ठाउँ बसेर खादाको मन्जा नै बेग्लै हुन्छ ।

सुत्दाखेरीको त झने के कुरा । तला–तला गरी लगाइएको बिस्तारा । तर पनि बिस्तारा भने सबैको अलग–अलग । तीन वटै होस्टलमा केटीहरुको लागी भने त्यस्तो तला–तला छैन, केटीहरुको संख्या कम भएकोले । होस्टल शिक्षक प्रदीप पोखरेल सबैको साथी झै रहेछन् । विहानै  उठाउदा खुब माया लाग्छ रे उनलाई । तर पनि जिम्मेवारी हो पुरा गर्नै प¥यो । उनी आफै होस्टलमा विद्यार्थीलाई पढाउछन् पनि । विहानै चार बजे उठे देखी राती दश बजे सुत्ने बेला नहुदासम्म विद्यार्थीको सबै कृयाकलापको लेखाजोखा राख्छन् उनी । 
सधै होस्टलमा पढाई मात्र कहाँ हुन्छ र । कहीले काँही त रमाइलो पनि । फिल्म हेर्ने, घुम्न निस्कने होस्टलबाटै । इपिएसका होस्टल इन्चार्ज दर्शन सुब्बा भन्छन्, ‘होस्टललाई एउटा कम्पलिट हाउसमा हुने सबै ब्यवस्था गरेका छौ ।’ साथीहरु मिलेर एक जनालाई उढायो, जोक्स भन्दै हास्दै ग¥यो अनि कहीले गीत गायो । त्यसमा शिक्षकहरुको पनि साथ रहन्छ । शिक्षक प्रदीप पोखरेल भन्छन् ‘राम्रो पढाईको लागी मनोरन्जनको पनि उत्तीकै खाँचो हुन्छ, त्यसैले हामीले त्यस्तो रमाईलोको लागी पनि समय मिलाएका हौं ।’सन्तानलाई बोडस गरेपछि बुवाआमालाई पनि सन्तोस । नवलपरासीका उज्वल थापाले घरमा बस्दा किलाबै नछुने छोरो होस्टलमा सुध्रीएको अनुभव सुनाए । 

catch its original piece at JUNKIRI child suppliment on Nagarik dated 7th of chaitra.

No comments: