Saturday, August 28, 2010

हातहातमा इन्टरनेट

बानेश्वरकी विनिता कार्की, २३, छ महिनाअघिसम्म हप्तामा तीनपटक जति साइबर धाउँथिइन् । इन्टरनेटका कारण आफ्नो प्रेमी अमेरिकामा उडेको वर्ष दिनमा उनले आफूलाई एक्लो महसुस गरिनन् । तर, साइबर धाउने बानी भने फेरिएको छ । कारण हो, नेपाल टेलिकमको जीपीआरएस सेवा । यो सेवाबाट मोबाइलमै इन्टरनेट चलाउन पाउने भएपछि साइबर जानु परेन । भन्छिन्, 'हातमै इन्टरनेट भएपछि किन साइबर धाउने ?' 

दसवर्षे युद्धपछि 'क्रान्ति'लाई थाँती राखेर नेकपा माओवादी सरकारमा आयो । सञ्चारमन्त्री भएका 'कमरेड' कृष्णबहादुर महराले आर्थिक वर्ष २०६३/६४ मा नयाँ कार्यक्रम ल्याए, 'हात हातमा मोबाइल, घरघरमा इन्टरेन ।' त्यही कार्यक्रमले बनाएको जगमा तीन वर्षमा नेपाली 'इन्टरनेट गाथा' निकै अघि बढिसकेको छ । घरघरमा इन्टरनेट होइन, इन्टरनेट हातहातमा आइपुगेको छ । 

गत चैत मसान्तको तथ्यांकअनुसार यसरी मोबाइलमा इन्टरनेट चलाउनेको संख्या करिब ८ लाख छ । जसमा एनसेल उपभोक्ताको संख्या सबभन्दा बढी छ । एनसेलका ६ लाख ४६ हजारभन्दा बढी ग्राहक मोबाइलमा जीपीआरएस जडान गरेका छन् । त्यस्तै नेपाल टेलिकमका १ लाखभन्दा बढी ग्राहकले यो सेवा लिएका थिए । नेपालमा इन्टरनेट पहुँच भएका झन्डै ९ लाख ५० हजारमध्ये ७ लाख ५० हजारले मोबाइलबाट चलाउँछन् । बजारमा उपलब्ध वाइफाईको सहायताले पनि इन्टरनेट चलाउने धेरै छन् । 

मोबाइलमै इन्टरनेट चलाउन थालेपछि धेरैको दैनिकी सहज भएको छ । चौधरी ग्रुपमा सेल्स एक्जुकेटिभको काम गर्ने धु्रव पुञ्जाली यीमध्ये एक हुन् । उनी भन्छन्, 'दिनभरि काम गर्‍यो, व्यस्तताले इमेल चेक गर्न पनि शनिबार कुर्नुपथ्र्यो । कति इमेल त्ा आएका थाहै हुन्थेन ।' अहिले उनी त्यो समस्याबाट मुक्त छन् । छिनछिनमा इमेल चेक गर्नेमात्र होइन, फेसबुकमा 'इस्टाटस् अपडेट' गर्न पनि भ्याएका छन् । एकैछिन फुर्सद हुनासाथ उनले इन्टरनेट खोल्ने गरेको बताए ।
मोबाइलमा इन्टरनेट चलाउन खासै महँगो पनि छैन । फेरि सामान्य इमेल चेक, फेसबुक वा च्याटिङमात्र गर्न झन् सस्तो छ । तपाईंले पैसा तिर्दा खोलेको डेटाअनुसार तिर्नुपर्छ । नेपाल टेलिकमको मोबाइलमा प्रतिसय केबी डेटा चलाउँदा मात्र २५ पैसा लाग्छ । इमेल वा फेसबुकको एउटा पेज खुल्दा औसत १० केबीमात्र प्रयोग गरिएको हुन्छ । अझ च्याटिङमा त अक्षरमात्र प्रयोग हुने हुनाले त्यो झन् थोरै हुन्छ । धेरै लोकपि्रय साइटहरूको मोबाइल भर्सन पनि बनाइएको हुन्छ । यस्ता साइटहरू खोल्दा झन् सस्तो पर्छ । 

तपाई पनि आफ्नो मोबाइलमै इन्टरनेट चलाउने योजनामा हुनुहुन्छ भने यो सजिलै हुने काम हो । तपाईसँग नेपाल टेलिकमको मोबाइल छ भने सीधै टेलिकमको कार्यलय जानुहोस् । त्यहा रु, १ सय १३ तिरेपछि तपाईको मोबाइलमा जीपीआरएस सेवा जोडिन्छ । तर, यसका लागि मोबाइल सेट इन्टरनेट चलाउन सकिने सुविधा भएको हुनुपर्छ । जीपीआरएस कनेक्ट भएपछि मोइबाल सेटमा त्यो सेवा चलाउन सकिने गरी कन्फुगेरेसन मिलाउनुहोस् । अनि त हरदम अनलाइन । 

तर यदि एनसेलको ग्राहक हुनुहुन्छ भने त झन् त्यो झन्झट पनि छैन । तपाई सीधै एउटा एसएमएसको भरमा इन्टरनेट जडान गर्न सक्नुहुन्छ । मोबाइलको म्यासेज बक्समा गएर 'ए' टाइप गरी ९००२२४ मा पठाउनुपर्छ । अथवा ९०० वा ८१००३  डायल गरे पनि हुन्छ । 

1 comment:

Freddie Logan said...

जमना वाई-मा छ, के को gprs को कुरा गर्नु भाको .