Saturday, August 28, 2010

हातहातमा इन्टरनेट

बानेश्वरकी विनिता कार्की, २३, छ महिनाअघिसम्म हप्तामा तीनपटक जति साइबर धाउँथिइन् । इन्टरनेटका कारण आफ्नो प्रेमी अमेरिकामा उडेको वर्ष दिनमा उनले आफूलाई एक्लो महसुस गरिनन् । तर, साइबर धाउने बानी भने फेरिएको छ । कारण हो, नेपाल टेलिकमको जीपीआरएस सेवा । यो सेवाबाट मोबाइलमै इन्टरनेट चलाउन पाउने भएपछि साइबर जानु परेन । भन्छिन्, 'हातमै इन्टरनेट भएपछि किन साइबर धाउने ?' 

दसवर्षे युद्धपछि 'क्रान्ति'लाई थाँती राखेर नेकपा माओवादी सरकारमा आयो । सञ्चारमन्त्री भएका 'कमरेड' कृष्णबहादुर महराले आर्थिक वर्ष २०६३/६४ मा नयाँ कार्यक्रम ल्याए, 'हात हातमा मोबाइल, घरघरमा इन्टरेन ।' त्यही कार्यक्रमले बनाएको जगमा तीन वर्षमा नेपाली 'इन्टरनेट गाथा' निकै अघि बढिसकेको छ । घरघरमा इन्टरनेट होइन, इन्टरनेट हातहातमा आइपुगेको छ । 

गत चैत मसान्तको तथ्यांकअनुसार यसरी मोबाइलमा इन्टरनेट चलाउनेको संख्या करिब ८ लाख छ । जसमा एनसेल उपभोक्ताको संख्या सबभन्दा बढी छ । एनसेलका ६ लाख ४६ हजारभन्दा बढी ग्राहक मोबाइलमा जीपीआरएस जडान गरेका छन् । त्यस्तै नेपाल टेलिकमका १ लाखभन्दा बढी ग्राहकले यो सेवा लिएका थिए । नेपालमा इन्टरनेट पहुँच भएका झन्डै ९ लाख ५० हजारमध्ये ७ लाख ५० हजारले मोबाइलबाट चलाउँछन् । बजारमा उपलब्ध वाइफाईको सहायताले पनि इन्टरनेट चलाउने धेरै छन् । 

मोबाइलमै इन्टरनेट चलाउन थालेपछि धेरैको दैनिकी सहज भएको छ । चौधरी ग्रुपमा सेल्स एक्जुकेटिभको काम गर्ने धु्रव पुञ्जाली यीमध्ये एक हुन् । उनी भन्छन्, 'दिनभरि काम गर्‍यो, व्यस्तताले इमेल चेक गर्न पनि शनिबार कुर्नुपथ्र्यो । कति इमेल त्ा आएका थाहै हुन्थेन ।' अहिले उनी त्यो समस्याबाट मुक्त छन् । छिनछिनमा इमेल चेक गर्नेमात्र होइन, फेसबुकमा 'इस्टाटस् अपडेट' गर्न पनि भ्याएका छन् । एकैछिन फुर्सद हुनासाथ उनले इन्टरनेट खोल्ने गरेको बताए ।

Monday, August 23, 2010

now, i am back again

dear friends
i am very sorry that i was unable to update my blog. durning the days, i was busy on a newspaper which paved a long distace to my blog. exam was another obstacle to remain on touch. but now, i am free my fren, i will always be on your touch today onwards. needless to say, how lonely i felt during the days.
trust me my fren, now i am here to share my feelings and experience daily. hope to get ur feedbacks for my post and others.

Thursday, April 29, 2010

घुमौं सौराहा


काठमाण्डौंबाट ४ घण्टाको दुरी । आफ्नै साधन छैन भने कलंकीमा जानुस्,नाराणघाटसम्मको माइक्रो पाइन्छ(भाडा रु २५०) त्यसमा चढ्नुस । र,नारायणगढ उत्रिएपछि टाढी सम्म जाने बस पाइन्छ । रु.२६ भाडा दिनुस र अब तपाई सौराहा गेटमा ओर्लिनुस्,त्यहा“ टायर गाडा(५० देखि १०० रुपैयासम्ममा)ले सौराहा बस्तीमा पु¥याइदिन्छ ।होटलहरु प्रशस्तै छन्,तर खालि नहुन सक्छन त्यसैले पहिले त्यो बुझ्नुस् । त्यसपछि त्यहा“ उपलब्ध सुविधाबारे बुझ्नुस् । अब व्याग राखेर एकैछिन रिफ्रेसमेन्टको लागि होटलबाहिर टहलिनुस् ।

अब भाडामा साइकल लिनुस्,अनि साइक्लिङको मज्जासंगै पुग्नुस्,थारु म्युजियम,जीवजन्तु राखिएको ल्याव,हत्ति प्रजनन केन्द्र,अन्र्तराष्ट्रिय हात्ति प्रतियागिता हुने ठाउ“ । र,सा“झ पर्न लागेपछि पव(खोलाको तीर) जानुस् । इलिफेन्ट सावर(हात्तिको ढा“डमा चढेपछि उसको सुढले पानी फ्य“ाकेर नुहाइदिन्छ) लिनुस् ।


आएर पवमा रहेको मेचमा पल्टिनुस् । चाहेको खानेकुरा खानुस्,केही महंगो हुनसक्छ मेनु हेरेर खल्ती विचार गर्नुृस् ।(पवमा १००० खर्च गर्नुभयो भने तपाई भरपुर रम्न सक्नुहुन्छ ।)


फर्केपछि बेलुकी साढे ७ या ८ बजे थारु कल्चरल प्रोग्रम हुन्छ,होटलवाललाई भनिराख्नुस् । जानुस्,थारु सांस्कृतिक कार्यक्रम हेर्नुस् । भोलिपल्ट हात्ति चढ्न होटललाई बेलुकै भन्नुस् । बिहानै हात्ति चढ्न जानुस् ।



टिकट दर रु.५ सय (स्वदेशीका लागि) र १५ सय रुपैया (विदेशीका लागि) । होटलमा बस्नु भएको छ भने त्यही सम्पर्क राख्नु, उनीहरुलेनै टिकटको व्यवस्था गर्छन् । नत्र हात्ती सफारी काउन्टरमा जानुहोस ।



अब होटल छेउको कुनै ठाउमा तपाईलाई होटलकै सहयोगिले लगिदिन्छन्,चढ्नुस् । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेशको लागि छुट्टै २० रुपैया तिर्नुपर्छ । अब निकुञ्ज पसेपछि हेर्दै लोभलाग्दा एक सिंहे गैडा मयुर ,जरायोजस्ता जीवहरु भ्ेटिन्छन् । त्यह“ा हात्ती सफारीको लागी दुइटा समय छुट्टाइएको छ, विहान ६ बज अनि दिउसो २ बजे । निकुन्ज भित्र दुइ देखी तीन घण्टा सम्म रमाउन पाउनु हुनेछ । तर पनि बिहानको समय धेरै ठिक, घामले नपोल्ने हु“दा भ्रमण थप उल्लासमय हुनेछ ।



अब तपाईलार्य हात्तिले ओराल्ने ठाउमा तपाई बसेको होटलबाट जीप लिन आइराखेको हुनेछ,फर्कनुस् । अनि खाना खाएर उही बाटो काठमाण्डौं आउने तयारी गर्नुस् ।

published orginally on  HELLO  SUKRABAAR supplement of KANTIPUR DAILY dated 17th baisak, 2067