orginally published on KANTIPUR daily's friday suppliment hellosukrabaar
जागीर अब १०–५ को काम मात्र रहेन । सुचना प्रविधिको विकास सागै हाम्रो दैनिकीमा सहजता मात्र हाएको छैन, अर्थोपार्जनको नया अवसर पनि त्यसैगरीनै जुटिरहेको छन् । आफु बसिरहेको एउटा कुनाबाट दुरदराजको कुनै व्यक्तीको लागी काम गर्नु पनि सम्भप छ – आउटसोर्सिङ मार्फत ।


ध्रुब झै बालकोटकी जयन्ती माला चापागाइ पनि कुनै समयकी फुलटाइम प्रोग्रामर थिइन् । झण्डै तीन वर्ष इ–जोन इन्टरनेशनल कम्पनिमा कम्प्युटर प्रोग्रामर रहेकी जयन्ती अहिले भने क्याम्पसे जीवनमा छिन । तर पनि उनी अरुको भरमा बाच्नु परेको छैन । कलेज आवर बाहेक दैनिक २ / ३ घन्टा आउटसोर्सिङ मा हराउछिन् उनी । भन्छिन ‘अहिले यसैबाट कलेजको फि र आफ्नो खर्चहरु चलाइ राखेको छु ’ । थापाथली इन्जिनियरीङ क्याम्पस बाट कम्प्युटरमा डिप्लोमा सकेकी उनले अबको क्यारियर कोडिङनै बनाउने धुनमा छिन । अहिले एक अमेरिकी कम्पनीले दिएको वेब साइट निर्माण गरिरहेकी छन्, उनीले ।
अर्घाखाचीका नारायण थापा पनि ध्रुव र जयन्तीकै पंक्तीमा पर्छन् । विगत छ सात बर्ष देखि वेबसाइटको काम गर्दै आएका नारायणले चार वर्ष अघि आफ्नै कम्पनि नै खोले, इन्टरनेशनल बिजिनेश ब्युरो । नारायण अहिले यसै कम्पनीवाट स्थानीय स्तरका वेब साइट बनाउछन् । तर यसले उनको आउट सोर्सिङको काम भने रोकीएको छैन । आफ्नै कम्पनि खोल्नु अघि २ वर्ष उनले न्युयोर्क को कम्पनिलाइ प्रोगामर र पछि टिम लिडरकोरुपमा आउट सोर्सिङ गरेका थिए । दैनिक १४ देखि १६ घन्टा काममा खट्ने नारायण कति दिन त अफिसमै पनि सुते, अमेरिकन कम्पनिको समय अनुसार काम गर्न । लर्ड बुद्ध कलेज बाट एम एस्सी आइटी उनी अहिले जाभा कोडिङको अध्यापनमा समेत संलग्न छन । ‘प्रतिस्पर्धि अहिलेको संसारमा जागिर नपाएर भौतारिएका थुप्रै साथिहरु भेट्छु ’ , नारायणले भने , ‘तर इन्टरनेट जोडिएको एउटा कम्प्युटर भए जहा जस्तो ठाउमा पुगेपनि म मेरो काम सागै हुन्छु । ’ उनको बुझाइमा आउटसोर्सिङले आफुलाइ अन्तराष्ट्रिय स्तरको बजारमा समेत अभ्यस्त गराउदो रहेछ । ‘संसार ठुलो छ त्यसैले आउट सोर्सिङको बजार पनि ब्यापक छ । त्यसैले कामको अवसर पनि प्रसस्त छ मात्र आफ्नो लगनसिलताको खाचो हो । ’ उनले भने ।
के हो त आउट सोर्सिङ?
विकसित देशहरुमा जनशक्ति महंगो छ । तर अल्पविकसित वा विकासोन्मुख देशमा भने सस्तैेमा नै कामहरु गर्न सकिन्छ । त्यसैले विकसीत देशका कम्पनीहरु आफुले गराउन खोजेको काम इन्टरनेटमा राखीदिएका हुन्छन् । आफुलाइ उपयुक्त काम इन्टरनेटमा खोजि गर्ने र संम्वन्धीत कम्पनीमा निवेदन दिन सकिन्छ । क्लाइन्टहरु आश्वस्त भएमा काम शुरु गर्न सकिन्छ । त्यो पुरा गरेपछि सम्बन्धित देश र कम्पनीको नियम अनुसार करहरु कटाएर बैक खातामा पैसा पठाउछ । तर शुरुमै कुनै शुल्क र लगानी भने गर्नु पर्दैन, आफ्नै सिप नै प्रमुख कुरा हो । भारत, फिलिपिन्स लगाएतका मुलुकहरु आउट सोर्सिङमा उल्लेख्य आम्दानी गर्नेहरु मध्ये पर्छन् । नेपालमा झण्डै पाच सयको हाराहारीका प्रोग्रामर र कम्पनीहरुले यो काम गर्ने गरेको अनुमान छ ।
No comments:
Post a Comment