‘बिद्यालयको सा“घुरो घेराबाट कलेज जीवनको स्वतन्त्रतामा प्रवेश गर्नु जीवनकै एउटा स्वर्ण समय हो । यसको ब्यवस्थापन जिम्मेवार र लगनशील भएर गर्न सकियो भने मात्र जीवन सुन्दर हुन्छ । नत्र जीवन बिग्रने र कुमार्गमा फस्ने बेला पनि यही नै हो ।’
रमेश न्यौपाने
यस बर्षको एसएलसी परिक्षा पनि सकियो । झण्डै ५ लाख बिद्यार्थी फलामे ढोकाको परिक्षामा सहभागि भएर जीवनको दोस्रो पाटोमा प्रवेश गरेका छन् । उनीहरुको फ्रिडम लाइफ प्रारम्भ हु“दै छ । ति सम्पूर्ण साथीहरुलाई ‘वेलकम टु फ्रिडम लाइफ’ । झोला बोकेर १० देखि ४ बजेसम्मका स्कुल अनि धेरै घण्टाका झन्झटिला ट्युसन र राती अवेरसम्मको जागराम सबै यही स्वतन्त्रता प्राप्तीको लागि थियो । अर्थात ‘फलामे ढोका पार गर्न ।’ यसै मेसोमा रहेर उपत्यकाका चार जना जेहेन्दार छात्र–छात्रास“ग भलाकुसारी गरीएको छ, जसले बिद्यार्थी जीवनका यी फरक पाटोलाई सजिलै झल्काउ“छ ।ओमेगा इन्टरनेसनल हाई स्कुल, कुमारीपाटी, ललितपुरकी आरक्षा शाक्य एसएलसी सकेपछि आफूलाई अर्कै संसारमा प्रवेश पाएको अनुभव गर्दैछिन् । ‘हुन त केही हप्ता अघिभन्दा अहिले त्यति धेरै परिवर्तन आइसकेको त होइन, तर पनि मनोवैज्ञानिक असर पर्दो रहेछ’, उनको अनुभव सुन्दैमा लाग्थ्यो अघिको बाटो अब बेग्लै तरिकाको हुनेछ जुन स्कुले जीवनमा थिएन । स्कुल पढ्दाका ति दिन कहिल्यै आफ्ना वास्तविक चहाना अनुसार रहेनन् । ‘न त कहिल्यै प्रयाप्त ‘एक्सपोजर’ गर्ने अवसर नै हुन्थ्यो’, भन्छिन्, ‘काठमाण्डु छाडेको भनेको स्कुलले लगेको पोखरा भ्रमण मात्र हो ।’ त्यसबेला पनि शिक्षकहरुकै योजनामा पूर्ण भर पर्दै हिंड्नु पथ्र्यो । उनले खोजेको स्वतन्त्रताको अनुभव बल्ल गर्न पाउलिन् जस्तो छ । ‘यस बिचमा स्वतन्त्र भएर पश्चिम नेपालका दुर्गम गाउ“हरु घुम्ने रहर छ’, आरक्षाले बताइन् । एसएलसीकै चापले कहिल्यै उनी पढाई बाहेकका आफ्ना अन्य रुचिमा समय दिन पाइनन् । उनमा ती चहानाहरु सधै मनभित्रै दबिएर रहे । ‘तर’, भन्छिन्, ‘परिक्षा सकिएकै भोलिपल्ट स्कुलमा भएको अभिभावक दिवसमा बिना तयारी गएर नाचियो ।’ परिक्षाकै कारण कत्ति चाडपर्व र पारिवारिक जमघट मिस गर्नु परेको आफ्नो व्यथा उनले सुनाउदै भनिन्, “अबको केही समय मात्र परिवार र इस्टमित्रसंग विताउदै छु ।”

