Saturday, February 20, 2010

Thursday, February 18, 2010

गरीबलाई मात्र लोडसेडिङ

सुख्खा मौसमको सुरुवात संगै लोडसेडिङ तन्कीने क्रम प्रारम्भ भएको छ । उही पुराना तथ्याङ्क, अनि पुरानै तर्क दिएर पन्छदैछन् सम्बधित निकायहरु । नेपाल बिद्युत प्राधिकरण कहिले, कहा, कती समय बिद्युत काट्ने, हिसाब मिलानमै मात्र ब्यस्त छ । केही समय अघिबाट सुरु साताको ५१ घण्टे लोडसेडिङ माघको सुरुवाती दिनहरुमै दैनिक १२ घण्टा पुग्ने भएको छ । केही दिन अघि नागरिक दैनिकमा प्रकाशीत समाचार अनुसार यो बर्ष पनि दैनिक १५ घण्टासम्म बिद्युत कटौती हुने छ । लोडसेडिङ क(कसलाई हुदैछ त ? गरीबलाईमात्र वा धनीलाई पनि । कि ठृलाबडा ( राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री ) लाई छुट छ ? यि केही गम्भीर सवाल हुन् ।


लोडसेडिङ हाम्रा लागी कुनै नैलो कुरा त रहेन । पछिल्ला बर्षहरुमा केही लामा लोडसेडिङका अनुभवहरुले हामी खारीएका छौ । यही अनुभवहरु प्रष्ट बोल्छन् , गरीबको लोडसेडिङ । हुनेखानेकहाँ इनभर्टरको ब्यवस्ता हुन्छ । कत्तीका घरमा त घरनै उज्यालो बनाउने ब्याट्री छ । चार्ज स्टोरीङ्ग डीभाइस वा जेनरेटरको प्रयोगले बिद्युत कटौतीको पत्तै नपाउने परीवार पनि प्रशस्तै छन् । केही दिन अघिको एउटा समाचार , नेमकीपा अध्यक्षको टोलनै झिलिमिली लोडसेडिङको अवधीमा पनि । कारण थिए हाम्रा राष्ट्रपति । उनी बिजुक्छे निवास के पुगेका थिए टोलनै झिलीमिली हुने मौका पायो । पोहर साल राष्ट्रपति निवास रहेकै कारण धापासीवासी लोडसेडिङको मारबाट टाढा रहन पाए ।


यि यथार्थहरुकै बिच अर्को एउटा अनुभव संगाल्ने अवसर जुट्यो । नवलपरासी जिल्लाको एउटा बिपन्न परीवारमा बास लिदै थिए , पाहुना बनेर । बिद्युत कटौतीको समय । राती दश नबजी बत्ती नबोल्ने । त्यस घरमा १५ बर्षे छोरी थिईन्, एसएलसीको तयारीमा । कुरा अघिल्लो बर्षको हो । १७ दिन पछि सुरु हुदै थियो उनको परीक्षा । राजधानीमा होस्टल, टिउसनले पनि नपुगेर घरमै शिक्षक राखी एसएलसीको तयारी गरेका थुप्रै देखेको थिए । त्यसैले पनि दिउँसो घास काट्न गएकी नानी पनि एसएलसीकै तयारीमा छिन् भन्ने बिश्वाश लागेन । तर रातीमा सधैको लोडसेडिङ । लाग्दथ्यो उनको जीवनको तगारो नै त्यही लोडसेडिङ हो । क्यान्डीलको अभावमा राती पनि पढ्न समस्या रहेछ उनलाई । राष्ट्रपति सवार टोलनै उज्यालो भएको समाचार बजीरहेका बखत ती नानीको झल्झल्ती याद आइरहेको थियो । लोडसेडिङका बेला पनि कम्युटरमा भिडियो गेम खेल्नेहरुकै कारण मैनबत्ती बाल्न पनि नसक्नेहरुको अन्धकार रात लम्बिदै छन् । हुनेखाने र ठृलाबडाकहाँ बत्ती जादाँ खासै असर नपर्ने हुदा पनि सरकारलाई आवश्यक दबाव नपरेको होला । बिद्युत आपुर्ती बढाउने उपायबारे सरकारको चाहीने जति ध्यान पुुगेको छैन । लोडसेडिङ अझै लम्बिएपछि सरकारको देखावटी संबेदनशिलता यस पटक पनि झल्किएला जसको कुनै अर्थ र तुक हुने छैन ।


मानवअधिकार, स्वास्थ्य अवस्था, शैक्षिक स्तर संगै कुनै पनि राष्ट्र, क्षेत्र वा परिवारको बिकासको अवस्था मापनको पछिल्लो सुचक मानिन्छ बिद्युतको खपत । बढी बिद्युत खपतको अर्थ बढी बिकसीत भन्ने बुझ्न थालिएको छ । कम्युटर, टिभी, मोबाईल लगाएतका बिद्युतीय बस्तुको बढी प्रयोगकै कारण बिजुलीको बिल बढ्छ । यस्ता सामाग्रीका प्रयोगले मानिसलाई सुचनादेखी नजिक राख्दछ । पुरै विश्वसंग उसको दुरी केही सेकेण्डमात्रको रहन्छ ।


फेरी यि सबै सामाग्रीमा पहुच हुनेहरु सामान्यतया शैक्षिक रुपमा पनि सबल नै हुन्छन् । आर्थिक आम्दानीका फराकीला स्रोतहरुमा पनि यिनीहरुकै दरीला नजर गड्छन् । सबै महत्वपूर्ण सुचना र ज्ञानहरु देखी साक्षर हुनेहरु नै ठूल्ठूला उपलब्धिका भागीदार बन्न पुग्छन् । तर बिद्युत खपतमा नियन्त्रण गर्दा यि सबै सुविधाहरुबाट बन्चित हुन पुगीन्छ । जसको परिणामको सहज रुपमै अनुमान लगाउन सकिन्छ ।त्यसैले पनि बिकास मापनको सूचक बिद्युत खपतलाई मान्न लागीएको हो ।


विश्वमा सर्वाधिक बिद्युुत खपत गर्ने सुचीमा धनी र बिकसीत भनिएका राष्ट्रहरु नै छन् । २००६ कै तथ्याङ्कलाई आधार मान्ने हो भने पनि आइसल्याण्ड, नर्बे, फिनल्याण्ड, क्यानडा र कतारका नागरिकहरु सर्वाधिक बिद्युुत खपत गर्ने अघिल्लो पाच देशको सुचीमा पर्दछन् । अमेरीका, अस्टे«लिया, सिगांंपुर, जापान लगायतका राष्ट्रका जनताहरु पनि धेरै बिद्युुत खपत गर्ने सुचीको अघिल्लो २५ भित्रै छन् । नेपालको अबस्था भने निकै लाजमर्दो भेटिन्छ । २१८ देशहरु मध्य नेपाल १९६ औ स्थानमा छ । नेपालसंगै चाड, रुवाण्डा, सोमालिया, बुरुण्डी, इथियोपिया लगाएतका गरीब राष्ट्रहरु पुछारमा छन् । आइसल्याण्डका प्रत्यक नागरिकले २००६ मा सरदर ३१,१४७ किलोवाट बिद्युत खपत गरेका थिए भने नर्वेमा २४,०११ किलोवाट । तर नेपालमा भने ७० किलोवाट मात्र । अझ त्यसपछि त झन् २००६ यता बढ्दो लोडसेडिङ, बढ्दोनै रहेको जनसख्याका कारण यो झन् तल झर्ने
निश्चित छ । नेपाल बिकासील देशहरु मध्य पनि तलै छ । पाकिस्तान र भारतको हकमा ४०० किलोवाट भन्दा माथि छ भने माल्दिभ्सको ६०० बढी । नेपालझै जलबिद्युुत उत्पानमा तिब्र क्षमता राख्ने ब्राजिलमा पनि २१०० किलोवाट भन्दा बढी खपत छ । यी तथ्याङ्कहरु प्रष्ट शब्दमा आफै बोल्दछन्, गरिबमात्रको लोडसेडिङ ।


सानै उमेर देखी नै पढ्दै आइयो, जलस्रोतबाट बिद्युुत उत्पादनमा नेपाल तीब्र क्षमता राख्दछ । तर पनि लोडसेडिङबाट मुक्त हुने दिन कहिल्यौ आएन । तर पनि आश मरीसकेको भने छैन । लघु जलविद्युत परियोजना जस्ता साना र सस्ता परियोजना निमार्ण गर्न स्थानीय लगानीकर्तालाई प्रोत्साहन गर्न सके लोडसेडिङको मार बाट छुटकारा मिल्थ्यो कि ?

via nagarik daily dated 23 paush, 2066

जेभियर्समा सेट प्रदर्शनी

सधै राजनीतिक कार्यकर्ता र पत्रकारका राजनीतिक प्रश्नले मात्र घेरिने वरिष्ठ माओवादी नेता डा बाबुराम भट्टराई गत शनिवार सेन्ट जेभियर्स कलेजमा बिद्यार्थीमाझ रहे । कलेजले बर्षेनी आयोजना गर्ने सामाज, वातावरण र प्रविधिका बिद्यार्थीका समूहद्वारा (सेट काउन्सिल) आयोजित ‘सेट’ प्रदर्शनीको १५ औं संस्करण गत शनिवार सम्पन्न भयो ।


सामाजिक बिकास, वातावरण र प्रविधिका भिन्नभिन्नै स्टल राखिएको उक्त प्रदर्शनीमा बिज्ञान प्रविधिका नमूनादेखि समाजमा ब्याप्त बन्द, आङ खस्नेजस्ता सामाजिक समस्यासम्म छलफल भए । ‘अन्यभन्दा सेट एक्जिविसन भिन्न लाग्यो’, त्यही“ भेटिएका बिनायक हेल्थ साइन्स कलेज, काठमाण्डौंका अमिर सुवेदी भन्छन्, ‘बिज्ञान प्रविधिदेखि समाज र चित्रकलासम्मका स्टल एकै ठाउ“मा भेटिनु यसको बिशेषता हो ।’ उनले त्यसो भन्दैगर्दा उनकै पछाडि पयर्टन बर्ष २०११ को प्रबद्र्धन गर्ने उद्देश्यले राखिएको एउटा स्टल थियो । नेपालमा हेर्न र घुम्न लायक स्थानहरुको जानकारी दिइएको उक्त स्टलमा बिद्यार्थीहरु तराई, पहाड र हिमालको झल्को दिनेगरी स्थानीय पोशाकमा सजिएका थिए । नेपाली दौरासुरवाल र ढाका टोपीमा भेटिएका त्यही स्टलका प्रकाश पाण्डे भन्छन्, ‘हाम्रो मुख्य सम्पत्तिको रुपमा रहेका सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षणको बोध बिद्यार्थी जीवनबाटै गराउनु जरुरी छ ।’


त्यसो त १० हजार बढिले अवलोकन गरिएको बताइएको उक्त प्रदर्शनीमा बन्द बिरोधी एउटा स्टलमा धेरैको ध्यान खिचिएको थियो । नेपालमा दिनहू“ हुने बन्द, हडतालका बिरुद्ध ऐक्यबद्धता जनाउने उद्देश्यले चेल्सी इन्टरनेशनल एकेडेमी, नया“बानेश्वरका बिद्यार्थीहरुले उक्त स्टलमा हस्ताक्षर अभियान चलाएका थिए । त्यही“ उनीहरुले एक दिनको बन्दले देशलाई पार्ने असरको पर्चा बा“ड्नुका साथै बिरोध प्रदर्शनका अन्य बैकल्पिक उपाय सुझाएका थिए । चर्को लोडसेडिङको मार खेपिरहेका नेपालीहरुलाई बैकल्पिक उर्जा प्रद्र्धदन गर्ने खालका स्टलहरु उत्तिकै थिए । ‘हामीकहा“ उर्जा संचय ठूलो समस्या होइन, हाम्रो समस्या भनेको उर्जाको अर्थहिन अधिकतम खपत हो ।’, सोही स्टल अवलोकनका समय भेटिएका जेभियर्सका भौतिकशास्त्र बिभाग प्रमुख दयानिधि छत्कुलीले भने । उनका अनुसार हामीले सीएफएल चिमजस्ता कम उर्जा खपत गर्ने बस्तुहरु प्रयोग गरेमा लोडसेडिङ आधा नै कम हुन सक्थ्यो । काठमाण्डौंमा बितरण हुने मिनिरल वाटरको गुणस्तर अध्ययन पश्चात निश्किएको निश्कर्ष पनि राखिएको थियो ।


‘कलेजका बिद्यार्थीहरुको स्वयं अग्रशरतामा यसप्रकारको प्रदर्शनी आयोजना हुनु नै ठूलो कुरा हो’, आयोजकमध्येका एक खिमानन्द भट्टराई भन्छन्, ‘यसबाट बिद्यार्थीमा नेतृत्व लिने क्षमतादेखि आफू सम्बन्धित क्षेत्रमा अझ दक्ष बनाउन मद्दत गर्नेछ ।’ अझ सोही प्रदर्शनीको अवसर पारेर देशका कुनै बिद्यत ब्यक्तिलाई निम्त्याएर मन्त्ब्य दिन लगाइनु पनि कार्यक्रमको बिशेषता हो । जहा“ राजनीतिक स्वार्थभन्दा पर उठेर ब्यावसायिक तहमा बहस र छलफल हुन सकोस् । डा भट्टराइले पनि त्यसै गरे । त्यसबखत न त उनले राजनीतिक भाषणबाजी गरे न त कसैको गालीगलौच नै । बरु नया“ नेपाल निर्माणमा कसरी शिक्षित र दक्ष युवाहरु लाग्नुपर्छ भन्नेमा आफ्नो समय खर्चिए ।


प्रदर्शनी आजकल सबैतिर चर्चा हुने जलवायु परिवर्तको कुराबाट अछुतो रहने कुरै भएन । जहा“ हिमालयको हिउ“ पग्लंदा र समुद्री सतह बढ्दा कसरी जनजीवन समस्यामा पर्छ भन्ने डेमो देखाइएको थियो । त्यसो त यसपटकको सेटको नारा नै ‘बेड्स अन फायरः अ कल फर क्लाइमेट जस्टिस्’ रहेको थियो । ‘हामी सेट प्रदर्शनीलाई निरन्तरताको रुपमा मात्र लिएका छैनौं, बरु सामाजिक चेतना र बिज्ञानका दक्षता बोकेका दुई धारका बिद्यार्थीलाई एकै थलोमा समेटेर नया“ नेपाल निर्माणमा सहयोगी बनाउन लागिपरेका छौं ।’, सेटका बिष्णु भण्डारीले भने । रक्तदान, खेलकुद, खानाका स्टल, नाचगान आदी सेटका थप आकर्षण थिए ।

it was orginally published on kantipur daily dated on 4th falgun 2066