Thursday, April 29, 2010

घुमौं सौराहा


काठमाण्डौंबाट ४ घण्टाको दुरी । आफ्नै साधन छैन भने कलंकीमा जानुस्,नाराणघाटसम्मको माइक्रो पाइन्छ(भाडा रु २५०) त्यसमा चढ्नुस । र,नारायणगढ उत्रिएपछि टाढी सम्म जाने बस पाइन्छ । रु.२६ भाडा दिनुस र अब तपाई सौराहा गेटमा ओर्लिनुस्,त्यहा“ टायर गाडा(५० देखि १०० रुपैयासम्ममा)ले सौराहा बस्तीमा पु¥याइदिन्छ ।होटलहरु प्रशस्तै छन्,तर खालि नहुन सक्छन त्यसैले पहिले त्यो बुझ्नुस् । त्यसपछि त्यहा“ उपलब्ध सुविधाबारे बुझ्नुस् । अब व्याग राखेर एकैछिन रिफ्रेसमेन्टको लागि होटलबाहिर टहलिनुस् ।

अब भाडामा साइकल लिनुस्,अनि साइक्लिङको मज्जासंगै पुग्नुस्,थारु म्युजियम,जीवजन्तु राखिएको ल्याव,हत्ति प्रजनन केन्द्र,अन्र्तराष्ट्रिय हात्ति प्रतियागिता हुने ठाउ“ । र,सा“झ पर्न लागेपछि पव(खोलाको तीर) जानुस् । इलिफेन्ट सावर(हात्तिको ढा“डमा चढेपछि उसको सुढले पानी फ्य“ाकेर नुहाइदिन्छ) लिनुस् ।


आएर पवमा रहेको मेचमा पल्टिनुस् । चाहेको खानेकुरा खानुस्,केही महंगो हुनसक्छ मेनु हेरेर खल्ती विचार गर्नुृस् ।(पवमा १००० खर्च गर्नुभयो भने तपाई भरपुर रम्न सक्नुहुन्छ ।)


फर्केपछि बेलुकी साढे ७ या ८ बजे थारु कल्चरल प्रोग्रम हुन्छ,होटलवाललाई भनिराख्नुस् । जानुस्,थारु सांस्कृतिक कार्यक्रम हेर्नुस् । भोलिपल्ट हात्ति चढ्न होटललाई बेलुकै भन्नुस् । बिहानै हात्ति चढ्न जानुस् ।



टिकट दर रु.५ सय (स्वदेशीका लागि) र १५ सय रुपैया (विदेशीका लागि) । होटलमा बस्नु भएको छ भने त्यही सम्पर्क राख्नु, उनीहरुलेनै टिकटको व्यवस्था गर्छन् । नत्र हात्ती सफारी काउन्टरमा जानुहोस ।



अब होटल छेउको कुनै ठाउमा तपाईलाई होटलकै सहयोगिले लगिदिन्छन्,चढ्नुस् । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेशको लागि छुट्टै २० रुपैया तिर्नुपर्छ । अब निकुञ्ज पसेपछि हेर्दै लोभलाग्दा एक सिंहे गैडा मयुर ,जरायोजस्ता जीवहरु भ्ेटिन्छन् । त्यह“ा हात्ती सफारीको लागी दुइटा समय छुट्टाइएको छ, विहान ६ बज अनि दिउसो २ बजे । निकुन्ज भित्र दुइ देखी तीन घण्टा सम्म रमाउन पाउनु हुनेछ । तर पनि बिहानको समय धेरै ठिक, घामले नपोल्ने हु“दा भ्रमण थप उल्लासमय हुनेछ ।



अब तपाईलार्य हात्तिले ओराल्ने ठाउमा तपाई बसेको होटलबाट जीप लिन आइराखेको हुनेछ,फर्कनुस् । अनि खाना खाएर उही बाटो काठमाण्डौं आउने तयारी गर्नुस् ।

published orginally on  HELLO  SUKRABAAR supplement of KANTIPUR DAILY dated 17th baisak, 2067





Thursday, April 22, 2010

NEPAL'S LARGEST SELLING BOOKS


published on hello sukrabaar suplement of kantipur national daily of baisak 10, 2067

Saturday, March 27, 2010

विश्वदीपको विश्व

i
न्ोपाली  राजनीतिमा पछिल्लो पटक संम्भवत सर्वाधिक उच्चारण गरिएको हुनुपर्छ ुबाह्र बँुदे सहमतीु । त्यही सहमतीको साँचोले देशमा शान्ति र परिवर्तनको अग्रगामी ढोका खोलेको थियो । विपरीत ध्रुबका दुई शक्तिहरु तत्कालीन विद्रोही माओवादी र संसदवादी मुलधारका राजनीतिक दलहरु बीच भएको त्यो सहमतीलेनै नेपालमा गणतन्त्रको जग वसाल्यो । माओवादीलाई शान्तिवार्तामा ल्याउने त्यो सहमतीको पछाडी धेरै नेताहरुको नाम जोडियो होला तर सहमती सँगै जोडिएको तर ओझेलमा परेको एउटा महत्वपूर्ण पात्र हन् विश्वदीप पाण्डे २५ । दिल्लीस्थीत एक नेपालीको घरमा भएको त्यो सहमतीपत्रको ड्राफ्ट उनै पाण्डेले टाईप गरेका थिए । नेपाली राजनीतिको केन्द्रको वरिपरि रहेर उनले यस्ता ऐतिहासिक कालखण्डहरुमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

आठ वर्ष अघि संगै एसएलसी सकेका साथीहरु उच्च शिक्षाको लागी काठमाडौं हान्निसकेका थिए । कतिले त बुटवलमै पनि पढे । तर उनलाई त्यो अवसर जुरेन । युद्धकालीन समय थियो । बुवा तत्कालिन विद्रोही माओवादीका केन्द्रीय सदस्य भएकाले पनि होला सेनाको उच्च निगरानीमा पर्थे उनी । त्यसो त उनी आफै पनि अखिल क्रान्तिकारीका जिल्ला सदस्य थिए त्यसबेला । आफु माथीको सधैको खानलासी र अनावश्यक निगरानीले १७ वर्षे केटौले उमेरमा निकै हैरान भएका थिए । त्यसै बेला भुमिगत भएका बुवाको फोन आयो २०५९ साल असार ताका । युद्धविरामको समय भएतापनि सचेतना पुर्वक भेट्ने कार्यक्रम तय भयो बुवासंग रुपन्देहीको इटाभटीमा शहिद गणेश ढकालको घरमा ।

वुवासँगको त्यो गोप्य भेटले जीवनको लक्ष्य र बाटो वद्लिदिए जस्तो लाग्छ उनलाई । त्यो भेट यस्तो महत्वपुर्ण भेट सावित भयो जसको कारण नेपाली राजनितीको केन्द्र वरिपरि रहेर आजपर्यन्त काम गरिरहेका छन् पाण्डे । भ्ोट्नासाथ बुवाले भाग्यमानी रहेछस् महत्वपुर्ण ठाँउमा जाँदैछस् भन्दै अङ्गालेको आजै जस्तो लाग्छ रे उनलाई । महत्वपुर्ण ठाँउ जान गोरखपुर हुँदै लखनउसम्मको यात्रा तय गरे उनले कहिले रेलमा कहिले वसमा । लखनउमा माओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्राईसंग जम्काभेट भयो उनको । सुरुमा नपत्याए पनि पछि थाहा भयो उनी डा। बाबुरामको सहयोगीको रुपमा काम गर्दैछन् अब । त्यसबेला डा। बाबुरामल्ो भनेको शब्द सम्झदा अझै पनि भावबिभााेर हुन्छन् उनी । ु अहिले हिसिलासंग जानु बाँचेर आए भनेफेरि भेटौलाु डा। बाबुरामले तात्कालिन समयमा जारी शान्तीवार्ताको अन्तिम चरणमा सहभागी हुन निस्कदै गर्दा भनेका थिए । अनि डा। वावुराम काठमाडौं आए उनी दिल्ली लागे हिसिलासँगै ।
दिल्ली पुगेपछि तीन तले घरको एउटा फ्याटमा बस्न थाले हिसिलासंग । कम्युटर चलाउन सिके अंगे्रजी पनि निकै सुधि्रयो उनैको संगतमा रहँदा वस्दा । केही हप्ता पछि डा। बाबुरामको फोनसँगै उनी इलाहावाद तिर लाग्नु पर्ने भयो । त्यति काँचै उमेरमा एक्लै भारतमा हिड्न सकेकोमा कता कता गर्व पनि लाग्यो रे उनलाई । त्यहा उनले एउटा प्रेस विज्ञप्ती टाईप गर्नु पर् यो युद्धविराम भंग भएको । उनी भन्छन् ुत्यसबेला बल्ल आफु परीपक्क भएको अनुभव भयो ।ु तरपनि मनमा सन्तोष भने थिएन । थप्छन् ुमेरो त्यही टाईपसँगै देशमा फेरी युद्ध सुरु हुदै थियो ।ु उनी त्यसपछि फर्किए दिल्ली डा।बाबुरामसंगै ।

दिल्ली वसाईको क्रममा एकदिन एउटा रमाईलो घटना घट्यो । ुएकजना मान्छे दिल्लीको डेरैमा आएका थिए झलास्स सम्झीन्छन् उनी । मैले ढोका खोल्नासाथ भक्तिजीको छोरा हो तपाई भनेर प्रश्न गर्दा अक्क मक्क परे ती अपरिचितले आफुलाई चिनेको देख्दा ।ु मनमा कौतुहलता भइरह्यो तर कसैलाई सोधेनन् । पछि हिसिला यमीले त्यो मान्छे क। प्रचण्ड भएको सुनाउँदा त एक छिन् त अल्लमल्ल पो परेछन् । त्यतिवेला सर्वाधिक खोजी गरिएका व्यक्ति प्रचण्डलाई यति सहज र सरल ढंगले आफ्नै डेरामा भेट्न र देख्न पाइने उनले अनुमानसम्म पनि गरेका थिएनन् ।

कहिले कांही यस्ता रोमान्चक घटना भएपनि ुदिल्लीको बसाई निकै सकसकोु उनले विगत कोट्याए ुसाईबर जादा फोन गर्दा पनि निकै होसियारी अपनाउदै टाढा जानु पर्ने ।ु ुमनभित्र एक किसिमको मनोवैज्ञानिक डर भइरहन्थ्योु ती दिनहरु सम्झदा उनी अझैपनि मलिन हुन्छन् । त्यसमाथी पनि बाबुरामको कम वोल्ने वानी अध्ययनशिल व्यक्तित्व र अन्र्तमुखी स्वभाव । विहान उठ्दा होस् चाहे राती सुत्दा कितावसँग टासिरहेका बाबुराम बाहेक केही पनि देख्न पाउथेनन् हप्तै सम्म विश्वदिपले । टिनएजर भनिने चुलवुले वयमा कोठाभित्र न बोल्ने साथी न मिल्ने साथी शुरुमा त कम्ता सकस भएन । तर विउ गुनाको फल संगत गुनाको बुदि भएजस्तो अध्ययनको मोहले उनलाई पनि विस्तारै छुन थाल्यो । भ्याएसम्म अध्ययन गर्ने कुरामा निकै जोड दिन थाल्ने भए विश्वदिप ।

२०६१ साल ताकाको कुरा दिल्लीबाट रोल्पाको यात्रा दश दिन पैदल हासो मजाक गर्दै । त्यो यात्रामा अध्यक्ष क।प्रचण्ड क। बाबुराम सिता दाहाल हिसिला यमी लगायतका नेता÷नेतृ सँगै हुनुहुन्थ्यो । त्यतिवेला नै हो झण्डै अढाई वर्षपछि उनको एउटा सपना बल्ल पुरा भयो डा।बाबुरामसंग वसेर फोटो खिचाउने । त्यसअघि जती नै कर गरेपनि उनले त्यस्तो मौका कहिल्यै पाएका थिएनन् । उनलाई ठुलै काम गरे जस्तो लाग्यो त्यतिखेर । त्यसपछि रोल्पाको वसाई त्यति सुखद भएन । पार्टी भित्रको अन्तरसंघर्षले पार्टीलाई फुटको नजिक लगेको थियो । वावुराम हिसिला दिनानाथ लगायतकाहरु कार्वाहीमा परेका थिए । त्यसबेला बाबुरामहरु माथी भएको अन्याय देखेर राजनीतिबाट नै निकै विरक्तिएका रहेछन् उनी । भन्छन् ुउहुले धेरै सम्झाएपछि मात्र म थामिएको थिए ।ु केहिसमयपछि पार्टीले वावुरामहरु माथि भएको कार्वाहि फिर्ता लियो । विस्तारै परिस्थिती सजह हुँदै गयो ।

अनी सुरु भयो बाह्र बँुदे सहमतीको राजनीति । त्यसमा सबै पार्टीहरु बीच सहमति जुटाउन बाबुराम कृष्ण सिटौला र शेखर कोईरालाको मुख्य भुमिका रहेको उनी बताउँछन् । पछि त्यहीं बाह्र बँुदे सहमतीको ड्राफ्ट एक नेपालीको दिल्ली स्थित घरमा वसेर टाईप गर्दै गर्दा निकै हौसिएका रहेछन् उनी देशमा शान्ती परिवर्तन र विकास आउने आशमा । त्यसै बखत नै हो उनले पहिलो पटक बाबुरामको गाली खाएका आफ्नो गल्तीले होइन के।पी ओलीको कारणले गर्दा । १२ बुंदेको कमा र फुलिस्टप पनि अब परिवर्तन नगर्ने भनेर सहमति भइसकेको अन्तिम ड्राफ्ट उनवाट लिएर ओलीले भएको शव्द मेटेर अर्कै शव्द लेखिदिएछन् । तर त्यो उनलाई थाहा भएन र जस्तो थियो उस्तै टाईप गरे । पछि बाबुराम त्यो हेरिसकेर उल्टो अर्थ लाग्ने शब्दहरु टाईप भएकोमा निकै रिसाएछन् । तर पछि उनले आफ्नो औंला ओली तिर तेर् साइदिएछन् । र पछि त्यो सच्चाइएछ ।

त्यस यता शान्तीकालमा उनी झनै व्यस्त हुन थाले । वावुरामको सहयोगीको रुपमा मात्रै होइन माओवादीको केन्द्रीय कार्यालय अन्तर्गत राज्य समिति सदस्य समेत रहेका उनी नियमीत पत्रिकामा छाउन थालेका छन् विभिन्न लेख र राजनीतिक विश्लेशणका माध्यमबाट । जुनसुकै पार्टी र क्षेत्रका अग्रगामी विचार बोक्ने युवाहरुको एउटा साझा फोरमको निर्माणमा जुटेका छन् उनी अहिले । भन्छन् - देशले परिवर्तन चाहेको छ विकास चाहेको छ वेरोजगारीको अन्त्य चाहेको छ गणतन्त्र संस्थागत होस् भन्ने चाहेको छ शिक्षामा आमूल परिवर्तन चाहेको छ । पुरानो नेतृत्व व्यक्ति र गुट केन्द्रीत राजनीतिमा मात्र केन्द्रित रहेकाले अब उनीहरुले मुलक हाँक्ने हैसियत र क्षमता गुमाइसकेको उनको निष्कर्ष छ । परिवर्तन विकाश शान्ति र गणतन्त्र संस्थागत गर्न अब सबैलाई समेटेर युवाहरुको नेतृत्वमा मुलुक हाँक्नुको विकल्प उनी देख्दैनन् ।

मैले उनलाई सोधे के तपाई पनि भविष्यमा प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ विश्वदीप भन्छन्- ुराजनीतिमा लागेपछि सम्भावनाहरु अनेक हुन्छन् । सपना त्यसैको पुरा हुन्छ जसले देख्छ । अहिले ममा त्यो हैसियत र क्षमता त छैन तर आफुलाई प्रधानमन्त्री हुन योग्य पात्रको रुपमा उभ्याउने प्रयासचािहं अवश्य नै गर्नेछु । र त्यो विश्वास म आफुमा छ । संसार त्यसैले जित्छ जसलाई आफुमा विश्वास हुन्छु
IT WAS ORGINALLY PUBLISHED ON KOSELI SUPPLIMENT OF KANTIPUR NATIONAL DAILY OF DATED 27TH MARCH 2010