

आठ वर्ष अघि संगै एसएलसी सकेका साथीहरु उच्च शिक्षाको लागी काठमाडौं हान्निसकेका थिए । कतिले त बुटवलमै पनि पढे । तर उनलाई त्यो अवसर जुरेन । युद्धकालीन समय थियो । बुवा तत्कालिन विद्रोही माओवादीका केन्द्रीय सदस्य भएकाले पनि होला सेनाको उच्च निगरानीमा पर्थे उनी । त्यसो त उनी आफै पनि अखिल क्रान्तिकारीका जिल्ला सदस्य थिए त्यसबेला । आफु माथीको सधैको खानलासी र अनावश्यक निगरानीले १७ वर्षे केटौले उमेरमा निकै हैरान भएका थिए । त्यसै बेला भुमिगत भएका बुवाको फोन आयो २०५९ साल असार ताका । युद्धविरामको समय भएतापनि सचेतना पुर्वक भेट्ने कार्यक्रम तय भयो बुवासंग रुपन्देहीको इटाभटीमा शहिद गणेश ढकालको घरमा ।
वुवासँगको त्यो गोप्य भेटले जीवनको लक्ष्य र बाटो वद्लिदिए जस्तो लाग्छ उनलाई । त्यो भेट यस्तो महत्वपुर्ण भेट सावित भयो जसको कारण नेपाली राजनितीको केन्द्र वरिपरि रहेर आजपर्यन्त काम गरिरहेका छन् पाण्डे । भ्ोट्नासाथ बुवाले भाग्यमानी रहेछस् महत्वपुर्ण ठाँउमा जाँदैछस् भन्दै अङ्गालेको आजै जस्तो लाग्छ रे उनलाई । महत्वपुर्ण ठाँउ जान गोरखपुर हुँदै लखनउसम्मको यात्रा तय गरे उनले कहिले रेलमा कहिले वसमा । लखनउमा माओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्राईसंग जम्काभेट भयो उनको । सुरुमा नपत्याए पनि पछि थाहा भयो उनी डा। बाबुरामको सहयोगीको रुपमा काम गर्दैछन् अब । त्यसबेला डा। बाबुरामल्ो भनेको शब्द सम्झदा अझै पनि भावबिभााेर हुन्छन् उनी । ु अहिले हिसिलासंग जानु बाँचेर आए भनेफेरि भेटौलाु डा। बाबुरामले तात्कालिन समयमा जारी शान्तीवार्ताको अन्तिम चरणमा सहभागी हुन निस्कदै गर्दा भनेका थिए । अनि डा। वावुराम काठमाडौं आए उनी दिल्ली लागे हिसिलासँगै ।
दिल्ली पुगेपछि तीन तले घरको एउटा फ्याटमा बस्न थाले हिसिलासंग । कम्युटर चलाउन सिके अंगे्रजी पनि निकै सुधि्रयो उनैको संगतमा रहँदा वस्दा । केही हप्ता पछि डा। बाबुरामको फोनसँगै उनी इलाहावाद तिर लाग्नु पर्ने भयो । त्यति काँचै उमेरमा एक्लै भारतमा हिड्न सकेकोमा कता कता गर्व पनि लाग्यो रे उनलाई । त्यहा उनले एउटा प्रेस विज्ञप्ती टाईप गर्नु पर् यो युद्धविराम भंग भएको । उनी भन्छन् ुत्यसबेला बल्ल आफु परीपक्क भएको अनुभव भयो ।ु तरपनि मनमा सन्तोष भने थिएन । थप्छन् ुमेरो त्यही टाईपसँगै देशमा फेरी युद्ध सुरु हुदै थियो ।ु उनी त्यसपछि फर्किए दिल्ली डा।बाबुरामसंगै ।
दिल्ली वसाईको क्रममा एकदिन एउटा रमाईलो घटना घट्यो । ुएकजना मान्छे दिल्लीको डेरैमा आएका थिए झलास्स सम्झीन्छन् उनी । मैले ढोका खोल्नासाथ भक्तिजीको छोरा हो तपाई भनेर प्रश्न गर्दा अक्क मक्क परे ती अपरिचितले आफुलाई चिनेको देख्दा ।ु मनमा कौतुहलता भइरह्यो तर कसैलाई सोधेनन् । पछि हिसिला यमीले त्यो मान्छे क। प्रचण्ड भएको सुनाउँदा त एक छिन् त अल्लमल्ल पो परेछन् । त्यतिवेला सर्वाधिक खोजी गरिएका व्यक्ति प्रचण्डलाई यति सहज र सरल ढंगले आफ्नै डेरामा भेट्न र देख्न पाइने उनले अनुमानसम्म पनि गरेका थिएनन् ।

२०६१ साल ताकाको कुरा दिल्लीबाट रोल्पाको यात्रा दश दिन पैदल हासो मजाक गर्दै । त्यो यात्रामा अध्यक्ष क।प्रचण्ड क। बाबुराम सिता दाहाल हिसिला यमी लगायतका नेता÷नेतृ सँगै हुनुहुन्थ्यो । त्यतिवेला नै हो झण्डै अढाई वर्षपछि उनको एउटा सपना बल्ल पुरा भयो डा।बाबुरामसंग वसेर फोटो खिचाउने । त्यसअघि जती नै कर गरेपनि उनले त्यस्तो मौका कहिल्यै पाएका थिएनन् । उनलाई ठुलै काम गरे जस्तो लाग्यो त्यतिखेर । त्यसपछि रोल्पाको वसाई त्यति सुखद भएन । पार्टी भित्रको अन्तरसंघर्षले पार्टीलाई फुटको नजिक लगेको थियो । वावुराम हिसिला दिनानाथ लगायतकाहरु कार्वाहीमा परेका थिए । त्यसबेला बाबुरामहरु माथी भएको अन्याय देखेर राजनीतिबाट नै निकै विरक्तिएका रहेछन् उनी । भन्छन् ुउहुले धेरै सम्झाएपछि मात्र म थामिएको थिए ।ु केहिसमयपछि पार्टीले वावुरामहरु माथि भएको कार्वाहि फिर्ता लियो । विस्तारै परिस्थिती सजह हुँदै गयो ।

त्यस यता शान्तीकालमा उनी झनै व्यस्त हुन थाले । वावुरामको सहयोगीको रुपमा मात्रै होइन माओवादीको केन्द्रीय कार्यालय अन्तर्गत राज्य समिति सदस्य समेत रहेका उनी नियमीत पत्रिकामा छाउन थालेका छन् विभिन्न लेख र राजनीतिक विश्लेशणका माध्यमबाट । जुनसुकै पार्टी र क्षेत्रका अग्रगामी विचार बोक्ने युवाहरुको एउटा साझा फोरमको निर्माणमा जुटेका छन् उनी अहिले । भन्छन् - देशले परिवर्तन चाहेको छ विकास चाहेको छ वेरोजगारीको अन्त्य चाहेको छ गणतन्त्र संस्थागत होस् भन्ने चाहेको छ शिक्षामा आमूल परिवर्तन चाहेको छ । पुरानो नेतृत्व व्यक्ति र गुट केन्द्रीत राजनीतिमा मात्र केन्द्रित रहेकाले अब उनीहरुले मुलक हाँक्ने हैसियत र क्षमता गुमाइसकेको उनको निष्कर्ष छ । परिवर्तन विकाश शान्ति र गणतन्त्र संस्थागत गर्न अब सबैलाई समेटेर युवाहरुको नेतृत्वमा मुलुक हाँक्नुको विकल्प उनी देख्दैनन् ।
मैले उनलाई सोधे के तपाई पनि भविष्यमा प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ विश्वदीप भन्छन्- ुराजनीतिमा लागेपछि सम्भावनाहरु अनेक हुन्छन् । सपना त्यसैको पुरा हुन्छ जसले देख्छ । अहिले ममा त्यो हैसियत र क्षमता त छैन तर आफुलाई प्रधानमन्त्री हुन योग्य पात्रको रुपमा उभ्याउने प्रयासचािहं अवश्य नै गर्नेछु । र त्यो विश्वास म आफुमा छ । संसार त्यसैले जित्छ जसलाई आफुमा विश्वास हुन्छु
IT WAS ORGINALLY PUBLISHED ON KOSELI SUPPLIMENT OF KANTIPUR NATIONAL DAILY OF DATED 27TH MARCH 2010