Saturday, March 27, 2010

आधुनिक तर आध्यात्मिक

it was orginally published on the HELLO SUKRABAAR suppliment of KANTIPUR DAILY of march 26, 2010
भक्तपुर ल्ााेकन्थलीका आभाष गौतम २२ सेन्ट जेभियस्र कलेज माईतीघरमा बिएस्सी तेस्रो वर्ष भिैतिकशात्र का विद्यार्थी हुन् । दैनिक कलेजका अलवा उनको दिनचर्या अन्य साथीहरुको भन्दा निकै फरक छ । भैतिकशात्रका विद्यार्थी भएपनि उनी धार्मिक स्वभावका छन् । माछा मासुको त कुरै छाडौ लसुन प्याजसम्म पनि खादैनन् । विहान सबेरै उठेर नुहाईधुवाई सकेपछि झण्डै दुई घण्टा पुजा कोठामा हराउछन् पुजापाठ जप र ध्यानमा । कलेजमा ब्रेकका समय साथीहरु क्यान्टीनमा मम र चाउमीन खान हुम्मेका बेला उनी घरबाटै तयार पारी लगेको शुद्ध साकाहारी खाजामा रमाइरहेका हुन्छन् । ुजीवनको यथार्थलाई नबुज्दासम्म सबै यस्तै त हो नीु उनले भने ुब्रमाण्डको रहस्यलाई बुझी परमचेतना प्राप्त भएपछि मात्र मानिस सुमार्गमा आउछ ।ु मण्डिकाटार कपन स्थीत सिद्धश्रम साधक परिवारका सदस्य आभाषले फिजीक्स र अध्यात्म एउटै भएको निश्कर्ष निकालेका छन् । भन्छन् ुफिजीक्सले सारा दुनियाको अध्ययन गर्छ भने अध्यात्मले पनि गर्ने त्यही हो मात्र शैलीमा केही फरक हुन्छ ।ु जीवनमा वास्तवीक आनन्द पाउन साधना मात्र विकल्प भएको उनको ठम्याई छ ।

डिभाइन मिस्ट्रीयस स्कुल सतुङ्गलका साधक साईमन दाहाल २१ पनि भौतिकशास्त्रकै विद्यार्थी हुन् । ुबेचैन मन अशान्त थियो । त्यसैले म आफुलाई सुमार्गमा डोर् याउन गुरुको खोजीमा थिए’ दाहाल पछाडी फर्किए ुआश्रममा बसेर गुरुको सत्संग पाउदा बल्ल आफै भित्रको मनलाई चिन्दै छु ।ु उनी आफै पनि साधना ज्ञान बाड्न धेरै ठाउ पुगेका रहेछन् । नेपालको अधिकासं ठाउको अलवा भारत बेलायत अष्ट्रेलिया आदी देशमा पुगिसकेका छन् । आफ्ना समकक्षी साथीहरु विदेश भन्दैमा मरीहत्या गर्दा पनि उनको त्यता तिर मन फिरेन । भन्छन् ुजीवनको यथार्थतता नबुझ्नेहरु संसारीक मोहमा फस्नु पैसाको पछि मात्र लाग्नु कुनै आश्चर्य कुरा होईन ।ु उनको दिनचर्या पनि धेरै जसो आभाषकै जस्तो छ । तर आश्रममा बस्ने हुदा उनले त्यहाको काम पनि गर्नु पर्छ । हरेक विहान ध्यान सके पछि गाईगोठमा पुग्छन् दुध दुहुन । गाईको हेरचाहा आश्रममा लगाईने सिजने वालिको काममा पनि खटिन्छन् उनी । आफ्नो काम आफैले गर्न सके संसारको आधा समस्या स्वतह हल हुने निश्कर्ष छ उनको ।



आम युवती झै मोर्डन ड्रेसमा भेटिएकी हाल हाडीगाउमा परिवारसंगै बस्ने काभ्रेकी रीना लामा १९ लाई झट्ट हेर्दा आध्यात्मीक होलीन् भनेर पत्याउन निकै मुश्किल पर्छ । एनआईसी कलेजमा स्नातकतह प्रथम वर्षकी यी छात्रा ुसाचो जीवन निर्माण अभियानु मा संलग्न छिन् । ुसर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनु को मुख्य नारामा रही उनले थुप्रै ठाउमा आफुभन्दा धेरै पाकाहरुलाई पनि ुज्ञानु बाडेकी छिन् । ुसंसारको सत्यलाई बोध गर्दै नकरात्मक भाव मनबाट सबैले पखाल्न सके दुनियामा अशान्ती र पीडा भन्ने नै हुने थिएन ु उनले थपिन् ुईश्वरले चाहेको समाज निर्माणको लागी सबैलाई नैतिक र आध्यात्मीक ज्ञान चाहिएको छ ।ु उनी धर्मको नाममा हुने कुनै जात धर्म वा समुदायप्रतीको हेला वा सम्मानको विपक्षमा छिन् । भन्छिन् ुसबैको मन भित्रनै ईश्वर छ त्यसलाई चिन्न नसक्दा मान्छे भगवान भन्दै भौतारीएको छ ।ु उनले पनि आफुले आफैलाई सम्मान गर्न सके सबै समस्या हल हुने विचार सुनाइन् ।
ुमै खाउ मै लाऊ उमेरमा पनि किन यस्तो लाईनमा लागेको त सबै जनाको प्राय उस्तै धारणा छ । ुएक दिन त्यसै टेन्सन भएको बेला किर्तनमा जादा निकै आनन्द अनुभुती भयो । अनी त्यसपछि म नियमीत किर्तन र प्रवचन सुन्न जान थालेु आभाष खुले ुगुरुहरुको सझावले गर्दा मन आनन्दीत हुदै गयो । ध्यानले ज्यान हलुका भएको अनुभुती हुनुका साथै संसार चिन्ने मौका पाए त्यस यता म नियमीत आश्रम आउन थालेको हु ।ु दुनिया आर्थिक उन्नती तर्फ लम्केको बेला त्यसको प्रभाव उनीहरुमा पनि परेको भेटियो । रिना भन्छिन् ुभोको पेटलाई जती नैतिक पाठ घोकाए पनि त्यसको कुनै अर्थ रहदैन । त्यसैले अध्यात्मलाई आर्थिक रुपले जेडेर लान सके त्यो फलदाही हुन्छ । उनले आफ्नो संस्था मार्फत त्यही गर्ने गरेकी छिन् । पढेलेखेका तन्नेरी आध्यात्म र साधनामा लाग्दा त्यो वैज्ञानिक हुने धारणा साईमनको पनि छ । ुआखिर पढ्नु किन ु उनी आफैले जवाफ दिए ुहरेक कुरालाई वैज्ञानिक र व्यवहारीक रुपले गर्न लाई हो शिक्षाको आवश्यकता ।ु सायद त्यसैको फल हुन पर्छ अध्यात्मलाई अर्थतन्त्रसंग जोड्नु । उनको बुझाइको सच्चा शान्ति त्यतीबेला आउछ जसबेला हरेक मान्छे अरुको सम्मानमा रमाउछन् । त्यसको लागी साधनामा लाग्न सबैलाई उनको आग्रह छ ।

No comments: