Friday, May 6, 2011

दुरीले नछेक्ने काम

रमेश न्यौपाने
orginally published on KANTIPUR daily's friday suppliment hellosukrabaar
जागीर अब १०–५ को काम मात्र रहेन । सुचना प्रविधिको विकास सागै हाम्रो दैनिकीमा सहजता मात्र हाएको छैन, अर्थोपार्जनको नया अवसर पनि त्यसैगरीनै जुटिरहेको छन् । आफु बसिरहेको एउटा कुनाबाट दुरदराजको कुनै व्यक्तीको लागी काम गर्नु पनि सम्भप छ – आउटसोर्सिङ मार्फत ।

त्यसैका एक अनुभवी हुन् नयाा बानेश्वरमा बस्दै आएका गुल्मीका ध्रुब ज्ञवाली । उनी कम्प्युटर प्रोगामर हुन् जसको सामान्यझै आफ्नो कार्यालय समय पनि छ । तर त्यसलेमात्र उनको आमदामीको काम गरिराखेको छैन । व्याक्तिगत तवरबाट आउने थुप्रै सफ्टवेयरहरु र वेबसाइटहरु पनि बनाउछन उनी । ९ वर्ष देखि सफ्टवेयर बनाउन थालेका ध्रुबले आजसम्म दर्जनौ सफ्टवेयर र वेब साइट बनाइ सकेका छन । भन्छन्, ‘अहिले पनि म भिन्न किसिमका सफ्टवेयर निर्माणमा व्यस्त छ’ु । पछिल्लो पटक चर्चामा आएका केहि सफ्टवेयर पनि उनले बनाएका छन । झण्डै २ वर्ष अगाडि नेत्रहिनहरुको

Thursday, May 5, 2011

अभिभावकका काठमाडौं सपना

रमेश न्यौपाने
(orginally published in NAYAPATRIKA   on baishak 21, 2068) 
 
गाउँमै राम्रा कलेज खुलिसक्दा पनि काठमाडौं जानैपर्ने प्रवृत्तिबारे अभिभावक सचेत हुनुपर्छ आवश्यक ठूलै रकम खर्च गर्न नसक्ने अभिभावकले आफ्ना सन्तानलाई काठमाडौं पढाउने सपना सँगाल्नु उपयुक्त नहुन पनि सक्छ 

अघिल्ला वर्षमा झैँ एसएलसी यस वर्ष पनि सकियो । उच्च् शिक्षाका लागि बसाइँसराइको मौसम प्रारम्भ भएको छ । सन्तानलाई कता पढाउने भन्ने निर्णय गर्ने समय हो यो अभिभावकहरुको । निकट भविष्यमै प्लस टु सकेका विद्यार्थी पनि राजधानी ओइरिने क्रम तीव्र हुने पक्का छ । यो समयमा गरिने सानो निर्णयले जीवनमा ठूलो अर्थ राख्ने गर्छ । 
यससम्बन्धी एउटा प्रसंगबाट कुरा सुरु गरौँ । गाइँगुइँ सुन्न थालेको केही सातासम्म मलाई उनको इमान्दारी र स्वच्छतामा शंका लागेन । अध्ययनमा अब्बल भए पनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाका लागि उनको काठमाडौं यात्रा अनिश्चित भएको थियो । तैपनि हिम्मत गरिन् जागिर गर्दै पढ्ने । अनि तय भयो राजधानी यात्रा । साधारण परिवेशकी परिश्रमी केटीमा छोटो समयमै ठूलो परिवर्तन आउला भन्ने सामान्य अनुमान पनि थिएन । 
सिलसिलावश केही दिनमै उनको डेरामा पुगेँ । उनी त्यहाँ थिइनन् । घरबेटीलाई सोध्दा अघिल्लै दिन रातो नम्बर प्लेटको गाडी चढेर गएकी हुन् रे । आखिरमै गलत ठहरिएँ । 
उनी एउटी प्रतिनिधि पात्र हुन् यही समाजकी । मेरो पुस्ताका थुप्रै तन्नेरी

Saturday, April 9, 2011

स्वतन्त्रत जीवन

बिद्यालयको सा“घुरो घेराबाट कलेज जीवनको स्वतन्त्रतामा प्रवेश गर्नु जीवनकै एउटा स्वर्ण समय हो । यसको ब्यवस्थापन जिम्मेवार र लगनशील भएर गर्न सकियो भने मात्र जीवन सुन्दर हुन्छ । नत्र जीवन बिग्रने र कुमार्गमा फस्ने बेला पनि यही नै हो ।’

रमेश न्यौपाने

यस बर्षको एसएलसी परिक्षा पनि सकियो । झण्डै ५ लाख बिद्यार्थी फलामे ढोकाको परिक्षामा सहभागि भएर जीवनको दोस्रो पाटोमा प्रवेश गरेका छन् । उनीहरुको फ्रिडम लाइफ प्रारम्भ हु“दै छ । ति सम्पूर्ण साथीहरुलाई ‘वेलकम टु फ्रिडम लाइफ’ । झोला बोकेर १० देखि ४ बजेसम्मका स्कुल अनि धेरै घण्टाका झन्झटिला ट्युसन र राती अवेरसम्मको जागराम सबै यही स्वतन्त्रता प्राप्तीको लागि थियो । अर्थात ‘फलामे ढोका पार गर्न ।’ यसै मेसोमा रहेर उपत्यकाका चार जना जेहेन्दार छात्र–छात्रास“ग भलाकुसारी गरीएको छ, जसले बिद्यार्थी जीवनका यी फरक पाटोलाई सजिलै झल्काउ“छ ।



ओमेगा इन्टरनेसनल हाई स्कुल, कुमारीपाटी, ललितपुरकी आरक्षा शाक्य एसएलसी सकेपछि आफूलाई अर्कै संसारमा प्रवेश पाएको अनुभव गर्दैछिन् । ‘हुन त केही हप्ता अघिभन्दा अहिले त्यति धेरै परिवर्तन आइसकेको त होइन, तर पनि मनोवैज्ञानिक असर पर्दो रहेछ’, उनको अनुभव सुन्दैमा लाग्थ्यो अघिको बाटो अब बेग्लै तरिकाको हुनेछ जुन स्कुले जीवनमा थिएन । स्कुल पढ्दाका ति दिन कहिल्यै आफ्ना वास्तविक चहाना अनुसार रहेनन् । ‘न त कहिल्यै प्रयाप्त ‘एक्सपोजर’ गर्ने अवसर नै हुन्थ्यो’, भन्छिन्, ‘काठमाण्डु छाडेको भनेको स्कुलले लगेको पोखरा भ्रमण मात्र हो ।’ त्यसबेला पनि शिक्षकहरुकै योजनामा पूर्ण भर पर्दै हिंड्नु पथ्र्यो । उनले खोजेको स्वतन्त्रताको अनुभव बल्ल गर्न पाउलिन् जस्तो छ । ‘यस बिचमा स्वतन्त्र भएर पश्चिम नेपालका दुर्गम गाउ“हरु घुम्ने रहर छ’, आरक्षाले बताइन् । एसएलसीकै चापले कहिल्यै उनी पढाई बाहेकका आफ्ना अन्य रुचिमा समय दिन पाइनन् । उनमा ती चहानाहरु सधै मनभित्रै दबिएर रहे । ‘तर’, भन्छिन्, ‘परिक्षा सकिएकै भोलिपल्ट स्कुलमा भएको अभिभावक दिवसमा बिना तयारी गएर नाचियो ।’ परिक्षाकै कारण कत्ति चाडपर्व र पारिवारिक जमघट मिस गर्नु परेको आफ्नो व्यथा उनले सुनाउदै भनिन्, “अबको केही समय मात्र परिवार र इस्टमित्रसंग विताउदै छु ।”