Wednesday, December 19, 2012

cGt/ª\u ;+jfb
hLjg
!= tkfO{+sf] hLjgsf] Pp6f dL7f] e'n <
E'f/nx? klg ld7f x'G5g\ / Û
@= tkfO{+sf] gh/df k|]d <
   k|]d hLjgnfO{ ;/; agfpg] / ;[6L rnfpg] dfWod xf]
#= :s"n] hLjgdf tkfO{ Psbd} rsrs] / abdfz x'g'x'GYof] eG5g\ lg <
Df dfq xf]Og ;a} abdf; x'G5g\ / x'g' klg k5{
#= hLjg s;};Fu ;f6\g kfP ;dsfnLg ;+;f/df sf];Fu ;f6\g' x'GYof] <
 ;f6\lbg, dnfO{ cfkm\g} hLjg l7s nfU5
$= ulx/f] kZrftfk slxn] / s]df ug{'ePsf] 5 <
;fg}df uf]7fnf] hfbf cfkm'n] df/]sf] ;'u/sf] aRrfsf] sf/0f a'jfnfO{ ul/Psf] blG8tdf dnfO{ cem} kZrftfk 5 .
%= tkfO{+ cfkm\gf] hLjgdf ;a}eGbf a9L v';L ePsf] s'g} If0f <
Uf0ftGq :yfkgf ePsf] lbg
^= ;do / km';{b\ kfP g]kfnsf] s'g 7fpdf uP/ ;do latfpg rfxg'x'G5 <
To:tf] s'g} 7foFg} t xf]Og t/ PsfGtdf a;]/ n]Vg] dg rfFlx 5 .
&= tkfO{+sf cfbz{ JolQm <
sfn{ dfS;{
*= cGt/ª\u ;DaGwdf /x]/ tkfO{+ k|efljt ePsf] s'g} JolQm <
Uf]ljGb e6\/fO{, kfl/hft
!)= Ps lbg s;};Fu latfpg' k/]df, s;nfO{ /f]Hg'x'G5 <

Tuesday, November 27, 2012

आयको बोझ


राजश्व, देशको दैनिक प्रशासन संचालन र विकास निर्माणका लागि चाहिने खर्च व्यवस्थापनको मुख्य स्रोत हो । देशहरुको आर्थीक सम्पन्नताको मापन उनीहरुले गर्ने राजश्व संकलनको अवस्थावाट पनि गर्ने गरिन्छ । नेपालमा पनि पछिल्लो पटक राजश्व संकलन लक्ष्य अनुरुपनै वृद्धि भैरहेको छ । विशेषतः दोस्रो जनआन्दोलन पछि देशको राजश्व वृद्धिमा अप्रत्यासिर विस्तार भैरहेको छ । अर्थ मन्त्रालयका अधिकारीहरु विशेषतः मन्त्री र सचिवले राजश्वको यहि वृद्धिमाथि गर्व गर्दै आफ्नो सफलताको गाथा गाउछन् । हुन पनि गत आर्थिक वर्षमा लिइएको २ सय ४१ अर्वको राजश्व असुलीको लक्ष्य नाघेर २ सय ४४ अर्व पुग्यो । २०६५ सालमा अर्थमन्त्रीमा डा. बाबुराम भट्राई पुग्दा किर्तिमानी ३३ प्रतिशतको राजश्व वृद्धि भएको थियो । त्यस अघिसम्म सुस्त गतिमा रहेको राजश्व संकलनले गति लिएपछि राजश्वले देशव्यापी वहसको रुप लियो । यसै आधारमा डा. बाबुरामलाई इतिहासकै सफल अर्थमन्त्रीको रुपमा दर्ज गरियो ।
दोस्रो जनआन्दोलन अघिसम्म पनि राजश्वको लक्ष्य भेट्टाउन मुस्कील थियो । राजा को प्रत्यक्ष शासनको वेला अर्थमन्त्री रहेका रुप ज्योतिले लक्ष्य अनुरुपको राजश्व उठाउन सकेका थिएनन् । त्यसपछि राजनीतिक परिवर्तन पछिका सरकारको हकमा भने लक्ष्य अनुरुपको संकलन भैरहेको छ ।
तर अर्थविदहरु भने अहिलेको राजश्व संकलनको अवस्थावाट त्यत्ति सन्तुष्ट छैनन् । यहा राजश्व संकलनको परिमाणमा मात्र वहस भैरहदा प्रकृतिमा खासै चासो देखिदैन । अर्थशास्त्री डा. चिरन्जीवि नेपालका अनुसार अहिले हाम्रो राजश्व संकलन भन्सारमुखी देखिएको छ । आयात गर्दा ठूलो धनराशी विदेशीयको हुन्छ । तर, समान ल्याए वापत लिएको करको सानो अंशमा राज्यले गर्व गरिरहेको छ । अर्थ सचिव कृष्णहरि वास्कोटाको भनाइमा पनि हाम्रो कुल राजश्व संकलनको १८ प्रतिशत पूर्णतः भन्सारमा निर्भर छ । राजश्वमा सबै भन्दा ठूलो हिस्सा झण्डै २९ प्रतिशत ओगट्ने मूल्य अभिवृद्धि कर भ्याट पनि त्यही आयातित समानहरु वाट नै उठ्छ । यसको सिधा अर्थ हुन्छ, जति राजश्व उठ्छ त्यसको कैयौं गुणा वढि स्वदेशी पैसा विदेसिएको छ । राजश्व संकलनको यो पाटोमा हाम्रो ध्यान पुगेको छैन । रेमेट्यान्स यो वर्ष झण्डै ३९ प्रतिशतले बढेको छ । नेपाली मुद्राको अवमुल्यनले गर्दा यो आकारमा ठूलो बन्न पुगेको हो । त्यसमाथी पनि फेरि विदेशमा स्रम वेचेर आएको पैसामाथी राज्यले गर्व गर्नुलाई के भन्ने ?

सरकारी दावी नै सही, २०१५ को समात्तिसंगै साफ्टा र विमष्टेकका कारण हाम्रो राजश्व दर शुन्य वा अति कममा सिमित गर्नु पर्ने वाध्यता छ । त्यही अवस्थामा हाम्रो राजश्वमा ठूलो योगदान दिने भन्सारको अवस्था सिथिल हुदै जाने अवस्था आउदा के राजश्वको वर्तमान वृद्धि दर कायम रहला ? अर्थविद् नेपाल भन्छन् औद्योगिक उत्पादन विस्तार गरेर त्यसवाट लिइने करमा राज्य रमाउनु पर्ने हो । तर यहाँ अवस्था भिन्न छ । विदेशवाट समान ल्याइन्छ । कम लागतमा निर्माण भएका विदेशी उत्पादन सस्ता हुन्छन् । यी समानहरुका सामुन्ने नेपाली उत्पादन टिक्न सक्दैनन् । अनि विदेशी समानहरुको आयात झन् बाक्लीदै जान्छन् । यसले नेपाली उत्पादन वजार छिन्नभिन्न भैरहेको छ । तर, सरकारले त्यस्ता उद्योगलाई राहात दिने भन्दा पनि आयातित समानवाट हुने गरेको भन्सार संकलनमा राज्यले मस्ती गरिरहेको छ ।

आयातको विस्तारसंगै हाम्रो व्यापार घाटा पनि बढेको छ । तुलनात्मक रुपमा निर्यात बढ्न सकेको छ्रैन । गएको आर्थिक वर्षमा हाम्रो निर्यात ७४ अर्व २६ करोणमा मात्र सिमित हुदा आयात भने ४ खर्व ६१ अर्व नाघेको छ । नेपालले गरेको कुल निर्यातवाट इन्धनमात्रै आयात गर्न पनि नपुग्ने अवस्था छ । गतवर्ष हामीले इन्धनमात्र एक खर्वको हाराहारीमा आयात गरेका छौ । व्यापार घाटाले सिमा बढ्दो छ । यसको सिधा असर अर्थतन्त्रमा पर्न थालेको छ । हाम्रो अर्थतन्त्र हाम्रो नियन्त्रणवाट फुत्कदै छ । औद्योगिक उत्पादन वा सेवा क्षेत्रमा लगानी बढाएर व्यापार घाटा कम गराउन तर्फ लाग्नु पर्नेमा राज्य भन्सार र राजश्व संकलनको विस्तार देखेरै रमाइरहेको छ । कुल गायस्व उत्पादनमा औद्योगिक उत्पादनको योगदान जम्मा ८ प्रतिशतमात्र ‘रहनु लज्जाको विषय हो । राजश्वको मुख्य स्रोत उत्पादन र सेवा क्षेत्र हुनु पर्नेमा भन्सार भएको छ । उत्पादन र सेवा क्षेत्रवाट राजश्व उठ्नु भनेको रोजगारी विस्तार हुनु हो जसले अर्थतन्त्रलाई सक्रारात्मक दिशा तर्फ लाने छ । तर भन्सारवाट उठ्ने राजश्व भनेको घर जलाई खरानी वेचेर कमाएको सम्पत्ति जस्तै हो । यस्तो सम्पक्तिमा हामीले गर्व कहिलेसम्म गर्ने ?

अन्तरवार्ता
 कृष्णहरि वास्कोटा, सचिव
राजश्व संकलनमा त तपाई पुरै सफल हुनु भयो है ?
हो, राजश्व संकलनमा दोस्रो जनआन्दोलन पछि हामीलाई राम्रो सफलता मिलेको छ । हामीले लक्ष्य भेट्टाउने मात्र भन्दा पनि कुल ग्रायस्त उत्पादनमा पनि राजश्वको अंश झण्डै ५ प्रतिशतले बढाएका छौ । दोँेस्रो जनआन्दोलन अघिसम्म पनि कुल ग्रायस्तमा राजश्वको भुमिका एकल अंकको प्रतिशतमा थियो भने अहिले यो १५.५ प्रतिशत पुगेको छ । यो निकै सन्तोषको विषय हो । तर, पर्याप्त भने छैन । यो २० प्रतिशतसम्म पुग्न सक्छ भन्ने मेरो आकलन छ ।

अहिलेको हाम्रो कुल राजश्वको १८ प्रतिशत आयतवाट उठ्ने भन्सार महसुलमा निर्भर छ । अन्य स्रोतहरु रेमिट्यान्स र अन्तशुल्क पनि विदेशीलाई धनी बनाएर पाएको सानो अंश हो । जानकारहरुले अहिलेको राजश्व संकलनको प्रकृतिले नेपाललाई झन् परनिर्भरता तर्फ लगिरहेको छ, भन्छन् नी ?
कुरा त्यस्तो होइन । पहिलो त, राजश्व संकलन हुन नसके सबै भन्दा ठूलो समस्या दैनिक प्रसाशन चलाउनै पर्छ । सरकारका सामान्य खर्च चलाउन पनि विदेशी मुख ताक्नु पर्छ । के यस्ले हामीलाई झन् परनिर्भरता तर्फ लग्दैन र ? राजश्व संकलन भएर हुने निर्भरता भनेको त दोस्रो कुरा भयो । त्यसमाथी पनि हाम्रो राजश्वमा आयातको योगदान हटाउदा पनि ८२ प्रतिशत त हाम्रो आन्तरीक तवर वाटै उठ्छ । त्यसैले अवस्था तपाईले भनेको जस्तो हुदै होइन ।

वाह्य उत्पादन भित्राएर लिइने कर, विदेशी कम्पनीले दिएको नाफको अंश, रेमिट्यान्स आदी हाम्रा आम्दामीका मुख्य स्रोतहरु हुन् । स्वदेशमा विदेशी समान भित्राउदै जाने अनि राजश्व उठ्यो भन्र मख्ख पर्नु त मुते न्यानोमा रमाउनु जस्तै हो भन्छन् नी, अर्थविद्हरु ?
राजश्व संकलनलाई नराम्रो भन्ने अर्थशास्त्रीहरुको सर्टिफिकेट माथी नै मेरो प्रश्न छ । उहाहरुलाई म देशको हित चिताउने विज्ञ भन्न सक्दिन पनि । खास कुरा के भने, राजश्व संकलनको प्रकृति वा प्याटर्न चाही राम्ररी बुझ्नु पर्छ । गत वर्ष मात्रै पनि हामीले हाम्रो २ सय ४४ अर्व राजश्व उठ्दा ७२ अर्व (कुल असुलीको २९ प्रतिशत) मुल्य अभिवृद्धि कर (भ्याट) वाट, ५३ अर्व (२२ प्रतिशत) आयकरवाट उठेको हो । आयकर विसुद्ध नेपालमा गरिएको आर्थिक गतिविधि वाट भएको फाईदाको २५ प्रतिशत राज्यलाई बुभाएको कर हो । यसले पनि झण्डै २ सय अर्व नेपालमा गरिएको आर्थिक गतिविधि वाट फाईदा भएको देखिन्छ । यी सबै वाहेक भन्सार वाट हामीलाई भन्सार वाट उठेको भनेको जम्मा ४३ अर्व हो भने अन्तशुल्क वाट पनि ३१ अर्व उठेको छ । भने ३० अर्व भन्दा वढि जनताले लिएको सेवा र ८ अर्व सवारी साधन लगाएतका करवाट उठेको छ । त्यसैले पैमाण हेर्दै जाने हो भने राजश्वमा भन्सारको खासै ठूलो योगदान छैन । बरु जनतामा कर तिर्ने क्षमताको विस्तार भएको भने छ । यो सकारात्मक पक्ष हो ।

२०१६ पछि साफ्टा, डब्लुटिओ र विमस्टेकमा गरेका सम्झौता अनुसार हामीले भन्सारदर नियन्त्रण गर्नु पर्छ । त्यसले त राजश्व संकलनको गतिलाई असर गर्ला नी ?
हो, साफ्टा र विमस्टेक भित्रका मुलुहरुको उत्पादनलाई भन्सार कर शुन्य देखी ५ प्रतिशतसम्म झार्नु पर्छ । तर पनि त्यहा भित्र समेत सेन्सेटिभ लिस्ट हुन्छ जसलाई यो परिवन्दले छुदैन । हामीसंग अहिले भएको ५ हजार एच एस कोण मध्ये बढि कर उठ्ने १२ सय ५० लाई हामीले सेन्सेटिभ लिस्टमा राखेका छौ । हामीले यो लिस्टको कर घटाउन मिल्दैन भनेर सुरक्षीत भएरै बसेका छौ । अरु देशहरुले यो लिस्टको संख्या हटाउदै राखेकोले हामीले पनि सधै भरी यो १२ सय ५० को लिस्ट लिएर बसिरहन सकिदैन तर पनि अवस्था त्यति प्रतिकूल पनि हुदैन । त्यसमाथी फेरी हामीले अहिले पनि राजश्वको दर घटाउदै लगिरेका छौ । औसतमा अहिले हाम्रो भन्सार दर भनेको ६.५ प्रतिशत मात्र हो । हामीले राजश्व संकलन करको दर वढि राखेर भन्दा पनि दायर बढाएर गर्नुपर्छ । हरेक वर्ष भन्सारको दर घटाउदै गएको भएपनि राजश्व वृद्धि उत्साहजनकनै छ । त्यसैले पनि हाम्रो राजश्व भन्सारमा मात्र निर्भर छैन भन्ने सबैले बुझ्नु पर्छ । त्यसमाथी पनि जिडिपि मा ३४ प्रतिशत योगदान गर्ने कृषि क्षेत्र अझै पनि कर भन्दा वाहीरै छ ।

सचिव ज्यू, राजश्व संकलन गरेर पैसा जम्मा गर्ने तर खर्च गर्न बजेट पनि त्याउन नसक्ने ? भलै यो राजनीतिक कारण होला, तर यसले मूलुकलाई त झन् समस्या पार्छ नी होइन र ?
तपाईले भनेको ठिकै हो । यो कुनै पनि हालतमा राम्रो होइन । कम्तीमा वजेटमा राजनीति हुनु हुदैन । जसरी कुनै रोक तोक विना हरेक वर्ष दशौं आउछ, त्यसै गरि नै बजेट पनि आउनु पर्छ भन्नेमा दृढ छु । फेरी यो खर्चको सवालमा अर्थ मन्त्रालयले गर्नै होइन । हामीले त मात्र पैसा उठाएर दिने हो । यद्धपि अर्थको नेतृत्वदायी भुमिका भने हुनु पर्छ । गत असार मसान्त सम्म पनि ढुकुटिमा ३१ अर्व बचत थियो जुन नराम्रो हो । त्यसैले मैले हरेक मन्त्रालयका माननिय मन्त्री ज्यू, सचिव र विशेष त आयोजना प्रमुखलाई योजना खनुसारको खर्च गर्न अनुरोध गर्ने गरेको छु ।

अर्को तर्फ फेरी खर्च भएको रकम पनि वर्षको अन्त्यमा झारा टार्ने हिसावले हुन्ँछ । प्राथमिकताको हिसावले भन्दा पनि बजेट सिध्याउने तवरवाट काम हुन्छ । जनतावाट कर उठाएर उत्पादन हिन क्षेत्रमा खर्च गर्ने अनि दुई दिन मै भत्किने सडक वनाउदा त राज्यको कमाईले हामीलाई भन् गरिव वनाउदै छ भनेर टिप्पणी गर्न मिल्ला नी है?
म तपाई सगं सहमत छु । वार्षिक खर्चको क्यालेण्डर बनाएर बारै महिना खर्च गर्ने वातावरण हुनै पर्छ । बजेटमाथीको राजनीति रोकीनु पर्छ । जनतालाई केही दिन्छु भनेर भोट माग्ने नेताहरुले अर्थ क्षेत्रलाई राजनीतिवाट टाढा राख्न नसकिए निराशाजनक अवस्था आउछ भन्ने मैले पनि अनुमान गरेको छु । तर धेरै नकरात्मक पनि हुनु हुदैन । हामी कमाएर धनी नै हुनुपर्छ । सिद्धान्त नै यही हो ।



औद्योगिक उत्पानवाट राजश्व वृद्धि त खासै देखिएन नी ?
हो, मुल कुरा के हो भने हाम्रो जिडिपिमा ५४ प्रतिशत योगदान सेवा क्षेत्रको छ भने ३४ प्रतिशत कृषिको छ । औद्योगिक क्षेत्रको जम्मा ८ प्रतिशत मात्र । औद्योगीक क्षेत्रको जिडिपिमा योगदाननै कमजोर छ । त्यसैले पनि त्यसको खासै ठूलो प्रभाव राजश्वमा पर्दैन । फेरी पनि राजनीतिक अस्तव्यस्तताको कारण उत्पादनशिल क्षेत्रमा लगानी आएको छैन । कहिले मजदुरको नाममा त कहिले वातावरण कहिले स्थानीय जनताको नाममा लगानी कर्ताले हैरानी पाइरहेका छन् । सबै भन्दा पहिले बुझ्नु पर्ने कुरा के हो भने, लगानीकर्ता नाफा कमाउन आउने हो, नाकी समाजसेवा वा विकास गर्न । चन्दा दिने, सडक पुल बनाउने आदी काम लगानी कर्तावाट गराउन खोज्दा मुख्य समस्या भएके छ ।  हामीले गर्ने भनेकै सेवा क्षेत्रमा हो । नेपालको आम्दामीको मूल क्षेत्र सेवा नै हो

Monday, July 11, 2011

राजनीतिको फोहोर सफाई

अंकुर मासिकको पहिलो अंकवाट साभार


रमेश न्यौपाने
सँगै कलेज पढेका साथीभाइको जमघटमा कोही मेडिकल डाक्टर त कोही इन्जिनियर साथीहरु उपस्थित थिए । उनीहरुमध्ये कोही आफूलाई समाजको

‘हाइप्रोफाइल’ भएकोमा गर्व गर्दै थिए भने कोही अमेरिका र अस्ट्रेलियाको कमाइको फेहरिस्त सुनाउन मस्त थिए । सबैले आफ्नो बखान गरिहेको बेला एउटाले भने देशको राजनीतिबारे अकस्मात कुरा उठायो । ‘यसलाई सबैथोक थाहा होला’ अर्कोले चोर औंलो मतिर ठड्यायो । मैले सिर्फ मन्द मुस्कानमै आफूलाई सीमित गरे । ‘नालायक नेताहरुको पनि के कुरा गर्ने’ अर्कोले छलफललाई विषयान्तर गराउन कुरा मोड्न खोज्यो । त्यसपछि कुरा बाबा रामदेवको आन्दोलनको विश्लेषणतिर मोडियो ।


मलाई गफ गर्ने जागर नै चलेन । नढाटी भन्नुपर्दा, साथीहरुको त्यो जमघटमा सामेल हुन पुगेकोमा पछुतो लागिरहेको थियो मलाई । सबैजना आफ्नो प्रगति विवरण सुनाउन हतारिएझैं थिए । आफूलाई समाजको ज्ञाता सम्झने साथीहरुको संगतमा धरोधर्म म त्यति रमिन“ । भेलामा उठेका गफपछि भने मेरो मनमा एउटा दरिलो प्रश्नले डेरा जमाइरहेको छ ।

Tuesday, July 5, 2011

'अफकोर्स, राजेश हमाल ! ’

करिश्मा मानन्धर, नेपाली चलचित्र जगतकी सार्वधीक सफल नायीका हुन् । १४ वर्षकै उमेरमा वि.सं.२०४० मा चलचित्र अभिनय सुरु गरेकी मानन्धर २० वर्ष नेपाली रजतपटमा एकक्षत्र राज गर्न सफल भईन् । केही वर्षको अमेरिका बसाई पछि उनी अहिले गोदावारीस्थित आफ्नो निवासमा फुर्सदको दिन विताईरहेकी छिन् । प्रस्तुत छ, अंकुरको लागि रमेश न्यौपानेले उनीसंग गरेको अन्तरंग संवाद ।

तपाईंको नजरमा प्रेम ?
भित्री मनले महसुस गरेर प्रर्दशन गरिने अभिव्यक्ति ।
स्कूले जीवनमा एकदमै चकचके र बदमास हुनुहुन्थ्यो रे ?
होइन, म ज्ञानी थिए । स्कूले जीवनमा मलाई कसैले नायिका होली भन्ने अनुमान पनि गरेका थिएनन् ।
 जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म आफ्नो जीवनसँग पुरै सन्तुष्ट छु ।
गहिरो पश्चाताप कहिले र केमा प¥यो ?
छैन, म कहिल्यै पनि आफूले गरेको कुरामा पश्चाताप गर्दिन ।
जीवनमा सबैभन्दा बढी खुसी भएको क्षण ?
छोरी कवितालाई पहिलो पटक देख्दा म सबैभन्दा खुसी भए ।
 समय र फुर्सद् पाए नेपालको कुन ठाउ“मा गएर समय बिताउन चाहनुहुन्छ ?
रारातिर ट्रेकिङ जाने तीव्र इच्छा छ ।

आफ्नै नजरमा तपाईंका तीन कमजोरी ?
अरुलाई छिटो विश्वास गर्छु, मनमा केही कुरा नराखी भन्छु र पछिल्लो समयमा अलि बढी बोल्न पनि थालेकी छु ।
 सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
आफु र आफ्नो क्षमतामाथि ।
कुनै बेला रुनुभएको छ ?
धेरै पटक । विशेषतः विदेशमा एक्लै हुँदा आफन्त सम्झेर रुने गर्थें ।

Friday, May 6, 2011

दुरीले नछेक्ने काम

रमेश न्यौपाने
orginally published on KANTIPUR daily's friday suppliment hellosukrabaar
जागीर अब १०–५ को काम मात्र रहेन । सुचना प्रविधिको विकास सागै हाम्रो दैनिकीमा सहजता मात्र हाएको छैन, अर्थोपार्जनको नया अवसर पनि त्यसैगरीनै जुटिरहेको छन् । आफु बसिरहेको एउटा कुनाबाट दुरदराजको कुनै व्यक्तीको लागी काम गर्नु पनि सम्भप छ – आउटसोर्सिङ मार्फत ।

त्यसैका एक अनुभवी हुन् नयाा बानेश्वरमा बस्दै आएका गुल्मीका ध्रुब ज्ञवाली । उनी कम्प्युटर प्रोगामर हुन् जसको सामान्यझै आफ्नो कार्यालय समय पनि छ । तर त्यसलेमात्र उनको आमदामीको काम गरिराखेको छैन । व्याक्तिगत तवरबाट आउने थुप्रै सफ्टवेयरहरु र वेबसाइटहरु पनि बनाउछन उनी । ९ वर्ष देखि सफ्टवेयर बनाउन थालेका ध्रुबले आजसम्म दर्जनौ सफ्टवेयर र वेब साइट बनाइ सकेका छन । भन्छन्, ‘अहिले पनि म भिन्न किसिमका सफ्टवेयर निर्माणमा व्यस्त छ’ु । पछिल्लो पटक चर्चामा आएका केहि सफ्टवेयर पनि उनले बनाएका छन । झण्डै २ वर्ष अगाडि नेत्रहिनहरुको

Thursday, May 5, 2011

अभिभावकका काठमाडौं सपना

रमेश न्यौपाने
(orginally published in NAYAPATRIKA   on baishak 21, 2068) 
 
गाउँमै राम्रा कलेज खुलिसक्दा पनि काठमाडौं जानैपर्ने प्रवृत्तिबारे अभिभावक सचेत हुनुपर्छ आवश्यक ठूलै रकम खर्च गर्न नसक्ने अभिभावकले आफ्ना सन्तानलाई काठमाडौं पढाउने सपना सँगाल्नु उपयुक्त नहुन पनि सक्छ 

अघिल्ला वर्षमा झैँ एसएलसी यस वर्ष पनि सकियो । उच्च् शिक्षाका लागि बसाइँसराइको मौसम प्रारम्भ भएको छ । सन्तानलाई कता पढाउने भन्ने निर्णय गर्ने समय हो यो अभिभावकहरुको । निकट भविष्यमै प्लस टु सकेका विद्यार्थी पनि राजधानी ओइरिने क्रम तीव्र हुने पक्का छ । यो समयमा गरिने सानो निर्णयले जीवनमा ठूलो अर्थ राख्ने गर्छ । 
यससम्बन्धी एउटा प्रसंगबाट कुरा सुरु गरौँ । गाइँगुइँ सुन्न थालेको केही सातासम्म मलाई उनको इमान्दारी र स्वच्छतामा शंका लागेन । अध्ययनमा अब्बल भए पनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाका लागि उनको काठमाडौं यात्रा अनिश्चित भएको थियो । तैपनि हिम्मत गरिन् जागिर गर्दै पढ्ने । अनि तय भयो राजधानी यात्रा । साधारण परिवेशकी परिश्रमी केटीमा छोटो समयमै ठूलो परिवर्तन आउला भन्ने सामान्य अनुमान पनि थिएन । 
सिलसिलावश केही दिनमै उनको डेरामा पुगेँ । उनी त्यहाँ थिइनन् । घरबेटीलाई सोध्दा अघिल्लै दिन रातो नम्बर प्लेटको गाडी चढेर गएकी हुन् रे । आखिरमै गलत ठहरिएँ । 
उनी एउटी प्रतिनिधि पात्र हुन् यही समाजकी । मेरो पुस्ताका थुप्रै तन्नेरी

Saturday, April 9, 2011

स्वतन्त्रत जीवन

बिद्यालयको सा“घुरो घेराबाट कलेज जीवनको स्वतन्त्रतामा प्रवेश गर्नु जीवनकै एउटा स्वर्ण समय हो । यसको ब्यवस्थापन जिम्मेवार र लगनशील भएर गर्न सकियो भने मात्र जीवन सुन्दर हुन्छ । नत्र जीवन बिग्रने र कुमार्गमा फस्ने बेला पनि यही नै हो ।’

रमेश न्यौपाने

यस बर्षको एसएलसी परिक्षा पनि सकियो । झण्डै ५ लाख बिद्यार्थी फलामे ढोकाको परिक्षामा सहभागि भएर जीवनको दोस्रो पाटोमा प्रवेश गरेका छन् । उनीहरुको फ्रिडम लाइफ प्रारम्भ हु“दै छ । ति सम्पूर्ण साथीहरुलाई ‘वेलकम टु फ्रिडम लाइफ’ । झोला बोकेर १० देखि ४ बजेसम्मका स्कुल अनि धेरै घण्टाका झन्झटिला ट्युसन र राती अवेरसम्मको जागराम सबै यही स्वतन्त्रता प्राप्तीको लागि थियो । अर्थात ‘फलामे ढोका पार गर्न ।’ यसै मेसोमा रहेर उपत्यकाका चार जना जेहेन्दार छात्र–छात्रास“ग भलाकुसारी गरीएको छ, जसले बिद्यार्थी जीवनका यी फरक पाटोलाई सजिलै झल्काउ“छ ।



ओमेगा इन्टरनेसनल हाई स्कुल, कुमारीपाटी, ललितपुरकी आरक्षा शाक्य एसएलसी सकेपछि आफूलाई अर्कै संसारमा प्रवेश पाएको अनुभव गर्दैछिन् । ‘हुन त केही हप्ता अघिभन्दा अहिले त्यति धेरै परिवर्तन आइसकेको त होइन, तर पनि मनोवैज्ञानिक असर पर्दो रहेछ’, उनको अनुभव सुन्दैमा लाग्थ्यो अघिको बाटो अब बेग्लै तरिकाको हुनेछ जुन स्कुले जीवनमा थिएन । स्कुल पढ्दाका ति दिन कहिल्यै आफ्ना वास्तविक चहाना अनुसार रहेनन् । ‘न त कहिल्यै प्रयाप्त ‘एक्सपोजर’ गर्ने अवसर नै हुन्थ्यो’, भन्छिन्, ‘काठमाण्डु छाडेको भनेको स्कुलले लगेको पोखरा भ्रमण मात्र हो ।’ त्यसबेला पनि शिक्षकहरुकै योजनामा पूर्ण भर पर्दै हिंड्नु पथ्र्यो । उनले खोजेको स्वतन्त्रताको अनुभव बल्ल गर्न पाउलिन् जस्तो छ । ‘यस बिचमा स्वतन्त्र भएर पश्चिम नेपालका दुर्गम गाउ“हरु घुम्ने रहर छ’, आरक्षाले बताइन् । एसएलसीकै चापले कहिल्यै उनी पढाई बाहेकका आफ्ना अन्य रुचिमा समय दिन पाइनन् । उनमा ती चहानाहरु सधै मनभित्रै दबिएर रहे । ‘तर’, भन्छिन्, ‘परिक्षा सकिएकै भोलिपल्ट स्कुलमा भएको अभिभावक दिवसमा बिना तयारी गएर नाचियो ।’ परिक्षाकै कारण कत्ति चाडपर्व र पारिवारिक जमघट मिस गर्नु परेको आफ्नो व्यथा उनले सुनाउदै भनिन्, “अबको केही समय मात्र परिवार र इस्टमित्रसंग विताउदै छु ।”

Saturday, April 2, 2011

सँगैसँगै हुर्किएका जोडिहरु

हेलो शुक्रबारसँगैसँगै सम्बन्ध गासिएका केही प्रतिनिधि जोडिहरु जसले आफ्नो सम्बन्धलाई प्रेम, विश्वास, साझेदारी र लगनशिलतासँगै  अघि बढाए



अंग्रेजीमा ‘कन्सिट’ नाम गरेको एउटा शब्द बिम्बको रुपमा खुबै चर्चित छ जसको अर्थ ‘दुई फरक धरातलका बस्तुहरु जबरजस्त एक हुनु’ भन्ने हुन्छ । त्यही बिम्ब दिलिप पौड्याल, ३२, र उनकी जीवनसाथी शारदा गौतम पौड्याल, २७, सँगको जीवनमा धेरै हदसम्म मेल खान्छ, उनीहरुकै विचारमा । यद्यपि फरक धरातलमा आधारित रहेर स्थापित भएता पनि त्यो एउटा सुन्दर, सुखद र सफल जीवनको नमूना पनि छ । 

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेजमा अंग्रेजी बिभाग प्रमुख दिलिपको घर बाग्लुङ जिल्लाको दगातुम्डाडा गाउमा छ जहाँ उनी गाईभैंसी चराउदै र घासदाउरा गर्दै हुर्किए भने काठमाण्डुको सामाखुसी घर भएकी शारदाको बाल्यकाल भारतको देहरादुनमा बित्यो । त्यहीबाट स्कुले जीवन पूरा गरेकी उनी पछि काठमाण्डु आई त्रिचन्द्र क्याम्पसबाटै भूगर्भशास्त्रमा स्नातकोत्तर त सकिन् तर गाउ“बस्तीस“ग उनको लामो सामिप्यता कहिल्यै रहेन । जीवनको संयोग नै मान्नुपर्छ ती फरक धरातलमा हुर्किएका यी दुई अहिले श्रीमान–श्रीमती छन् । उनीहरुको मागी विवाह हो । ‘तर विहेको प्रशंग उठेपछि विहेपूर्व नै हामीबिच प्रेम सम्बन्ध स्थापित भयो ।’ दिलिपले भन्दैगर्दा साथै रहेकी शारदाले हास्दै जोडिन्, ‘त्यसैले मागी प्लस प्रेम विवाह ।’ होली मनाउन काठमाण्डु छिरेका यी जोडिसँग हालैको एक बिहान साटिएको झण्डैं ३ घण्टे गफगाफ आफैमा रोचक थियो । सायद कुनै सेलिब्रिटीको हुदो हो त ट्याब्लोइडहरुमा निरन्तर छाइरहने जस्तो । 



‘...काठमाण्डु बाहिर बस्न सक्दिन, ...मन नपर्ने पेशा टिचिङ’, विहे पहिलेको कुराकानीमा शारदाले भन्ने गरेको कुरा दिलिप अझै सम्झन्छन् । तोकिएका दुवै दायरासँग दिलिप फेल खाइसकेका थिए । भन्छन्, ‘सायद त्यो आत्माहरुले नै  तय गरेको सम्बन्ध थियो र हामी जीवनसाथी बन्यौ ।’ त्यसबिचमा इन्टरनेट र मोवाइलले उनीहरुबिच मध्यस्तताको काम ग¥यो जसले धेरै नजिकबाट एकअर्कालाई परिचित गरायो पनि ।

विहेपछिको शारदाको पहिलो गाउ यात्राले एउटा नया दुनियासँग परिचित गरायो । ‘त्यो बिकट पहाडमा गाडिमा यात्रा गर्नु नै साहसीक काम मानिदो रहेछ’, शारदा सम्झन्छिन्, ‘गाडिको छानासँग बारम्बार टाउको ठोक्किने ।’ हिड्दा त उनको खुट्टामा निकै फोहरा उठिसकेका थिए । दिलिपलाई त लागिरहेको थियो शारदा यो बिजोग देखेर रुनेछिन् । यद्यपि दिलिपसँग विहे अघि भएका कुराकानीले नै उनलाई वेग्लै उर्जा दिएको थियो जसका कारण त्यसलाई उनी सहजै पचाउन सकिन् । दिलिप भन्छन्, ‘च्याटिङ र फोनमा उनले कहिल्यै धनसम्पत्तिबारेको कुरा गरिनन् । उनको ध्येय मेरो प्रकृति र बानीव्यवहार वुझ्ने मात्र हुन्थ्यो ।’

के पढ्दै छन् नेताहरु ?


नेताहरू पढ्दैनन् भन्ने भनाइ सडक बजारमा जतासुकै सुनिन्छ । कम बुद्धि र ज्ञानमै देशको भारी बोक्न बाध्य भनिएका यिनै नेतामध्ये केही छन्, जो पुस्तकलाई प्रेम गर्छन् र ज्ञानको खोजी गर्छन् । यसैले यिनले नेताको खराब छविकै बीच पनि अध्ययनशीलको छवि बनाएका छन् । र, यिनको विद्वताको झलक यिनका भाषण र लेखमा पनि देखिन्छ । ठूला पार्टीमा यस्तो छवि बनाएका केही नेताका पुस्तक र अहिलेको पढाइबारे रमेश न्यौपानेको रिपोर्ट 

नेताले पनि पढ्छन् वा पढेका नेता पनि छन् भन्नुपर्‍यो भने धेरैले सबभन्दा पहिले लिने नाम हो, डा. बाबुराम भट्टराई । कुनै बेलाका एसएलसी बोर्ड फस्ट यी विद्यावारिधि नेताको पढ्ने बानी अहिले पनि उस्तै छ । संविधानसभाको सबभन्दा ठूलो दल माओवादीका उपाध्यक्षका रूपमा उनको दीर्घकालीन र दैनिक कामको छुट्टै रुटिन छ । तर, व्यस्तताका बीच पनि उनी पढ्ने समय निकाल्छन् ।

'म राति खाना खाएपछि २-३ घन्टा ओछ्यानमै पढ्छु, पढ्नका लागि यो उपयुक्त समय हो,' उनी भन्छन् । दिउँसो पढ्ने समय निकाल्न नसक्ने सबै पेसाका मान्छेलाई यो समय पढ्न राम्राे हुने उनको सुझाव छ । 'सबै पेसाका मान्छे व्यस्त हुन्छन्, नेताले मात्र पढ्ने समय नपाउने होइन,' प्रायः नेताले पढ्ने समय पाइएन भनेर गर्ने गरेको गुनासोका विषयमा उनले भने, 'समय आफैं हुने होइन, व्यवस्थापन गर्न सक्नुपर्छ ।' उनी प्रायः राति १२/१ बजेसम्म पढ्छन् । 'कहिलेकाहीँ त पूरै रात पनि पढेको छु,' उनले सुनाए । बेलायती लेखक स्टफेन हकिङस भट्टराईका पि्रय लेखक हुन् । 'उनको अ बि्रफ हिस्ट्री अफ टाइम आजसम्म मैले सर्वाधिक रुचाएको पुस्तक हो,' उनले भने । उनी अहिले हकिङ्सकै पुस्तक 'ग्रान्ड डिजाइन' पढिरहेका छन् ।



originally published at Koseli, kantipur.

Saturday, August 28, 2010

हातहातमा इन्टरनेट

बानेश्वरकी विनिता कार्की, २३, छ महिनाअघिसम्म हप्तामा तीनपटक जति साइबर धाउँथिइन् । इन्टरनेटका कारण आफ्नो प्रेमी अमेरिकामा उडेको वर्ष दिनमा उनले आफूलाई एक्लो महसुस गरिनन् । तर, साइबर धाउने बानी भने फेरिएको छ । कारण हो, नेपाल टेलिकमको जीपीआरएस सेवा । यो सेवाबाट मोबाइलमै इन्टरनेट चलाउन पाउने भएपछि साइबर जानु परेन । भन्छिन्, 'हातमै इन्टरनेट भएपछि किन साइबर धाउने ?' 

दसवर्षे युद्धपछि 'क्रान्ति'लाई थाँती राखेर नेकपा माओवादी सरकारमा आयो । सञ्चारमन्त्री भएका 'कमरेड' कृष्णबहादुर महराले आर्थिक वर्ष २०६३/६४ मा नयाँ कार्यक्रम ल्याए, 'हात हातमा मोबाइल, घरघरमा इन्टरेन ।' त्यही कार्यक्रमले बनाएको जगमा तीन वर्षमा नेपाली 'इन्टरनेट गाथा' निकै अघि बढिसकेको छ । घरघरमा इन्टरनेट होइन, इन्टरनेट हातहातमा आइपुगेको छ । 

गत चैत मसान्तको तथ्यांकअनुसार यसरी मोबाइलमा इन्टरनेट चलाउनेको संख्या करिब ८ लाख छ । जसमा एनसेल उपभोक्ताको संख्या सबभन्दा बढी छ । एनसेलका ६ लाख ४६ हजारभन्दा बढी ग्राहक मोबाइलमा जीपीआरएस जडान गरेका छन् । त्यस्तै नेपाल टेलिकमका १ लाखभन्दा बढी ग्राहकले यो सेवा लिएका थिए । नेपालमा इन्टरनेट पहुँच भएका झन्डै ९ लाख ५० हजारमध्ये ७ लाख ५० हजारले मोबाइलबाट चलाउँछन् । बजारमा उपलब्ध वाइफाईको सहायताले पनि इन्टरनेट चलाउने धेरै छन् । 

मोबाइलमै इन्टरनेट चलाउन थालेपछि धेरैको दैनिकी सहज भएको छ । चौधरी ग्रुपमा सेल्स एक्जुकेटिभको काम गर्ने धु्रव पुञ्जाली यीमध्ये एक हुन् । उनी भन्छन्, 'दिनभरि काम गर्‍यो, व्यस्तताले इमेल चेक गर्न पनि शनिबार कुर्नुपथ्र्यो । कति इमेल त्ा आएका थाहै हुन्थेन ।' अहिले उनी त्यो समस्याबाट मुक्त छन् । छिनछिनमा इमेल चेक गर्नेमात्र होइन, फेसबुकमा 'इस्टाटस् अपडेट' गर्न पनि भ्याएका छन् । एकैछिन फुर्सद हुनासाथ उनले इन्टरनेट खोल्ने गरेको बताए ।

Monday, August 23, 2010

now, i am back again

dear friends
i am very sorry that i was unable to update my blog. durning the days, i was busy on a newspaper which paved a long distace to my blog. exam was another obstacle to remain on touch. but now, i am free my fren, i will always be on your touch today onwards. needless to say, how lonely i felt during the days.
trust me my fren, now i am here to share my feelings and experience daily. hope to get ur feedbacks for my post and others.

Thursday, April 29, 2010

घुमौं सौराहा


काठमाण्डौंबाट ४ घण्टाको दुरी । आफ्नै साधन छैन भने कलंकीमा जानुस्,नाराणघाटसम्मको माइक्रो पाइन्छ(भाडा रु २५०) त्यसमा चढ्नुस । र,नारायणगढ उत्रिएपछि टाढी सम्म जाने बस पाइन्छ । रु.२६ भाडा दिनुस र अब तपाई सौराहा गेटमा ओर्लिनुस्,त्यहा“ टायर गाडा(५० देखि १०० रुपैयासम्ममा)ले सौराहा बस्तीमा पु¥याइदिन्छ ।होटलहरु प्रशस्तै छन्,तर खालि नहुन सक्छन त्यसैले पहिले त्यो बुझ्नुस् । त्यसपछि त्यहा“ उपलब्ध सुविधाबारे बुझ्नुस् । अब व्याग राखेर एकैछिन रिफ्रेसमेन्टको लागि होटलबाहिर टहलिनुस् ।

अब भाडामा साइकल लिनुस्,अनि साइक्लिङको मज्जासंगै पुग्नुस्,थारु म्युजियम,जीवजन्तु राखिएको ल्याव,हत्ति प्रजनन केन्द्र,अन्र्तराष्ट्रिय हात्ति प्रतियागिता हुने ठाउ“ । र,सा“झ पर्न लागेपछि पव(खोलाको तीर) जानुस् । इलिफेन्ट सावर(हात्तिको ढा“डमा चढेपछि उसको सुढले पानी फ्य“ाकेर नुहाइदिन्छ) लिनुस् ।


आएर पवमा रहेको मेचमा पल्टिनुस् । चाहेको खानेकुरा खानुस्,केही महंगो हुनसक्छ मेनु हेरेर खल्ती विचार गर्नुृस् ।(पवमा १००० खर्च गर्नुभयो भने तपाई भरपुर रम्न सक्नुहुन्छ ।)


फर्केपछि बेलुकी साढे ७ या ८ बजे थारु कल्चरल प्रोग्रम हुन्छ,होटलवाललाई भनिराख्नुस् । जानुस्,थारु सांस्कृतिक कार्यक्रम हेर्नुस् । भोलिपल्ट हात्ति चढ्न होटललाई बेलुकै भन्नुस् । बिहानै हात्ति चढ्न जानुस् ।



टिकट दर रु.५ सय (स्वदेशीका लागि) र १५ सय रुपैया (विदेशीका लागि) । होटलमा बस्नु भएको छ भने त्यही सम्पर्क राख्नु, उनीहरुलेनै टिकटको व्यवस्था गर्छन् । नत्र हात्ती सफारी काउन्टरमा जानुहोस ।



अब होटल छेउको कुनै ठाउमा तपाईलाई होटलकै सहयोगिले लगिदिन्छन्,चढ्नुस् । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेशको लागि छुट्टै २० रुपैया तिर्नुपर्छ । अब निकुञ्ज पसेपछि हेर्दै लोभलाग्दा एक सिंहे गैडा मयुर ,जरायोजस्ता जीवहरु भ्ेटिन्छन् । त्यह“ा हात्ती सफारीको लागी दुइटा समय छुट्टाइएको छ, विहान ६ बज अनि दिउसो २ बजे । निकुन्ज भित्र दुइ देखी तीन घण्टा सम्म रमाउन पाउनु हुनेछ । तर पनि बिहानको समय धेरै ठिक, घामले नपोल्ने हु“दा भ्रमण थप उल्लासमय हुनेछ ।



अब तपाईलार्य हात्तिले ओराल्ने ठाउमा तपाई बसेको होटलबाट जीप लिन आइराखेको हुनेछ,फर्कनुस् । अनि खाना खाएर उही बाटो काठमाण्डौं आउने तयारी गर्नुस् ।

published orginally on  HELLO  SUKRABAAR supplement of KANTIPUR DAILY dated 17th baisak, 2067





Thursday, April 22, 2010

NEPAL'S LARGEST SELLING BOOKS


published on hello sukrabaar suplement of kantipur national daily of baisak 10, 2067

Saturday, March 27, 2010

विश्वदीपको विश्व

i
न्ोपाली  राजनीतिमा पछिल्लो पटक संम्भवत सर्वाधिक उच्चारण गरिएको हुनुपर्छ ुबाह्र बँुदे सहमतीु । त्यही सहमतीको साँचोले देशमा शान्ति र परिवर्तनको अग्रगामी ढोका खोलेको थियो । विपरीत ध्रुबका दुई शक्तिहरु तत्कालीन विद्रोही माओवादी र संसदवादी मुलधारका राजनीतिक दलहरु बीच भएको त्यो सहमतीलेनै नेपालमा गणतन्त्रको जग वसाल्यो । माओवादीलाई शान्तिवार्तामा ल्याउने त्यो सहमतीको पछाडी धेरै नेताहरुको नाम जोडियो होला तर सहमती सँगै जोडिएको तर ओझेलमा परेको एउटा महत्वपूर्ण पात्र हन् विश्वदीप पाण्डे २५ । दिल्लीस्थीत एक नेपालीको घरमा भएको त्यो सहमतीपत्रको ड्राफ्ट उनै पाण्डेले टाईप गरेका थिए । नेपाली राजनीतिको केन्द्रको वरिपरि रहेर उनले यस्ता ऐतिहासिक कालखण्डहरुमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

आठ वर्ष अघि संगै एसएलसी सकेका साथीहरु उच्च शिक्षाको लागी काठमाडौं हान्निसकेका थिए । कतिले त बुटवलमै पनि पढे । तर उनलाई त्यो अवसर जुरेन । युद्धकालीन समय थियो । बुवा तत्कालिन विद्रोही माओवादीका केन्द्रीय सदस्य भएकाले पनि होला सेनाको उच्च निगरानीमा पर्थे उनी । त्यसो त उनी आफै पनि अखिल क्रान्तिकारीका जिल्ला सदस्य थिए त्यसबेला । आफु माथीको सधैको खानलासी र अनावश्यक निगरानीले १७ वर्षे केटौले उमेरमा निकै हैरान भएका थिए । त्यसै बेला भुमिगत भएका बुवाको फोन आयो २०५९ साल असार ताका । युद्धविरामको समय भएतापनि सचेतना पुर्वक भेट्ने कार्यक्रम तय भयो बुवासंग रुपन्देहीको इटाभटीमा शहिद गणेश ढकालको घरमा ।

वुवासँगको त्यो गोप्य भेटले जीवनको लक्ष्य र बाटो वद्लिदिए जस्तो लाग्छ उनलाई । त्यो भेट यस्तो महत्वपुर्ण भेट सावित भयो जसको कारण नेपाली राजनितीको केन्द्र वरिपरि रहेर आजपर्यन्त काम गरिरहेका छन् पाण्डे । भ्ोट्नासाथ बुवाले भाग्यमानी रहेछस् महत्वपुर्ण ठाँउमा जाँदैछस् भन्दै अङ्गालेको आजै जस्तो लाग्छ रे उनलाई । महत्वपुर्ण ठाँउ जान गोरखपुर हुँदै लखनउसम्मको यात्रा तय गरे उनले कहिले रेलमा कहिले वसमा । लखनउमा माओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्राईसंग जम्काभेट भयो उनको । सुरुमा नपत्याए पनि पछि थाहा भयो उनी डा। बाबुरामको सहयोगीको रुपमा काम गर्दैछन् अब । त्यसबेला डा। बाबुरामल्ो भनेको शब्द सम्झदा अझै पनि भावबिभााेर हुन्छन् उनी । ु अहिले हिसिलासंग जानु बाँचेर आए भनेफेरि भेटौलाु डा। बाबुरामले तात्कालिन समयमा जारी शान्तीवार्ताको अन्तिम चरणमा सहभागी हुन निस्कदै गर्दा भनेका थिए । अनि डा। वावुराम काठमाडौं आए उनी दिल्ली लागे हिसिलासँगै ।
दिल्ली पुगेपछि तीन तले घरको एउटा फ्याटमा बस्न थाले हिसिलासंग । कम्युटर चलाउन सिके अंगे्रजी पनि निकै सुधि्रयो उनैको संगतमा रहँदा वस्दा । केही हप्ता पछि डा। बाबुरामको फोनसँगै उनी इलाहावाद तिर लाग्नु पर्ने भयो । त्यति काँचै उमेरमा एक्लै भारतमा हिड्न सकेकोमा कता कता गर्व पनि लाग्यो रे उनलाई । त्यहा उनले एउटा प्रेस विज्ञप्ती टाईप गर्नु पर् यो युद्धविराम भंग भएको । उनी भन्छन् ुत्यसबेला बल्ल आफु परीपक्क भएको अनुभव भयो ।ु तरपनि मनमा सन्तोष भने थिएन । थप्छन् ुमेरो त्यही टाईपसँगै देशमा फेरी युद्ध सुरु हुदै थियो ।ु उनी त्यसपछि फर्किए दिल्ली डा।बाबुरामसंगै ।

दिल्ली वसाईको क्रममा एकदिन एउटा रमाईलो घटना घट्यो । ुएकजना मान्छे दिल्लीको डेरैमा आएका थिए झलास्स सम्झीन्छन् उनी । मैले ढोका खोल्नासाथ भक्तिजीको छोरा हो तपाई भनेर प्रश्न गर्दा अक्क मक्क परे ती अपरिचितले आफुलाई चिनेको देख्दा ।ु मनमा कौतुहलता भइरह्यो तर कसैलाई सोधेनन् । पछि हिसिला यमीले त्यो मान्छे क। प्रचण्ड भएको सुनाउँदा त एक छिन् त अल्लमल्ल पो परेछन् । त्यतिवेला सर्वाधिक खोजी गरिएका व्यक्ति प्रचण्डलाई यति सहज र सरल ढंगले आफ्नै डेरामा भेट्न र देख्न पाइने उनले अनुमानसम्म पनि गरेका थिएनन् ।

कहिले कांही यस्ता रोमान्चक घटना भएपनि ुदिल्लीको बसाई निकै सकसकोु उनले विगत कोट्याए ुसाईबर जादा फोन गर्दा पनि निकै होसियारी अपनाउदै टाढा जानु पर्ने ।ु ुमनभित्र एक किसिमको मनोवैज्ञानिक डर भइरहन्थ्योु ती दिनहरु सम्झदा उनी अझैपनि मलिन हुन्छन् । त्यसमाथी पनि बाबुरामको कम वोल्ने वानी अध्ययनशिल व्यक्तित्व र अन्र्तमुखी स्वभाव । विहान उठ्दा होस् चाहे राती सुत्दा कितावसँग टासिरहेका बाबुराम बाहेक केही पनि देख्न पाउथेनन् हप्तै सम्म विश्वदिपले । टिनएजर भनिने चुलवुले वयमा कोठाभित्र न बोल्ने साथी न मिल्ने साथी शुरुमा त कम्ता सकस भएन । तर विउ गुनाको फल संगत गुनाको बुदि भएजस्तो अध्ययनको मोहले उनलाई पनि विस्तारै छुन थाल्यो । भ्याएसम्म अध्ययन गर्ने कुरामा निकै जोड दिन थाल्ने भए विश्वदिप ।

२०६१ साल ताकाको कुरा दिल्लीबाट रोल्पाको यात्रा दश दिन पैदल हासो मजाक गर्दै । त्यो यात्रामा अध्यक्ष क।प्रचण्ड क। बाबुराम सिता दाहाल हिसिला यमी लगायतका नेता÷नेतृ सँगै हुनुहुन्थ्यो । त्यतिवेला नै हो झण्डै अढाई वर्षपछि उनको एउटा सपना बल्ल पुरा भयो डा।बाबुरामसंग वसेर फोटो खिचाउने । त्यसअघि जती नै कर गरेपनि उनले त्यस्तो मौका कहिल्यै पाएका थिएनन् । उनलाई ठुलै काम गरे जस्तो लाग्यो त्यतिखेर । त्यसपछि रोल्पाको वसाई त्यति सुखद भएन । पार्टी भित्रको अन्तरसंघर्षले पार्टीलाई फुटको नजिक लगेको थियो । वावुराम हिसिला दिनानाथ लगायतकाहरु कार्वाहीमा परेका थिए । त्यसबेला बाबुरामहरु माथी भएको अन्याय देखेर राजनीतिबाट नै निकै विरक्तिएका रहेछन् उनी । भन्छन् ुउहुले धेरै सम्झाएपछि मात्र म थामिएको थिए ।ु केहिसमयपछि पार्टीले वावुरामहरु माथि भएको कार्वाहि फिर्ता लियो । विस्तारै परिस्थिती सजह हुँदै गयो ।

अनी सुरु भयो बाह्र बँुदे सहमतीको राजनीति । त्यसमा सबै पार्टीहरु बीच सहमति जुटाउन बाबुराम कृष्ण सिटौला र शेखर कोईरालाको मुख्य भुमिका रहेको उनी बताउँछन् । पछि त्यहीं बाह्र बँुदे सहमतीको ड्राफ्ट एक नेपालीको दिल्ली स्थित घरमा वसेर टाईप गर्दै गर्दा निकै हौसिएका रहेछन् उनी देशमा शान्ती परिवर्तन र विकास आउने आशमा । त्यसै बखत नै हो उनले पहिलो पटक बाबुरामको गाली खाएका आफ्नो गल्तीले होइन के।पी ओलीको कारणले गर्दा । १२ बुंदेको कमा र फुलिस्टप पनि अब परिवर्तन नगर्ने भनेर सहमति भइसकेको अन्तिम ड्राफ्ट उनवाट लिएर ओलीले भएको शव्द मेटेर अर्कै शव्द लेखिदिएछन् । तर त्यो उनलाई थाहा भएन र जस्तो थियो उस्तै टाईप गरे । पछि बाबुराम त्यो हेरिसकेर उल्टो अर्थ लाग्ने शब्दहरु टाईप भएकोमा निकै रिसाएछन् । तर पछि उनले आफ्नो औंला ओली तिर तेर् साइदिएछन् । र पछि त्यो सच्चाइएछ ।

त्यस यता शान्तीकालमा उनी झनै व्यस्त हुन थाले । वावुरामको सहयोगीको रुपमा मात्रै होइन माओवादीको केन्द्रीय कार्यालय अन्तर्गत राज्य समिति सदस्य समेत रहेका उनी नियमीत पत्रिकामा छाउन थालेका छन् विभिन्न लेख र राजनीतिक विश्लेशणका माध्यमबाट । जुनसुकै पार्टी र क्षेत्रका अग्रगामी विचार बोक्ने युवाहरुको एउटा साझा फोरमको निर्माणमा जुटेका छन् उनी अहिले । भन्छन् - देशले परिवर्तन चाहेको छ विकास चाहेको छ वेरोजगारीको अन्त्य चाहेको छ गणतन्त्र संस्थागत होस् भन्ने चाहेको छ शिक्षामा आमूल परिवर्तन चाहेको छ । पुरानो नेतृत्व व्यक्ति र गुट केन्द्रीत राजनीतिमा मात्र केन्द्रित रहेकाले अब उनीहरुले मुलक हाँक्ने हैसियत र क्षमता गुमाइसकेको उनको निष्कर्ष छ । परिवर्तन विकाश शान्ति र गणतन्त्र संस्थागत गर्न अब सबैलाई समेटेर युवाहरुको नेतृत्वमा मुलुक हाँक्नुको विकल्प उनी देख्दैनन् ।

मैले उनलाई सोधे के तपाई पनि भविष्यमा प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ विश्वदीप भन्छन्- ुराजनीतिमा लागेपछि सम्भावनाहरु अनेक हुन्छन् । सपना त्यसैको पुरा हुन्छ जसले देख्छ । अहिले ममा त्यो हैसियत र क्षमता त छैन तर आफुलाई प्रधानमन्त्री हुन योग्य पात्रको रुपमा उभ्याउने प्रयासचािहं अवश्य नै गर्नेछु । र त्यो विश्वास म आफुमा छ । संसार त्यसैले जित्छ जसलाई आफुमा विश्वास हुन्छु
IT WAS ORGINALLY PUBLISHED ON KOSELI SUPPLIMENT OF KANTIPUR NATIONAL DAILY OF DATED 27TH MARCH 2010

आधुनिक तर आध्यात्मिक

it was orginally published on the HELLO SUKRABAAR suppliment of KANTIPUR DAILY of march 26, 2010
भक्तपुर ल्ााेकन्थलीका आभाष गौतम २२ सेन्ट जेभियस्र कलेज माईतीघरमा बिएस्सी तेस्रो वर्ष भिैतिकशात्र का विद्यार्थी हुन् । दैनिक कलेजका अलवा उनको दिनचर्या अन्य साथीहरुको भन्दा निकै फरक छ । भैतिकशात्रका विद्यार्थी भएपनि उनी धार्मिक स्वभावका छन् । माछा मासुको त कुरै छाडौ लसुन प्याजसम्म पनि खादैनन् । विहान सबेरै उठेर नुहाईधुवाई सकेपछि झण्डै दुई घण्टा पुजा कोठामा हराउछन् पुजापाठ जप र ध्यानमा । कलेजमा ब्रेकका समय साथीहरु क्यान्टीनमा मम र चाउमीन खान हुम्मेका बेला उनी घरबाटै तयार पारी लगेको शुद्ध साकाहारी खाजामा रमाइरहेका हुन्छन् । ुजीवनको यथार्थलाई नबुज्दासम्म सबै यस्तै त हो नीु उनले भने ुब्रमाण्डको रहस्यलाई बुझी परमचेतना प्राप्त भएपछि मात्र मानिस सुमार्गमा आउछ ।ु मण्डिकाटार कपन स्थीत सिद्धश्रम साधक परिवारका सदस्य आभाषले फिजीक्स र अध्यात्म एउटै भएको निश्कर्ष निकालेका छन् । भन्छन् ुफिजीक्सले सारा दुनियाको अध्ययन गर्छ भने अध्यात्मले पनि गर्ने त्यही हो मात्र शैलीमा केही फरक हुन्छ ।ु जीवनमा वास्तवीक आनन्द पाउन साधना मात्र विकल्प भएको उनको ठम्याई छ ।

डिभाइन मिस्ट्रीयस स्कुल सतुङ्गलका साधक साईमन दाहाल २१ पनि भौतिकशास्त्रकै विद्यार्थी हुन् । ुबेचैन मन अशान्त थियो । त्यसैले म आफुलाई सुमार्गमा डोर् याउन गुरुको खोजीमा थिए’ दाहाल पछाडी फर्किए ुआश्रममा बसेर गुरुको सत्संग पाउदा बल्ल आफै भित्रको मनलाई चिन्दै छु ।ु उनी आफै पनि साधना ज्ञान बाड्न धेरै ठाउ पुगेका रहेछन् । नेपालको अधिकासं ठाउको अलवा भारत बेलायत अष्ट्रेलिया आदी देशमा पुगिसकेका छन् । आफ्ना समकक्षी साथीहरु विदेश भन्दैमा मरीहत्या गर्दा पनि उनको त्यता तिर मन फिरेन । भन्छन् ुजीवनको यथार्थतता नबुझ्नेहरु संसारीक मोहमा फस्नु पैसाको पछि मात्र लाग्नु कुनै आश्चर्य कुरा होईन ।ु उनको दिनचर्या पनि धेरै जसो आभाषकै जस्तो छ । तर आश्रममा बस्ने हुदा उनले त्यहाको काम पनि गर्नु पर्छ । हरेक विहान ध्यान सके पछि गाईगोठमा पुग्छन् दुध दुहुन । गाईको हेरचाहा आश्रममा लगाईने सिजने वालिको काममा पनि खटिन्छन् उनी । आफ्नो काम आफैले गर्न सके संसारको आधा समस्या स्वतह हल हुने निश्कर्ष छ उनको ।



आम युवती झै मोर्डन ड्रेसमा भेटिएकी हाल हाडीगाउमा परिवारसंगै बस्ने काभ्रेकी रीना लामा १९ लाई झट्ट हेर्दा आध्यात्मीक होलीन् भनेर पत्याउन निकै मुश्किल पर्छ । एनआईसी कलेजमा स्नातकतह प्रथम वर्षकी यी छात्रा ुसाचो जीवन निर्माण अभियानु मा संलग्न छिन् । ुसर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनु को मुख्य नारामा रही उनले थुप्रै ठाउमा आफुभन्दा धेरै पाकाहरुलाई पनि ुज्ञानु बाडेकी छिन् । ुसंसारको सत्यलाई बोध गर्दै नकरात्मक भाव मनबाट सबैले पखाल्न सके दुनियामा अशान्ती र पीडा भन्ने नै हुने थिएन ु उनले थपिन् ुईश्वरले चाहेको समाज निर्माणको लागी सबैलाई नैतिक र आध्यात्मीक ज्ञान चाहिएको छ ।ु उनी धर्मको नाममा हुने कुनै जात धर्म वा समुदायप्रतीको हेला वा सम्मानको विपक्षमा छिन् । भन्छिन् ुसबैको मन भित्रनै ईश्वर छ त्यसलाई चिन्न नसक्दा मान्छे भगवान भन्दै भौतारीएको छ ।ु उनले पनि आफुले आफैलाई सम्मान गर्न सके सबै समस्या हल हुने विचार सुनाइन् ।
ुमै खाउ मै लाऊ उमेरमा पनि किन यस्तो लाईनमा लागेको त सबै जनाको प्राय उस्तै धारणा छ । ुएक दिन त्यसै टेन्सन भएको बेला किर्तनमा जादा निकै आनन्द अनुभुती भयो । अनी त्यसपछि म नियमीत किर्तन र प्रवचन सुन्न जान थालेु आभाष खुले ुगुरुहरुको सझावले गर्दा मन आनन्दीत हुदै गयो । ध्यानले ज्यान हलुका भएको अनुभुती हुनुका साथै संसार चिन्ने मौका पाए त्यस यता म नियमीत आश्रम आउन थालेको हु ।ु दुनिया आर्थिक उन्नती तर्फ लम्केको बेला त्यसको प्रभाव उनीहरुमा पनि परेको भेटियो । रिना भन्छिन् ुभोको पेटलाई जती नैतिक पाठ घोकाए पनि त्यसको कुनै अर्थ रहदैन । त्यसैले अध्यात्मलाई आर्थिक रुपले जेडेर लान सके त्यो फलदाही हुन्छ । उनले आफ्नो संस्था मार्फत त्यही गर्ने गरेकी छिन् । पढेलेखेका तन्नेरी आध्यात्म र साधनामा लाग्दा त्यो वैज्ञानिक हुने धारणा साईमनको पनि छ । ुआखिर पढ्नु किन ु उनी आफैले जवाफ दिए ुहरेक कुरालाई वैज्ञानिक र व्यवहारीक रुपले गर्न लाई हो शिक्षाको आवश्यकता ।ु सायद त्यसैको फल हुन पर्छ अध्यात्मलाई अर्थतन्त्रसंग जोड्नु । उनको बुझाइको सच्चा शान्ति त्यतीबेला आउछ जसबेला हरेक मान्छे अरुको सम्मानमा रमाउछन् । त्यसको लागी साधनामा लाग्न सबैलाई उनको आग्रह छ ।

Friday, March 19, 2010

होस्टल

रमेश न्यौपाने

सर्लाहीका राहुल शाह, १०, एन.के.सिंह मेमोरीएल ईपिएस स्कुल मिनभवनको कक्षा चारमा पढ्छन् । परिवारका अन्य सबै सर्लाहीनै बस्छन् । तर पनि राहुल काठमाडौंमा एक्ला भने छैनन् । उनी स्कुलको होस्टलमा साथीहरु संगै बस्छन् । ‘होस्टलमा बस्दा घरको जस्तै मायालु वातवरण पाईने भएको हुदाँ यहाँको बसाई रमाईलो हुदै छ,’ राहुलले भने ,‘गाउँमा राम्रो पढाइ हुने स्कुलनै छैनन्, त्यसैले काठमाडौं पढ्न आएको हु । सुरुमा कहाँ बस्ने भन्ने समस्या थियो तर अहिले होस्टलले त्यो समस्या दुर गर्देको छ ।’ उनी जस्तै त्यहाँ बस्ने झण्डै चालीस जना छन् । निकै व्यवस्थित दिन चर्या छ उनीहरुको । विहान सबेरै उठेर हात मुख धोइ पढ्न बस्छन् । बिहानको साना संगै स्कुल, अनि स्कुल पछि पनि पढाई, खाना, मनोरन्जन सबै नियमित कार्यसुची अनुसारनै हुन्छ ।  उदयपुर स्थीत आफ्नो घरमा रहदा पढाइ राम्रो नभएपछि कक्षा आठकी प्रतिक्षा बस्नेत, १४, पनि त्यही होस्टलमै बसेर पढ्न आएकी छिन् । होस्टलमा रहदा ‘कम्फर्ट’ महसुस गरेकी छिन् रे उनले पनि । भन्छिन् ‘कम्बाईन् स्टडी र टिचर्सको चौबिसै घण्टा नियन्त्रणमा हुदा पढाइ राम्रो हुदै गएको छ ।’ कडा अनुशासन घेरा भित्र बस्दा पनि सबै खुशीनै । होस्टलको ड्रेस भन्दा अरु कपडा लगाउन नपाईने । त्यसैले सबै एउटै किसीमको पोषाकमा भेटिएका । 

अनुराधा पौडेल, १५, भने एसएलसीको तयारीमा छिन् । स्काईराईडर ई. बो. स्कुल रत्ननगर–१२, चितवनमा पढ्दै गरेकी उनलाई बिहानै ६ बजे स्कुल पुग्नु पर्ने अनि छुट्टी साझ ६ बजे पछि मात्र । के गर्नु त ? सबैले एसएलसीलाई फलामे ढोका भन्छन् । राम्रो अंक आएन भने जीन्दगीनै बेकारको  हुन्छ भन्ने उनलाई राम्रैसंग थाहाँ छ । त्यसैले जाडो न गर्मी कस्सीनै प¥यो । स्कुल भन्दा निकै टाढा रहेको घरबाट आउ जाउ गर्न कम्ती शास्ती भएको थियो र ? तर पाच महिना जति भयो, अनुराधा यो समस्याबाट मुक्त छिन् ।  उनी आफ्नै स्कुलमा रहेको होस्टलमा बस्न लागेकी छिन् । ‘पहीला त घर देखी स्कुल अनि स्कुल देखी घर आउदा जादा नै थाकीन्थ्यो,’ उनी भन्छिन्, ‘अनि घरमा गएर गफ र अलिअलि काममा सघाउदै मात्रमा दिन सकिन्थ्यो, पढाई त गोलमाल ।’ तर होस्टलमा बस्न थालेदेखीको दैैनिकी भने निकै व्यवस्थीत छ । खाजा र खाना सबै समयमा नै हुन्छ । टिउसनको व्यवस्था पनि होस्टलले नै गरेको छ । अनि बाँकी समय सेल्फ स्टडी । कोर्सको पाठ वा हिसाब बुझाईमा केही समस्या भए तुरुन्तै शिक्षकलाई सोध्न सकीने व्यवस्था पनि । क्या मज्जा, ग्रुप डिस्कसनको लागी साथीहरु पनि उपलब्ध हुने ।

स्काईराईडरको होस्टलमा अनुराधासंगै चालीस जना जति बस्छन् । झन्डै तीस जना त केटाहरुमात्र । सबै एसएलसीको तयारीमा रहेकामात्र होइन, साना कक्षाका पनि टन्नै छन् । कक्षा सातका सागर भट्ट, कक्षा तीनकी रक्षा कोइराला पनि त्यही होस्टलमै बस्छन् । के ती तीन वर्षकी रक्षालाई घरको याद आउदैन ? ‘बुवाआमाको याद त आइहाल्छ नी,’ अाँखा रसीलो बनाउदै उनले भनिन्, ‘घर नजिक राम्रा स्कुलनै छैनन्, त्यसैले होस्टलनै बसेर भएपनि राम्रोसंग त पढ्न पर्यो नि ।’

नवलपरासीको क्यानल सेन्टर ई. बो. स्कुल महलवारीका एसएलसी दिनेहरुको पनि अवस्था अनुराधाकै समान छ । १५ वर्षकी पुनम पाण्डे पनि स्कूल होस्टलमै बस्न थालेको सात आठ महिना भैसकेको छ । ‘घरमा धेरै कुराले डिस्टर्व हुन्छ, पढ्नै पाईदैन’ उनी भन्छिन्, ‘त्यसैले होस्टल बस्न थालेकी हु ।’ त्यसो त साना कक्षाका विद्यार्थीहरु क्यानल सेन्टरको होस्टलमा पनि बस्छन् । चारमा पढ्ने नौ वर्षका शिव मुखीया बुवा आमा विदेश भएकाले होस्टल बसेको बताउँछन् । सुरुमा खुब टेन्सन भएपनि अहिले त्यहाको वातावरणमा अभ्यस्त भैसकेका छन् उनी ।

स्काईराईडरका होस्टल वाडेन केशवराज पाठक निकै मायालु छन् । त्यहा बस्ने सबैले खाए नखाएको, स्वास्थ्य अवस्था आदी कुराको सुक्ष्म निरीक्षण राख्छन् उनी । हरेक विद्यार्थीको रिजल्ट पनि केलाउछन् । ‘यहाँ बस्ने सबै बच्चाहरुको अभिभावक म नै त हु नी,’ उनी थप्छन्, ‘कसैलाई पनि बुवाआमाको कमी महसुस नहोस् भन्नेमा पुर्ण सचेत छु ।’ आफ्नो सहजताको लागी पनि होला, होस्टलमा उनले क्याप्टन र भाईस क्याप्टन बनाएका छन् । त्यसरी क्याप्टन हुने अवसर पएका रहेछन् गोरखा बेनीघाटका सुरज श्रेण्ठले । तीन वर्ष देखी त्यही बस्दै आएका सुरजले होस्टलको वातावरण निकै सहज र रमाइलो भएको बताए । कोठा भाडामा लिएर बस्दा थुप्रै समस्या हुन्छन् । खाना पकाउने, भाडा माज्ने, कपडा धुने इत्यादी ।  ‘सबै काम गर्दामै मात्र थाकीन्छ,’ सुरजले थपे, ‘अनि पढ्ने टाईमनै हुदैन ।’अन्त विद्युत कटौती हुदा पनि होस्टलमा भने बत्ती बोलीनै रहने रहेछ । होस्टलमा घर जान नपाएर रुने पनि थुप्रै छन् । स्काईराइडरकी सिर्जना न्यौपाने घर जान भन्दै रुने मध्य पर्छिन् । ‘होस्टलमा सबै राम्रो नै भएपनि घर भनेको घर नै हो’ उनले खुलाइन्, ‘त्यसैले घरको खुब याद आउछ ।’ होस्टलको खाना निकै स्वादिलो । माछामासु, अण्डा, फलफुल सबै नियमीत पाईने । तर पनि घरमा परीवारलाई पकाएको झै समुहमा पकाएको भने नहुने कुरामा सबै सहमत नै छन् । तर पनि खाना खाने समयमा पिकनीककै झल्को आउँछ । सबैजना एकै ठाउँ बसेर खादाको मन्जा नै बेग्लै हुन्छ ।

सुत्दाखेरीको त झने के कुरा । तला–तला गरी लगाइएको बिस्तारा । तर पनि बिस्तारा भने सबैको अलग–अलग । तीन वटै होस्टलमा केटीहरुको लागी भने त्यस्तो तला–तला छैन, केटीहरुको संख्या कम भएकोले । होस्टल शिक्षक प्रदीप पोखरेल सबैको साथी झै रहेछन् । विहानै  उठाउदा खुब माया लाग्छ रे उनलाई । तर पनि जिम्मेवारी हो पुरा गर्नै प¥यो । उनी आफै होस्टलमा विद्यार्थीलाई पढाउछन् पनि । विहानै चार बजे उठे देखी राती दश बजे सुत्ने बेला नहुदासम्म विद्यार्थीको सबै कृयाकलापको लेखाजोखा राख्छन् उनी । 
सधै होस्टलमा पढाई मात्र कहाँ हुन्छ र । कहीले काँही त रमाइलो पनि । फिल्म हेर्ने, घुम्न निस्कने होस्टलबाटै । इपिएसका होस्टल इन्चार्ज दर्शन सुब्बा भन्छन्, ‘होस्टललाई एउटा कम्पलिट हाउसमा हुने सबै ब्यवस्था गरेका छौ ।’ साथीहरु मिलेर एक जनालाई उढायो, जोक्स भन्दै हास्दै ग¥यो अनि कहीले गीत गायो । त्यसमा शिक्षकहरुको पनि साथ रहन्छ । शिक्षक प्रदीप पोखरेल भन्छन् ‘राम्रो पढाईको लागी मनोरन्जनको पनि उत्तीकै खाँचो हुन्छ, त्यसैले हामीले त्यस्तो रमाईलोको लागी पनि समय मिलाएका हौं ।’सन्तानलाई बोडस गरेपछि बुवाआमालाई पनि सन्तोस । नवलपरासीका उज्वल थापाले घरमा बस्दा किलाबै नछुने छोरो होस्टलमा सुध्रीएको अनुभव सुनाए । 

catch its original piece at JUNKIRI child suppliment on Nagarik dated 7th of chaitra.

Sunday, February 28, 2010

HOLI HANGAMA

HOLI 2066

CELEBRATED WITH THE FRIENDS OF ST. XAVIERS COLLEGE, BSC 3RD YEAR. date 2066/11/16

Thursday, February 25, 2010

पढाई एउटा काम अर्कै

orginally published on HELLO SUKRABAAR  suppliment of  KANTIPUR DAILY  dated on 14th falgun,2066
सपना डाक्टर बन्ने रहेपनि एसएलसीको नतिजाले कमर्श क्याम्पस तर्फको बाटो देखायो उनलाई । मार्कसीटमा साइन्सको नंमर सोचे जस्तो नभएपछि डाक्टर बन्ने उनको सपना सधैको लागी सपनानै रह्यो । पढाईमा अब्बल छोरो ब्यवस्थापन पढ्न थालेपछि पक्कै कुनै बैकंको हाकिम बन्ला भन्ने आशा गरेका थिए बुवाआमाले । तर बिबिएस् पनि उनको रोजाईमा परेन । बिदेश जान पाएको सल्लाह लत्याउदै सफल समाजशात्री बन्ने निर्णयमा पुगे र राजधानीको त्रिचन्द« कलेजमा समाजशास्त्र पढ्न भर्ना भए उनी । सानै देखी तृण्ण दिमाग भएको छोरोबाट त्यतीखेर अचम्मीत भए उनका बुवाआमा जतीबेला उनी रेडियोको जागीरको सिलसिलामा बुटवल यात्राको तयारी गर्दै थिए । ‘म जागीरको लागी बुटवल पँुगीसक्दा पनि कसैले पत्याएनन्’ उनी भन्छन्, ‘सबैले मजँकमात्र गरेको ठाने ।’ उनै किरण मरहठ्ठा, ३०, अहिले एबिसी टेलिभिजनमा कार्यरत छन्, प्रमुख कार्यक्रम उत्पादकका रुपमा । रेडियो पत्रकारीतामा लामो अनुभव पछि अहिले राजनीतिक दलका नेता देखी खेलाडी, अर्थशास्त्री सबैलाई तिखो प्रश्न प्रहार गर्न व्यस्त छन् ।

आईकम अनी बिएमा समाजशात्र पढेको मान्छे किन मिडिया तिर लागेको त ? किरण हासे ‘जिवनमा नसोचेको कुरा धरै हुदो रहेछ’ । ‘डाक्टर बन्न नपाएदेखी नै मनमा चैन थिएन,’ जिटपानी चितवनका मरहठ्ठाले बिगत सम्झीए, ‘ठिक त्यसै बेला आएको एउटा दरीलो प्रस्थाव अस्वीकार गर्ने भन्ने कुरै भएन ।’ कुरा आठ बर्ष अघिको हो । मोफसलको राजधानी मानीने बुटवलमा पहिलो पटक एउटा रेडियो स्टेशन खुल्दै थियो । जीवनको मोडनै बदल्ने गरी त्यता लागे उनी । बुटवलको रेडियो इतिहासमै उनको जस्तो उच्च छबि आजसम्म कसैले पनि बनाउन सकेका छैनन् । ‘आखिर सकिदो रहेछ त सफल हुन, बिषय परिवर्तन गरेपनि’ लजालु पारामा किरण मुस्कुराए, ‘सबैभन्दा ठुलो कुरा काम प्रतिको लगान हो ।’ त्यसो त सफल हुनमा आफ्नो ‘इन्ट्रेस्ट’ अनुशारको कामले पनि ठुलो भुमीका खेल्ने किरणको अनुभव छ ।

चौधरी ग्रुपमा मार्केट एक्जुकेटिभको काम गर्ने ध्रुब पुजाँली,२४, पनि अध्ययन अनुसारको काम नगर्नेकै सुचीमा पर्छन् । राजनीति शास्त्रमा स्नातकका यी विद्यार्थी भन्छन्, ‘काम खोज्दै थिए, जे पाईयो त्यही गरे । बेरोजगारीले सताएको बेला विषय अनुकुलको भए नभएको हेर्ने फुर्सद थिएन ।’ मध्य वानेश्वर काठमाण्डौ बस्ने ध्रुबले पढाई अनुसारको काम नगर्दा केही समस्या पर्ने अनुभव संगालेका रहेछन् । ‘सैद्धान्तिक ज्ञान फिटिक्कै नहुदा केही दिन त धेरै अफ्ठेरो भयो । केही नजानेको असाक्षर झै पो भैइदो रहेछ,’ उनले निसंकोच खुलाए, ‘म त हार खाएर जागीरनै छोडौ झै भएको थिए । तर पछि गर्दै जादा सिकीयो र अहिले चाँही खासै समस्या छैन ।’ त्यसो त प्राइभेट सेक्टरको जब भएकाले पनि हुन सक्छ त्यति विध्न समस्या परेको उनलाई । तर पनि जान्दै नजानेको नितान्त नयँ“ क्षेत्रमा काम गर्दाका दौरान केही अफ्ठेरा आईलाग्नु भने खासै अस्वभाविक होईन ।

यह“ा पढाई अनुसारको काम पाउन निकै मुस्किल छ । शौक्षिक बेरोजगारहरु घर घरमै भेटिन्छन् । कामनै नपाएर भैतारिएकाहरुले जँ“गीरका लागी कामको प्रकृती हेर्ने कुरै भएन । फेरी रोजगार प्रदाएक संघसंस्था पनि ‘हाम्रा मान्छे’ र ‘सस्ता मान्छे’ कै खोजीमा मात्र हुन्छन् । संबन्धित विषयका दक्ष वा ज्ञान भएकाहरुको खोजी खासै हुदैन ।

यसरी बिधानै परीवर्तन गर्दा सधै समस्या र घाटा मात्र च“ँही पक्कै पर्दैन । किरण सबै पढाई र ज्ञानलाई किनारा लगाई मिडीयँ“मा हाम फालेको कुरामा कत्ती पछुतो मानेका छैनन् । बरु जीवनकै महँत्वपूर्ण र सार्वधिक ठिक निर्णय मान्छन् यसलाई । ‘कुनै बेला कसैको दबाब वा कमजोर निर्णय क्षमताले गर्दा आफ्नो रुची बेगरको बिषयमा पनि सम्झैता गर्न पुगीन्छ जसले जीवनलाईनै अन्यौल ग्रस्त बनाईदिन पनि सक्छ ।’ उनले थपे, ‘त्यस्तो बेला बाटो परीवर्तन गरी आफ्नो रुची तिर लाग्दा धेरै लाभदायक पनि हुनसक्छ ।’ उनले आफ्नो जीवनमा पनि त्यस्तो अनुभव संगालेका छन् । हास्दै भने ‘म पनि त बाटो बदलेर नै त सफल भए ।’ ध्रुब पनि किरणभैm समान विचार राख्छन् । आफुु पनि पढाई अनुसारको काम खोज्दै बसेको भए आज सँम बेरोजगारनै रहिन्थ्यो कि भन्ने लाग्छ रे, घरिघरी उनलाई । बरु ध्रुब अब च“ँही आफ्नो काममा सहयोगी हुने तालीम गर्ने सोचमा छन् । ‘यहा“ पढाई अनुसारको काम होईन, काम अनुसारको पढ्नुु उचित हुन्छ ।’ ध्रुब योजना बनाउ“छन्, ‘काम पाईसके पछि त्यस काममा पूर्ण हुन लिईने तालीमहरु धेरै फलदायक हुन्छन् ।’

Monday, February 22, 2010

हिंसा त्याग्ने सङ्कल्प

जिल्ला हो नवलपरासी । दुम्किबास गाविसमा पर्छ प्रख्यात दाउन्ने देविको मन्दिर । मन्दिर पुग्न धेरै उकालो चढ्न पर्छ । महेन्द«राजमार्ग छोडेर मन्दिरतिर उकालो चढ्दा विचमा एउटा वौद्ध गुम्वा भेटिन्छ । गुम्बामा स्तम्भकार पुग्दा झन्डै सयका संख्यामा रहेका बालबालिकाहरु सामुहिक खाना खाँदै थिए ।

लगभग सबै बालबालिका उस्तै भेषमा देखिन्थे । पहेलो रङ्गको सर्ट , टिसर्ट अनि कलेजी रङ्गको पाइन्ट वा स्कट । सबैको केश मुण्डन थियो । अब त तिमिहरुले अनुमान लगाइसक्यो होला यि को हुन भनेर । हो , यिनिहरु वौद्ध धर्मावलम्वी शिष्या हुन् । यिनिहरु यही गुम्बामा बस्छन् र गुम्बाले संचालन गरेको बिद्यालयमा पढ्छन् । स्कुलको नाम हो अहिंसावादी महावौद्ध अनाथ नि. मा . विद्यापिठ । यो स्कुल दुम्किबास गाविस – ५ दाउन्नेमा रहेको छ । पढ्ने विद्यालय र बस्ने गुम्बा बिचको दुरी झण्डै ३०० मिटर जति रहेको छ ।
बारा रतनपुरका पेमा छिरिङ भर्खर १३ बर्षका भए । उनी पनि यही स्कुलमा पढ्छन कक्षा ६ मा । भविष्यमा धर्मगुरु (लामा) बन्ने आकांक्षा छ यीनको । लामा बन्ने उद्देश्य पुरा गर्न चार बर्ष अघी यो विद्यालयमा भर्ना भएका हुन रे पेमा ।

तिमीहरु ठुलो भएर के बन्ने सपना संगालेका छौ त ? डाक्टर , इन्जिनियर , पाइलट वा अरु यस्तै । तर तिमीहरु धेरैको सपना धर्मगुरु बन्ने चाही पक्कै छैन होला हैन ? धर्मप्रति जनमानसमा रुची खस्की रहेका बेला पनि किन धर्म गुरु बन्न खोजेका पेमा ? र्, पुण्य कमाउन , अनाथलाई सहयोग गर्न ’उनी भन्छन् , ‘मान्छे सुमार्गमा डो्याउने भनेकै धर्मले हो ।’ आजकाल अक्सर मान्छेहरु धर्म भुलेर आफ्नो निहित स्वार्थका लागी जे पनि गर्ने गरेको देख्दा पेमाको मन दुखेको रहेछ ।
त्यसो त भर्खर दुई कक्षामा पढ्ने दिसे दोर्जेको सपना पनि पेमाको झै लामा बन्ने नै रहेछ । उनी गोरखाका हुन् । भर्खर दश बर्ष पुग्दै गरेका दोर्जे पनि अहिंसावादी महाबौद्ध अनाथ नि मा विद्यापिठमै पढ्छन । ‘मान्छेलाई सुर्मागमा हिडाउने एकमात्र शक्ति भनेकै धर्म भएकाले म धर्मगुरु बन्न आएको हुँ ।’ पेमा झै समान बिचार राखे उनले ।

आखिर यो विद्यालयमा के पढाई हुन्छ त ? जान्ने मन लाग्यो होला होइन ! तिमीहरुले अरु विद्यालयमा पढ्ने सबै बिषय यिनीहरु पनि पढ्छन । मात्र एउटा बिषय थप हुन्छ लामा लिपि । यिनिहरु यो बिषयमा धर्मका कुरा पढ्छन । बौद्धहरुको लिपि ( लामा लिपि ) का अक्षरहरु चिन्दछन् । धार्मिक कुरा पढ्ने हुदाँ अरु बिषयमा कमजोर हुन्छन् कि ? अंग्रेजी शिक्षक प्रदिप गोले भन्छनर्् विद्यार्थीहरु अनुशासित हुने हुँदा अरु विषयमा पनि उत्तिकै ध्यान पु्याउछन् ।’ ललितपुरका गोले यो विद्यालयमा आउनु अघि अन्यत्र पनि पढाएका रहेछन् । यिनको अनुभवमा यहाँका विद्यार्थीहरु धेरै अनुशासीत र जिज्ञासु स्वभावका छन् रे । त्यसमा शिक्षिका पुजा राई पनि सहमत भईन् । उनी पनि दुई बर्ष अघि यहाँ नआउँदै अन्य बोर्डीङ्ग स्कुलमा पढाएकी रहिछन् । विज्ञान पढाउने राई भन्छिनर्र्् विद्यार्थीहरुले शिक्षकको हरेक आदेश मान्छन् । शिक्षिकालाई धेरै आदर गर्छन्’ उनले भनिन् । सायद यहि भएर होला पढाईमा पनि लगनशिल नै छन् ।

तिमीहरु बिहान उठेर के गर्छौ ? हातमुख धोइ खाजा खाने । एकछिन पढ्ने अनि खाना खाएर स्कुल जाने । यहि होइन त ! तर यहाँका साथीहरुको दैनिकी अलि फरक छ । बिहान चारै बजे उठेर सरसफाइ सकेपछि गुम्बालाई फन्को मार्छन । एकपटक गुम्बा पुरै घुमेपछि प्रार्थना गर्छन् । प्रार्थना र भगवान बुद्धको ध्यान पनि गर्छन उनीहरु हरेक बिहानमा । अनि बल्ल नास्ता खाने बेला हुन्छ । उनीहरुको नास्तालाई थुप्पा भनिन्छ रे । अनि त आफ्नो पढाई सुरु हुन्छ । टिउसन पढ्छन उनीहरु नास्ता सकेपछि । खाना खाएर स्कुल पुग्दा बिहानको दश बजेको हुन्छ । चार बजे सम्म स्कुलमै पढ्छन । स्कुलबाट फर्केर एकछिन आराम गर्छन । कोही गुम्बाको केही काम भए काममा पनि सघाउँछन् ।

अनि साँझ ६ बजे फेरि सुरु हुन्छ प्रार्थना । त्यसपछि बल्ल खाना । अनि त पढ्न मन लागे पढ्ने नत्र सुत्ने । आखिर दिनको २– २ पटक प्रार्थना किन त ? ज्योमो दिसे छोग्योलोमो भन्छिनर्् प्रार्थनाले मनमा शान्ति दिन्छ , तनमा आनन्द दिन्छ । ’ ज्योमो गुम्बामा प्रबचन दिने , ध्यान सिकाउने गर्छिन् । उनको उमेर ४६ बर्ष पुगी सक्यो । १७ बर्ष देखि नै गुम्बामा बस्न लागेकी हुन रे उनी । यिनको पनि आफ्नै कथा छ । यिनकी आमा र बुवाको प्रेम विवाह भएको थियो रे । तर पनि पछि फेरी वुवाले दोस्रो विवाह पनि गरेछन् । त्यसपछि उनलाई दिक्क लागेछ र्। संसार भनेको नक्कली माया मात्र रहेछ । ’उनी भन्छिन र्, फ्रस्टे«ट भएर गुम्बा पसेकी हँु । ’ के सबै फ्रस्टे«ट भएरै गुम्बा पसेका हुन त ? पेमाको घरमा आर्थिक अबस्था कमजोर भएकोले उनले पढ्न पाएनछन । अनि फेरि सानै देखि उनी धार्मिक स्वभावका पनि रहेछन् । त्यसैले गुम्बामा आएको रे । हुन पनि गुम्बामा पढाई सबै निशुल्क हुँदो रहेछ । बसेको खाएको पनि पैसा नलाग्ने । सायद यहि भएर होला , यहाँ बढि बालबच्चाहरु आर्थिक अबस्था कमजोर भएको परिवारबाट आएका छन् ।

यहाँका साथीहरुको अर्को पनि एउटा राम्रो बानी छ । उनीहरु माछा मासु खादैनन् । उनीहरु अहिंसावादी हुन । विद्यालयको नाम फेरि ख्याल गर त ! अहिंसावादी महाबौद्ध अनाथ नि. मा. विद्यापिठ । बाँकि त अब आँफै पनि बुझ्यौ होला है ।

It was orginally published on JUNKIRI  suppliment of  NAGARIK  DAILY  dated 7th kartik, 2066