Tuesday, July 5, 2011

'अफकोर्स, राजेश हमाल ! ’

करिश्मा मानन्धर, नेपाली चलचित्र जगतकी सार्वधीक सफल नायीका हुन् । १४ वर्षकै उमेरमा वि.सं.२०४० मा चलचित्र अभिनय सुरु गरेकी मानन्धर २० वर्ष नेपाली रजतपटमा एकक्षत्र राज गर्न सफल भईन् । केही वर्षको अमेरिका बसाई पछि उनी अहिले गोदावारीस्थित आफ्नो निवासमा फुर्सदको दिन विताईरहेकी छिन् । प्रस्तुत छ, अंकुरको लागि रमेश न्यौपानेले उनीसंग गरेको अन्तरंग संवाद ।

तपाईंको नजरमा प्रेम ?
भित्री मनले महसुस गरेर प्रर्दशन गरिने अभिव्यक्ति ।
स्कूले जीवनमा एकदमै चकचके र बदमास हुनुहुन्थ्यो रे ?
होइन, म ज्ञानी थिए । स्कूले जीवनमा मलाई कसैले नायिका होली भन्ने अनुमान पनि गरेका थिएनन् ।
 जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म आफ्नो जीवनसँग पुरै सन्तुष्ट छु ।
गहिरो पश्चाताप कहिले र केमा प¥यो ?
छैन, म कहिल्यै पनि आफूले गरेको कुरामा पश्चाताप गर्दिन ।
जीवनमा सबैभन्दा बढी खुसी भएको क्षण ?
छोरी कवितालाई पहिलो पटक देख्दा म सबैभन्दा खुसी भए ।
 समय र फुर्सद् पाए नेपालको कुन ठाउ“मा गएर समय बिताउन चाहनुहुन्छ ?
रारातिर ट्रेकिङ जाने तीव्र इच्छा छ ।

आफ्नै नजरमा तपाईंका तीन कमजोरी ?
अरुलाई छिटो विश्वास गर्छु, मनमा केही कुरा नराखी भन्छु र पछिल्लो समयमा अलि बढी बोल्न पनि थालेकी छु ।
 सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
आफु र आफ्नो क्षमतामाथि ।
कुनै बेला रुनुभएको छ ?
धेरै पटक । विशेषतः विदेशमा एक्लै हुँदा आफन्त सम्झेर रुने गर्थें ।
 ठट्टा÷रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?
ठट्टा÷रमाइलो गर्न त एकदम मन लाग्छ ।
 झुट कत्तिको बोल्नुहुन्छ ?
स–सानो झुट बोल्छु । तर मान्छेहरुले थाहा पाइहाल्छन्, म झुट बोलेको ।
 तपाईंलाई सबैभन्दा रिस उठाउने कुरा ?
आफुले नगरेको कुरामा कसैले आरोप लगाउँदा सहनै सक्दिन ।
अति रिस उठ्दा मनलाई कसरी शान्त पार्नुहुन्छ ?
चुपचाप बसेर । अति रिस उठ्दा कसैसँग बोल्दै बोल्दिन ।
 आफ्नो जीवन र कर्मको मूल्याङ्कन एक वाक्यमा गर्नुस् न ?
म कडा परिश्रमी महिला हुँ ।
 हार्डड्रिंक्स र धु्रमपान गर्नुहुन्छ ? कुन ब्राण्डका ?
हार्डड्रिंस र धु्रमपान गर्दिन तर, वियर चाहिं पिउछु । ब्राण्डकै प्रोमोसन हुने गरी नाम चाहिं नभनौ ।
मनले चाहेको तर अहिलेसम्म पूरा गर्न नपाएको संकल्प ?
धेरै छन्, विशेष त मेरो सहयोगमा छोरी कविता माथी पुगेको देख्न चाहन्छु । अनि चलचित्र क्षेत्रमा केही गरौं झै लाग्छ ।
प्रेम र सेक्स बीचको सम्बन्ध ?
यी दुई नितान्त फरक कुरा हुन् । सेक्स गोप्य कुरा हो यसमा मेरो भन्नु केही छैन । तर, नितान्त चोखो कुरा हो प्रेम । यो विना संसार चल्दैन जस्तो लाग्छ ।
तपाई त पैसा कमाउन अमेरिका गएको भन्छन्, कत्तिको कमाइयो ?
त्यस्तो होइन, विनोदजीले यतैवाट पठाउनु हुन्थ्यो । मैले अमेरिकामा बस्दा लागेको ऋण अझै तिर्दै छु, ।
 अमेरिकामा त रेण्टुरेण्टको वेटर भएको हल्ला खुब चल्यो नी ?
मेरो नजरमा काम ठूलो सानो हुँदैन । अरुले गर्न हुने काम
करिश्माले पनि गर्न हुन्छ । आइस्क्रिम सर्भ गर्ने पार्लरमा काम चाहिं गरेकी हुँ, ठ्याक्कै वेटर होइन ।
अझै यति सुन्दरी हुनुहुन्छ, विवाहको प्रस्ताव त आइरहेका छैनन् ?
मेरो नजरमा विवाह यस्तो कमिटमेन्ट हो जो एकभन्दा बढीसंग गर्न सकिदैन् ।
 भगवान मान्नु हुन्छ ?
एक्दम मान्छु भगवान । विशेषतः गणेश क्युट लाग्छ ।

करिश्मा  पहिलो
 पत्रिकामा पहिलो फोटो ?
किताबको आकारमा पहिलोपटक कामना निस्कदा, कभर फोटो मेरो थियो । सायद त्यही नै मेरो पहिलो फोटो थियो पत्रिकामा ।
पहिलो क्रस ?
कम उमेरमै काममा व्यस्त भइयो, त्यस्ता कुरामा ध्यान नै गएन ।
पहिलो डेटिङ ?
जीवनमा मैले मीस गरेको भनेकै यही हो (लामो हाँसो)
पहिलो चुम्वन ?
मेरी आमा चुम्वन गर्ने खालकी थिइनन् । त्यसपछिको त मेरो व्यक्तिगत मामिला हो, अहिले नभनौ है ।
पहिलो प्रेमपत्र ?
प्रेमपत्र त होइन, विनोदले न्यू एयरको कार्ड पठाएको थियो । तर फ्यान मेल चाहिं टन्नै आउँथ्यो ।
पहिलो कमाई ?
ब्राईटर टुथपेस्टको विज्ञापनमा अभिनय गरेकी थिएँ, फिल्मभन्दा अघि । त्यसवाट सात–आठ हजार पाएकी थिएँ । त्यो नै मेरो पहिलो कमाई हो जस्तो लाग्छ ।
राजनीति
 तपाईंको विचारमा राजनीति ?
मुलुकका जनताको जीवनशैलीलाई सरल पार्ने एउटा उपाय र सिस्टम हो राजनीति ।
राम्रो क्षमता भएर पनि माथि जान नसकेका राजनीतिज्ञहरूको नाम लिनुपर्दा ?
डा. बाबुराम भट्टराई ।
कलाकारहरु धमाधाम राजनीतिमा लागिरहेका छन् । तपाई के सोंच्दै हुनुहुन्छु ?
राजीनीति हाम्रो काम होइन ।
 देशमा आज नै चुनाव भए कसलाई भोट हाल्नुहुन्छ ?
आजसम्म भोट हालेकी छैन र अब पनि हाल्दिन ।

करिश्मा व्राण्ड
घडी
घड लगाउँदिन । मलाई ब्याट्री एलर्जी छ ।
जत्ता
आडो, म्यानेट । आफुलाई कम्फरटेवल जुन हुन्छ त्यही ।
मोवाईल
मलाई मोवाइल संचारको साधनमात्र जस्तो लाग्छ, यसको ब्राण्डमा त्यति रुची छैन ।
क्रिम
सेनाज
साबुन
खासै छैन, जे पायो, त्यही ।
कलाकारिता
 कलाकारितामा कसरी आउनु भयो र यो पेशा नै किन ?
अचानक । खास सोंच भएर वा करिअर बनाउन होइन ।
 जीवन र अभिनयमा कत्तिको सफल भएको महसुस हुन्छ ?
विस वर्षसम्म निरन्तर फ्यान बनाएर राख्न सक्ने कलाकारलाई कसरी सफल नभन्ने ?
 सबैभन्दा बढी मन पराएको चलचित्र ?
अल्लारे र बलिदान । यी कथामा चलचित्र अहिले बनाएपनि चल्छ जस्तो लाग्छ ।
आफैं अभिनय गरेका तर मन नपरेका चलचित्र ?
छन् । तर क्रिएसन हो सबैलाई माया गर्नु पर्छ, गाली गर्न हुन्न ।

विविध
खेल्न र हेर्न मनपर्ने खेलहरू ?
क्रिकेट हेर्न मन पर्छ । खेल्न चाहिं पौडी ।
मन पर्ने नायक÷नायिका ?
ऐश्वरा राय, राजेश हमाल अनि आर्यन सिक्देल ।
 छोराको आमा हुनेवारे कुनै योजना छैन ?
छैन, अब ‘नो बेबीज’ । त्यसको लागि बुढी भैसकें ।
 पुराना पल पुनरावृत्ति हुने भए कुन रोज्नुहुन्थ्यो ?
\छोरी कविता फेरी बेबि भइदिए हुन्थ्यो जस्तो लाग्छ ।
कहिल्यै नभुल्ने प्रेमपत्र ?
एउटा छ, मिलन आफन्त भन्ने, क्रेजी लेटर पठाउँछ हरेक महिना । त्यो को हो, मलाई थाहा छैन ।

एक छान्नुहोस्
राजेश हमाल की भुवन केंसी
अफकोर्स, राजेश हमाल ! नो भुवन केसी । क्यारक्टरवाइज अनि अन्य धेरै कोणवाट ।
पति विदोद की छोरी कविता
कविता
 नेपालको कलाकारिता की अमेरीकी लाइफ
नेपालको कलाकारिता
स्कर्ट की हाफपाइन्ट
म धेरै स्कट नै लगाउँछु ।
 आमा की छोरी
आमा बन्दा मज्जा
प्रेमीका की श्रीमती
प्रेमिका हुनु नै ठिक ।
खाना पकाउने र भा“डा माझ्ने
म खाना पकाउन निकै सिपालु छु । त्यसैले खाना पकाउने ।

No comments: