करिश्मा मानन्धर, नेपाली चलचित्र जगतकी सार्वधीक सफल नायीका हुन् । १४ वर्षकै उमेरमा वि.सं.२०४० मा चलचित्र अभिनय सुरु गरेकी मानन्धर २० वर्ष नेपाली रजतपटमा एकक्षत्र राज गर्न सफल भईन् । केही वर्षको अमेरिका बसाई पछि उनी अहिले गोदावारीस्थित आफ्नो निवासमा फुर्सदको दिन विताईरहेकी छिन् । प्रस्तुत छ, अंकुरको लागि रमेश न्यौपानेले उनीसंग गरेको अन्तरंग संवाद ।
तपाईंको नजरमा प्रेम ?
भित्री मनले महसुस गरेर प्रर्दशन गरिने अभिव्यक्ति ।
स्कूले जीवनमा एकदमै चकचके र बदमास हुनुहुन्थ्यो रे ?
होइन, म ज्ञानी थिए । स्कूले जीवनमा मलाई कसैले नायिका होली भन्ने अनुमान पनि गरेका थिएनन् ।
जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म आफ्नो जीवनसँग पुरै सन्तुष्ट छु ।
गहिरो पश्चाताप कहिले र केमा प¥यो ?
छैन, म कहिल्यै पनि आफूले गरेको कुरामा पश्चाताप गर्दिन ।
जीवनमा सबैभन्दा बढी खुसी भएको क्षण ?
छोरी कवितालाई पहिलो पटक देख्दा म सबैभन्दा खुसी भए ।
समय र फुर्सद् पाए नेपालको कुन ठाउ“मा गएर समय बिताउन चाहनुहुन्छ ?
रारातिर ट्रेकिङ जाने तीव्र इच्छा छ ।
आफ्नै नजरमा तपाईंका तीन कमजोरी ?
अरुलाई छिटो विश्वास गर्छु, मनमा केही कुरा नराखी भन्छु र पछिल्लो समयमा अलि बढी बोल्न पनि थालेकी छु ।
सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
आफु र आफ्नो क्षमतामाथि ।
कुनै बेला रुनुभएको छ ?
धेरै पटक । विशेषतः विदेशमा एक्लै हुँदा आफन्त सम्झेर रुने गर्थें ।