Showing posts with label features. Show all posts
Showing posts with label features. Show all posts

Friday, May 6, 2011

दुरीले नछेक्ने काम

रमेश न्यौपाने
orginally published on KANTIPUR daily's friday suppliment hellosukrabaar
जागीर अब १०–५ को काम मात्र रहेन । सुचना प्रविधिको विकास सागै हाम्रो दैनिकीमा सहजता मात्र हाएको छैन, अर्थोपार्जनको नया अवसर पनि त्यसैगरीनै जुटिरहेको छन् । आफु बसिरहेको एउटा कुनाबाट दुरदराजको कुनै व्यक्तीको लागी काम गर्नु पनि सम्भप छ – आउटसोर्सिङ मार्फत ।

त्यसैका एक अनुभवी हुन् नयाा बानेश्वरमा बस्दै आएका गुल्मीका ध्रुब ज्ञवाली । उनी कम्प्युटर प्रोगामर हुन् जसको सामान्यझै आफ्नो कार्यालय समय पनि छ । तर त्यसलेमात्र उनको आमदामीको काम गरिराखेको छैन । व्याक्तिगत तवरबाट आउने थुप्रै सफ्टवेयरहरु र वेबसाइटहरु पनि बनाउछन उनी । ९ वर्ष देखि सफ्टवेयर बनाउन थालेका ध्रुबले आजसम्म दर्जनौ सफ्टवेयर र वेब साइट बनाइ सकेका छन । भन्छन्, ‘अहिले पनि म भिन्न किसिमका सफ्टवेयर निर्माणमा व्यस्त छ’ु । पछिल्लो पटक चर्चामा आएका केहि सफ्टवेयर पनि उनले बनाएका छन । झण्डै २ वर्ष अगाडि नेत्रहिनहरुको

Saturday, April 9, 2011

स्वतन्त्रत जीवन

बिद्यालयको सा“घुरो घेराबाट कलेज जीवनको स्वतन्त्रतामा प्रवेश गर्नु जीवनकै एउटा स्वर्ण समय हो । यसको ब्यवस्थापन जिम्मेवार र लगनशील भएर गर्न सकियो भने मात्र जीवन सुन्दर हुन्छ । नत्र जीवन बिग्रने र कुमार्गमा फस्ने बेला पनि यही नै हो ।’

रमेश न्यौपाने

यस बर्षको एसएलसी परिक्षा पनि सकियो । झण्डै ५ लाख बिद्यार्थी फलामे ढोकाको परिक्षामा सहभागि भएर जीवनको दोस्रो पाटोमा प्रवेश गरेका छन् । उनीहरुको फ्रिडम लाइफ प्रारम्भ हु“दै छ । ति सम्पूर्ण साथीहरुलाई ‘वेलकम टु फ्रिडम लाइफ’ । झोला बोकेर १० देखि ४ बजेसम्मका स्कुल अनि धेरै घण्टाका झन्झटिला ट्युसन र राती अवेरसम्मको जागराम सबै यही स्वतन्त्रता प्राप्तीको लागि थियो । अर्थात ‘फलामे ढोका पार गर्न ।’ यसै मेसोमा रहेर उपत्यकाका चार जना जेहेन्दार छात्र–छात्रास“ग भलाकुसारी गरीएको छ, जसले बिद्यार्थी जीवनका यी फरक पाटोलाई सजिलै झल्काउ“छ ।



ओमेगा इन्टरनेसनल हाई स्कुल, कुमारीपाटी, ललितपुरकी आरक्षा शाक्य एसएलसी सकेपछि आफूलाई अर्कै संसारमा प्रवेश पाएको अनुभव गर्दैछिन् । ‘हुन त केही हप्ता अघिभन्दा अहिले त्यति धेरै परिवर्तन आइसकेको त होइन, तर पनि मनोवैज्ञानिक असर पर्दो रहेछ’, उनको अनुभव सुन्दैमा लाग्थ्यो अघिको बाटो अब बेग्लै तरिकाको हुनेछ जुन स्कुले जीवनमा थिएन । स्कुल पढ्दाका ति दिन कहिल्यै आफ्ना वास्तविक चहाना अनुसार रहेनन् । ‘न त कहिल्यै प्रयाप्त ‘एक्सपोजर’ गर्ने अवसर नै हुन्थ्यो’, भन्छिन्, ‘काठमाण्डु छाडेको भनेको स्कुलले लगेको पोखरा भ्रमण मात्र हो ।’ त्यसबेला पनि शिक्षकहरुकै योजनामा पूर्ण भर पर्दै हिंड्नु पथ्र्यो । उनले खोजेको स्वतन्त्रताको अनुभव बल्ल गर्न पाउलिन् जस्तो छ । ‘यस बिचमा स्वतन्त्र भएर पश्चिम नेपालका दुर्गम गाउ“हरु घुम्ने रहर छ’, आरक्षाले बताइन् । एसएलसीकै चापले कहिल्यै उनी पढाई बाहेकका आफ्ना अन्य रुचिमा समय दिन पाइनन् । उनमा ती चहानाहरु सधै मनभित्रै दबिएर रहे । ‘तर’, भन्छिन्, ‘परिक्षा सकिएकै भोलिपल्ट स्कुलमा भएको अभिभावक दिवसमा बिना तयारी गएर नाचियो ।’ परिक्षाकै कारण कत्ति चाडपर्व र पारिवारिक जमघट मिस गर्नु परेको आफ्नो व्यथा उनले सुनाउदै भनिन्, “अबको केही समय मात्र परिवार र इस्टमित्रसंग विताउदै छु ।”

Saturday, April 2, 2011

सँगैसँगै हुर्किएका जोडिहरु

हेलो शुक्रबारसँगैसँगै सम्बन्ध गासिएका केही प्रतिनिधि जोडिहरु जसले आफ्नो सम्बन्धलाई प्रेम, विश्वास, साझेदारी र लगनशिलतासँगै  अघि बढाए



अंग्रेजीमा ‘कन्सिट’ नाम गरेको एउटा शब्द बिम्बको रुपमा खुबै चर्चित छ जसको अर्थ ‘दुई फरक धरातलका बस्तुहरु जबरजस्त एक हुनु’ भन्ने हुन्छ । त्यही बिम्ब दिलिप पौड्याल, ३२, र उनकी जीवनसाथी शारदा गौतम पौड्याल, २७, सँगको जीवनमा धेरै हदसम्म मेल खान्छ, उनीहरुकै विचारमा । यद्यपि फरक धरातलमा आधारित रहेर स्थापित भएता पनि त्यो एउटा सुन्दर, सुखद र सफल जीवनको नमूना पनि छ । 

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेजमा अंग्रेजी बिभाग प्रमुख दिलिपको घर बाग्लुङ जिल्लाको दगातुम्डाडा गाउमा छ जहाँ उनी गाईभैंसी चराउदै र घासदाउरा गर्दै हुर्किए भने काठमाण्डुको सामाखुसी घर भएकी शारदाको बाल्यकाल भारतको देहरादुनमा बित्यो । त्यहीबाट स्कुले जीवन पूरा गरेकी उनी पछि काठमाण्डु आई त्रिचन्द्र क्याम्पसबाटै भूगर्भशास्त्रमा स्नातकोत्तर त सकिन् तर गाउ“बस्तीस“ग उनको लामो सामिप्यता कहिल्यै रहेन । जीवनको संयोग नै मान्नुपर्छ ती फरक धरातलमा हुर्किएका यी दुई अहिले श्रीमान–श्रीमती छन् । उनीहरुको मागी विवाह हो । ‘तर विहेको प्रशंग उठेपछि विहेपूर्व नै हामीबिच प्रेम सम्बन्ध स्थापित भयो ।’ दिलिपले भन्दैगर्दा साथै रहेकी शारदाले हास्दै जोडिन्, ‘त्यसैले मागी प्लस प्रेम विवाह ।’ होली मनाउन काठमाण्डु छिरेका यी जोडिसँग हालैको एक बिहान साटिएको झण्डैं ३ घण्टे गफगाफ आफैमा रोचक थियो । सायद कुनै सेलिब्रिटीको हुदो हो त ट्याब्लोइडहरुमा निरन्तर छाइरहने जस्तो । 



‘...काठमाण्डु बाहिर बस्न सक्दिन, ...मन नपर्ने पेशा टिचिङ’, विहे पहिलेको कुराकानीमा शारदाले भन्ने गरेको कुरा दिलिप अझै सम्झन्छन् । तोकिएका दुवै दायरासँग दिलिप फेल खाइसकेका थिए । भन्छन्, ‘सायद त्यो आत्माहरुले नै  तय गरेको सम्बन्ध थियो र हामी जीवनसाथी बन्यौ ।’ त्यसबिचमा इन्टरनेट र मोवाइलले उनीहरुबिच मध्यस्तताको काम ग¥यो जसले धेरै नजिकबाट एकअर्कालाई परिचित गरायो पनि ।

विहेपछिको शारदाको पहिलो गाउ यात्राले एउटा नया दुनियासँग परिचित गरायो । ‘त्यो बिकट पहाडमा गाडिमा यात्रा गर्नु नै साहसीक काम मानिदो रहेछ’, शारदा सम्झन्छिन्, ‘गाडिको छानासँग बारम्बार टाउको ठोक्किने ।’ हिड्दा त उनको खुट्टामा निकै फोहरा उठिसकेका थिए । दिलिपलाई त लागिरहेको थियो शारदा यो बिजोग देखेर रुनेछिन् । यद्यपि दिलिपसँग विहे अघि भएका कुराकानीले नै उनलाई वेग्लै उर्जा दिएको थियो जसका कारण त्यसलाई उनी सहजै पचाउन सकिन् । दिलिप भन्छन्, ‘च्याटिङ र फोनमा उनले कहिल्यै धनसम्पत्तिबारेको कुरा गरिनन् । उनको ध्येय मेरो प्रकृति र बानीव्यवहार वुझ्ने मात्र हुन्थ्यो ।’

के पढ्दै छन् नेताहरु ?


नेताहरू पढ्दैनन् भन्ने भनाइ सडक बजारमा जतासुकै सुनिन्छ । कम बुद्धि र ज्ञानमै देशको भारी बोक्न बाध्य भनिएका यिनै नेतामध्ये केही छन्, जो पुस्तकलाई प्रेम गर्छन् र ज्ञानको खोजी गर्छन् । यसैले यिनले नेताको खराब छविकै बीच पनि अध्ययनशीलको छवि बनाएका छन् । र, यिनको विद्वताको झलक यिनका भाषण र लेखमा पनि देखिन्छ । ठूला पार्टीमा यस्तो छवि बनाएका केही नेताका पुस्तक र अहिलेको पढाइबारे रमेश न्यौपानेको रिपोर्ट 

नेताले पनि पढ्छन् वा पढेका नेता पनि छन् भन्नुपर्‍यो भने धेरैले सबभन्दा पहिले लिने नाम हो, डा. बाबुराम भट्टराई । कुनै बेलाका एसएलसी बोर्ड फस्ट यी विद्यावारिधि नेताको पढ्ने बानी अहिले पनि उस्तै छ । संविधानसभाको सबभन्दा ठूलो दल माओवादीका उपाध्यक्षका रूपमा उनको दीर्घकालीन र दैनिक कामको छुट्टै रुटिन छ । तर, व्यस्तताका बीच पनि उनी पढ्ने समय निकाल्छन् ।

'म राति खाना खाएपछि २-३ घन्टा ओछ्यानमै पढ्छु, पढ्नका लागि यो उपयुक्त समय हो,' उनी भन्छन् । दिउँसो पढ्ने समय निकाल्न नसक्ने सबै पेसाका मान्छेलाई यो समय पढ्न राम्राे हुने उनको सुझाव छ । 'सबै पेसाका मान्छे व्यस्त हुन्छन्, नेताले मात्र पढ्ने समय नपाउने होइन,' प्रायः नेताले पढ्ने समय पाइएन भनेर गर्ने गरेको गुनासोका विषयमा उनले भने, 'समय आफैं हुने होइन, व्यवस्थापन गर्न सक्नुपर्छ ।' उनी प्रायः राति १२/१ बजेसम्म पढ्छन् । 'कहिलेकाहीँ त पूरै रात पनि पढेको छु,' उनले सुनाए । बेलायती लेखक स्टफेन हकिङस भट्टराईका पि्रय लेखक हुन् । 'उनको अ बि्रफ हिस्ट्री अफ टाइम आजसम्म मैले सर्वाधिक रुचाएको पुस्तक हो,' उनले भने । उनी अहिले हकिङ्सकै पुस्तक 'ग्रान्ड डिजाइन' पढिरहेका छन् ।



originally published at Koseli, kantipur.

Saturday, August 28, 2010

हातहातमा इन्टरनेट

बानेश्वरकी विनिता कार्की, २३, छ महिनाअघिसम्म हप्तामा तीनपटक जति साइबर धाउँथिइन् । इन्टरनेटका कारण आफ्नो प्रेमी अमेरिकामा उडेको वर्ष दिनमा उनले आफूलाई एक्लो महसुस गरिनन् । तर, साइबर धाउने बानी भने फेरिएको छ । कारण हो, नेपाल टेलिकमको जीपीआरएस सेवा । यो सेवाबाट मोबाइलमै इन्टरनेट चलाउन पाउने भएपछि साइबर जानु परेन । भन्छिन्, 'हातमै इन्टरनेट भएपछि किन साइबर धाउने ?' 

दसवर्षे युद्धपछि 'क्रान्ति'लाई थाँती राखेर नेकपा माओवादी सरकारमा आयो । सञ्चारमन्त्री भएका 'कमरेड' कृष्णबहादुर महराले आर्थिक वर्ष २०६३/६४ मा नयाँ कार्यक्रम ल्याए, 'हात हातमा मोबाइल, घरघरमा इन्टरेन ।' त्यही कार्यक्रमले बनाएको जगमा तीन वर्षमा नेपाली 'इन्टरनेट गाथा' निकै अघि बढिसकेको छ । घरघरमा इन्टरनेट होइन, इन्टरनेट हातहातमा आइपुगेको छ । 

गत चैत मसान्तको तथ्यांकअनुसार यसरी मोबाइलमा इन्टरनेट चलाउनेको संख्या करिब ८ लाख छ । जसमा एनसेल उपभोक्ताको संख्या सबभन्दा बढी छ । एनसेलका ६ लाख ४६ हजारभन्दा बढी ग्राहक मोबाइलमा जीपीआरएस जडान गरेका छन् । त्यस्तै नेपाल टेलिकमका १ लाखभन्दा बढी ग्राहकले यो सेवा लिएका थिए । नेपालमा इन्टरनेट पहुँच भएका झन्डै ९ लाख ५० हजारमध्ये ७ लाख ५० हजारले मोबाइलबाट चलाउँछन् । बजारमा उपलब्ध वाइफाईको सहायताले पनि इन्टरनेट चलाउने धेरै छन् । 

मोबाइलमै इन्टरनेट चलाउन थालेपछि धेरैको दैनिकी सहज भएको छ । चौधरी ग्रुपमा सेल्स एक्जुकेटिभको काम गर्ने धु्रव पुञ्जाली यीमध्ये एक हुन् । उनी भन्छन्, 'दिनभरि काम गर्‍यो, व्यस्तताले इमेल चेक गर्न पनि शनिबार कुर्नुपथ्र्यो । कति इमेल त्ा आएका थाहै हुन्थेन ।' अहिले उनी त्यो समस्याबाट मुक्त छन् । छिनछिनमा इमेल चेक गर्नेमात्र होइन, फेसबुकमा 'इस्टाटस् अपडेट' गर्न पनि भ्याएका छन् । एकैछिन फुर्सद हुनासाथ उनले इन्टरनेट खोल्ने गरेको बताए ।

Thursday, April 29, 2010

घुमौं सौराहा


काठमाण्डौंबाट ४ घण्टाको दुरी । आफ्नै साधन छैन भने कलंकीमा जानुस्,नाराणघाटसम्मको माइक्रो पाइन्छ(भाडा रु २५०) त्यसमा चढ्नुस । र,नारायणगढ उत्रिएपछि टाढी सम्म जाने बस पाइन्छ । रु.२६ भाडा दिनुस र अब तपाई सौराहा गेटमा ओर्लिनुस्,त्यहा“ टायर गाडा(५० देखि १०० रुपैयासम्ममा)ले सौराहा बस्तीमा पु¥याइदिन्छ ।होटलहरु प्रशस्तै छन्,तर खालि नहुन सक्छन त्यसैले पहिले त्यो बुझ्नुस् । त्यसपछि त्यहा“ उपलब्ध सुविधाबारे बुझ्नुस् । अब व्याग राखेर एकैछिन रिफ्रेसमेन्टको लागि होटलबाहिर टहलिनुस् ।

अब भाडामा साइकल लिनुस्,अनि साइक्लिङको मज्जासंगै पुग्नुस्,थारु म्युजियम,जीवजन्तु राखिएको ल्याव,हत्ति प्रजनन केन्द्र,अन्र्तराष्ट्रिय हात्ति प्रतियागिता हुने ठाउ“ । र,सा“झ पर्न लागेपछि पव(खोलाको तीर) जानुस् । इलिफेन्ट सावर(हात्तिको ढा“डमा चढेपछि उसको सुढले पानी फ्य“ाकेर नुहाइदिन्छ) लिनुस् ।


आएर पवमा रहेको मेचमा पल्टिनुस् । चाहेको खानेकुरा खानुस्,केही महंगो हुनसक्छ मेनु हेरेर खल्ती विचार गर्नुृस् ।(पवमा १००० खर्च गर्नुभयो भने तपाई भरपुर रम्न सक्नुहुन्छ ।)


फर्केपछि बेलुकी साढे ७ या ८ बजे थारु कल्चरल प्रोग्रम हुन्छ,होटलवाललाई भनिराख्नुस् । जानुस्,थारु सांस्कृतिक कार्यक्रम हेर्नुस् । भोलिपल्ट हात्ति चढ्न होटललाई बेलुकै भन्नुस् । बिहानै हात्ति चढ्न जानुस् ।



टिकट दर रु.५ सय (स्वदेशीका लागि) र १५ सय रुपैया (विदेशीका लागि) । होटलमा बस्नु भएको छ भने त्यही सम्पर्क राख्नु, उनीहरुलेनै टिकटको व्यवस्था गर्छन् । नत्र हात्ती सफारी काउन्टरमा जानुहोस ।



अब होटल छेउको कुनै ठाउमा तपाईलाई होटलकै सहयोगिले लगिदिन्छन्,चढ्नुस् । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेशको लागि छुट्टै २० रुपैया तिर्नुपर्छ । अब निकुञ्ज पसेपछि हेर्दै लोभलाग्दा एक सिंहे गैडा मयुर ,जरायोजस्ता जीवहरु भ्ेटिन्छन् । त्यह“ा हात्ती सफारीको लागी दुइटा समय छुट्टाइएको छ, विहान ६ बज अनि दिउसो २ बजे । निकुन्ज भित्र दुइ देखी तीन घण्टा सम्म रमाउन पाउनु हुनेछ । तर पनि बिहानको समय धेरै ठिक, घामले नपोल्ने हु“दा भ्रमण थप उल्लासमय हुनेछ ।



अब तपाईलार्य हात्तिले ओराल्ने ठाउमा तपाई बसेको होटलबाट जीप लिन आइराखेको हुनेछ,फर्कनुस् । अनि खाना खाएर उही बाटो काठमाण्डौं आउने तयारी गर्नुस् ।

published orginally on  HELLO  SUKRABAAR supplement of KANTIPUR DAILY dated 17th baisak, 2067





Saturday, March 27, 2010

विश्वदीपको विश्व

i
न्ोपाली  राजनीतिमा पछिल्लो पटक संम्भवत सर्वाधिक उच्चारण गरिएको हुनुपर्छ ुबाह्र बँुदे सहमतीु । त्यही सहमतीको साँचोले देशमा शान्ति र परिवर्तनको अग्रगामी ढोका खोलेको थियो । विपरीत ध्रुबका दुई शक्तिहरु तत्कालीन विद्रोही माओवादी र संसदवादी मुलधारका राजनीतिक दलहरु बीच भएको त्यो सहमतीलेनै नेपालमा गणतन्त्रको जग वसाल्यो । माओवादीलाई शान्तिवार्तामा ल्याउने त्यो सहमतीको पछाडी धेरै नेताहरुको नाम जोडियो होला तर सहमती सँगै जोडिएको तर ओझेलमा परेको एउटा महत्वपूर्ण पात्र हन् विश्वदीप पाण्डे २५ । दिल्लीस्थीत एक नेपालीको घरमा भएको त्यो सहमतीपत्रको ड्राफ्ट उनै पाण्डेले टाईप गरेका थिए । नेपाली राजनीतिको केन्द्रको वरिपरि रहेर उनले यस्ता ऐतिहासिक कालखण्डहरुमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

आठ वर्ष अघि संगै एसएलसी सकेका साथीहरु उच्च शिक्षाको लागी काठमाडौं हान्निसकेका थिए । कतिले त बुटवलमै पनि पढे । तर उनलाई त्यो अवसर जुरेन । युद्धकालीन समय थियो । बुवा तत्कालिन विद्रोही माओवादीका केन्द्रीय सदस्य भएकाले पनि होला सेनाको उच्च निगरानीमा पर्थे उनी । त्यसो त उनी आफै पनि अखिल क्रान्तिकारीका जिल्ला सदस्य थिए त्यसबेला । आफु माथीको सधैको खानलासी र अनावश्यक निगरानीले १७ वर्षे केटौले उमेरमा निकै हैरान भएका थिए । त्यसै बेला भुमिगत भएका बुवाको फोन आयो २०५९ साल असार ताका । युद्धविरामको समय भएतापनि सचेतना पुर्वक भेट्ने कार्यक्रम तय भयो बुवासंग रुपन्देहीको इटाभटीमा शहिद गणेश ढकालको घरमा ।

वुवासँगको त्यो गोप्य भेटले जीवनको लक्ष्य र बाटो वद्लिदिए जस्तो लाग्छ उनलाई । त्यो भेट यस्तो महत्वपुर्ण भेट सावित भयो जसको कारण नेपाली राजनितीको केन्द्र वरिपरि रहेर आजपर्यन्त काम गरिरहेका छन् पाण्डे । भ्ोट्नासाथ बुवाले भाग्यमानी रहेछस् महत्वपुर्ण ठाँउमा जाँदैछस् भन्दै अङ्गालेको आजै जस्तो लाग्छ रे उनलाई । महत्वपुर्ण ठाँउ जान गोरखपुर हुँदै लखनउसम्मको यात्रा तय गरे उनले कहिले रेलमा कहिले वसमा । लखनउमा माओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्राईसंग जम्काभेट भयो उनको । सुरुमा नपत्याए पनि पछि थाहा भयो उनी डा। बाबुरामको सहयोगीको रुपमा काम गर्दैछन् अब । त्यसबेला डा। बाबुरामल्ो भनेको शब्द सम्झदा अझै पनि भावबिभााेर हुन्छन् उनी । ु अहिले हिसिलासंग जानु बाँचेर आए भनेफेरि भेटौलाु डा। बाबुरामले तात्कालिन समयमा जारी शान्तीवार्ताको अन्तिम चरणमा सहभागी हुन निस्कदै गर्दा भनेका थिए । अनि डा। वावुराम काठमाडौं आए उनी दिल्ली लागे हिसिलासँगै ।
दिल्ली पुगेपछि तीन तले घरको एउटा फ्याटमा बस्न थाले हिसिलासंग । कम्युटर चलाउन सिके अंगे्रजी पनि निकै सुधि्रयो उनैको संगतमा रहँदा वस्दा । केही हप्ता पछि डा। बाबुरामको फोनसँगै उनी इलाहावाद तिर लाग्नु पर्ने भयो । त्यति काँचै उमेरमा एक्लै भारतमा हिड्न सकेकोमा कता कता गर्व पनि लाग्यो रे उनलाई । त्यहा उनले एउटा प्रेस विज्ञप्ती टाईप गर्नु पर् यो युद्धविराम भंग भएको । उनी भन्छन् ुत्यसबेला बल्ल आफु परीपक्क भएको अनुभव भयो ।ु तरपनि मनमा सन्तोष भने थिएन । थप्छन् ुमेरो त्यही टाईपसँगै देशमा फेरी युद्ध सुरु हुदै थियो ।ु उनी त्यसपछि फर्किए दिल्ली डा।बाबुरामसंगै ।

दिल्ली वसाईको क्रममा एकदिन एउटा रमाईलो घटना घट्यो । ुएकजना मान्छे दिल्लीको डेरैमा आएका थिए झलास्स सम्झीन्छन् उनी । मैले ढोका खोल्नासाथ भक्तिजीको छोरा हो तपाई भनेर प्रश्न गर्दा अक्क मक्क परे ती अपरिचितले आफुलाई चिनेको देख्दा ।ु मनमा कौतुहलता भइरह्यो तर कसैलाई सोधेनन् । पछि हिसिला यमीले त्यो मान्छे क। प्रचण्ड भएको सुनाउँदा त एक छिन् त अल्लमल्ल पो परेछन् । त्यतिवेला सर्वाधिक खोजी गरिएका व्यक्ति प्रचण्डलाई यति सहज र सरल ढंगले आफ्नै डेरामा भेट्न र देख्न पाइने उनले अनुमानसम्म पनि गरेका थिएनन् ।

कहिले कांही यस्ता रोमान्चक घटना भएपनि ुदिल्लीको बसाई निकै सकसकोु उनले विगत कोट्याए ुसाईबर जादा फोन गर्दा पनि निकै होसियारी अपनाउदै टाढा जानु पर्ने ।ु ुमनभित्र एक किसिमको मनोवैज्ञानिक डर भइरहन्थ्योु ती दिनहरु सम्झदा उनी अझैपनि मलिन हुन्छन् । त्यसमाथी पनि बाबुरामको कम वोल्ने वानी अध्ययनशिल व्यक्तित्व र अन्र्तमुखी स्वभाव । विहान उठ्दा होस् चाहे राती सुत्दा कितावसँग टासिरहेका बाबुराम बाहेक केही पनि देख्न पाउथेनन् हप्तै सम्म विश्वदिपले । टिनएजर भनिने चुलवुले वयमा कोठाभित्र न बोल्ने साथी न मिल्ने साथी शुरुमा त कम्ता सकस भएन । तर विउ गुनाको फल संगत गुनाको बुदि भएजस्तो अध्ययनको मोहले उनलाई पनि विस्तारै छुन थाल्यो । भ्याएसम्म अध्ययन गर्ने कुरामा निकै जोड दिन थाल्ने भए विश्वदिप ।

२०६१ साल ताकाको कुरा दिल्लीबाट रोल्पाको यात्रा दश दिन पैदल हासो मजाक गर्दै । त्यो यात्रामा अध्यक्ष क।प्रचण्ड क। बाबुराम सिता दाहाल हिसिला यमी लगायतका नेता÷नेतृ सँगै हुनुहुन्थ्यो । त्यतिवेला नै हो झण्डै अढाई वर्षपछि उनको एउटा सपना बल्ल पुरा भयो डा।बाबुरामसंग वसेर फोटो खिचाउने । त्यसअघि जती नै कर गरेपनि उनले त्यस्तो मौका कहिल्यै पाएका थिएनन् । उनलाई ठुलै काम गरे जस्तो लाग्यो त्यतिखेर । त्यसपछि रोल्पाको वसाई त्यति सुखद भएन । पार्टी भित्रको अन्तरसंघर्षले पार्टीलाई फुटको नजिक लगेको थियो । वावुराम हिसिला दिनानाथ लगायतकाहरु कार्वाहीमा परेका थिए । त्यसबेला बाबुरामहरु माथी भएको अन्याय देखेर राजनीतिबाट नै निकै विरक्तिएका रहेछन् उनी । भन्छन् ुउहुले धेरै सम्झाएपछि मात्र म थामिएको थिए ।ु केहिसमयपछि पार्टीले वावुरामहरु माथि भएको कार्वाहि फिर्ता लियो । विस्तारै परिस्थिती सजह हुँदै गयो ।

अनी सुरु भयो बाह्र बँुदे सहमतीको राजनीति । त्यसमा सबै पार्टीहरु बीच सहमति जुटाउन बाबुराम कृष्ण सिटौला र शेखर कोईरालाको मुख्य भुमिका रहेको उनी बताउँछन् । पछि त्यहीं बाह्र बँुदे सहमतीको ड्राफ्ट एक नेपालीको दिल्ली स्थित घरमा वसेर टाईप गर्दै गर्दा निकै हौसिएका रहेछन् उनी देशमा शान्ती परिवर्तन र विकास आउने आशमा । त्यसै बखत नै हो उनले पहिलो पटक बाबुरामको गाली खाएका आफ्नो गल्तीले होइन के।पी ओलीको कारणले गर्दा । १२ बुंदेको कमा र फुलिस्टप पनि अब परिवर्तन नगर्ने भनेर सहमति भइसकेको अन्तिम ड्राफ्ट उनवाट लिएर ओलीले भएको शव्द मेटेर अर्कै शव्द लेखिदिएछन् । तर त्यो उनलाई थाहा भएन र जस्तो थियो उस्तै टाईप गरे । पछि बाबुराम त्यो हेरिसकेर उल्टो अर्थ लाग्ने शब्दहरु टाईप भएकोमा निकै रिसाएछन् । तर पछि उनले आफ्नो औंला ओली तिर तेर् साइदिएछन् । र पछि त्यो सच्चाइएछ ।

त्यस यता शान्तीकालमा उनी झनै व्यस्त हुन थाले । वावुरामको सहयोगीको रुपमा मात्रै होइन माओवादीको केन्द्रीय कार्यालय अन्तर्गत राज्य समिति सदस्य समेत रहेका उनी नियमीत पत्रिकामा छाउन थालेका छन् विभिन्न लेख र राजनीतिक विश्लेशणका माध्यमबाट । जुनसुकै पार्टी र क्षेत्रका अग्रगामी विचार बोक्ने युवाहरुको एउटा साझा फोरमको निर्माणमा जुटेका छन् उनी अहिले । भन्छन् - देशले परिवर्तन चाहेको छ विकास चाहेको छ वेरोजगारीको अन्त्य चाहेको छ गणतन्त्र संस्थागत होस् भन्ने चाहेको छ शिक्षामा आमूल परिवर्तन चाहेको छ । पुरानो नेतृत्व व्यक्ति र गुट केन्द्रीत राजनीतिमा मात्र केन्द्रित रहेकाले अब उनीहरुले मुलक हाँक्ने हैसियत र क्षमता गुमाइसकेको उनको निष्कर्ष छ । परिवर्तन विकाश शान्ति र गणतन्त्र संस्थागत गर्न अब सबैलाई समेटेर युवाहरुको नेतृत्वमा मुलुक हाँक्नुको विकल्प उनी देख्दैनन् ।

मैले उनलाई सोधे के तपाई पनि भविष्यमा प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ विश्वदीप भन्छन्- ुराजनीतिमा लागेपछि सम्भावनाहरु अनेक हुन्छन् । सपना त्यसैको पुरा हुन्छ जसले देख्छ । अहिले ममा त्यो हैसियत र क्षमता त छैन तर आफुलाई प्रधानमन्त्री हुन योग्य पात्रको रुपमा उभ्याउने प्रयासचािहं अवश्य नै गर्नेछु । र त्यो विश्वास म आफुमा छ । संसार त्यसैले जित्छ जसलाई आफुमा विश्वास हुन्छु
IT WAS ORGINALLY PUBLISHED ON KOSELI SUPPLIMENT OF KANTIPUR NATIONAL DAILY OF DATED 27TH MARCH 2010

आधुनिक तर आध्यात्मिक

it was orginally published on the HELLO SUKRABAAR suppliment of KANTIPUR DAILY of march 26, 2010
भक्तपुर ल्ााेकन्थलीका आभाष गौतम २२ सेन्ट जेभियस्र कलेज माईतीघरमा बिएस्सी तेस्रो वर्ष भिैतिकशात्र का विद्यार्थी हुन् । दैनिक कलेजका अलवा उनको दिनचर्या अन्य साथीहरुको भन्दा निकै फरक छ । भैतिकशात्रका विद्यार्थी भएपनि उनी धार्मिक स्वभावका छन् । माछा मासुको त कुरै छाडौ लसुन प्याजसम्म पनि खादैनन् । विहान सबेरै उठेर नुहाईधुवाई सकेपछि झण्डै दुई घण्टा पुजा कोठामा हराउछन् पुजापाठ जप र ध्यानमा । कलेजमा ब्रेकका समय साथीहरु क्यान्टीनमा मम र चाउमीन खान हुम्मेका बेला उनी घरबाटै तयार पारी लगेको शुद्ध साकाहारी खाजामा रमाइरहेका हुन्छन् । ुजीवनको यथार्थलाई नबुज्दासम्म सबै यस्तै त हो नीु उनले भने ुब्रमाण्डको रहस्यलाई बुझी परमचेतना प्राप्त भएपछि मात्र मानिस सुमार्गमा आउछ ।ु मण्डिकाटार कपन स्थीत सिद्धश्रम साधक परिवारका सदस्य आभाषले फिजीक्स र अध्यात्म एउटै भएको निश्कर्ष निकालेका छन् । भन्छन् ुफिजीक्सले सारा दुनियाको अध्ययन गर्छ भने अध्यात्मले पनि गर्ने त्यही हो मात्र शैलीमा केही फरक हुन्छ ।ु जीवनमा वास्तवीक आनन्द पाउन साधना मात्र विकल्प भएको उनको ठम्याई छ ।

डिभाइन मिस्ट्रीयस स्कुल सतुङ्गलका साधक साईमन दाहाल २१ पनि भौतिकशास्त्रकै विद्यार्थी हुन् । ुबेचैन मन अशान्त थियो । त्यसैले म आफुलाई सुमार्गमा डोर् याउन गुरुको खोजीमा थिए’ दाहाल पछाडी फर्किए ुआश्रममा बसेर गुरुको सत्संग पाउदा बल्ल आफै भित्रको मनलाई चिन्दै छु ।ु उनी आफै पनि साधना ज्ञान बाड्न धेरै ठाउ पुगेका रहेछन् । नेपालको अधिकासं ठाउको अलवा भारत बेलायत अष्ट्रेलिया आदी देशमा पुगिसकेका छन् । आफ्ना समकक्षी साथीहरु विदेश भन्दैमा मरीहत्या गर्दा पनि उनको त्यता तिर मन फिरेन । भन्छन् ुजीवनको यथार्थतता नबुझ्नेहरु संसारीक मोहमा फस्नु पैसाको पछि मात्र लाग्नु कुनै आश्चर्य कुरा होईन ।ु उनको दिनचर्या पनि धेरै जसो आभाषकै जस्तो छ । तर आश्रममा बस्ने हुदा उनले त्यहाको काम पनि गर्नु पर्छ । हरेक विहान ध्यान सके पछि गाईगोठमा पुग्छन् दुध दुहुन । गाईको हेरचाहा आश्रममा लगाईने सिजने वालिको काममा पनि खटिन्छन् उनी । आफ्नो काम आफैले गर्न सके संसारको आधा समस्या स्वतह हल हुने निश्कर्ष छ उनको ।



आम युवती झै मोर्डन ड्रेसमा भेटिएकी हाल हाडीगाउमा परिवारसंगै बस्ने काभ्रेकी रीना लामा १९ लाई झट्ट हेर्दा आध्यात्मीक होलीन् भनेर पत्याउन निकै मुश्किल पर्छ । एनआईसी कलेजमा स्नातकतह प्रथम वर्षकी यी छात्रा ुसाचो जीवन निर्माण अभियानु मा संलग्न छिन् । ुसर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनु को मुख्य नारामा रही उनले थुप्रै ठाउमा आफुभन्दा धेरै पाकाहरुलाई पनि ुज्ञानु बाडेकी छिन् । ुसंसारको सत्यलाई बोध गर्दै नकरात्मक भाव मनबाट सबैले पखाल्न सके दुनियामा अशान्ती र पीडा भन्ने नै हुने थिएन ु उनले थपिन् ुईश्वरले चाहेको समाज निर्माणको लागी सबैलाई नैतिक र आध्यात्मीक ज्ञान चाहिएको छ ।ु उनी धर्मको नाममा हुने कुनै जात धर्म वा समुदायप्रतीको हेला वा सम्मानको विपक्षमा छिन् । भन्छिन् ुसबैको मन भित्रनै ईश्वर छ त्यसलाई चिन्न नसक्दा मान्छे भगवान भन्दै भौतारीएको छ ।ु उनले पनि आफुले आफैलाई सम्मान गर्न सके सबै समस्या हल हुने विचार सुनाइन् ।
ुमै खाउ मै लाऊ उमेरमा पनि किन यस्तो लाईनमा लागेको त सबै जनाको प्राय उस्तै धारणा छ । ुएक दिन त्यसै टेन्सन भएको बेला किर्तनमा जादा निकै आनन्द अनुभुती भयो । अनी त्यसपछि म नियमीत किर्तन र प्रवचन सुन्न जान थालेु आभाष खुले ुगुरुहरुको सझावले गर्दा मन आनन्दीत हुदै गयो । ध्यानले ज्यान हलुका भएको अनुभुती हुनुका साथै संसार चिन्ने मौका पाए त्यस यता म नियमीत आश्रम आउन थालेको हु ।ु दुनिया आर्थिक उन्नती तर्फ लम्केको बेला त्यसको प्रभाव उनीहरुमा पनि परेको भेटियो । रिना भन्छिन् ुभोको पेटलाई जती नैतिक पाठ घोकाए पनि त्यसको कुनै अर्थ रहदैन । त्यसैले अध्यात्मलाई आर्थिक रुपले जेडेर लान सके त्यो फलदाही हुन्छ । उनले आफ्नो संस्था मार्फत त्यही गर्ने गरेकी छिन् । पढेलेखेका तन्नेरी आध्यात्म र साधनामा लाग्दा त्यो वैज्ञानिक हुने धारणा साईमनको पनि छ । ुआखिर पढ्नु किन ु उनी आफैले जवाफ दिए ुहरेक कुरालाई वैज्ञानिक र व्यवहारीक रुपले गर्न लाई हो शिक्षाको आवश्यकता ।ु सायद त्यसैको फल हुन पर्छ अध्यात्मलाई अर्थतन्त्रसंग जोड्नु । उनको बुझाइको सच्चा शान्ति त्यतीबेला आउछ जसबेला हरेक मान्छे अरुको सम्मानमा रमाउछन् । त्यसको लागी साधनामा लाग्न सबैलाई उनको आग्रह छ ।

Friday, March 19, 2010

होस्टल

रमेश न्यौपाने

सर्लाहीका राहुल शाह, १०, एन.के.सिंह मेमोरीएल ईपिएस स्कुल मिनभवनको कक्षा चारमा पढ्छन् । परिवारका अन्य सबै सर्लाहीनै बस्छन् । तर पनि राहुल काठमाडौंमा एक्ला भने छैनन् । उनी स्कुलको होस्टलमा साथीहरु संगै बस्छन् । ‘होस्टलमा बस्दा घरको जस्तै मायालु वातवरण पाईने भएको हुदाँ यहाँको बसाई रमाईलो हुदै छ,’ राहुलले भने ,‘गाउँमा राम्रो पढाइ हुने स्कुलनै छैनन्, त्यसैले काठमाडौं पढ्न आएको हु । सुरुमा कहाँ बस्ने भन्ने समस्या थियो तर अहिले होस्टलले त्यो समस्या दुर गर्देको छ ।’ उनी जस्तै त्यहाँ बस्ने झण्डै चालीस जना छन् । निकै व्यवस्थित दिन चर्या छ उनीहरुको । विहान सबेरै उठेर हात मुख धोइ पढ्न बस्छन् । बिहानको साना संगै स्कुल, अनि स्कुल पछि पनि पढाई, खाना, मनोरन्जन सबै नियमित कार्यसुची अनुसारनै हुन्छ ।  उदयपुर स्थीत आफ्नो घरमा रहदा पढाइ राम्रो नभएपछि कक्षा आठकी प्रतिक्षा बस्नेत, १४, पनि त्यही होस्टलमै बसेर पढ्न आएकी छिन् । होस्टलमा रहदा ‘कम्फर्ट’ महसुस गरेकी छिन् रे उनले पनि । भन्छिन् ‘कम्बाईन् स्टडी र टिचर्सको चौबिसै घण्टा नियन्त्रणमा हुदा पढाइ राम्रो हुदै गएको छ ।’ कडा अनुशासन घेरा भित्र बस्दा पनि सबै खुशीनै । होस्टलको ड्रेस भन्दा अरु कपडा लगाउन नपाईने । त्यसैले सबै एउटै किसीमको पोषाकमा भेटिएका । 

अनुराधा पौडेल, १५, भने एसएलसीको तयारीमा छिन् । स्काईराईडर ई. बो. स्कुल रत्ननगर–१२, चितवनमा पढ्दै गरेकी उनलाई बिहानै ६ बजे स्कुल पुग्नु पर्ने अनि छुट्टी साझ ६ बजे पछि मात्र । के गर्नु त ? सबैले एसएलसीलाई फलामे ढोका भन्छन् । राम्रो अंक आएन भने जीन्दगीनै बेकारको  हुन्छ भन्ने उनलाई राम्रैसंग थाहाँ छ । त्यसैले जाडो न गर्मी कस्सीनै प¥यो । स्कुल भन्दा निकै टाढा रहेको घरबाट आउ जाउ गर्न कम्ती शास्ती भएको थियो र ? तर पाच महिना जति भयो, अनुराधा यो समस्याबाट मुक्त छिन् ।  उनी आफ्नै स्कुलमा रहेको होस्टलमा बस्न लागेकी छिन् । ‘पहीला त घर देखी स्कुल अनि स्कुल देखी घर आउदा जादा नै थाकीन्थ्यो,’ उनी भन्छिन्, ‘अनि घरमा गएर गफ र अलिअलि काममा सघाउदै मात्रमा दिन सकिन्थ्यो, पढाई त गोलमाल ।’ तर होस्टलमा बस्न थालेदेखीको दैैनिकी भने निकै व्यवस्थीत छ । खाजा र खाना सबै समयमा नै हुन्छ । टिउसनको व्यवस्था पनि होस्टलले नै गरेको छ । अनि बाँकी समय सेल्फ स्टडी । कोर्सको पाठ वा हिसाब बुझाईमा केही समस्या भए तुरुन्तै शिक्षकलाई सोध्न सकीने व्यवस्था पनि । क्या मज्जा, ग्रुप डिस्कसनको लागी साथीहरु पनि उपलब्ध हुने ।

स्काईराईडरको होस्टलमा अनुराधासंगै चालीस जना जति बस्छन् । झन्डै तीस जना त केटाहरुमात्र । सबै एसएलसीको तयारीमा रहेकामात्र होइन, साना कक्षाका पनि टन्नै छन् । कक्षा सातका सागर भट्ट, कक्षा तीनकी रक्षा कोइराला पनि त्यही होस्टलमै बस्छन् । के ती तीन वर्षकी रक्षालाई घरको याद आउदैन ? ‘बुवाआमाको याद त आइहाल्छ नी,’ अाँखा रसीलो बनाउदै उनले भनिन्, ‘घर नजिक राम्रा स्कुलनै छैनन्, त्यसैले होस्टलनै बसेर भएपनि राम्रोसंग त पढ्न पर्यो नि ।’

नवलपरासीको क्यानल सेन्टर ई. बो. स्कुल महलवारीका एसएलसी दिनेहरुको पनि अवस्था अनुराधाकै समान छ । १५ वर्षकी पुनम पाण्डे पनि स्कूल होस्टलमै बस्न थालेको सात आठ महिना भैसकेको छ । ‘घरमा धेरै कुराले डिस्टर्व हुन्छ, पढ्नै पाईदैन’ उनी भन्छिन्, ‘त्यसैले होस्टल बस्न थालेकी हु ।’ त्यसो त साना कक्षाका विद्यार्थीहरु क्यानल सेन्टरको होस्टलमा पनि बस्छन् । चारमा पढ्ने नौ वर्षका शिव मुखीया बुवा आमा विदेश भएकाले होस्टल बसेको बताउँछन् । सुरुमा खुब टेन्सन भएपनि अहिले त्यहाको वातावरणमा अभ्यस्त भैसकेका छन् उनी ।

स्काईराईडरका होस्टल वाडेन केशवराज पाठक निकै मायालु छन् । त्यहा बस्ने सबैले खाए नखाएको, स्वास्थ्य अवस्था आदी कुराको सुक्ष्म निरीक्षण राख्छन् उनी । हरेक विद्यार्थीको रिजल्ट पनि केलाउछन् । ‘यहाँ बस्ने सबै बच्चाहरुको अभिभावक म नै त हु नी,’ उनी थप्छन्, ‘कसैलाई पनि बुवाआमाको कमी महसुस नहोस् भन्नेमा पुर्ण सचेत छु ।’ आफ्नो सहजताको लागी पनि होला, होस्टलमा उनले क्याप्टन र भाईस क्याप्टन बनाएका छन् । त्यसरी क्याप्टन हुने अवसर पएका रहेछन् गोरखा बेनीघाटका सुरज श्रेण्ठले । तीन वर्ष देखी त्यही बस्दै आएका सुरजले होस्टलको वातावरण निकै सहज र रमाइलो भएको बताए । कोठा भाडामा लिएर बस्दा थुप्रै समस्या हुन्छन् । खाना पकाउने, भाडा माज्ने, कपडा धुने इत्यादी ।  ‘सबै काम गर्दामै मात्र थाकीन्छ,’ सुरजले थपे, ‘अनि पढ्ने टाईमनै हुदैन ।’अन्त विद्युत कटौती हुदा पनि होस्टलमा भने बत्ती बोलीनै रहने रहेछ । होस्टलमा घर जान नपाएर रुने पनि थुप्रै छन् । स्काईराइडरकी सिर्जना न्यौपाने घर जान भन्दै रुने मध्य पर्छिन् । ‘होस्टलमा सबै राम्रो नै भएपनि घर भनेको घर नै हो’ उनले खुलाइन्, ‘त्यसैले घरको खुब याद आउछ ।’ होस्टलको खाना निकै स्वादिलो । माछामासु, अण्डा, फलफुल सबै नियमीत पाईने । तर पनि घरमा परीवारलाई पकाएको झै समुहमा पकाएको भने नहुने कुरामा सबै सहमत नै छन् । तर पनि खाना खाने समयमा पिकनीककै झल्को आउँछ । सबैजना एकै ठाउँ बसेर खादाको मन्जा नै बेग्लै हुन्छ ।

सुत्दाखेरीको त झने के कुरा । तला–तला गरी लगाइएको बिस्तारा । तर पनि बिस्तारा भने सबैको अलग–अलग । तीन वटै होस्टलमा केटीहरुको लागी भने त्यस्तो तला–तला छैन, केटीहरुको संख्या कम भएकोले । होस्टल शिक्षक प्रदीप पोखरेल सबैको साथी झै रहेछन् । विहानै  उठाउदा खुब माया लाग्छ रे उनलाई । तर पनि जिम्मेवारी हो पुरा गर्नै प¥यो । उनी आफै होस्टलमा विद्यार्थीलाई पढाउछन् पनि । विहानै चार बजे उठे देखी राती दश बजे सुत्ने बेला नहुदासम्म विद्यार्थीको सबै कृयाकलापको लेखाजोखा राख्छन् उनी । 
सधै होस्टलमा पढाई मात्र कहाँ हुन्छ र । कहीले काँही त रमाइलो पनि । फिल्म हेर्ने, घुम्न निस्कने होस्टलबाटै । इपिएसका होस्टल इन्चार्ज दर्शन सुब्बा भन्छन्, ‘होस्टललाई एउटा कम्पलिट हाउसमा हुने सबै ब्यवस्था गरेका छौ ।’ साथीहरु मिलेर एक जनालाई उढायो, जोक्स भन्दै हास्दै ग¥यो अनि कहीले गीत गायो । त्यसमा शिक्षकहरुको पनि साथ रहन्छ । शिक्षक प्रदीप पोखरेल भन्छन् ‘राम्रो पढाईको लागी मनोरन्जनको पनि उत्तीकै खाँचो हुन्छ, त्यसैले हामीले त्यस्तो रमाईलोको लागी पनि समय मिलाएका हौं ।’सन्तानलाई बोडस गरेपछि बुवाआमालाई पनि सन्तोस । नवलपरासीका उज्वल थापाले घरमा बस्दा किलाबै नछुने छोरो होस्टलमा सुध्रीएको अनुभव सुनाए । 

catch its original piece at JUNKIRI child suppliment on Nagarik dated 7th of chaitra.

Thursday, February 25, 2010

पढाई एउटा काम अर्कै

orginally published on HELLO SUKRABAAR  suppliment of  KANTIPUR DAILY  dated on 14th falgun,2066
सपना डाक्टर बन्ने रहेपनि एसएलसीको नतिजाले कमर्श क्याम्पस तर्फको बाटो देखायो उनलाई । मार्कसीटमा साइन्सको नंमर सोचे जस्तो नभएपछि डाक्टर बन्ने उनको सपना सधैको लागी सपनानै रह्यो । पढाईमा अब्बल छोरो ब्यवस्थापन पढ्न थालेपछि पक्कै कुनै बैकंको हाकिम बन्ला भन्ने आशा गरेका थिए बुवाआमाले । तर बिबिएस् पनि उनको रोजाईमा परेन । बिदेश जान पाएको सल्लाह लत्याउदै सफल समाजशात्री बन्ने निर्णयमा पुगे र राजधानीको त्रिचन्द« कलेजमा समाजशास्त्र पढ्न भर्ना भए उनी । सानै देखी तृण्ण दिमाग भएको छोरोबाट त्यतीखेर अचम्मीत भए उनका बुवाआमा जतीबेला उनी रेडियोको जागीरको सिलसिलामा बुटवल यात्राको तयारी गर्दै थिए । ‘म जागीरको लागी बुटवल पँुगीसक्दा पनि कसैले पत्याएनन्’ उनी भन्छन्, ‘सबैले मजँकमात्र गरेको ठाने ।’ उनै किरण मरहठ्ठा, ३०, अहिले एबिसी टेलिभिजनमा कार्यरत छन्, प्रमुख कार्यक्रम उत्पादकका रुपमा । रेडियो पत्रकारीतामा लामो अनुभव पछि अहिले राजनीतिक दलका नेता देखी खेलाडी, अर्थशास्त्री सबैलाई तिखो प्रश्न प्रहार गर्न व्यस्त छन् ।

आईकम अनी बिएमा समाजशात्र पढेको मान्छे किन मिडिया तिर लागेको त ? किरण हासे ‘जिवनमा नसोचेको कुरा धरै हुदो रहेछ’ । ‘डाक्टर बन्न नपाएदेखी नै मनमा चैन थिएन,’ जिटपानी चितवनका मरहठ्ठाले बिगत सम्झीए, ‘ठिक त्यसै बेला आएको एउटा दरीलो प्रस्थाव अस्वीकार गर्ने भन्ने कुरै भएन ।’ कुरा आठ बर्ष अघिको हो । मोफसलको राजधानी मानीने बुटवलमा पहिलो पटक एउटा रेडियो स्टेशन खुल्दै थियो । जीवनको मोडनै बदल्ने गरी त्यता लागे उनी । बुटवलको रेडियो इतिहासमै उनको जस्तो उच्च छबि आजसम्म कसैले पनि बनाउन सकेका छैनन् । ‘आखिर सकिदो रहेछ त सफल हुन, बिषय परिवर्तन गरेपनि’ लजालु पारामा किरण मुस्कुराए, ‘सबैभन्दा ठुलो कुरा काम प्रतिको लगान हो ।’ त्यसो त सफल हुनमा आफ्नो ‘इन्ट्रेस्ट’ अनुशारको कामले पनि ठुलो भुमीका खेल्ने किरणको अनुभव छ ।

चौधरी ग्रुपमा मार्केट एक्जुकेटिभको काम गर्ने ध्रुब पुजाँली,२४, पनि अध्ययन अनुसारको काम नगर्नेकै सुचीमा पर्छन् । राजनीति शास्त्रमा स्नातकका यी विद्यार्थी भन्छन्, ‘काम खोज्दै थिए, जे पाईयो त्यही गरे । बेरोजगारीले सताएको बेला विषय अनुकुलको भए नभएको हेर्ने फुर्सद थिएन ।’ मध्य वानेश्वर काठमाण्डौ बस्ने ध्रुबले पढाई अनुसारको काम नगर्दा केही समस्या पर्ने अनुभव संगालेका रहेछन् । ‘सैद्धान्तिक ज्ञान फिटिक्कै नहुदा केही दिन त धेरै अफ्ठेरो भयो । केही नजानेको असाक्षर झै पो भैइदो रहेछ,’ उनले निसंकोच खुलाए, ‘म त हार खाएर जागीरनै छोडौ झै भएको थिए । तर पछि गर्दै जादा सिकीयो र अहिले चाँही खासै समस्या छैन ।’ त्यसो त प्राइभेट सेक्टरको जब भएकाले पनि हुन सक्छ त्यति विध्न समस्या परेको उनलाई । तर पनि जान्दै नजानेको नितान्त नयँ“ क्षेत्रमा काम गर्दाका दौरान केही अफ्ठेरा आईलाग्नु भने खासै अस्वभाविक होईन ।

यह“ा पढाई अनुसारको काम पाउन निकै मुस्किल छ । शौक्षिक बेरोजगारहरु घर घरमै भेटिन्छन् । कामनै नपाएर भैतारिएकाहरुले जँ“गीरका लागी कामको प्रकृती हेर्ने कुरै भएन । फेरी रोजगार प्रदाएक संघसंस्था पनि ‘हाम्रा मान्छे’ र ‘सस्ता मान्छे’ कै खोजीमा मात्र हुन्छन् । संबन्धित विषयका दक्ष वा ज्ञान भएकाहरुको खोजी खासै हुदैन ।

यसरी बिधानै परीवर्तन गर्दा सधै समस्या र घाटा मात्र च“ँही पक्कै पर्दैन । किरण सबै पढाई र ज्ञानलाई किनारा लगाई मिडीयँ“मा हाम फालेको कुरामा कत्ती पछुतो मानेका छैनन् । बरु जीवनकै महँत्वपूर्ण र सार्वधिक ठिक निर्णय मान्छन् यसलाई । ‘कुनै बेला कसैको दबाब वा कमजोर निर्णय क्षमताले गर्दा आफ्नो रुची बेगरको बिषयमा पनि सम्झैता गर्न पुगीन्छ जसले जीवनलाईनै अन्यौल ग्रस्त बनाईदिन पनि सक्छ ।’ उनले थपे, ‘त्यस्तो बेला बाटो परीवर्तन गरी आफ्नो रुची तिर लाग्दा धेरै लाभदायक पनि हुनसक्छ ।’ उनले आफ्नो जीवनमा पनि त्यस्तो अनुभव संगालेका छन् । हास्दै भने ‘म पनि त बाटो बदलेर नै त सफल भए ।’ ध्रुब पनि किरणभैm समान विचार राख्छन् । आफुु पनि पढाई अनुसारको काम खोज्दै बसेको भए आज सँम बेरोजगारनै रहिन्थ्यो कि भन्ने लाग्छ रे, घरिघरी उनलाई । बरु ध्रुब अब च“ँही आफ्नो काममा सहयोगी हुने तालीम गर्ने सोचमा छन् । ‘यहा“ पढाई अनुसारको काम होईन, काम अनुसारको पढ्नुु उचित हुन्छ ।’ ध्रुब योजना बनाउ“छन्, ‘काम पाईसके पछि त्यस काममा पूर्ण हुन लिईने तालीमहरु धेरै फलदायक हुन्छन् ।’

Monday, February 22, 2010

हिंसा त्याग्ने सङ्कल्प

जिल्ला हो नवलपरासी । दुम्किबास गाविसमा पर्छ प्रख्यात दाउन्ने देविको मन्दिर । मन्दिर पुग्न धेरै उकालो चढ्न पर्छ । महेन्द«राजमार्ग छोडेर मन्दिरतिर उकालो चढ्दा विचमा एउटा वौद्ध गुम्वा भेटिन्छ । गुम्बामा स्तम्भकार पुग्दा झन्डै सयका संख्यामा रहेका बालबालिकाहरु सामुहिक खाना खाँदै थिए ।

लगभग सबै बालबालिका उस्तै भेषमा देखिन्थे । पहेलो रङ्गको सर्ट , टिसर्ट अनि कलेजी रङ्गको पाइन्ट वा स्कट । सबैको केश मुण्डन थियो । अब त तिमिहरुले अनुमान लगाइसक्यो होला यि को हुन भनेर । हो , यिनिहरु वौद्ध धर्मावलम्वी शिष्या हुन् । यिनिहरु यही गुम्बामा बस्छन् र गुम्बाले संचालन गरेको बिद्यालयमा पढ्छन् । स्कुलको नाम हो अहिंसावादी महावौद्ध अनाथ नि. मा . विद्यापिठ । यो स्कुल दुम्किबास गाविस – ५ दाउन्नेमा रहेको छ । पढ्ने विद्यालय र बस्ने गुम्बा बिचको दुरी झण्डै ३०० मिटर जति रहेको छ ।
बारा रतनपुरका पेमा छिरिङ भर्खर १३ बर्षका भए । उनी पनि यही स्कुलमा पढ्छन कक्षा ६ मा । भविष्यमा धर्मगुरु (लामा) बन्ने आकांक्षा छ यीनको । लामा बन्ने उद्देश्य पुरा गर्न चार बर्ष अघी यो विद्यालयमा भर्ना भएका हुन रे पेमा ।

तिमीहरु ठुलो भएर के बन्ने सपना संगालेका छौ त ? डाक्टर , इन्जिनियर , पाइलट वा अरु यस्तै । तर तिमीहरु धेरैको सपना धर्मगुरु बन्ने चाही पक्कै छैन होला हैन ? धर्मप्रति जनमानसमा रुची खस्की रहेका बेला पनि किन धर्म गुरु बन्न खोजेका पेमा ? र्, पुण्य कमाउन , अनाथलाई सहयोग गर्न ’उनी भन्छन् , ‘मान्छे सुमार्गमा डो्याउने भनेकै धर्मले हो ।’ आजकाल अक्सर मान्छेहरु धर्म भुलेर आफ्नो निहित स्वार्थका लागी जे पनि गर्ने गरेको देख्दा पेमाको मन दुखेको रहेछ ।
त्यसो त भर्खर दुई कक्षामा पढ्ने दिसे दोर्जेको सपना पनि पेमाको झै लामा बन्ने नै रहेछ । उनी गोरखाका हुन् । भर्खर दश बर्ष पुग्दै गरेका दोर्जे पनि अहिंसावादी महाबौद्ध अनाथ नि मा विद्यापिठमै पढ्छन । ‘मान्छेलाई सुर्मागमा हिडाउने एकमात्र शक्ति भनेकै धर्म भएकाले म धर्मगुरु बन्न आएको हुँ ।’ पेमा झै समान बिचार राखे उनले ।

आखिर यो विद्यालयमा के पढाई हुन्छ त ? जान्ने मन लाग्यो होला होइन ! तिमीहरुले अरु विद्यालयमा पढ्ने सबै बिषय यिनीहरु पनि पढ्छन । मात्र एउटा बिषय थप हुन्छ लामा लिपि । यिनिहरु यो बिषयमा धर्मका कुरा पढ्छन । बौद्धहरुको लिपि ( लामा लिपि ) का अक्षरहरु चिन्दछन् । धार्मिक कुरा पढ्ने हुदाँ अरु बिषयमा कमजोर हुन्छन् कि ? अंग्रेजी शिक्षक प्रदिप गोले भन्छनर्् विद्यार्थीहरु अनुशासित हुने हुँदा अरु विषयमा पनि उत्तिकै ध्यान पु्याउछन् ।’ ललितपुरका गोले यो विद्यालयमा आउनु अघि अन्यत्र पनि पढाएका रहेछन् । यिनको अनुभवमा यहाँका विद्यार्थीहरु धेरै अनुशासीत र जिज्ञासु स्वभावका छन् रे । त्यसमा शिक्षिका पुजा राई पनि सहमत भईन् । उनी पनि दुई बर्ष अघि यहाँ नआउँदै अन्य बोर्डीङ्ग स्कुलमा पढाएकी रहिछन् । विज्ञान पढाउने राई भन्छिनर्र्् विद्यार्थीहरुले शिक्षकको हरेक आदेश मान्छन् । शिक्षिकालाई धेरै आदर गर्छन्’ उनले भनिन् । सायद यहि भएर होला पढाईमा पनि लगनशिल नै छन् ।

तिमीहरु बिहान उठेर के गर्छौ ? हातमुख धोइ खाजा खाने । एकछिन पढ्ने अनि खाना खाएर स्कुल जाने । यहि होइन त ! तर यहाँका साथीहरुको दैनिकी अलि फरक छ । बिहान चारै बजे उठेर सरसफाइ सकेपछि गुम्बालाई फन्को मार्छन । एकपटक गुम्बा पुरै घुमेपछि प्रार्थना गर्छन् । प्रार्थना र भगवान बुद्धको ध्यान पनि गर्छन उनीहरु हरेक बिहानमा । अनि बल्ल नास्ता खाने बेला हुन्छ । उनीहरुको नास्तालाई थुप्पा भनिन्छ रे । अनि त आफ्नो पढाई सुरु हुन्छ । टिउसन पढ्छन उनीहरु नास्ता सकेपछि । खाना खाएर स्कुल पुग्दा बिहानको दश बजेको हुन्छ । चार बजे सम्म स्कुलमै पढ्छन । स्कुलबाट फर्केर एकछिन आराम गर्छन । कोही गुम्बाको केही काम भए काममा पनि सघाउँछन् ।

अनि साँझ ६ बजे फेरि सुरु हुन्छ प्रार्थना । त्यसपछि बल्ल खाना । अनि त पढ्न मन लागे पढ्ने नत्र सुत्ने । आखिर दिनको २– २ पटक प्रार्थना किन त ? ज्योमो दिसे छोग्योलोमो भन्छिनर्् प्रार्थनाले मनमा शान्ति दिन्छ , तनमा आनन्द दिन्छ । ’ ज्योमो गुम्बामा प्रबचन दिने , ध्यान सिकाउने गर्छिन् । उनको उमेर ४६ बर्ष पुगी सक्यो । १७ बर्ष देखि नै गुम्बामा बस्न लागेकी हुन रे उनी । यिनको पनि आफ्नै कथा छ । यिनकी आमा र बुवाको प्रेम विवाह भएको थियो रे । तर पनि पछि फेरी वुवाले दोस्रो विवाह पनि गरेछन् । त्यसपछि उनलाई दिक्क लागेछ र्। संसार भनेको नक्कली माया मात्र रहेछ । ’उनी भन्छिन र्, फ्रस्टे«ट भएर गुम्बा पसेकी हँु । ’ के सबै फ्रस्टे«ट भएरै गुम्बा पसेका हुन त ? पेमाको घरमा आर्थिक अबस्था कमजोर भएकोले उनले पढ्न पाएनछन । अनि फेरि सानै देखि उनी धार्मिक स्वभावका पनि रहेछन् । त्यसैले गुम्बामा आएको रे । हुन पनि गुम्बामा पढाई सबै निशुल्क हुँदो रहेछ । बसेको खाएको पनि पैसा नलाग्ने । सायद यहि भएर होला , यहाँ बढि बालबच्चाहरु आर्थिक अबस्था कमजोर भएको परिवारबाट आएका छन् ।

यहाँका साथीहरुको अर्को पनि एउटा राम्रो बानी छ । उनीहरु माछा मासु खादैनन् । उनीहरु अहिंसावादी हुन । विद्यालयको नाम फेरि ख्याल गर त ! अहिंसावादी महाबौद्ध अनाथ नि. मा. विद्यापिठ । बाँकि त अब आँफै पनि बुझ्यौ होला है ।

It was orginally published on JUNKIRI  suppliment of  NAGARIK  DAILY  dated 7th kartik, 2066

बाध्यताको बालश्रम

आफ्नै उमेरकी साथीहरु चिटिक्क परेर स्कुल गएको उनी दिनहु देख्छिन । काठमाडौंको एक होटलमा काम गर्ने सानी नानी बिमला रसाइलीको दिन भने होटलमा जुठा भाँडा माझ्दै बित्छ । त्यसबापत न त उनलाई होटलका साहुले पैसा नै दिन्छन्, न त न्यानो माया नै । कमल जायसवालको दैनिकी पनि बिमलाको भन्दा कम्ती कष्टपर्ूण्ा छैन । फरक यत्ती मात्र हो बिमला होटलमा भाँडा माझ्ने काम गर्छिन, कमल राजधानीका गाडीमा खलासी बनेर हिँड्छन् । के गर्नु त्यसो नगरे त उनको छाकै र्टर्दैन ।

यस्तो दैनिकी बिमला र कमलको मात्र होइन । तथ्यन्क अनुसार १८ लाख बालबालिका अहीले देशका बिभिन्न ठाउँमा मजदुरी गरी रहेका छन । ति मध्य १ लाख २७ हजार बालबालिका निकृष्ट प्रकारको स्रममा छन । युएनडीपि, शेभ द चिल्ड्रेन ,अैएलवोले प्रकाशन गरेका प्रतिबेदनहरुले यही भन्छ।

निकृष्ट प्रकारका बालस्रम हुने क्षेत्रमा बालभरिया, सडक बालक , बालबधुवा बालश्रम , घरेलु बाल मजधुर , इटा कारखानामा काम गर्ने बालबालिका कोइला तथा अन्य खानीमा काम गर्ने बालबालिका पर्छन। यसलाई नेपाल सरकारले पनि स्विकार गरिसकेको छ । स्रममा लागेका बालबालिकाले अत्यन्त न्यन ज्यला पाउछन । ज्यलानै नपाउने बालबालिकाको सख्या पनि ठुलै छ ,यस्तै कामा लागेकी एक बालिका आफ्नो नाम भन्न डराइन । नाम खुलाय साहुले गाजिर बाट निकल्ने डर छ उनीलाई । उनी राजाधनी कि होटेल मजदुर हुन । दिन भर थाकेर काम गर्दा पनि साहुले राम्रो ब्यवहाँर नगर्ने उनी बताउछिन । "त्यसै खाएर बसिस् भन्दै गालीमात्र गरिरहन्छ ।"-उनी भन्छिन ।

गौउमा खानलाउनकै समस्या भएपछी उनले जन्मथलो जुम्ला छोड्नु पर्‍यो । राजनीतिक पार्टीका एक कार्यकर्ताले काम लगाइदिने र पढाउने भन्दै उनलाई काठमाण्डौँ ल्याएका थिए रे। पढ्ने कुरा त अहिले एकादेशको कथा बनिसक्यो । उनी भन्छिन "खान पनि राम्ररीकमललको त घर भनेपनी, आगन भनेपनी काम गर्ने गाडी नै हो रे। दिनभर् उनि त्त्यही गाडी हिडछन , राती त्यही गाडीमा सुत्छन । एकाबिहानै देखि रातीसम्म खलासी काम गर्छन् । त्यसक्रममा उनले धरै सास्ती खेप्नु पर्छ । "साँझपख खाना ख्वाएर २० रुपयामात्र साहुले दिन्छन् " उनी दुखेसो पोख्छन् । अझ जाडोमा त एक सरो कपडा पनि नपाउने उनको गुनासो छ ।

आखिर किन उनीहरु घर छाडेर काम गर्न शहर पस्सन् त - उत्तर एउटामात्र भए पो भन्नु । कोही खान लाउनकै समस्याले बालश्रम गर्न बिवश छन् । कोही त घरबार चलाउनुपर्ने जिम्मेवारीले बालश्रम गर्न बिवश छन् । रुकुमबाट काठमाण्डौँ छिरेका जीवन डाँगीका बाबु शसस्त्र द्वन्द्वताका मारिएपछी उनीमात्र घरको जिम्मेवारी लिने मान्छे परे । र पढ्दै गरको कक्षा ७ छाडेर उनी काठमाण्डौँ आएका छन् । पैसा बचे पो घर पठाउनु, त्यै पनि एक दर्ुइ महिलनामा १ हजार घर पठाउँछु । उनी अहिले सफा ट्याम्फ्ूमा भाडा उठाउने काम गर्छन् ।


कती त बाटोमा आमाबुवाको उपचार गर्नुपर्‍यो भन्दै पैसा उठाउने गरेको भन्दै हिँड्ने गरेको एक अध्ययनले जनायो । अझ आजकल त बालश्रमिकको सङख्या पनि ह्वात्तै बढ्नाले बालश्रमिकहरु मध्ये नै कसले सबभन्दा कममा काम गर्ने भन्ने प्रतिसपर्धा हुन्छ । दिनभर खलासी बनेको १५ रुपायाँ आश गर्दा पनि मलाई सहुले मानेन । अर्कोले दिनभरकै १० रुपायाँमा काम गर्छर्ुुनेको रहेछ । अझ कतिले त खानबस्न पाउनु नै सबथोक सम्भिmन्छन् । बालश्रमिकहरु ग्ुानासो पोख्छन् । लामो यात्रा गर्दा हामी प्रायः देखिरहेकै हुन्छौँ केटाकेटीहरु प्ाानी, मकै, बिस्कुट बेच्दै हिँड्छन् । करिस्मा मगर पनि बुटवल बसपार्कमा मकै बेच्न थालेको बर्षदन नागिसक्यो । अझ सडकमै सुत्ने केटीहरुलाई त बिभिन्न रोगले सताउने गरेकोे पाइन्छ । केटीहरु त सुरक्षाका दृष्टिले पनि जोखिममा छन् । काठमाण्डौँका फोहोरका थुप्रोमा फलाम र प्लास्टीक बटुल्दै दिँड्ने हरिश ढकाल साथीहरुको लहलहीमै लागेर रामेछापबाट काठमाण्डौँ आए । अहिले गाँजा चुरोट खाने कुलतका शिकार बनेका छन् उनी । अझ सबैभन्दा नराम्रो त प्लाटीकमा गम सुग्ने गरेका छन् । थाह छ - त्यस्तो गर्नाले त सानैमा क्यान्सर रोगका शिकार हुने गरेका छन् उनीहरु । बालश्रमिकलाई त शनिवारजस्स्तो बिदा पनि मिल्दैन । बालश्रमिकहरुलाई हर्ेन भनेर धेरै संघसँस्था पनि नखुलेका होइनन् । तर उनीहरु एकपटक सडकमा आइसकेपछी अन्त जानै खोज्दैनन् । त्यसैले उनीहरुलाई सडकबाट उद्दार गर्नुभन्दा उनीहरुलाई आफ्नै परिवेशमा रमाउन बालमैत्री अवस्था सिर्जना गर्नुपर्नेमा बालअधिकारकर्मीहरु जोड दिन्छन् ।

बालस्रमबारे नेपाल

बालअधिकारबारे बनेको हालसम्मकै सबैभन्दा ठूलो कानुन भनेको बालअधिकार सम्बन्धी महासन्धी नै हो । हालसम्म अमेरिका र सोमालियाले बाहेक बिश्वका सबै देशले यसमा र्समथन जनाइसकेका छन् । यसका सदस्यका हैसियतले नेपालले पनि धेरै प्रयासहरु गरेको छ । अझ बालअधिकार सम्बन्धी दशबर्षो राष्ट्रिय कार्ययोजन ाबनेपनी त्यसको कार्यान्योन पक्ष निकै फितलो देखिन्छ । हरेक जिल्लामा बनेका जिल्ला बालकल्याण समितिले उल्लेखनिय काम गर्न सकेका छैनन् । बालअधिकार सम्बन्धी ऐन र नीयमावली पनि बनिसक्यो । सबैका लागि शिक्षा कार्यक्रमका लागि बालश्रम एउटा ठूलो समस्या बनेको छ । अझ त्यसमाथी पनि बालश्रम उन्मूलन गर्न बिश्व श्रम संगठनले तयार पारेको बालश्रम बिरुद्धको दस्तावेजमा नेपालले समेत हस्ताक्षर जनाइसक्यो । तर पनि नेपालमा २६ लाख बालश्रमिक रहेको एक तथ्याङकले जनाउँछ कुलमध्ये आधा भन्दा बढी त केटीहरु नै छन् । ९ लाखले बिनापैसा काम गर्छन् ।

it was orginally published on  JUNKIRI  suppliment of  NAGARIK  DAILY  of   27th  ashar, 2066

Sunday, February 21, 2010

साईडमा जव पनि

बिहान सवा एघार बजे कलेज सकिएपछि ललितपुरका अमित खड्की निकै हतारमा हुन्छन , किन ? गर्लफे्रन्डलाई भेट्न , फिल्म हेर्न जान वा साथीहरुको जमातमा सामेल हुन । यस्तै अनुमान लगाउनु भएको छ भने तपाई गलत साबित हुनु हुने छ । उनलाई दिउसो १२ बजे सम्म पुतलीसडक स्थित आफ्नो अफिस पुग्नु छ । क्यासपियन भ्याली कलेज कुमारीपार्टीका यि बिस बर्षे खड्गीको दैनिकी यस्तै ब्यस्त छ र्। कलेज सकिनासाथ घर पुग्छु , मम्मीले तयार पारेको खाना खाएपछि अफिस जान्छु ।’ खड्गी भन्छन र्, अफिसमा साँझ छ बजे सम्म काम गरेर घर फर्कन्छु । ’ उनले पुतलीसडकमा रहेको माईल स्टोन कन्सल्ट सर्भिसेजमा परामर्शदाता ( काउन्सलर) को रुपमा काम गर्दै आएका छन । जब गर्दै गर्दा कतै पढाईमा ह्याम्पर भएको त छैन ? खड्गी यो मान्न तयार छैनन र्। सरसर्ती हेर्दा त कुरा ठिकै हो जस्तो पनि लाग्छ । तर जब नगरेपनि दिउसोको समयमा पढिन्थेन क्यारे । साथिभाईसँग रमाईलो गर्दै हिडिन्थ्यो मात्र । ’ उनले भने ।

त्यसो त भक्तपुर दधिकोटकी एलिना बिष्ट पनि अमितको कुरामा सहमति जनाउछिन । त्रिचन्द« कलेज वि .एस् .सी. दोस्रो बर्षकी बिद्यार्थी एलिना भन्छिन र्, सेल्फ डिपेन्डेन्ट हुँदा आफैले आफुलाई जिम्मेवार महशुस हुन्छ र अध्ययनमा पनि बिशेष लगान जान्छ । ’ एलिना थिमि स्थित मोर्डन कलेज अफ म्यानेजमेन्टमा रिसेप्सनिष्टको रुपमा कार्यरत छिन । दिउसोको कलेज अनि बिहानको जब , एलिना पनि ब्यस्त नै छिन । जब गर्दा र नर्गदाको आफ्नो पढाईको मुल्यांकन गर्दै एलिना थप्छिर्न रिजल्टमा खासै अन्तर आएको छैन । ’


रमाईलो गर्दै घुम्ने मनोरञ्जन गर्ने उमेरमा किन काम गर्न लागेको त ? एलिना र अमित दुबैले समान धारणा राखे र्। लठ्ठिएर बरालिनु भन्दा लाईफलाई चिन्न सक्नु नै राम्रो हो ’ अमित भन्छन र्, अहिलेबाटै काममा एडजस्ट हुन सिकियो भने पछि एक्सपेरियन्सले गर्दा राम्रो ठाँउमा पुग्न सहज हुन्छ । ’


नवलपरासी त्रिवेणी घर भएका शिव अर्याल पनि यस्तै बिचार राख्छन । वि.वि.एस.तेस्रो बर्षका शिव सुन्धारा स्थित मानसरोबर ट्राभल्स एण्ड टुरमा जागिरे छन । बिहान कलेज सकेर हतारिदै अफिस पुग्छन उनि पनि । आफ्ना तरेलीका साथीहरु मुग्लान पसेपनि शिवलाई भने नेपालमै केहि ग्यौ भन्ने हिम्मत जागेको रे र्। पहिला केहि नजानेको जस्तो लाग्थ्यो ? के गरेर खाईएला र भन्ने चिन्ताले पनि सताउन थालेको थियो । ’ बिगत र वर्तमानलाई तुलना गर्दै शिवले भने र्, अहिले आफुलाई निकै सबल भएको जस्तो लाग्छ । ’ जागिरले ठुलो आत्मबल थपेको अनुभव शिवले साटे ।
तन्नेरी उमेर हो । परिवारले तोकेको खर्चले कँहा पुग्छ र र्? घरबाट पैसा मागिरहदा आफैलाई असजिलो महशुस हुन्थ्यो । तर अहिले चाहिएजति खर्च पु्याएकी छु । ’ बिस बर्षे एलिनाले सुनाईन । अमितले भने हल्का फुल्का घर खर्च पनि धानेका रहेछन र्। कहिलेकाही तरकारी फलफुल ल्याँउछु । ’ अमितले भने र्। महिनामा हजार पन्ध्र सय जति मम्मिलाई पनि दिन्छु । ’ तर शिव भने बचत अभियानमा पनि छन र्। कमाएको बेला जोगाउनु पनि प्यो नि । ’ ठट्याउरो पारामा फाईनान्सको चेकबुक देखाउदै भने र्, हरेक साता फाईनान्समा सकेको जति जम्मा गर्छु । ’

सन्तान आत्मनिर्भर बन्न लागेको देख्दा अभिभावक सन्तुष्ट नहुने कुरै भएन र्। सुरुमा मम्मिले पढाईमा डिस्र्टव होला भनेर चिन्ता मान्नु भएको थियो । ’ एलिनाले भनिन र्। तर फस्ट एयरको रिजल्टले त्यो पनि दुर गरिदिएको छ । ’ शिवको परिवार पनि पढ्न गएको छोराले पढाईको अलवा आफ्नो खर्च पनि धानेकोमा खुसी नै छ र्। दशैमा घर जाँदा सबैलाई कपडा लगेको थिए । ’ उनले भने र्, दशैको घर खर्चपनि आफैले टारे । ’ सँगैका साथीहरु पुल खेल्न , केटीसँग घुम्न निस्किने भएपनि अमित जिम्मेवारीपुर्वक काममा जाने गरेकोमा उनको परिवार निकै हौसिएको छ । यस्तै अनुभव सुनाए अमितले । परिवारबाट पैसा माग्नु पर्ने तनावबाट मुक्त हुदा तिनै जनाले आनन्द मानेका रहेछन । परिवारलाई सन्तुष्ट राख्न सकेकोमा आफुलाई निकै मज्जा आएको अनुभव शिव र एलिनाले पनि गरेका रहेछन । तिनै जनाको बिच अर्को एउटा कुरा पनि मिल्यो । मुख्य ध्यान पढाईमा अनि मात्र जबमा । तिनै जनाले कलेज पनि मिस गर्दैनन । राती अबेरसम्म पढ्छन । त्यसैले त रिजल्ट फरक नआएको ।

orginally published on HELLO  SUKRABAAR, the youth suppliment of KANTIPUR  DAILY  on kartik 27, 2066

खुत्रुकेमा खुत्रुक्क

तिमीहरुलाई कसैले पैसा दिए के गर्छौ नि । चाउचाउ, चक्लेट किन्छौ होला । कोही कोही त खेलैना पनि किन्छौ होला ।
तर सबैले कहाँ मास्छन र१ कतिले बुवा आमालाई राख्न दिन्छन् । थाहा छ कतिले त बचत गरेर आफै पनि राख्दछन् नि । खुत्रुकेमा ।

जस मध्येका एक हुन सविन पन्थ । भर्खर कक्षा ८ मा पढ्ने सविन वानेश्वरमा बस्छन् । उमेरले भर्खर १२ पुग्दै छन् उनी । तर पनि उनको व्यक्तीगत बचत १५ हजार पुगे छ ।कसरी थाहा छ ?

कसैले सविनलाई पैसा दियो भने उनी सिधै आएर त्यो पैसा खुत्रुकेमा राख्छन् । त्यस पछि खुत्रुके भरिदा टन्न पैसा हुन्छ । अनि त्यो पैसा बैँकमा राख्छन । उनका वुवाले उनकै नामवाट बँैकमा खाता खोली दिनु भएको छ । अनि सवै पैसा त्यही जम्मा हुन्छ । हरेक पल्ट उनले खुत्रुके फुटाल्दा थोरैमा पनि हजार नाग्छ । अनि हुदैन त जम्मा १
आखिर कसले दिन्छ सविनलाई त्यत्तीका पैसा ? मनमनै खुल्दुलि लाग्यो होला होइन् ? सधै स्कुल जाँदा बुवाले खाजा संगै दश रुपैया पनि दिनुहुन्छ सविनलाई । तर उनले त्यो पैसा खर्च गर्दैनन् । सिधै आएर खुत्रुकेमा राख्दछन । ु आखिर खाजा घर बाटै लगेपछि पैसा किन खर्च गर्नेु सविनले भने । मामाले पनि समय–समयमा सविनलाई पैसा पठाइदिनु हुन्छ रे । कहिले काहीँ फुपुले दिनुहून्छ । ु सवै खुत्रुकेमा राख्छु ु सविनले भने ।

हुनपनि सविन सुत्ने पलङको सिरान पट्टी सधै खुत्रुके हुन्छ । उनी सधै सुत्ने बेलामा त्यो खुत्रुके उचाल्छन् फोडने दिनको प्रतिक्षमा । ुअव फोडने वेला हुन लाग्योु खुत्रुकलाई उठाएर उनले भने । त्यो फोडेपछि पैसा कहा राख्छौ त ? मेरो प्रश्न वढ्दै थियो । ुहा ः हा दाई पनि, नयाँ किनी हाल्छु नीु हाँस्दै सहज जवाफ फर्काए उनले ।
त्यसो त सविनका बुवा पनि उनको यो वानीवाट प्रसन्नै हुनुहुन्छ । ुयसलाई जति पैसा दिए पनि फरक पर्दैन सवै यही राख्छु खुत्रुकेलाई संकेत गर्दै उहाले भन्नुभयो । पुस्तक पसल संचालन गर्दै आउनु भएको छ उनको बुवाले । कहिले काही पैसा पसलवाट निकाल्लान्नी ? मैले बुवालाई सोधें । ुअहं, त्यो मामिलामा उ एकदम इमान्दार छु बुवाले भन्नुभयो ।
मलाई रमाइलो लाग्दै थियो । ु खुत्रुके फुटालौ न त ?ु मैले प्रस्ताव राखें । तर सविनले मानेन् । ुअहिले बेला भएको छैनु उनले जवाफ फर्काए । तर मैले कर गर्न छोडिन । बल्ल बल्ल उनी राजी भए । खुत्रुके फुटाल्दा एक हजार अठाइस रुपैया रहेछ ।

बुवाले सविनको विमा गर्ने योजना बनाउनु भएको छ । ुआखिर पैसा मैले दिन पर्दैन क्यारेु बुवाले भन्नुभयो । ुजम्मा भएको पैसाको पनि राम्रो ठाउँमा लगानी हुन्छु आमाले पनि सहमती जनाउनु भयो । त्यसो त सविनको पैसा छर छिमेकमा व्याज पनि लगाउने गरिएको छ । ुहिसाव किताब बुवा आमाले गरिदिनु हुन्छ निु सविनले भने ।

यसरी बचत गर्ने सविन एक्लै छैनन् । सविनको घरदेखि ५०० मिटर जतीको दुरीमा बस्ने स्मृतिले पनि खुत्रुकेमा पैसा राख्छीन् । उनी भर्खर सात वर्षकी भइन् । बल्ल कक्षा ३ मा पढ्दै छिन् इ.पी.एस स्कुलमा । उनको त बल्ल ७ हजार मात्र भएको रहेछ । उनी पनि पैसा पाएपछि सविन झै खुत्रुकेमा राख्छिन रे । ुचाहीएको कुरा वुवा आमाले किन्दीहाल्नु हुन्छु । उनले भनिन् ुमलाई किन चाहियो तु । हुनपनि हो, त्यसो भएपछि उनलाई पैसा किन चाहीयो त । उनको पनि जम्मा गरेको पैसाले विमा गर्ने बुवा आमाको योजना रहेछ । त्यसमा उनि पनि सहमत भइन् ।

सायद बालबालिकाको बचत प्रतिको यही मोह बुझेर होला । धेरै फाइनान्सहरुले पनि आजकल बालबचत योजना ल्याएका छन ्। तिनकुनेमा रहेको स्वर्णिम तारा फाइनान्सले पनि यस्तै योजना ल्याएको छ । घरघरमा एउटा चिटीक्कको खुत्रुकेमा े दिन्छ फाइनान्सले । यसको बनोट माटाको खुत्रुके भन्दा अलि फरक हुन्छ । अहिले यो निकै लोकप्रिय भएको छ । स्वर्णिम ताराको संचालक समिती सदस्य गोपी पाण्डेका अनुसार हरेक महिना महिनामा जम्मा भएको पैसा लिन कर्मचारी घर घरमै पुग्छन ।
फाइनान्सले दिएको खुत्रुकेमा पैसा राख्दै गर्दा एक पटक त दाजु म्याक र भाई विकलको पैसा एकै महीनामा ६ हजार पो पुगेछ । कसरी थाहा छ ? वुवा विदेशवाट अध्यन सकेर काठमाडौ फर्कदा छोराहरुलाई खर्च गर्न भन्दै पैसा दिनु भएको रहेछ । त्यस्तै मामा विदुरले पनि पठाइदिनु भएको रे ड्याडी संग । उनीहरुले सवै पैसा खुत्रुकेमा जम्मा गरे । अनि हुदैन त धेरै जम्मा ।
अहीले फाइनान्समा सवै भन्दा वढ्दो मागनै बाल खुत्रुके बचतको छु संचालक पाण्डो भन्नुहन्छ । उहाँका अनुसार यो योजना अन्र्तगत जम्मा भएको पैसामा व्याज पनि धेरै नै दिइन्छ ।
सानै देखि बचत गर्ने बानी बसेमा पछिलाई सजीलो हुन्छ । पाण्डेको थप जोड थियो । ुयसले देशको अर्थतन्त्रमा पनि सहयोग हुन्छु उहाले भन्नभयो ।
त्यसो त भर्खर ६ महिना पुग्दै गरेकी जानकी गैरेको पनि पाँच हजार जम्मा भइसके छ । उनकी आमा मुनाले खुत्रुकेमा राख्देकी छन् । ुभातख्याई गर्दा पाएको सबै जम्मा गरीदिएु मुनाले भनिन् । मुनाले पनि एउटा फाइनान्सवाट खुत्रुके ल्याएकी रहीछन् । बुवा विजय गैरैले पनि डलर, खुजुरा हुने विक्तिकै खुत्रुकेमा राख्दीन्छन् । अनि त भएन मज्जा ।
यस्तो बचतले के फाइदा पुग्छ त ? संचालक पाण्डेका विचारमा बालबच्चाहरुले यो पैसा पछि ठुलो भएपछि खर्च गर्न सक्छन् । आफुले रोजेको विषय पढाउन बुवा आमाले खर्च गर्न नसक्ने अवस्ता आउन पनि सक्छ । त्यस्तो वेला यो वचतले सहयोग पु¥याउछ । विजय गैरेले पनि यस कुरामा सहमती जनाए । उनले भने ुयसकारण मैले आजैबाट जम्मा गर्न थालेको छुु । ुआखिर जम्मा नगरे पनि त्यो पैसा कहाँ जान्छ थाहा हुदैन क्यारेु उनले थपे ।







orginally published on JUNKIRI suppliment of  NAGARIK  DAILY  dated on Bhadra 13, 2066

Thursday, February 18, 2010

बर्थ डे बास

‘ह्याप्पी बर्थ डे टु यु
ह्याप्पी बर्थ डे टु यु मन्जु’

सहभागी सबैले मिठो भाका लगाउदै थिए । बलीरहेका क्यान्डील निभाएपछी मन्जुका हातहरु केक तर्फ लम्बन्छन् । ह्याप्पी बर्थ डे टु यु मन्जु, यस्तै लेखिएको छ केकमा । यसलाई उनले दुई टुव्रmा पारीन् । अनि सुरु भयो केक ख्वाउने कार्यक्रम । मन्जु पालैवालो सबैलाई ख्वाउदै गईन् । सहभागी साथीहरु र इस्टमित्रले उनलाई टिका लगाइदिदै शुभकामना र उपहार दिन थाले ।

२३ वर्ष अघि आजैको दिन मन्जुले धर्ती टेकेकी थिइन् । त्यसैले उनी हर्षउल्लासका साथ जन्मदिन मनाउदै छिन् । पि.के कलेज बागबजारबाट मास्टर्स डिग्री सक्न लागेकी काठमाण्डौ बालाजु बस्ने मन्जु भन्छिन् ‘बर्थ डे मनाउदा बेग्लै आनन्द आउछ । सबैको शुभकामनाले केही गर्यौ भन्ने उत्साह थप्छ । त्यसैले केही बर्ष देखी नियमीत मनाउन थालेकी छु’

सधैको बर्ष बर्थ डेका दिन उनको कार्यसुची प्राय उस्तै हुन्छ । विहानै पशुुुुपतीनाथको मन्दिर । साथीभाई र परीवारसंग रमाईलो अनि साझमा सेलीब्रेसन । आफुुलाई फोन, एसएमएस वा भेटेरै पनि जन्मदिनको शुभकामना दिने सबैलाई निम्ता हुन्छ साझको सेलीब्रेसनमा ।

मन्जुमात्र होईन, पछिल्लो पटक आफ्नो जन्मदिन उत्सवको रुपमा मनाउने जमाथ ठृलै भैसकेको छ । त्यसो त केही वर्ष अघिसम्म मन्जुले पनि कहा मनाउथिन् र आफ्नो जन्मदिन ? ‘ग्लोबलाइजेसनको पछिल्लो प्रभाव हो बर्थ डे सेलीब्रेसन’ उनले थपिन् , ‘वितेको वर्षको समिक्षा गर्दै आउने वर्षमा थप सफलताको लागी शुभकामना लिने हदसम्म सेलीब्रेसन गर्नु राम्रो हो ।’ मन्जु भड्काउलो पाराको सेलीब्रेसनको विपक्षमा छिन् । उनको भड्काउलो परीभाषामा अनावश्यक खर्च, जाड पार्टी र होहल्ला पर्छ । तर साथीभाईसंग रमाइलो गर्न बर्थ डेका दिन दुई तीन हजार खर्चन भने डराउन नहुने उनको तर्क छ ।
अझ मन्जुका दाई बिजय पनि तयारीमा निकै ब्यस्त भेटिए । ‘यो उमेरमा यस्ता सेलीब्रेसनले निकै महत्व राख्छन् । हाम्रो सानै सहयोग र हौसलाले पनि बिशेष अर्थ राख्ने भएकाले बहिनीको जन्मदिनलाइ बिशेष रुपमानै मनाउन प्रोत्साहन गरेको हु’ बिजयले सुनाए । त्यसो त क्यासपियन भ्याली कलेज ललितपरमा अध्यापनरत बिजय आफै पनि बर्थ डे सेलिब्रेट गर्ने मध्य पर्छन् ।

काठमाण्डौ वानेश्वर बस्ने अभिनन्दन अर्यालले पनि आफ्नो २१ औ बर्थ डे मनाए, गएको मंसीर १२ गते । बुवाको जागीरको सिलसिलामा भारतमै जन्मिएको प्रभावले पनि होला उनले सानै देखी आफ्नो बर्थ डे मनाउदै आएका छन् । तर घर अर्घाखाचीमा रहदा भने बेग्लै तवरबाट बर्थ डे सेलीब्रेसन गरेको अनुभव साटे । भन्छन् ‘घरमा पण्डीत बोलाएर पुजा गरिन्थ्यो । ग्रह शान्ती र सत्यनारायणको पाठ लगाएर जन्मोत्सवमा रमाइलो हुन्थ्यो । सबै गाँउलेलाई प्रसादी खान बोलाउदाको आनन्दै बेग्लै । आजकल जस्तो केक काट्ने भन्ने हुदैनथ्यो ।’ फरक शैलीमै भए पनि हरेक बर्षनै बर्थ डे मनाउदै आएको अनुभब संगालेका अभिनन्दनका नजरमा पनि जन्मेको दिन केही रमाइलो गर्नु राम्रो नै हो । राती १२ बजेनै फोन र एसएमएसका बर्षा लाग्छन् रे उनलाई बर्थ डेका दिनमा । ती सबै फोन र एसएमएसलाई बिश्लेषण गर्दै थप्छन् ‘साथीभाई र इस्टमित्र सबैको नजरमा राम्रै रहेछुु झै लाग्छ ।’ अभिनन्दनको बर्थ डे सेलीब्रेसमा पनि मन्जुकै झै झल्को आउथ्यो । उही क्याण्डील निभाउने, केक काट्ने आदी । अक्सर तन्नेरीहरु यस्तै पारामा रमाउछन् आफ्नो जन्मदिनको स्मरणमा ।

नेपालमा जन्मदिन उत्सवकै रुपमा मनाउन कहिले बाट सुरु भयो भन्ने यथेस्ट तथ्य नभएपनि राजा, राणाहरुले धेरै पहिले बाटनै मनाउन थालेको अनुमान गरीन्छ । राजाहरुको जन्मदिनलाई राष्ट्रिय चाडनै मानेर सार्वजनिक बिदा दिने चलन केही वर्ष अघिसंम पनि थियो । तर सामान्य नागरिकले भने बिदेशी टेलिभिजन च्यानलहरुको बढ्दो प्रभावसंगै आधुनिक तवरबाट सेलिब्रेसन गर्न सिनेका हुन् । यद्धपी हुनेखाने र केही बिशेष व्यक्तीहरुले भने परम्परागत पुजापाठ लगाएर जन्मदिन मनाउने गरेको चलन नया होईन । शहरमा बर्थ डे मनाउने चलन पछिल्लो पटक ब्यापकनै भएपनि गाउमा भने अझै पनि यो नैलो र अनावश्यककै रुपमा लिईन्छ । अभिनन्दनको घरमा झै बिदेश घुमेका परिबार र केही हुनेखानेहरुले भने कुनै न कुनै रुपमा गरेको पनि भेटिन्छ । तर आफु जन्मेको दिनको यादनै नहुनेहरु पनि थुप्रै भेटिन्छन् ।

via Hello Shukrabar (Kantipur)

Sunday, June 14, 2009

हाम्रो छुट्टी गाउँका लागि


रमेश न्यौपाने
तस्विर-लेखक

बिदाहरु धेरैले धेरै तरिकाले मनाउँछन् । कोही परिवारसँग घुम्न जान्छन् । कोही घरमै बसेर टिभी हर्ेर्दै, पढ्दै रमाउँछन् । कोहीले त घरका काममा आमाबुवालाई सहयोग पनि पुर्याउँछन् होला । तर नवलपरासी जिल्लाको निकै उच्च भागमा रहेको दर्ुगम गाउँ रुचाङ्गका बालबालिकाहरुले भने गाउँका ब्रि्रीएका बाटोघाटो बनाउँदै, स्कुल नजाने बालबालिकालाई बिहान-साँझ पढाउँदै र गाउँमा सरसफाई सम्बन्धी जनचेतना मूलक काम गरेर बिदाको सदुपयोग गर्ने गरेका छन् । अझ लामो बिदामा गाउँ बाहिरबाट राम्रा स्कुलमा पढेर आएकाहरुले गाउँकै बिद्यालयमै गएर कोर्सका साथसाथै हाल देशभित्र र बाहिर भइरहेका घटनाहरुबारे पनि जानकारी गराउँछन् ।

यसपटकको जाडोबिदामा जनचेतना बाल समूह, आमडाँडा, रुचाङ्गका बालबालिकाहरुले गएको बषर्ामा पहिरो र आकासे पानीले बिगारेको गाउँको बाटो राम्रो बनाए । "ठूलाबढाले खाली कुरामात्र गरे, त्यसैले हामी आफै बाटो बनाउन तम्सियौँ ।"- क्लबका सदस्य देउराज रानाले भने । उनी लुम्बिनी मावि कावासोतीमा पढ्छन् । "गाउँ जाँदा केही राम्रो काम गर्न पाए निकै रमाइलो हुँदो रहेछ ।" उनले भने । उनीहरुले रुचाङ्ग-६ को आमडाँडा देखि मौलाथर हुँदै राहुदीसम्म पुग्ने झण्डै ३ किलोमिटरको ब्रि्रीएको बाटो बनाए । ५ दिन लगाएर उनीहरुले यो काम सकेका हुन् । सबैले आ-आफ्ना घरबाटै कुटो-कोदालो र हसिँया लिएर काम गर्न पुगेका थिए । त्यसैगरी गाउँकै आवतजावत बढी हुने ससाना गोरेटो एवं घोडेटो वरपरका बाक्ला झाङ्गहरु प्ानि हटाएर बाटोलाई राम्रो र सुरक्षित बनाए । उनीहरु ब्ााल समूहबाटै निर्ण्र्ाागरेर जम्माजम्मी २५ जना थिए । ठूलाहरुले खन्ने र सानाहरुले माटो फ्याक्ने गरी कामको भागबण्डा उनीहरुले बाल समूहको बैठकबाटै गरेका हुन् ।

त्यसैगरी रुचाङ्ग-९, आर्बिनका बालबालिकाहरु त बिदाको समयमा स्कुल नगएका बालबालिकालाई बिद्यालय पुर्याउन नजाने घरहरु पुगेर बिद्यलाय जान भन्दै आग्रह गर्छन् । केटाकेटीले भनेको नर्टर्ेेन कि भनेर उनीहरु ब्ााल समूहका बालबालिकाको साथै बिदामा गाउँमा आउने गाउँकै नाम चलेका र सबैले मान्ने गरेका ब्यक्तिलाई पनि साथै लैजान्छन् । "गाउँमा जाँदा सबै बालबालिकासँगै घरघर पुगेर पढाइको महत्व बुझाई पढ्न आग्रह गरेपछी धेरैले मानेका उदहारण प्रशस्तै छन् ।"- गाउँबाट सबैभन्दा धेरै पढ्ने मध्येका एक एवँ रेडियो नेपालका नवलपरासी रिपोर्टर के बी रानाले भने । "बिभिन्न दलित एवँ बिपन्न वर्गका बालबालिकाले पाउने छात्रावृत्ति रकम र कक्षा ८ सम्म सरकारले निःशुल्क पढाइदिने कुरा त उनीहरुलाई थाह नै रहेनछ ।"-रानाले थपे । अझ शिवशक्ति बाल क्लबकै बालबालिकाहरुले शुरुवात गरेको विहानी कक्षा अहिले बिद्यालयमा परिणत भएको छ । समुदी सतहदेखि ३४०७ मिटर उचाइमा रहेको रुचाङ्गको दशरथ डाँडामा ३ बर्षअघि बाल क्लबका अघुवा सदस्यहरुले स्कुल जान नसक्ने ससाना बालबालिकाहरुलाई विहानमा पढाउने कार्यको थालनी गरेका थिए । "यहाँबाट नजिकको प्राथमिक बिद्यालय जान पहाडको कठिन बाटो घन्टौं लगाएर जानुपथ्र्यो । जुन कुरा ससाना भाइबहिनीहरुलाई असम्भव हुने हुँदा हामीले बिहानी कक्षा संचालन गरेका थियौ ।"-क्लबका सदस्य रन बहादुर सारुले बताए । १७ घर मगर परिवार रहेको उक्त बस्तीमा शुरुमा ३६ बालबालिकाहरु प्ाढ्नबाट बंचित थिए । अहिले बिद्यालय बनेपछी दशरथ डाँडाका ५० भन्दा बढी बालबालिकाले पढ्ने अवसर पाएका छन् । "अहिले उक्त बिद्यालय त्यहाँकै बालकल्याण प्राबिको शाखाको रुपमा रही कक्षा ४ सम्म पर्ढाई हुन्छ । " भीमबहादुर थापाले बताए ।


त्यसैगरी रुचाङ्गकै बडा नँ ४ मा नमूना बाल समूहले त्यहाँका दलित बिद्यार्थीहरुलाई बिहान बेलुका चौतारमा पढाउने काम गर्यो । अझ उनीहरुलाई त रुचाङ्ग गाबिसले आर्थिक सहयोग पनि गर्यो । "जसले गर्दा उनीहरुलाई कपी कलम किनिदिनुका साथै बिद्यालय भर्ना गराउने काम सम्म गरियो ।"- अध्यक्ष तोप बहादुर रानाले भने । अझ यस वडाबाट यस पटक पहिलोचोटी नियमिततर्फएसएलसीमा ज्ञानीसरा रकिमले पास गरेपछी छोरीलाई पनि पढाए केही गर्न सक्छन् भन्ने शिक्षा मिलेको छ । उनी पनि अहिलेको बिदामा त्यहाँकै प्राथमिक बिद्यालयमा पढाइन् । त्यसका साथै गाउँमा सफा एवँ स्वच्छ वातावरण बनाउन घरनजिकै पाल्ने बुंगुरको गोठलाई पर सार्ने काम पनि तिनै बालक्लबले गरे । "त्यसो गर्न बुढाहरुलाई मनाउन त निकै सास्ती पर्यो, तर चौतारमा ठूलाबडा, मान्यजन एवँ बालबालिकाको भेला गराएर त्यसो गर्नुको फाइदा बताएपछी अन्ततः उनीहरु हृाम्रै कुरामा सहमत भए ।"- झवीलाल चुहानले भने ।


via Junkiri Suppliment on Nagarik Daily