Monday, February 22, 2010

हिंसा त्याग्ने सङ्कल्प

जिल्ला हो नवलपरासी । दुम्किबास गाविसमा पर्छ प्रख्यात दाउन्ने देविको मन्दिर । मन्दिर पुग्न धेरै उकालो चढ्न पर्छ । महेन्द«राजमार्ग छोडेर मन्दिरतिर उकालो चढ्दा विचमा एउटा वौद्ध गुम्वा भेटिन्छ । गुम्बामा स्तम्भकार पुग्दा झन्डै सयका संख्यामा रहेका बालबालिकाहरु सामुहिक खाना खाँदै थिए ।

लगभग सबै बालबालिका उस्तै भेषमा देखिन्थे । पहेलो रङ्गको सर्ट , टिसर्ट अनि कलेजी रङ्गको पाइन्ट वा स्कट । सबैको केश मुण्डन थियो । अब त तिमिहरुले अनुमान लगाइसक्यो होला यि को हुन भनेर । हो , यिनिहरु वौद्ध धर्मावलम्वी शिष्या हुन् । यिनिहरु यही गुम्बामा बस्छन् र गुम्बाले संचालन गरेको बिद्यालयमा पढ्छन् । स्कुलको नाम हो अहिंसावादी महावौद्ध अनाथ नि. मा . विद्यापिठ । यो स्कुल दुम्किबास गाविस – ५ दाउन्नेमा रहेको छ । पढ्ने विद्यालय र बस्ने गुम्बा बिचको दुरी झण्डै ३०० मिटर जति रहेको छ ।
बारा रतनपुरका पेमा छिरिङ भर्खर १३ बर्षका भए । उनी पनि यही स्कुलमा पढ्छन कक्षा ६ मा । भविष्यमा धर्मगुरु (लामा) बन्ने आकांक्षा छ यीनको । लामा बन्ने उद्देश्य पुरा गर्न चार बर्ष अघी यो विद्यालयमा भर्ना भएका हुन रे पेमा ।

तिमीहरु ठुलो भएर के बन्ने सपना संगालेका छौ त ? डाक्टर , इन्जिनियर , पाइलट वा अरु यस्तै । तर तिमीहरु धेरैको सपना धर्मगुरु बन्ने चाही पक्कै छैन होला हैन ? धर्मप्रति जनमानसमा रुची खस्की रहेका बेला पनि किन धर्म गुरु बन्न खोजेका पेमा ? र्, पुण्य कमाउन , अनाथलाई सहयोग गर्न ’उनी भन्छन् , ‘मान्छे सुमार्गमा डो्याउने भनेकै धर्मले हो ।’ आजकाल अक्सर मान्छेहरु धर्म भुलेर आफ्नो निहित स्वार्थका लागी जे पनि गर्ने गरेको देख्दा पेमाको मन दुखेको रहेछ ।
त्यसो त भर्खर दुई कक्षामा पढ्ने दिसे दोर्जेको सपना पनि पेमाको झै लामा बन्ने नै रहेछ । उनी गोरखाका हुन् । भर्खर दश बर्ष पुग्दै गरेका दोर्जे पनि अहिंसावादी महाबौद्ध अनाथ नि मा विद्यापिठमै पढ्छन । ‘मान्छेलाई सुर्मागमा हिडाउने एकमात्र शक्ति भनेकै धर्म भएकाले म धर्मगुरु बन्न आएको हुँ ।’ पेमा झै समान बिचार राखे उनले ।

आखिर यो विद्यालयमा के पढाई हुन्छ त ? जान्ने मन लाग्यो होला होइन ! तिमीहरुले अरु विद्यालयमा पढ्ने सबै बिषय यिनीहरु पनि पढ्छन । मात्र एउटा बिषय थप हुन्छ लामा लिपि । यिनिहरु यो बिषयमा धर्मका कुरा पढ्छन । बौद्धहरुको लिपि ( लामा लिपि ) का अक्षरहरु चिन्दछन् । धार्मिक कुरा पढ्ने हुदाँ अरु बिषयमा कमजोर हुन्छन् कि ? अंग्रेजी शिक्षक प्रदिप गोले भन्छनर्् विद्यार्थीहरु अनुशासित हुने हुँदा अरु विषयमा पनि उत्तिकै ध्यान पु्याउछन् ।’ ललितपुरका गोले यो विद्यालयमा आउनु अघि अन्यत्र पनि पढाएका रहेछन् । यिनको अनुभवमा यहाँका विद्यार्थीहरु धेरै अनुशासीत र जिज्ञासु स्वभावका छन् रे । त्यसमा शिक्षिका पुजा राई पनि सहमत भईन् । उनी पनि दुई बर्ष अघि यहाँ नआउँदै अन्य बोर्डीङ्ग स्कुलमा पढाएकी रहिछन् । विज्ञान पढाउने राई भन्छिनर्र्् विद्यार्थीहरुले शिक्षकको हरेक आदेश मान्छन् । शिक्षिकालाई धेरै आदर गर्छन्’ उनले भनिन् । सायद यहि भएर होला पढाईमा पनि लगनशिल नै छन् ।

तिमीहरु बिहान उठेर के गर्छौ ? हातमुख धोइ खाजा खाने । एकछिन पढ्ने अनि खाना खाएर स्कुल जाने । यहि होइन त ! तर यहाँका साथीहरुको दैनिकी अलि फरक छ । बिहान चारै बजे उठेर सरसफाइ सकेपछि गुम्बालाई फन्को मार्छन । एकपटक गुम्बा पुरै घुमेपछि प्रार्थना गर्छन् । प्रार्थना र भगवान बुद्धको ध्यान पनि गर्छन उनीहरु हरेक बिहानमा । अनि बल्ल नास्ता खाने बेला हुन्छ । उनीहरुको नास्तालाई थुप्पा भनिन्छ रे । अनि त आफ्नो पढाई सुरु हुन्छ । टिउसन पढ्छन उनीहरु नास्ता सकेपछि । खाना खाएर स्कुल पुग्दा बिहानको दश बजेको हुन्छ । चार बजे सम्म स्कुलमै पढ्छन । स्कुलबाट फर्केर एकछिन आराम गर्छन । कोही गुम्बाको केही काम भए काममा पनि सघाउँछन् ।

अनि साँझ ६ बजे फेरि सुरु हुन्छ प्रार्थना । त्यसपछि बल्ल खाना । अनि त पढ्न मन लागे पढ्ने नत्र सुत्ने । आखिर दिनको २– २ पटक प्रार्थना किन त ? ज्योमो दिसे छोग्योलोमो भन्छिनर्् प्रार्थनाले मनमा शान्ति दिन्छ , तनमा आनन्द दिन्छ । ’ ज्योमो गुम्बामा प्रबचन दिने , ध्यान सिकाउने गर्छिन् । उनको उमेर ४६ बर्ष पुगी सक्यो । १७ बर्ष देखि नै गुम्बामा बस्न लागेकी हुन रे उनी । यिनको पनि आफ्नै कथा छ । यिनकी आमा र बुवाको प्रेम विवाह भएको थियो रे । तर पनि पछि फेरी वुवाले दोस्रो विवाह पनि गरेछन् । त्यसपछि उनलाई दिक्क लागेछ र्। संसार भनेको नक्कली माया मात्र रहेछ । ’उनी भन्छिन र्, फ्रस्टे«ट भएर गुम्बा पसेकी हँु । ’ के सबै फ्रस्टे«ट भएरै गुम्बा पसेका हुन त ? पेमाको घरमा आर्थिक अबस्था कमजोर भएकोले उनले पढ्न पाएनछन । अनि फेरि सानै देखि उनी धार्मिक स्वभावका पनि रहेछन् । त्यसैले गुम्बामा आएको रे । हुन पनि गुम्बामा पढाई सबै निशुल्क हुँदो रहेछ । बसेको खाएको पनि पैसा नलाग्ने । सायद यहि भएर होला , यहाँ बढि बालबच्चाहरु आर्थिक अबस्था कमजोर भएको परिवारबाट आएका छन् ।

यहाँका साथीहरुको अर्को पनि एउटा राम्रो बानी छ । उनीहरु माछा मासु खादैनन् । उनीहरु अहिंसावादी हुन । विद्यालयको नाम फेरि ख्याल गर त ! अहिंसावादी महाबौद्ध अनाथ नि. मा. विद्यापिठ । बाँकि त अब आँफै पनि बुझ्यौ होला है ।

It was orginally published on JUNKIRI  suppliment of  NAGARIK  DAILY  dated 7th kartik, 2066

No comments: