Saturday, April 2, 2011

सँगैसँगै हुर्किएका जोडिहरु

हेलो शुक्रबारसँगैसँगै सम्बन्ध गासिएका केही प्रतिनिधि जोडिहरु जसले आफ्नो सम्बन्धलाई प्रेम, विश्वास, साझेदारी र लगनशिलतासँगै  अघि बढाए



अंग्रेजीमा ‘कन्सिट’ नाम गरेको एउटा शब्द बिम्बको रुपमा खुबै चर्चित छ जसको अर्थ ‘दुई फरक धरातलका बस्तुहरु जबरजस्त एक हुनु’ भन्ने हुन्छ । त्यही बिम्ब दिलिप पौड्याल, ३२, र उनकी जीवनसाथी शारदा गौतम पौड्याल, २७, सँगको जीवनमा धेरै हदसम्म मेल खान्छ, उनीहरुकै विचारमा । यद्यपि फरक धरातलमा आधारित रहेर स्थापित भएता पनि त्यो एउटा सुन्दर, सुखद र सफल जीवनको नमूना पनि छ । 

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेजमा अंग्रेजी बिभाग प्रमुख दिलिपको घर बाग्लुङ जिल्लाको दगातुम्डाडा गाउमा छ जहाँ उनी गाईभैंसी चराउदै र घासदाउरा गर्दै हुर्किए भने काठमाण्डुको सामाखुसी घर भएकी शारदाको बाल्यकाल भारतको देहरादुनमा बित्यो । त्यहीबाट स्कुले जीवन पूरा गरेकी उनी पछि काठमाण्डु आई त्रिचन्द्र क्याम्पसबाटै भूगर्भशास्त्रमा स्नातकोत्तर त सकिन् तर गाउ“बस्तीस“ग उनको लामो सामिप्यता कहिल्यै रहेन । जीवनको संयोग नै मान्नुपर्छ ती फरक धरातलमा हुर्किएका यी दुई अहिले श्रीमान–श्रीमती छन् । उनीहरुको मागी विवाह हो । ‘तर विहेको प्रशंग उठेपछि विहेपूर्व नै हामीबिच प्रेम सम्बन्ध स्थापित भयो ।’ दिलिपले भन्दैगर्दा साथै रहेकी शारदाले हास्दै जोडिन्, ‘त्यसैले मागी प्लस प्रेम विवाह ।’ होली मनाउन काठमाण्डु छिरेका यी जोडिसँग हालैको एक बिहान साटिएको झण्डैं ३ घण्टे गफगाफ आफैमा रोचक थियो । सायद कुनै सेलिब्रिटीको हुदो हो त ट्याब्लोइडहरुमा निरन्तर छाइरहने जस्तो । 



‘...काठमाण्डु बाहिर बस्न सक्दिन, ...मन नपर्ने पेशा टिचिङ’, विहे पहिलेको कुराकानीमा शारदाले भन्ने गरेको कुरा दिलिप अझै सम्झन्छन् । तोकिएका दुवै दायरासँग दिलिप फेल खाइसकेका थिए । भन्छन्, ‘सायद त्यो आत्माहरुले नै  तय गरेको सम्बन्ध थियो र हामी जीवनसाथी बन्यौ ।’ त्यसबिचमा इन्टरनेट र मोवाइलले उनीहरुबिच मध्यस्तताको काम ग¥यो जसले धेरै नजिकबाट एकअर्कालाई परिचित गरायो पनि ।

विहेपछिको शारदाको पहिलो गाउ यात्राले एउटा नया दुनियासँग परिचित गरायो । ‘त्यो बिकट पहाडमा गाडिमा यात्रा गर्नु नै साहसीक काम मानिदो रहेछ’, शारदा सम्झन्छिन्, ‘गाडिको छानासँग बारम्बार टाउको ठोक्किने ।’ हिड्दा त उनको खुट्टामा निकै फोहरा उठिसकेका थिए । दिलिपलाई त लागिरहेको थियो शारदा यो बिजोग देखेर रुनेछिन् । यद्यपि दिलिपसँग विहे अघि भएका कुराकानीले नै उनलाई वेग्लै उर्जा दिएको थियो जसका कारण त्यसलाई उनी सहजै पचाउन सकिन् । दिलिप भन्छन्, ‘च्याटिङ र फोनमा उनले कहिल्यै धनसम्पत्तिबारेको कुरा गरिनन् । उनको ध्येय मेरो प्रकृति र बानीव्यवहार वुझ्ने मात्र हुन्थ्यो ।’

के पढ्दै छन् नेताहरु ?


नेताहरू पढ्दैनन् भन्ने भनाइ सडक बजारमा जतासुकै सुनिन्छ । कम बुद्धि र ज्ञानमै देशको भारी बोक्न बाध्य भनिएका यिनै नेतामध्ये केही छन्, जो पुस्तकलाई प्रेम गर्छन् र ज्ञानको खोजी गर्छन् । यसैले यिनले नेताको खराब छविकै बीच पनि अध्ययनशीलको छवि बनाएका छन् । र, यिनको विद्वताको झलक यिनका भाषण र लेखमा पनि देखिन्छ । ठूला पार्टीमा यस्तो छवि बनाएका केही नेताका पुस्तक र अहिलेको पढाइबारे रमेश न्यौपानेको रिपोर्ट 

नेताले पनि पढ्छन् वा पढेका नेता पनि छन् भन्नुपर्‍यो भने धेरैले सबभन्दा पहिले लिने नाम हो, डा. बाबुराम भट्टराई । कुनै बेलाका एसएलसी बोर्ड फस्ट यी विद्यावारिधि नेताको पढ्ने बानी अहिले पनि उस्तै छ । संविधानसभाको सबभन्दा ठूलो दल माओवादीका उपाध्यक्षका रूपमा उनको दीर्घकालीन र दैनिक कामको छुट्टै रुटिन छ । तर, व्यस्तताका बीच पनि उनी पढ्ने समय निकाल्छन् ।

'म राति खाना खाएपछि २-३ घन्टा ओछ्यानमै पढ्छु, पढ्नका लागि यो उपयुक्त समय हो,' उनी भन्छन् । दिउँसो पढ्ने समय निकाल्न नसक्ने सबै पेसाका मान्छेलाई यो समय पढ्न राम्राे हुने उनको सुझाव छ । 'सबै पेसाका मान्छे व्यस्त हुन्छन्, नेताले मात्र पढ्ने समय नपाउने होइन,' प्रायः नेताले पढ्ने समय पाइएन भनेर गर्ने गरेको गुनासोका विषयमा उनले भने, 'समय आफैं हुने होइन, व्यवस्थापन गर्न सक्नुपर्छ ।' उनी प्रायः राति १२/१ बजेसम्म पढ्छन् । 'कहिलेकाहीँ त पूरै रात पनि पढेको छु,' उनले सुनाए । बेलायती लेखक स्टफेन हकिङस भट्टराईका पि्रय लेखक हुन् । 'उनको अ बि्रफ हिस्ट्री अफ टाइम आजसम्म मैले सर्वाधिक रुचाएको पुस्तक हो,' उनले भने । उनी अहिले हकिङ्सकै पुस्तक 'ग्रान्ड डिजाइन' पढिरहेका छन् ।



originally published at Koseli, kantipur.

Saturday, August 28, 2010

हातहातमा इन्टरनेट

बानेश्वरकी विनिता कार्की, २३, छ महिनाअघिसम्म हप्तामा तीनपटक जति साइबर धाउँथिइन् । इन्टरनेटका कारण आफ्नो प्रेमी अमेरिकामा उडेको वर्ष दिनमा उनले आफूलाई एक्लो महसुस गरिनन् । तर, साइबर धाउने बानी भने फेरिएको छ । कारण हो, नेपाल टेलिकमको जीपीआरएस सेवा । यो सेवाबाट मोबाइलमै इन्टरनेट चलाउन पाउने भएपछि साइबर जानु परेन । भन्छिन्, 'हातमै इन्टरनेट भएपछि किन साइबर धाउने ?' 

दसवर्षे युद्धपछि 'क्रान्ति'लाई थाँती राखेर नेकपा माओवादी सरकारमा आयो । सञ्चारमन्त्री भएका 'कमरेड' कृष्णबहादुर महराले आर्थिक वर्ष २०६३/६४ मा नयाँ कार्यक्रम ल्याए, 'हात हातमा मोबाइल, घरघरमा इन्टरेन ।' त्यही कार्यक्रमले बनाएको जगमा तीन वर्षमा नेपाली 'इन्टरनेट गाथा' निकै अघि बढिसकेको छ । घरघरमा इन्टरनेट होइन, इन्टरनेट हातहातमा आइपुगेको छ । 

गत चैत मसान्तको तथ्यांकअनुसार यसरी मोबाइलमा इन्टरनेट चलाउनेको संख्या करिब ८ लाख छ । जसमा एनसेल उपभोक्ताको संख्या सबभन्दा बढी छ । एनसेलका ६ लाख ४६ हजारभन्दा बढी ग्राहक मोबाइलमा जीपीआरएस जडान गरेका छन् । त्यस्तै नेपाल टेलिकमका १ लाखभन्दा बढी ग्राहकले यो सेवा लिएका थिए । नेपालमा इन्टरनेट पहुँच भएका झन्डै ९ लाख ५० हजारमध्ये ७ लाख ५० हजारले मोबाइलबाट चलाउँछन् । बजारमा उपलब्ध वाइफाईको सहायताले पनि इन्टरनेट चलाउने धेरै छन् । 

मोबाइलमै इन्टरनेट चलाउन थालेपछि धेरैको दैनिकी सहज भएको छ । चौधरी ग्रुपमा सेल्स एक्जुकेटिभको काम गर्ने धु्रव पुञ्जाली यीमध्ये एक हुन् । उनी भन्छन्, 'दिनभरि काम गर्‍यो, व्यस्तताले इमेल चेक गर्न पनि शनिबार कुर्नुपथ्र्यो । कति इमेल त्ा आएका थाहै हुन्थेन ।' अहिले उनी त्यो समस्याबाट मुक्त छन् । छिनछिनमा इमेल चेक गर्नेमात्र होइन, फेसबुकमा 'इस्टाटस् अपडेट' गर्न पनि भ्याएका छन् । एकैछिन फुर्सद हुनासाथ उनले इन्टरनेट खोल्ने गरेको बताए ।