Monday, August 23, 2010

now, i am back again

dear friends
i am very sorry that i was unable to update my blog. durning the days, i was busy on a newspaper which paved a long distace to my blog. exam was another obstacle to remain on touch. but now, i am free my fren, i will always be on your touch today onwards. needless to say, how lonely i felt during the days.
trust me my fren, now i am here to share my feelings and experience daily. hope to get ur feedbacks for my post and others.

Thursday, April 29, 2010

घुमौं सौराहा


काठमाण्डौंबाट ४ घण्टाको दुरी । आफ्नै साधन छैन भने कलंकीमा जानुस्,नाराणघाटसम्मको माइक्रो पाइन्छ(भाडा रु २५०) त्यसमा चढ्नुस । र,नारायणगढ उत्रिएपछि टाढी सम्म जाने बस पाइन्छ । रु.२६ भाडा दिनुस र अब तपाई सौराहा गेटमा ओर्लिनुस्,त्यहा“ टायर गाडा(५० देखि १०० रुपैयासम्ममा)ले सौराहा बस्तीमा पु¥याइदिन्छ ।होटलहरु प्रशस्तै छन्,तर खालि नहुन सक्छन त्यसैले पहिले त्यो बुझ्नुस् । त्यसपछि त्यहा“ उपलब्ध सुविधाबारे बुझ्नुस् । अब व्याग राखेर एकैछिन रिफ्रेसमेन्टको लागि होटलबाहिर टहलिनुस् ।

अब भाडामा साइकल लिनुस्,अनि साइक्लिङको मज्जासंगै पुग्नुस्,थारु म्युजियम,जीवजन्तु राखिएको ल्याव,हत्ति प्रजनन केन्द्र,अन्र्तराष्ट्रिय हात्ति प्रतियागिता हुने ठाउ“ । र,सा“झ पर्न लागेपछि पव(खोलाको तीर) जानुस् । इलिफेन्ट सावर(हात्तिको ढा“डमा चढेपछि उसको सुढले पानी फ्य“ाकेर नुहाइदिन्छ) लिनुस् ।


आएर पवमा रहेको मेचमा पल्टिनुस् । चाहेको खानेकुरा खानुस्,केही महंगो हुनसक्छ मेनु हेरेर खल्ती विचार गर्नुृस् ।(पवमा १००० खर्च गर्नुभयो भने तपाई भरपुर रम्न सक्नुहुन्छ ।)


फर्केपछि बेलुकी साढे ७ या ८ बजे थारु कल्चरल प्रोग्रम हुन्छ,होटलवाललाई भनिराख्नुस् । जानुस्,थारु सांस्कृतिक कार्यक्रम हेर्नुस् । भोलिपल्ट हात्ति चढ्न होटललाई बेलुकै भन्नुस् । बिहानै हात्ति चढ्न जानुस् ।



टिकट दर रु.५ सय (स्वदेशीका लागि) र १५ सय रुपैया (विदेशीका लागि) । होटलमा बस्नु भएको छ भने त्यही सम्पर्क राख्नु, उनीहरुलेनै टिकटको व्यवस्था गर्छन् । नत्र हात्ती सफारी काउन्टरमा जानुहोस ।



अब होटल छेउको कुनै ठाउमा तपाईलाई होटलकै सहयोगिले लगिदिन्छन्,चढ्नुस् । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेशको लागि छुट्टै २० रुपैया तिर्नुपर्छ । अब निकुञ्ज पसेपछि हेर्दै लोभलाग्दा एक सिंहे गैडा मयुर ,जरायोजस्ता जीवहरु भ्ेटिन्छन् । त्यह“ा हात्ती सफारीको लागी दुइटा समय छुट्टाइएको छ, विहान ६ बज अनि दिउसो २ बजे । निकुन्ज भित्र दुइ देखी तीन घण्टा सम्म रमाउन पाउनु हुनेछ । तर पनि बिहानको समय धेरै ठिक, घामले नपोल्ने हु“दा भ्रमण थप उल्लासमय हुनेछ ।



अब तपाईलार्य हात्तिले ओराल्ने ठाउमा तपाई बसेको होटलबाट जीप लिन आइराखेको हुनेछ,फर्कनुस् । अनि खाना खाएर उही बाटो काठमाण्डौं आउने तयारी गर्नुस् ।

published orginally on  HELLO  SUKRABAAR supplement of KANTIPUR DAILY dated 17th baisak, 2067





Thursday, April 22, 2010

NEPAL'S LARGEST SELLING BOOKS


published on hello sukrabaar suplement of kantipur national daily of baisak 10, 2067