Thursday, May 5, 2011

अभिभावकका काठमाडौं सपना

रमेश न्यौपाने
(orginally published in NAYAPATRIKA   on baishak 21, 2068) 
 
गाउँमै राम्रा कलेज खुलिसक्दा पनि काठमाडौं जानैपर्ने प्रवृत्तिबारे अभिभावक सचेत हुनुपर्छ आवश्यक ठूलै रकम खर्च गर्न नसक्ने अभिभावकले आफ्ना सन्तानलाई काठमाडौं पढाउने सपना सँगाल्नु उपयुक्त नहुन पनि सक्छ 

अघिल्ला वर्षमा झैँ एसएलसी यस वर्ष पनि सकियो । उच्च् शिक्षाका लागि बसाइँसराइको मौसम प्रारम्भ भएको छ । सन्तानलाई कता पढाउने भन्ने निर्णय गर्ने समय हो यो अभिभावकहरुको । निकट भविष्यमै प्लस टु सकेका विद्यार्थी पनि राजधानी ओइरिने क्रम तीव्र हुने पक्का छ । यो समयमा गरिने सानो निर्णयले जीवनमा ठूलो अर्थ राख्ने गर्छ । 
यससम्बन्धी एउटा प्रसंगबाट कुरा सुरु गरौँ । गाइँगुइँ सुन्न थालेको केही सातासम्म मलाई उनको इमान्दारी र स्वच्छतामा शंका लागेन । अध्ययनमा अब्बल भए पनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाका लागि उनको काठमाडौं यात्रा अनिश्चित भएको थियो । तैपनि हिम्मत गरिन् जागिर गर्दै पढ्ने । अनि तय भयो राजधानी यात्रा । साधारण परिवेशकी परिश्रमी केटीमा छोटो समयमै ठूलो परिवर्तन आउला भन्ने सामान्य अनुमान पनि थिएन । 
सिलसिलावश केही दिनमै उनको डेरामा पुगेँ । उनी त्यहाँ थिइनन् । घरबेटीलाई सोध्दा अघिल्लै दिन रातो नम्बर प्लेटको गाडी चढेर गएकी हुन् रे । आखिरमै गलत ठहरिएँ । 
उनी एउटी प्रतिनिधि पात्र हुन् यही समाजकी । मेरो पुस्ताका थुप्रै तन्नेरी उनकै जमातमा रमाउन बाध्य छन् । काठमाडौंको महँगी । निकै माथिको बजार भाउ । त्यसमा पनि बढ्दो कोठाभाडा । सामान्य नेपालीलाई यो धान्न अति नै अप्ठेरो छ । काठमाडौंमा बस्ने अधिकांश बाहिरी जिल्लाबाट आएका छन् । 
महँगी उपत्यकाबाहिर पनि त्यस्तै छ । निम्न आर्थिक अवस्था भएका नेपलीको कमाइ बढेको छैन । झन् आर्थिक संकटले उत्तिकै गाँजेको छ । वैदेशिक भूमिबाट कमाएर ल्याउँला भनेर गएका पनि रित्तै फर्केका छन् । अवस्था यस्तो छ कि उनीहरुले चाहेर पनि आफ्ना आफन्तको पढाइमा कन्जुसी गर्नुपरेको छ । केही हुनेखानेबाहेकका धेरै राजधानीबासी विद्यार्थी आवश्यक खर्चकै अभावमा छन् ।
राजधानीको सडकमा निस्कँदा भने त्यसको कुनै पनि झल्को पाउन सकिँदैन । अधिकांश युवती बजारमा आएका पछिल्लो फेसनेबल ड्रेसमै देखिन्छन् । महँगा रेस्टुरेन्ट पनि युवायुवतीकै भीडले भरिन्छ । मोबाइल साइबर खर्च पनि उल्लेख्य छ । 
आखिर कसरी चलेको छ त उनीहरुको गुजारा अलि संवेदनशील छ प्रश्न । अनैतिक कमाइले हामीलाई कतातिर लैजाँदै छ हाम्रो समाज कता लाग्दै छ पढ्न पठाएका छोराछोरी के बनेर निस्कँदै छन् के यसबारे परिवारले चासो लिनु पर्दैन !
हुन त यी समस्या नेपालमा मात्र होइन अन्त पनि त्यस्तै छ । केहीअघि मात्र बिबिसीले एउटा खोजमूलक रिपोर्ट प्रसारण गरेको थियो । अक्सफोर्ड क्यामबि्रजलगायत विश्वका ठूला विश्वविद्यालयमा पढ्ने गरिब मुलुकका युवतीबारे । साथीहरुभन्दा कम हुन मनले मान्दैन ठूलो हुन फग्दैन । 
अनि भारतीय र अपि्रुकी मूलका युवतीहरु त्यस्तै अनैतिक धन्दामा सामेल हुन्छन् । 
समाजमा विकृति व्याप्त छ । शैक्षिक बेरोजगार सर्टिफिकेट बोकेर जागिरका लागि धाउँछन् । कति इमानदार भोलेन्टर वा कम तलबमा काम गर्छन् । तर रातारात मालामाल हुनेहरुको छायामा पर्छन् सधैँ उनीहरु । 
हुनसक्छ अनैतिक पेसामा लाग्नु ती युवतीको बाध्यता हो । तर यसैको नाममा आफ्नो पहिचान गुमाउनुलाई किमार्थ ठीक मान्न सकिन्न । ब्वाईप्रुेन्डको बाइकको पछाडि चढ्नै पर्ने मानसिकताबाट टाढा हुन सक्नुपर्छ अबका युवतीले । 
जेसुकै गरेर होस् सन्तानको कमाइमा सन्तोष मान्ने अभिभावक पनि अब सचेत हुनुपर्दछ । कलेज भर्ना भई पढेका छन् कि छैनन् भनेर सतर्क हुनु जरुरी छ । यदि परिवारले यत्तिको मात्र सोचे पनि देशको ठूलो सामाजिक विकृति स्वतः हल हुन्छ । 
गाउँमै राम्रा कलेज खुलिसक्दा पनि काठमाडौंमै हानिने प्रवृत्तिबारे पनि सचेत हुनुपर्छ जस्तो लाग्छ । आवश्यक ठूलै रकम खर्च गर्न नसक्ने अभिभावकले आफ्ना सन्तानलाई काठमाडौं पढाउने सपना सँगाल्नु खासै उपयुक्त नहुन पनि सक्छ । काठमाडौं पठाउन नसकिने भए पठाउने कोसिस नगर्नु नै उचित हुँदैन र !
 http://nayapatrika.com/multi-color/5923-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%95%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C%E0%A4%82-%E0%A4%B8%E0%A4%AA%E0%A4%A8%E0%A4%BE.html

No comments: