Monday, July 11, 2011

राजनीतिको फोहोर सफाई

अंकुर मासिकको पहिलो अंकवाट साभार


रमेश न्यौपाने
सँगै कलेज पढेका साथीभाइको जमघटमा कोही मेडिकल डाक्टर त कोही इन्जिनियर साथीहरु उपस्थित थिए । उनीहरुमध्ये कोही आफूलाई समाजको

‘हाइप्रोफाइल’ भएकोमा गर्व गर्दै थिए भने कोही अमेरिका र अस्ट्रेलियाको कमाइको फेहरिस्त सुनाउन मस्त थिए । सबैले आफ्नो बखान गरिहेको बेला एउटाले भने देशको राजनीतिबारे अकस्मात कुरा उठायो । ‘यसलाई सबैथोक थाहा होला’ अर्कोले चोर औंलो मतिर ठड्यायो । मैले सिर्फ मन्द मुस्कानमै आफूलाई सीमित गरे । ‘नालायक नेताहरुको पनि के कुरा गर्ने’ अर्कोले छलफललाई विषयान्तर गराउन कुरा मोड्न खोज्यो । त्यसपछि कुरा बाबा रामदेवको आन्दोलनको विश्लेषणतिर मोडियो ।


मलाई गफ गर्ने जागर नै चलेन । नढाटी भन्नुपर्दा, साथीहरुको त्यो जमघटमा सामेल हुन पुगेकोमा पछुतो लागिरहेको थियो मलाई । सबैजना आफ्नो प्रगति विवरण सुनाउन हतारिएझैं थिए । आफूलाई समाजको ज्ञाता सम्झने साथीहरुको संगतमा धरोधर्म म त्यति रमिन“ । भेलामा उठेका गफपछि भने मेरो मनमा एउटा दरिलो प्रश्नले डेरा जमाइरहेको छ ।


आफूलाई अब्बल सम्झने साथीहरु किन जागिरप्रति मात्र आकर्षित छन् ? मेरा साथीमात्र होइन– मैले भेट्ने प्रायः मानिसमा राजनीतिप्रति किन चासो छैन ? किन हामी सधैं राजनीतिक पोखरीको डिलमा बसेर त्यहा“ फोहर छ, नेताहरुले देश बिगारे भनेर गालीमात्र गर्छौं ? किन फोेहर हटाउन कुनै पहल गर्दैनौं ? एउटा भेटमा युवा नेता गगन थापाले भनेका थिए– ‘फस्ट बेन्चरहरु राजनीतिलाई परम्परागत रुपमा सधैं ‘डर्टी गेम’ भनेर पन्छिने गर्छन् । राजनीतिमा उनीहरुलाई पटक्कै चासो छैन ।’

माओवादीका नेता डा.बाबुराम भट्टराई र का“ग्रेसका डा.रामशरण महतलगायतका केही सीमित व्यक्तिलाई अपवाद मान्ने हो भने प्रतिभाशाली र क्षमतावान् व्यक्तिहरु राजनीतिमा आएकै छैनन् भन्दा फरक पर्दैन । पढाइमा अब्बल हुनेहरु सधैं ‘प्राविधिक’ पेशा वा जागिरतिर मात्र रमाउदा राजनीतिलाई सक्षम जनशक्तिको निकै खा“चो परेको छ । सधैं अन्यत्र असफल भएका व्यक्तिहरुको ‘जागिर’ मात्र बनेको छ, हाम्रो राजनीति ! अपराध गरेर लुक्ने ठाउ“जस्तो पो भएको छ, राजनीति । हामी सधैं अक्षमबाट शासित भइरहेका छौं । समाजका अब्बल दिमागहरु प्राविधिक काममा मात्र अलमलिंदा, राज्यको नीति निर्माण गर्ने ठाउ“मा अक्षमहरुले डेरा जमाइरहेको र उनीहरुले समक्षहरुमागि शासन गरिरहेको यथार्थ हाम्रो सामुन्ने छ ।

एउटै कक्षामा पढेर उत्कृष्ट अंक ल्याउनेहरु डाक्टर, इन्जिनियर वा अरु केही बन्न पुग्छन् । जागिरे हुन्छन् । जो अध्ययनमा पछाडि परे, सफलता पाउन सकेनन्– उनीहरु नै राजनीतिमा लागे ! तिनैले एकछत्र ‘प्लेग्राउन्ड’ पाए । राजनीतिमा वैधभन्दा बढी अवैध तरिका अपनाएर उनीहरु नै सभासद् र मन्त्री बनिरहेछन् । र, तिनैका कारिन्दा हुन्छन्, पढाइमा उत्कृष्ट हुनेहरु ! अक्षम साथीहरुको नेतृत्वमा सक्षमहरु यसरी थिचिइरहेका छन् ।

‘फस्ट बेन्चरहरु’ राजनीतिमा नलागेर ‘लास्ट बेन्चरहरु’लाई बाटो सहज गराइदिने सोचमा अहिलेसम्म परिवर्तन हुन सकेन् । यद्यपि, ‘फस्ट बेन्चरहरु’ लाग्दै नलागेका भने होइनन्, तर साह्रै सुस्त गतिमा । राजनीति भनेको छलकपट, धोका, चोरीचकारी, धुत्र्याइ“, कपटी खेलको अर्को रुप भन्ने मान्यता नै स्थापित गरेका छन् ‘लास्ट बेन्चरहरु’ले । त्यसैले अबचाहिं राजनीतिको परिभाषा बदल्नुपर्ने भएको छ । सक्षमहरुले राजनीतिलाई फोहोरी खेलमात्र भनेर पन्छिने हैन राजनीतिमा सहभागीता नै जनाउनुपर्छ । होइन भने, नेपाली राजनीतिको परिचय नै नालायकले गर्ने जाली धन्दाका रुपमा मात्र रहिरहनेछ । आफ्नो जीवनको मार्गचित्र राम्ररी कोर्न नसक्ने व्यक्तिले कसरी राज्यको नीति कोर्न सक्छ ? अहिलेको नेपाली राजनीतिको दुर्भाग्य यही हो । असल चरित्र भएका र अध्ययनशील व्यक्तिलाई नेता छान्ने मौका नपाउन्जेल नेपाली राजनीति सुधारिने छैन । त्यसैले राजनीतिलाई ‘फोहरी खेल’ भन्नेहरुले यसलाई सङ्ल्याउन अबचाहिं कस्सिनै पर्छ । राजनीतिमा जेहनदार र इमानदारबीच प्रतिष्पर्धा जरुरी छ । होइन भने, फट्याइ“ले प्रोत्साहन पाइरहनेछ ।

1 comment:

sundeep said...

hi ramesh sir. its me sundeep. good work man good arrangement of the blogs layout