it was orginally published on the HELLO SUKRABAAR suppliment of KANTIPUR DAILY of march 26, 2010


आम युवती झै मोर्डन ड्रेसमा भेटिएकी हाल हाडीगाउमा परिवारसंगै बस्ने काभ्रेकी रीना लामा १९ लाई झट्ट हेर्दा आध्यात्मीक होलीन् भनेर पत्याउन निकै मुश्किल पर्छ । एनआईसी कलेजमा स्नातकतह प्रथम वर्षकी यी छात्रा ुसाचो जीवन निर्माण अभियानु मा संलग्न छिन् । ुसर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनु को मुख्य नारामा रही उनले थुप्रै ठाउमा आफुभन्दा धेरै पाकाहरुलाई पनि ुज्ञानु बाडेकी छिन् । ुसंसारको सत्यलाई बोध गर्दै नकरात्मक भाव मनबाट सबैले पखाल्न सके दुनियामा अशान्ती र पीडा भन्ने नै हुने थिएन ु उनले थपिन् ुईश्वरले चाहेको समाज निर्माणको लागी सबैलाई नैतिक र आध्यात्मीक ज्ञान चाहिएको छ ।ु उनी धर्मको नाममा हुने कुनै जात धर्म वा समुदायप्रतीको हेला वा सम्मानको विपक्षमा छिन् । भन्छिन् ुसबैको मन भित्रनै ईश्वर छ त्यसलाई चिन्न नसक्दा मान्छे भगवान भन्दै भौतारीएको छ ।ु उनले पनि आफुले आफैलाई सम्मान गर्न सके सबै समस्या हल हुने विचार सुनाइन् ।
ुमै खाउ मै लाऊ उमेरमा पनि किन यस्तो लाईनमा लागेको त सबै जनाको प्राय उस्तै धारणा छ । ुएक दिन त्यसै टेन्सन भएको बेला किर्तनमा जादा निकै आनन्द अनुभुती भयो । अनी त्यसपछि म नियमीत किर्तन र प्रवचन सुन्न जान थालेु आभाष खुले ुगुरुहरुको सझावले गर्दा मन आनन्दीत हुदै गयो । ध्यानले ज्यान हलुका भएको अनुभुती हुनुका साथै संसार चिन्ने मौका पाए त्यस यता म नियमीत आश्रम आउन थालेको हु ।ु दुनिया आर्थिक उन्नती तर्फ लम्केको बेला त्यसको प्रभाव उनीहरुमा पनि परेको भेटियो । रिना भन्छिन् ुभोको पेटलाई जती नैतिक पाठ घोकाए पनि त्यसको कुनै अर्थ रहदैन । त्यसैले अध्यात्मलाई आर्थिक रुपले जेडेर लान सके त्यो फलदाही हुन्छ । उनले आफ्नो संस्था मार्फत त्यही गर्ने गरेकी छिन् । पढेलेखेका तन्नेरी आध्यात्म र साधनामा लाग्दा त्यो वैज्ञानिक हुने धारणा साईमनको पनि छ । ुआखिर पढ्नु किन ु उनी आफैले जवाफ दिए ुहरेक कुरालाई वैज्ञानिक र व्यवहारीक रुपले गर्न लाई हो शिक्षाको आवश्यकता ।ु सायद त्यसैको फल हुन पर्छ अध्यात्मलाई अर्थतन्त्रसंग जोड्नु । उनको बुझाइको सच्चा शान्ति त्यतीबेला आउछ जसबेला हरेक मान्छे अरुको सम्मानमा रमाउछन् । त्यसको लागी साधनामा लाग्न सबैलाई उनको आग्रह छ ।
No comments:
Post a Comment