Showing posts with label Creative child. Show all posts
Showing posts with label Creative child. Show all posts

Monday, February 22, 2010

उदाउँदै उत्सव

पाल्पा जिल्ला तानसेन न.पा. भगवती टोल बस्ने उत्सव वस्याल १४,न्यू होराईजन उ.मा.वि. पाल्पा कक्षा ८ मा पढ्छन । पढाईमा अव्वल उत्सव कक्षा ७ वाट ८ मा पुग्दा कक्षामा द्धितिय भएका थिए (८९%) अंकका साथमा । पाल्पाकै यम्घा ५ चामडाँडामा घर भएपनि वुवा ढकेश्वर, आमा लक्ष्मी र बहिनी आस्थाका साथ उनी तानसेन बस्दै आएका छन ।
कुनै जिल्ला स्तरीय प्रतियोगिताको लागी विद्यालयमा पत्र आयो भने , सबैले लख काटी हाल्छन , निर्विकल्प रुपमा विद्यालयको प्रतिनिधित्व उत्सवले नै गर्नेछन । चाहे त्यो हाजीरीजवाफ होस या वक्तीत्वकला उनले त्यस्ता थुप्रै प्रतियोगितामा पुरस्कार पनि जितेका छन र्। मलाई अध्ययन शिवाय अतिरिक्त कृयाकलापमा पनि खुब रुची छ ’ उनले भने र्, त्यस्तै अनुसारको वातावरण पनि पाएको छु । ’ उस्तवले घरमा सजाएका शिल्ड , पदक र प्रमाणपत्र देख्दा उनका वुवा ढकेश्वर पनि निकै हौसिएका रहेछन । उनले सुनाए र्,सन्तानले सोचे अनुसारको प्रगती गरेको देख्दा कतै आफुले केही वातावरण मिलाईदिन सकिएन की भन्ने चिन्ता लाग्छ । ’्रलक्ष्मी आफै पनि शिक्षिका भएको भएरै होला , छोराछोरीको अध्ययन वारे सुक्ष्म निरिक्षण गर्छिन ।

त्यसो त उत्सवले जितेका प्रतियोगिताको निकै लामो सुचि नै छ । गत साल फाल्गुण चार गते जिल्ला स्तरीय हाजिरीजवाफमा द्धितिय भएका थिए । जिल्ला बालकल्याण समितिले पोहोर साल भदौ २९ गते आयोजना गरेको जिल्ला स्तरीय वकतृत्वकला प्रतियोगितामा उनले तेस्रो स्थान हात पारे । अझ अचम्म त , हरेक बर्ष दशैमा स्थानीय सुर्यकिरण युवा क्लवले खुल्ला हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्छ । मास्टर डिग्री पढेकाहरुले पनि सहभागीता जनाउने उक्त प्रतियोगिताको प्रथम पुरस्कार भने उत्सवकै नाममा जान्छ । त्यस्तै भयो यो बर्ष र गत बर्षको दशैमा पनि । विद्यालयका यि प्रतिभाशाली विद्यार्थी देखेर उत्सवका कक्षा शिक्षक गोपाल पि.सी. पनि निकै हौसिएका रहेछन र्। उत्सव सामान्य विद्यार्थी भने होइनन । ’ उनले भने र्। उसवाट हामीले ठुलो आशा गरेका छौ ।’ हुने विरुवाको चिल्लो पात भनेझै उत्सव पनि त्यस्तै चिल्लो पात भएको कुरा गोपालले सुनाए ।

आफ्नो लक्ष्य वारे सोध्दा उत्सवले बढो कुटनितिक जवाफ दिए र्। तपार्इंहरु सवैले नाम लिन लाएक व्यक्ती बन्न चाहन्छु । ’ उदाउँदै गरेका उत्सवलाई हाम्रो पनि शुभकामना ।



orginally published on JUNKIRI  suppliment  of  NAGARIK  DAILY  on  27th mansir, 2066

Thursday, February 18, 2010

अध्ययनमा अब्बल ब्रजेश


स्काईराईडर ई. बो. स्कुल रत्ननगर–१२, चितवन कक्षा दशका ब्रजेश अर्याल, १५, अध्ययनमा निकै अब्बल छन् । सुब्बाचोक, टाढी स्थीत घरमा

बुवा बसन्त र आमा ईन्दीरा संगै बस्दै आएका उनी पढाईका अलवा अन्य अतिरिक्त कृयाकलापमा पनि शसक्त छन् । घरमा सजाईएका शिल्ड, पदक, प्रमाणपत्र आदी उनका सफलताका साक्षी रुपमा रहेका छन् । ‘अबको युगमा किताबी ज्ञानमात्र पर्याप्त छैन,’ उमेरले खारीएको पाका मान्छेकै शैलीमा ब्रजेश भन्छन्, ‘अबको दुनीयाँमा आफ्नो अलग पहिचान बनाउन सबै क्षेत्रका सवाललाई ख्याल गर्नु पर्दछ ।’


हाजिरीजवाफ प्रतियोगीताका लागी ब्रजेश पुरै चितवनमा कहलीएको नाम हो । कक्षा सातमै पढ्दाका दौरान २०६३ सालमा एकता निकेतन स्कुल बक्कुलरमा आयोजीत क्षेत्रीय मा.वि हाजिरीजवाफ प्रतियोगीतामा प्रथम स्थान हासील गरेर सफलताको इतिहास रच्न सुरु गरेका हुन् उनले । कृषि विकास बैकंले पोहर साल आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा पनि प्रथम स्थान उनैका नाममा लेखीयो । चितवनमा उनले जितेका यस्ता थुप्रै हाजिरीजवाफ प्रतियोगीता छन् जसको नाम लिईरहेर साध्य नै छैन । संभवत जिल्लामा यस्तो कुनै प्रतीष्ठीत प्रतियोगीता बाँकी रहेन जसमा उनले सफलताको स्वाद चाखेका छैनन् । त्यसैले त भर्खर सम्पन्न हरलिक्स जिनियस नेपालमा चितवनको प्रतिनिधित्व गर्ने मौका उनकै हातमा गयो । त्यहा उनले सेमिफाईनलसम्मको यात्रा पनि तय गरे ।

via Junkiri (Nagarik)dated magh 2, 2066

घरमा सजाइएका ब्रजेशका शिल्ड देखाउदै गर्दा बुवा अमित निकै हर्सीत थिए ।‘अब त म यसका पुरस्कारहरु सम्हाल्नै नसक्ने भएको छु,’

कृषि विकास बैकंमा ट्रेनिङ अफिसर रहेका बुवा अमितले भने, ‘यसको आवश्यकतामा कुनै पनि कमी गरेको छैन र गर्ने पनि छैन ।’ उनको चाहना छोरालाई राष्ट्रिय स्तरकै एक कुशल अर्थ व्यवस्थापक बनाउने रहेछ । ब्रजेशले त्यसमा सहमती जनाएका छन् । ‘देशलाई साच्चै माया गर्ने कुशल अर्थ व्यवस्थापक चाहीएको छ,’ उनी थप्छन्, ‘अर्थशास्त्र मेरो रुचीको विषय समेत भएकाले राष्ट्रलाई यस क्षेत्रमा केही गर्न सकिन्छ भन्ने विश्वास छ ।’

स्थानीय स्तरमा स्थापीत महीला समाजिक कार्यकर्ता, उनकी आमा इन्दीरा दुबैको कुरा सुनेर खुशी भएको देखीन्थ्यो । विद्यालयका लागी थुप्रै पुरस्कार जितेका ब्रजेशसंग शिक्षकहरु निकै सन्तुष्ट छन् । ‘ब्रजेश हाम्रो समेत प्ररणाको स्रोत हो,’ शिक्षक प्रदीप पोखरेलले निसंकोच खुलाए, ‘मैले त उसलाई क्युज मास्टरकै उपमा दिएको छु ।’ साथीहरु माझ पनि ब्रजेश लोकप्रिय छन् । उनी संगै पढ्ने सागर भण्डारीलाई सबैबाट उसले पाएको सम्मान देख्दा पक्कै केही गर्ला भन्ने लागेको छ रे ।