Saturday, April 9, 2011

स्वतन्त्रत जीवन

बिद्यालयको सा“घुरो घेराबाट कलेज जीवनको स्वतन्त्रतामा प्रवेश गर्नु जीवनकै एउटा स्वर्ण समय हो । यसको ब्यवस्थापन जिम्मेवार र लगनशील भएर गर्न सकियो भने मात्र जीवन सुन्दर हुन्छ । नत्र जीवन बिग्रने र कुमार्गमा फस्ने बेला पनि यही नै हो ।’

रमेश न्यौपाने

यस बर्षको एसएलसी परिक्षा पनि सकियो । झण्डै ५ लाख बिद्यार्थी फलामे ढोकाको परिक्षामा सहभागि भएर जीवनको दोस्रो पाटोमा प्रवेश गरेका छन् । उनीहरुको फ्रिडम लाइफ प्रारम्भ हु“दै छ । ति सम्पूर्ण साथीहरुलाई ‘वेलकम टु फ्रिडम लाइफ’ । झोला बोकेर १० देखि ४ बजेसम्मका स्कुल अनि धेरै घण्टाका झन्झटिला ट्युसन र राती अवेरसम्मको जागराम सबै यही स्वतन्त्रता प्राप्तीको लागि थियो । अर्थात ‘फलामे ढोका पार गर्न ।’ यसै मेसोमा रहेर उपत्यकाका चार जना जेहेन्दार छात्र–छात्रास“ग भलाकुसारी गरीएको छ, जसले बिद्यार्थी जीवनका यी फरक पाटोलाई सजिलै झल्काउ“छ ।



ओमेगा इन्टरनेसनल हाई स्कुल, कुमारीपाटी, ललितपुरकी आरक्षा शाक्य एसएलसी सकेपछि आफूलाई अर्कै संसारमा प्रवेश पाएको अनुभव गर्दैछिन् । ‘हुन त केही हप्ता अघिभन्दा अहिले त्यति धेरै परिवर्तन आइसकेको त होइन, तर पनि मनोवैज्ञानिक असर पर्दो रहेछ’, उनको अनुभव सुन्दैमा लाग्थ्यो अघिको बाटो अब बेग्लै तरिकाको हुनेछ जुन स्कुले जीवनमा थिएन । स्कुल पढ्दाका ति दिन कहिल्यै आफ्ना वास्तविक चहाना अनुसार रहेनन् । ‘न त कहिल्यै प्रयाप्त ‘एक्सपोजर’ गर्ने अवसर नै हुन्थ्यो’, भन्छिन्, ‘काठमाण्डु छाडेको भनेको स्कुलले लगेको पोखरा भ्रमण मात्र हो ।’ त्यसबेला पनि शिक्षकहरुकै योजनामा पूर्ण भर पर्दै हिंड्नु पथ्र्यो । उनले खोजेको स्वतन्त्रताको अनुभव बल्ल गर्न पाउलिन् जस्तो छ । ‘यस बिचमा स्वतन्त्र भएर पश्चिम नेपालका दुर्गम गाउ“हरु घुम्ने रहर छ’, आरक्षाले बताइन् । एसएलसीकै चापले कहिल्यै उनी पढाई बाहेकका आफ्ना अन्य रुचिमा समय दिन पाइनन् । उनमा ती चहानाहरु सधै मनभित्रै दबिएर रहे । ‘तर’, भन्छिन्, ‘परिक्षा सकिएकै भोलिपल्ट स्कुलमा भएको अभिभावक दिवसमा बिना तयारी गएर नाचियो ।’ परिक्षाकै कारण कत्ति चाडपर्व र पारिवारिक जमघट मिस गर्नु परेको आफ्नो व्यथा उनले सुनाउदै भनिन्, “अबको केही समय मात्र परिवार र इस्टमित्रसंग विताउदै छु ।”



सौरभ पोखरेल, १६, लिटिल एञ्जल्स् स्कुल , हात्तिवनबाट यो बर्षको एसएलसी दिएका छात्र हुन् । केही दिनअघिसम्म किताब पकड्ने हातहरु अहिले गीतारमा रमाउ“दैछन् । औंलाहरु कलमको सट्टा स्ट्रिङ नचाउन ब्यस्त छन् । स्कुले जीवनमा उनको गितारमा रुचि नभएको भने होइन, तर त्यसबेला जीवन आफ्नो नियन्त्रणमा नरहेको अनुभव सुनाउ“छन् उनी । भन्छन्, ‘बच्चै भएकोले परिवारको निर्णय मान्नुको बिकल्प हुन्थेन ।’ परिक्षाको त्रास देखाउ“दै परिवारले हाम्रो इच्छा, चहाना र सपना दबाउ“थे । ‘तर’, भन्छन्, ‘अब परिवेश बिस्तारै बेग्लै भइराखेको छ ।’ एसएलसीकै कारण सौरभको हातमा मोवाइल हुनबाट परिवारले रोकेको थियो । तर परीक्षा सकिएकै दिन हातमा परेको सेल फोन देखाउनै उनी भन्छन्, “ बल्ल बास्तविक जीवन सूरुवात भएझै लागेको छ ।”



उता इपियस स्कुल, नया“बानेश्वरकी लीना कार्की, १५, लाई जति सा“घुरो दायराको स्कुले जीवनबाट निस्क“दाको खुसी छ, उत्तीकै चूनौतिपूर्ण नया“ वातावरणको जिम्मेवारी पनि थपिएको छ । ‘स्वतन्त्रताको सच्चा मज्जा त्यतिखेर आउ“छ जतिखेर आफू पनि जिम्मेवार भइन्छ’, लीनाले भनिन्, ‘अब त झन् सोच्ने दायरादेखि लिएर काम गर्ने तरिका व्यापक हुनुपर्छ ।’ उनी स्कुल पढ्दा खाली कोर्सका कितामा मात्र घोटिन्थिन् । स्कुलको परिवेश पनि त्यस्तै थियो । उनले पनि सौरभ झै सानैदेखि क्रेज रहेको गीतारमा राम्ररी पोख्त हुने उत्प्रेरणा कहिल्यै पाइनन् । ‘तर पनि मैले गीतारको प्रारम्भिक कोर्स जसोतसो स्कुल पढ्दाखेरी नै गरेकी हु“’, थपिन्, ‘अब त्यसैलाई निरन्तरता दि“दै एडभान्स कोर्स ज्वाइन हु“दै छु ।’ उनलाई परीवारले एसएलसी सकिनासाथ माउन्टेन फ्लाइटमा लैजाने वाचा गरेको रहेछ । अब आफु पहीला परीक्षाको बोझ बाट पाएको उन्मुत्ती त्यही फ्लाइटमा गएर विसाउने योजनामा रहेको सुनाइन् ।



अघिल्ला साथीहरुकै पंक्तिमा पर्छन् नमूना बोडिङ्ग हाई स्कुल, लुभुका अविनाश निरौला । एसएलसी सकेकै दिन उनले फेसबुकमा लेखे ‘इट्स द पर्फेक्ट टाइम टु रिज्वाइस ।’ आजकल इन्टरनेटमा बढ्तै रमाउन थालेका उनी । भन्छन्, ‘पहिलेजस्तो अब बुवाममीको निगरानी सहनु पर्दैन, मज्जाले च्याट गरिन्छ ।’ अविनाशका विचारमा क्याम्पस छिरेपछि छोराछोरीलाई अब स्वतन्त्र नै छाडिदि“दा राम्रो हुने सायद अभिभावकहरुलाई नि लाग्दो हो । ‘आफ्नो सन्तान बिग्रीयोस भन्ने त कसले चहान्छ र’, भने, ‘तर पनि स्कुल पढ्दासम्म हामीलाई पाको भएकै सोच्न नसक्नु हामी प्रतिको बढ्दा स्नेह भएरै हो ।’ उनलाई अझै याद छ स्कुल जा“दा सधै खाजा खान पैसा मात्र अड्कलेर अभिभावकहरुले दिने गरेको, कहि“ घुम्न जान्छु भन्दा त्यसको लामो ब्रिफिङ दिनेगरेकोजस्ता धेरै कुराहरु । भने, ‘एसएलसी सकेपछि ममीले पकेट मनी चाहिएला भनेर पा“च सय दि“दा त म अचम्म परें ।’

No comments: